पाठेघर क्यान्सरविरुद्धको २० हजार भाइल खोप असारमा आउने

पाठेघर क्यान्सरविरुद्धको २० हजार भाइल खोप असारमा आउने

१२०७ दिन अगाडि

|

१८ जेठ २०८०

लाल आयोगको प्रतिवेदन सार्वजनिक गरः पूर्व सुरक्षाकर्मी परिषद् 

लाल आयोगको प्रतिवेदन सार्वजनिक गरः पूर्व सुरक्षाकर्मी परिषद् 

१२०९ दिन अगाडि

|

१६ जेठ २०८०

पूर्व सुरक्षाकर्मी परिषद् नेपालले रेशम चौधरीको रिहाईले कानूनी राज्यको उपहास भएको जनाएको छ।  टीकापुर घट्नामा दोषी ठहर भएका चौधरीको रिहाईले आगामी दिनमा सरकारले परिचालन गर्दा सुरक्षाकर्मीले जिम्मेवारी बहन गर्न असमर्थ हुने कुरालाई नकार्न नसकिने परिषद्द्वारा जेठ १६ गते जारी विज्ञप्तीमा उल्लेख छ। “रेशम चौधरीलाई आममाफी दिइरहँदा मृतक सुरक्षाकर्मीका पीडित परिवारलाई राज्यले कस्तो न्याय दिन्छ ?”, विज्ञप्तीमा भनिएको छ।  परिषद्ले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न समेत माग गरेको छ। परिषद्ले भनेको छ, “...राज्यको ढुकुटी खर्च गरी तयार गरिएको उक्त आयोगको प्रतिवेदन सार्वजनिक गरियोस्।”  

मन्त्री रन्जिता श्रेष्ठको सराहनीय कार्य : मुगुबाट उपचार गराउन आएको बिरामी बच्चालाई पुर्‍याइन् अस्पताल

मन्त्री रन्जिता श्रेष्ठको सराहनीय कार्य : मुगुबाट उपचार गराउन आएको बिरामी बच्चालाई पुर्‍याइन् अस्पताल

१२०९ दिन अगाडि

|

१६ जेठ २०८०

 मुगु, चौरझारीदेखि नेपालगंज हुँदै आफ्नो बिरामी बच्चालाई उपचार गराउन एक्लै काठमाडौँ आइ पुगेकी आमालाई माननीय मन्त्री रन्जिता श्रेष्ठ चौधरीले एयरपोर्टदेखि आफ्नै गाडीमा बोकी अस्पताल पु¥याएकी छिन् । । आर्थिक स्थिति कमजोर भएकाले लामो यात्रा गरेर आएपनि आमा र बच्चा दुबै भोकै भएकोमा श्रेष्ठले चिन्ता व्यक्त गरिन् । ।   गाडीबाट ओर्लिएर उनले बिरामी बच्चालाई आफ्नै बच्चाझैँ च्यापेर शिक्षण अस्पतालको आकस्मिक कक्षसम्म लगिन्  ।  बच्चाको टाउकोमा चोट लागेकोले उपचारको लागि डा. निरज बमसँग सल्लाह लिइ उचित उपचारको व्यवस्था गराइ उनी फर्किइन् । 

मिटरब्याजीविरुद्ध कैलालीमा २४४ उजुरी दर्ता

मिटरब्याजीविरुद्ध कैलालीमा २४४ उजुरी दर्ता

१२०९ दिन अगाडि

|

१६ जेठ २०८०

धनगढी ।  कैलालीमा मिटरब्याजी विरुद्ध दुई सय ४४ उजुरी परेका छन्। सरकारले मिटरब्याजी विरुद्ध उजुरी दिन आह्वान गरेपछि दुई सय ४४ मिटरब्याज पीडितले जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दिएका हुन्। उजुरी परेका साहुकारहरूलाई जिल्ला प्रशासन कार्यालयमा बोलाई मिलापत्र गराउने र मुद्दा चलाउन मिल्ने माथि सम्पत्ति शुद्धीकरणलगायत मुद्दा प्रक्रिया अगाडि बढाइने बताइएको छ। मिटरब्याजी साहुले लिएको ऋणभन्दा बढीको कागज बनाएको र ऋण तिरे पछि पनि अझ धेरै ऋण बाँकी रहेको भन्दै कागज देखाएर घर घडेरी नै आफ्नो नाममा पास गर्न थालेपछि त्यस विरुद्ध पीडितले प्रशासनमा उजुरी दर्ता गएका हुन्। सरकारले अध्यादेशमार्फत अनुचित लेनदेनसम्बन्धी कानुन बनाएर उजुरी लिन सुरु गरेको थियो।

राष्ट्रपतिद्वारा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी

राष्ट्रपतिद्वारा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी

१२११ दिन अगाडि

|

१४ जेठ २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को जेठ १२ र १४ गते बैठकको सिफारिस अनुसार पौडेलले सो निर्णय गरेका हुन् । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘टोपबहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ ।‘ त्यस्तै, राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को जेठ १२ को बैठकको सिफारिसमा जेठ १५ गते देखि लागू हुने गरी रमेश थलङ भन्ने हेमबहादुर थलङ/लिम्बूसमेतका ४७५ जना र ज्येष्ठ नागरिक उदय नारायण गिरीसमेतका ७ जना गरी कुल जम्मा ४८२ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफ गरेका छन् । नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम गणतन्त्र दिवस, २०८० को अवसरमा माफी दिएको हो ।

गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीसहित १८ जना छुट्ने

गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीसहित १८ जना छुट्ने

१२११ दिन अगाडि

|

१४ जेठ २०८०

काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहित १८ जना छुट्ने भएका छन् । मन्त्रिपरिषद्ले आममाफी र माफीमिनाहासम्बन्धी व्यवस्थाअनुसार १८ जनालाई रिहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।  आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले गृहको प्रस्तावअनुसार सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । संविधानको धारा २७६ मा माफीसम्बन्धी व्यवस्था छ । जसमा भनिएको छ, ‘राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुन बमोजिम माफी, मुल्तबी, परिवर्तन वा कम गर्न सक्नेछन् ।  

राष्ट्रपतिले फायल फिर्ता पठाएः छुट्छन् त रेशम चौधरी ?

राष्ट्रपतिले फायल फिर्ता पठाएः छुट्छन् त रेशम चौधरी ?

१२१३ दिन अगाडि

|

१२ जेठ २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीको आममाफी सम्बन्धि प्रस्ताव फिर्ता पठाएका छन् । राष्ट्रपति कार्यालयले शुक्रबार चौधरीको आममाफी सम्बन्धी  फाइल गृहमन्त्रालयमा फिर्ता गरेको  हो । कानुनवीदहरुका अनुसार यसले अब पूर्वसांसद रेशम चौधरीलाई सजाय माफी गर्न बाटो खुल्यो  । राष्ट्रपतिको रामचन्द्र पौडेलको सचिवालयकाअनुसार कानुन कार्यार्थ राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको हो । रेशम चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरित नहुने गरि कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको उनले सचिवालयले जनाएको छ । साथै टिकापुरमा हत्या भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहराले राष्ट्रपति कार्यालयमा दिएको निवेदनलाई पनि राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा कार्यार्थ पठाएको छ । (यस अघि पोष्ट गरिएको शीर्षक सच्याइएको)