नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने भएको छ।
मुख्यमन्त्री शाहले सरकार विस्तारको क्रममा आफूहरूलाई बेवास्ता गरेको र मनोमानी ढङ्गले सरकार विस्तार गरेको भन्दै उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिने भएको हो।
मुख्यमन्त्री शाहले आफ्नै दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेका छन् । नाउपाले मन्त्रालय भागबन्डाको क्रममा दुईवटा मन्त्रालय मागेको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफूहरुबीच प्रदेश सरकारको सामाजिक विकास र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा सहमति भएको नाउपाले बताउदै आएको छ।
पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य गंगाराम चौधरीले सहमति कार्यान्वयन नभएकाले सरकारमा सहभागी नभएको बताए। मुख्यमन्त्री शाह भने नागरिक उन्मुक्तिलाई एक मन्त्रालय दिएर सरकारलाई पूर्णता दिने पक्षमा छन्। सो पार्टीले समर्थन फिर्ता लिने तयारी गरेपनि शाह नेतृत्वको प्रदेश सरकार सुरक्षित छ।
५३ सदस्यीय प्रदेश सभा रहेको यहाँ बहुमतको सरकारको लागि २७ जना चाहिन्छ। नागरिक उन्मुक्ति बाहिरै बसे पनि मुख्यमन्त्री शाहसँग स्पष्ट बहुमत देखिन्छ।
प्रकाशित:
१२१३ दिन अगाडि
|
१२ जेठ २०८०
६ दिन अगाडि
|
२९ भदौ २०८३
७ दिन अगाडि
|
२८ भदौ २०८३
२० दिन अगाडि
|
१५ भदौ २०८३
२२ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
१३ भदौ २०८३
२८ दिन अगाडि
|
७ भदौ २०८३
३७ दिन अगाडि
|
२९ साउन २०८३
१४४० दिन अगाडि
|
२५ असोज २०७९
१४७५ दिन अगाडि
|
२१ भदौ २०७९
१४८४ दिन अगाडि
|
१२ भदौ २०७९
१४३९ दिन अगाडि
|
२६ असोज २०७९
१३८९ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४५ दिन अगाडि
|
२० असोज २०७९
१३७७ दिन अगाडि
|
२७ मंसिर २०७९