रेशम चौधरीले पाएनन् सफाइ

रेशम चौधरीले पाएनन् सफाइ

१२२२ दिन अगाडि

|

२ जेठ २०८०

टीकापुर मुद्दामा बहस नसकिएपछि पुनः हेर्दाहेर्दैमा राखियो

टीकापुर मुद्दामा बहस नसकिएपछि पुनः हेर्दाहेर्दैमा राखियो

१२२३ दिन अगाडि

|

१ जेठ २०८०

काठमाडौं १ जेठ । टीकापुर घटनाको प्रतिवादी रेशमलाल चौधरी लगायतको मुद्दा सोमबार पनि हेर्दाहेर्दैमा राखिएको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको उक्त मुद्दामा बहस नसकिएपछि पुनः हेर्दाहेर्दैमा राखिएको हो । यसअघि कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले टिकापुर घटनामा दोषी ठहर गरेपछि रेशमलाल चौधरी अहिले कारागार कार्यालय डिल्लीबजारमा कैद सजाय भुक्तान गरिरहेका छन् । जेलबाटै चौधरीले उच्च अदालत दिपायलको फैसलालाई बदर गरी पाउन दिएको पुनरावेदनको रिटमाथि सर्वोच्च अदालतमा बहस जारी छ । यसअघि प्रतिवादी रेशमलाल चौधरी लगायत १४ जना प्रतिवादीको तर्फबाट सफाई पाउनुपर्ने भन्दै बहस भएको थियो । प्रतिवादीतर्फका अधिवक्ताहरुले घटना राजनीतिक भएको कारण राजनीतिक तबरबाटै हल गर्नुपर्ने र घटनामा संलग्न नभएका व्यक्तिहरुलाई मुछिएको भन्दै उनीहरुलाई सफाई दिनुपर्ने माग गरिएको थियो । जवाफी बहसमा सरकारी वकिलका तर्फबाट घटनाको योजनाकार रेशमलाल चौधरी र लक्ष्मण थारु नै रहेको र अन्य व्यक्तिहरुको संलग्नतामा घटना गराइएको भन्दै उनीहरुलाई हदैसम्मको सजाय हुनुपर्ने र कैलाली जिल्ला अदालत तथा उच्च अदालत दिपायलको फैसला सही भएको बहस गरिएको थियो । तर सोमबारको बहसमा समय अभाव भएपछि मंगलबारका लागि नै पेसी तोकिएको छ । २०७७ फागुन १२ गते सर्वोच्च अदालतमा दर्ता भएको उक्त मुद्दा पटकपटक हेर्न नभ्याइनेमा परेको थियो । गत वैशाख २५ गते पेसीमा चढ्दा न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले जेठ १ गतेका लागि हेर्दाहेर्दैमा राखेका थिए । तर सोमबारको सुनुवाइमा पनि बहस नसकिएपछि अब जेठ २ गते मंगलबारका लागि पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

थारु आन्दोलनमा योगदान पु-याएका महिलाहरूको फोटो पुस्तक विमोचन

थारु आन्दोलनमा योगदान पु-याएका महिलाहरूको फोटो पुस्तक विमोचन

१२२३ दिन अगाडि

|

१ जेठ २०८०

  धनगढी । थारु आन्दोलनमा महिलाहरूले खेलेको भूमिकाको सम्मानमा थारु आन्दोलनका महिला नामक फोटो पुस्तक विमोचन गरिएको छ । महिला अधिकारको क्षेत्रमा काम गर्ने संस्था लुम नेपालले प्रकाशन गरेको सो पुस्तकको शुक्रवार सुदूरपश्चिम प्रदेशकी उप–सभामुख कोइली देवी चौधरीले एक कार्यक्रमका बिच विमोचन गरेकी हुन् ।    विभिन्न थारु आन्दोलनमा आफू जस्तै थारु महिलाहरूको भूमिकालाई ऐतिहासिक दस्ताबेजका रूपमा सुरक्षित गर्ने काम गरेको भन्दै उनले लुम नेपाललाई धन्यवाद दिइन । “नेपालका हरेक आन्दोलनमा महिलाहरू प्रयोग हुने तर इतिहास पुरुषको मात्रै बन्ने अभ्यासका बिच महिला सशक्तीकरणमा लुम नेपालले थालेको अभियान ऐतिहासिक छ । अरूले यसको सिको गर्न पनि आवश्यक छ । उनले भनिन् , यती मात्र होइन कुनै पनि वर्ग, समुदायमा विभाजित नभई अधिकारका लागि महिलाहरू एकताका साथ अघि बढ्नु पर्ने अहिलेको आवश्यकता हो ।”    सन २०१६ देखी महिला अधिकारका क्षेत्रमा काम गरी पहिचान बनाएका महिला अधिकारकर्मीहरूको इतिहासको अभिलेखीकरण गर्ने काम सुरु गरेको लुम नेपालकी उपाध्यक्ष पुष्पा जोशीले बताइन । सन २०१९ देखी थारु आन्दोलनमा सक्रिय बनी योगदान दिएका १५ देखी २० जना सम्मको इतिहास अभिलेखीकरण गर्दै आएका छौ । सोही अनुरूप हामीले फोटो पुस्तक निर्माण गरेका हौ । उनले भनिन् ।  

सुदूरपश्चिम नाउपा संसदीय दलको नेताबाट हटाइए रामेश्वर, घनश्यामको ‘इन्ट्री’

सुदूरपश्चिम नाउपा संसदीय दलको नेताबाट हटाइए रामेश्वर, घनश्यामको ‘इन्ट्री’

१२२७ दिन अगाडि

|

२८ वैशाख २०८०

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताबाट रामेश्वर चौधरीलाई हटाइएको छ ।  बुधबार संसदीय दलको कार्यालयमा बसेको बहुमत सदस्यहरूको बैठकले चौधरीलाई संसदीय दलको नेताबाट हटाउँदै घनश्याम चौधरीलाई जिम्मेवारी दिएको हो । उक्त बैठकमा रामेश्वर चौधरी भने उपस्थित थिएनन् । सात जना प्रदेशसभा सदस्य रहेको नागरिक उन्मुक्तिमा चार जनाको हस्ताक्षरसहित संसदीय दलको नेता परिवर्तन गरेको सूचना प्रदेशसभा सचिवालयमा बुझाइएको छ । त्यस्तै प्रमुख सचेतकको जिम्मेवारी खुसीराम चौधरीलाई दिइएको छ । यसअघि लक्ष्मणकिशोर चौधरी प्रमुख सचेतक थिए । सचेतकको जिम्मेवारी भने कैलाश चौधरीले पाएका छन् । संसदीय दलको नेतासहित अन्य जिम्मेवारी परिवर्तन गर्न बसेको बैठकमा लक्ष्मण किशोर चौधरी, धनश्याम चौधरी, खुसीराम चौधरी र कैलाश चौधरी उपस्थित थिए । इन्दिरा गिरीले बैठकमा उपस्थित भएर पनि निर्णयमा हस्ताक्षर गरिनन् । प्रदेश सांसदहरु रामेश्वर चौधरी र टीका थापा भने बैठकमा उपस्थित थिएनन् ।  सुदूरपश्चिम नाउपामा जिम्मेवारी हेरफेरले भूँइचालो गएको छ । पार्टीले संगठन मजबुत बनाउन मिसन ८४ अभियान लागू गरेको छ । तर सुदूरपश्चिम प्रदेश सरकारमा नाउपा नेतृत्व अनिर्णयको बन्दी बन्दा आम कार्यकर्तामा निराशा छाउन थालेको छ । कुनै समय मुख्यमन्त्रीको दावी गर्दा पाउने अवस्थामा रहेको नाउपा सुपमा अहिले जडाउरी लुगा दिएझैं कामचलाउ मन्त्रालयमा जाने अवस्था आएको छ ।   

चराविद् हिरु डंगौरालाई युवा प्रतिभा सम्मान

चराविद् हिरु डंगौरालाई युवा प्रतिभा सम्मान

१२२९ दिन अगाडि

|

२६ वैशाख २०८०

धनगढी, २६ वैशाख । अढाई वर्षदेखि चरा संरक्षणमा क्रियाशील कैलालीका हिरुलाल डङ्गौरा राष्ट्रिय प्रतिभा सम्मानका लागि छनोट हुनुभएको छ । युवा तथा खेलकुद मन्त्रालयले उहाँलाई आर्थिक वर्ष २०७९÷८० मा प्रदान गरिने राष्ट्रिय युवा प्रतिभा सम्मानका लागि वातावरण संरक्षण क्षेत्रबाट छनोट गरेको हो । भजनी नगरपालिका –६ निवासी डङ्गौरा बाल्यकालदेखि वन, वातावरण, वन्यजन्तु तथा चरा संरक्षणमा क्रियाशील रहेका छन् । जीवनको पूरै समय संरक्षणमा बितिरहेको उनले बताए । सम्मानका लागि नेपाल सरकारले आफूलाई छनोट गरेकोमा उहाँले खुसी व्यक्त गरे । उनले नेपाल पन्छी संरक्षण सङ्घ (बीसीएन) मा चरा विज्ञको रूपमा कार्यरत रहेका छन् । डङ्गौराले सुदूरपश्चिम प्रदेशमा दुर्लभ गिद्ध, खरमजुर, सुनौलो तोप चराको हरेक वर्ष अनुगमन गर्दै आएका छन् । यसैगरी, नेपालको प्रथम चरा आरक्ष घोडाघोडी चरा अभय आरण्य क्षेत्र, बसन्ता करीडोर र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्रमा नियमित चरा अनुगमन तथा संरक्षणका लागि समुदायस्तरमा सचेतनामूलक कार्यक्रमसमेत गर्दै आएका छन् । स्कुल पढ्ने बेलादेखि डङ्गौरा कैलालीका संरक्षणकर्मी भोजराज श्रेष्ठ (गुलेली बाजे) सँगै गुलेली सङ्कलन अभियानमा संलग्न भएका थिए । डल्फिन संरक्षण क्षेत्रमासमेत अग्रणी भूमिका निर्वाह गर्दै आउनुभएका डङ्गौराले २०१० मा अब्राहम संरक्षण पुरस्कार र २०१२ मा वातावरण संरक्षण पुरस्कार प्राप्त गरेका छन् । यसैगरी युवा पत्रकारिता पुरस्कारका लागि मेनुका ढुंगाना तथा प्रकाश सिंह पनि छनोट भएका छन् ।

यसै साता सरकारले पूर्णता पाउँछ: मुख्यमन्त्री चौधरी

यसै साता सरकारले पूर्णता पाउँछ: मुख्यमन्त्री चौधरी

१२२९ दिन अगाडि

|

२६ वैशाख २०८०

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले यसै साता सरकारले पूर्णता पाउने बताएका छन्। सोमबार तुलसीपुर पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री चौधरीले चाँडोभन्दा चाँडो आफूहरू सरकारलाई पूर्णता दिने तयारीमा लागेको बताए। छिटो सरकारलाई पूर्णता दिएर समयमै बजेट ल्याउनु पर्ने चुनौती उनको सरकारलाई छ। ‘अहिले परिस्थिति त्यस्तै बनिदियो र सुदूरपश्चिममा पनि ढिलाइ भइरहेको छ,’ उनले भने, ‘सुदूरपश्चिम र यहाँ सँगैसँगै सरकारलाई पूर्णता दिने तयारी छ।’ वैशाख १२ गते मुख्यमन्त्री नियुक्त भएका चौधरीले १५ गते माओवादीका धनबहादुर मास्की, लोसपाका सन्तोषकुमार पाण्डे र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीलाई बिनाविभागीय मन्त्रीको रूपमा सपथ खुवाएका थिए। बिनाविभागीय भनिए पनि मन्त्री मास्कीलाई माओवादीका नेता- कार्यकर्ता तथा शुभचिन्तकले सामाजिक सञ्जालमार्फत् अर्थमन्त्री बन्न सफल भएको भन्दै धमाधम बधाई दिइरहेका छन्। अब कांग्रेसले ४ र माओवादीले ३ मन्त्रालय पाउने सहमति भएको बताइन्छ। यसअघि नै साना दलहरूबाट दुई मन्त्री नियुक्त भइसकेका छन्। चौधरी आठ दल र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए।  समर्थन गरेका अन्य दलहरूले पनि मन्त्रिमण्डलमा भाग खोजे सरकार टिकाइराख्न मन्त्रालयको संख्या थप्न चौधरी बाध्य हुने छन्। यसअघिका नेकपा (एमाले) का नेता तथा मुख्यमन्त्री लीला गिरीले मन्त्रालयको संख्या घटाएर दशमा झारेका थिए। मन्त्रालयको संख्या थप्न लागेकोबारे प्रश्न गर्दा मुख्यमन्त्री चौधरीले स्पष्ट जवाफ दिएनन्। ‘दुई-चार दिन पर्खनुस्,’ उनले भने, ‘मन्त्रालय थप्ने/नथप्ने सबै थाहा भइहाल्छ।’