आफ्नै ‘रेकर्ड ब्रेक’ गर्दै नवलपुरको तापक्रम ४४ डिग्री सेल्सियस पुग्यो

आफ्नै ‘रेकर्ड ब्रेक’ गर्दै नवलपुरको तापक्रम ४४ डिग्री सेल्सियस पुग्यो

११९७ दिन अगाडि

|

२७ जेठ २०८०

जसले राज्यलाई थारूका मुद्दा सम्झाए, एक मधेश एक प्रदेशको प्रतिवाद गरे

जसले राज्यलाई थारूका मुद्दा सम्झाए, एक मधेश एक प्रदेशको प्रतिवाद गरे

११९९ दिन अगाडि

|

२५ जेठ २०८०

आभास बुढोथोकी संघीयताको माग गर्दै मधेश दनदनी बलिरहेको थियो। पूर्वदेखि पश्चिमसम्मको सबै तराई भूभाग मधेश प्रदेश हुनुपर्ने माग राज्यसँग औपचारिक रूपमा राखिरहेका थिए, आन्दोलनकारीहरू। एक थिए महेश चौधरी, जसले ऐतिहासिक तथ्य-प्रमाणका आधारमा सम्पूर्ण तराईको भूभाग मधेश प्रदेश हुन नसक्ने भन्दै खण्डन गरे। ‘एक मधेश एक प्रदेश’ को आन्दोलन चर्किरहेको बेला उनले एकातिर राज्यलाई त्यहाँको वास्तविक समस्या बोध गराउने गरी विचार व्यक्त गरे। अर्कातिर एक मधेश एक प्रदेशको माग व्यावहारिक, तथ्यपरक र सम्भव नरहेको भन्दै आफूलाई भिन्न कित्तामा उभ्याए। चौधरीको प्रयासले बहसलाई निम्तो दियो। यस्ता अध्येता महेश चौधरी ७२ वर्षको उमेरमा बुधबार बिहान विते। पूर्वराज्यमन्त्री तथा अध्येता चौधरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका थिए । काठमाडौंमा हालै हर्नियाको शल्यक्रिया गरेर गृह जिल्ला दाङ फर्किएका उनी घरमै बितेका थिए। राष्ट्रिय सभा हुँदै राज्यमन्त्री समेत भएका चौधरीको राजनीतिक पृष्ठभूमि जे छ, त्योभन्दा धेरै नेपालको भूगोल, संस्कृति र थारू सभ्यतामा उनले गरेको योगदान उल्लेखनीय छ। भूगोलका प्राध्यापक समेत रहेका उनी पश्चिम तराईको भूगोल र थारू सभ्यताका गहिरो अध्येता हुन्। उनको भौतिक शरीर नरहे पनि उनले नेपालको इतिहास, भूगोल, संस्कृति र थारू सभ्यताबारे दर्जन बढी गहिरो अनुसन्धानमूलक दस्तावेजहरू हामीमाझ छोडेर गएका छन्। २००७ सालमा दाङको तत्कालीन हेकुली गाविसको बैबाङमा जन्मिएका चौधरीले भूगोल विषयमा स्नातकोत्तर गरे। पछि उनी वामपन्थी आन्दोलनमा होमिए। स्वर्गीय कम्युनिष्ट नेता नेत्रलाल अभागीसँग किसान आन्दोलन अघि बढाउन र थारू समुदायमा चेतना फैलाउन लागे। २०२८ सालमा थारू भाषाको पहिलो पत्रिका ‘गोचाली’ को संस्थापक सम्पादक समेत रहे। महेन्द्र बहुमुखी क्याम्पसका सहायक-प्रमुख एवं थारू समुदायका ज्ञाता केवी चौधरीका अनुसार महेश चौधरी नेपालको भूगोलबारे गहिरो जानकार भएको व्यक्तिमध्ये एक हुन्। उनले दाङ लगायत पश्चिम तराईका जिल्लामा थारूहरू माथि जमिनदारहरूको ज्यादती भएका इतिहासहरू पर्गेलेका थिए। २०२१ सालमा सरकारले भूमि नीति ल्याएपछि र त्यसअघि पनि साहुले गरेको ज्यादती सहन नसरेर हुलका हुल थारूहरू आफ्नो भूमि छोडेर बर्दियातिर गइरहेका थिए। जसलाई बुरहान जाने भनिन्थ्यो। उनी त्यही बेलादेखि थारू आन्दोलनमा होमिए। महेशले थारू भाषाको पहिलो गीति नाटक ‘छारा’ प्रकाशित गरे। जहाँ उनले भूमि छोडेर जान नहुने भन्दै थुप्रै नाटक मञ्चन गर्दै थारूहरूलाई बुरहान जानबाट रोक्न भूमिका खेले। पछि उनले थारू समुदायभित्र रहेको सामाजिक कुरीति र अन्धविश्वास हटाउन जागरणको अभियान पनि चलाए। २०४१ सालतिर उनी प्राध्यापनमा लागे। दाङस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भूगोल विषयको अध्यापन गराए र विभागको प्रमुख पनि भए।क्रमशः २०४६ सालपछि उनी सक्रिय राजनीतिमा लागे। २०४८ र २०५४ सालमा गरी दुई पटक राष्ट्रिय सभा सदस्य बने। २०५४ सालमा राष्ट्रिय सभा सदस्य हुँदा उनी स्थानीय विकास राज्यमन्त्री समेत भए। पछि २०६४ सालमा उनी पहिलो संविधानसभा सदस्यका लागि सरकारद्वारा मनोनित भए। राजनीतिक व्यस्तताबीच महेशले आफ्नो अध्ययन र अनुसन्धान पनि जारी राखे। अझ भनौं आफ्नो जीवन त्यसैमा समर्पित गरे। उनी नेपालको भूगोल र इतिहासबारे गहिरो अध्ययनमा लागे। हुन पनि चौधरीले नेपालको भूगोलबारे थुप्रै अनुसन्धानमूलक पुस्तक लेखेका छन् । ‘द हिडनट्रेजर अफ द लो ल्याण्ड नेपाल (भाग-१ र २)’ त्यस्तै एक पुस्तक हो। जहाँ उनले नेपाली भूगोलमा भएका प्राकृतिक स्रोत-साधन, खोलानाला, धातुहरू, धार्मिक-सांस्कृतिक कुराहरूको खोज गरेका छन्। महेश चौधरीद्वारा लिखित पुस्तक पुस्तकमा तराईमा कहाँ-कहाँ कस्तो प्राकृतिक स्रोतसाधन, ऐतिहासिक सम्पत्ति छन् भनेर उल्लेख गरेका छन्। नेपालको भूगोलबारे गरिएको यो एउटा एकदमै महत्वपूर्ण र गहिरो अनुसन्धान मध्ये एक हो। चौधरीले नेपालको इतिहास र भूगोलबारे जे-जति अनुसन्धान गरे, त्योभन्दा धेरै थारू सभ्यताको गहिरो अध्येता र अनुसन्धानकर्ता रहे। उनका अधिकांश पुस्तक इतिहास, थारू सभ्यता, संस्कृतिबारे छन्। ‘नेपालको तराई तथा यसका भूमिपुत्रहरू’ र ‘स्थविरहरूको प्राचीन इतिहास र संस्कृति’ उनका महत्वपूर्ण पुस्तक हुन्। ती पुस्तकमा उनले थारू समुदायको सभ्यताको विकास कसरी भयो भन्नेबारे गहिरो अनुसन्धान गरेका छन्। पुस्तकमा उनले तराईका सामाजिक र सांस्कृतिकसँग जोडिएका इतिहासका कुराहरू लेखेका छन्। जहाँ उनले थारू सभ्यताको विकास तराईबाटै भएको उल्लेख गरेका छन्। त्योभन्दा महत्वपूर्ण अनुसन्धान त उनले गौतम बुद्ध पनि थारू परिवारका सदस्य हुन् भनेर गरेका छन्। ‘उहाँले गौतम बुद्ध पनि थारूका सन्तान थिए भन्ने लामो अनुसन्धान गरेर निष्कर्ष निकाल्नुभएको छ र, थारूहरूलाई गौतम बुद्धका सन्तान भन्न मिल्छ भन्ने उहाँको अध्ययनले देखाएको छ’ उप-प्राध्यापक समेत रहेका चौधरी भन्छन्। पछिल्ला केही वर्षहरू भने महेश गुमनाम जस्तै थिए । सक्रिय राजनीतिदेखि केही टाढा रहेर उनी जैविक मलबारे अध्ययन-अनुसन्धानमा जुटेका थिए। दाङको घोराही उपमहानगर-१७ बेलवारमा सूर्यशक्ति सुपर जैविक प्राङ्गारिक मल उत्पादन केन्द्र संचालन गर्दै जैविक प्राङ्गारिक मल उत्पादन गर्दै आएका थए । उनले आफ्नो जीवनकालमा भूगोल, अर्थशास्त्र र थारू समुदायको भाषा, कला, संस्कृति सम्बन्धी दर्जन बढी अनुसन्धानमूलक पुस्तक प्रकाशित गरे। लोकसंस्कृतिविद् डा. गोविन्द आचार्य चौधरी भूगोल र थारू सभ्यताबारे राम्रो अध्येता भएको बताउँछन्। खासगरी उनले पश्चिम तराईको भूगोल र थारू सभ्यताबारे महत्वपूर्ण अनुसन्धान गरेको उनी बताउँछन्। ‘उहाँले थारूको इतिहास र उत्पत्तिको विषयमा गरेको खोज अनुसन्धान निकै महत्वपूर्ण छ’ उनले भने, ‘थारू सभ्यतामाथि उहाँले गरेको अनुसन्धान मुलुककै लागि महत्वपूर्ण दस्तावेज हो।’ खासगरी चौधरीले थारू जातिको लोकसंस्कृति, भाषा र साहित्य संकलनमा ठूलो योगदान पुर्‍याएको उनी बताउँछन्।’थारू जातिका थुप्रै लोपोन्मुख मौखिक काव्य, महाकाव्य, गीतहरू संकलन गरेर पुस्तक प्रकाशित गर्नुभएको छ’उनले भने, ‘यो एउटा धेरै महत्वपूर्ण काम हो।’ उनले चौधरीले थारू इतिहासबारे मुलुकलाई नै ठूलो सम्पत्ति हस्तान्तरण गरेर गएको बताए। संयोग कस्तो भयो भने नेकपा एमालेको केन्द्रीय राजनीतिक सल्लाहकार रहेका उनलाई पार्टीले मंगलबार मात्रै सल्लाहकारबाट हटाएको थियो। र, बुधवार बिहान उनी अस्ताए । अनलाइनखबरबाट

रहेनन् थारु भाषा, साहित्यका धरोहर महेश चौधरी 

रहेनन् थारु भाषा, साहित्यका धरोहर महेश चौधरी 

११९९ दिन अगाडि

|

२५ जेठ २०८०

थारु भाषा, साहित्यका धरोहर महेश चौधरीको निधन भएको छ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा जेठ  २४ गते दिउँसो उनको निधन भएको हो । पूर्वराज्यमन्त्री समेत रहेका उनी हर्नियाबाट पीडित थिए । काठमाडौंमा हालै शल्यक्रिया गरेर गृह जिल्ला दाङ फर्किएका उनी स्वास्थ्यमा पुनः समस्या देखिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए । चौधरी २०४८ सालमा राष्ट्रिय सभा सदस्य र २०५४ सालमा स्थानीय विकास राज्यमन्त्री बनेका थिए । एमालेका पूर्व सल्लाहकारसमेत बनेका चौधरी पछिल्लो समय भने राजनीतिबाट निष्कृय झैंथिए । उनी २०२८ सालमा दाङबाट प्रकाशित थारू भाषाको साहित्यिक पत्रिका ‘गोचाली’का संस्थापक प्रधान सम्पादक  थिए। उनले ‘द हिडनट्रेजर अफ द लो ल्याण्ड नेपाल (भाग १ र २)’, ‘नेपालको तराई तथा यसका भूमिपुत्रहरू’, ‘स्थविरहरुको प्राचीन इतिहास र संस्कृति’, थारू भाषाको पहिलो गीति नाटक ‘छारा’, थारू भाषामा ‘लिरौसी व्याकरण’ माँगर, गुर्वावक् जन्मौटी लगायत पुस्तक लेखेका छन् । नेपाल संस्कृत विश्वविद्यालयका लागि लेखिरहेको उनको गउँटेह्वा महाकाव्य अपुरो रह्यो ।  पछिल्लो समय उनले घोराही–१७ स्थित बेलभारमा सूर्यशक्ति सुपर जैविक प्राङ्गारिक मल उत्पादन केन्द्र सञ्चालन गर्दै आएका थिए । आज विहीवार उनको पुर्ख्यौली घर दाङको बैबाङस्थित बबई घाटमा उनको दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । उनको एक छोरी, एक छोरा तथा श्रीमती छन् । ढकियाखबर उनीप्रति हार्दिक श्रद्धान्जली ब्यक्त गर्दछ ।

रेशमलाई स्वागत गरेको भिडियो खिच्ने पत्रकारलाई डीएसपीले कार्यकक्षमै बोलाएर धम्काए (भिडिओ)

रेशमलाई स्वागत गरेको भिडियो खिच्ने पत्रकारलाई डीएसपीले कार्यकक्षमै बोलाएर धम्काए (भिडिओ)

१२०० दिन अगाडि

|

२४ जेठ २०८०

नागरिक उन्मुक्ति पार्टीका संरक्षकरेशम चौधरीलाई माला लगाएर स्वागत गरेको भिडिओ खिच्ने पत्रकारलाई कार्यालयमा बोलाएर डीएसपी उद्धवसिंह भाटले धम्की दिएका छन् । जेठ १५ मा राष्ट्रपतिबाट आममाफी पाएर छुटेपछि गृह जिल्ला कैलाली पुगेका चौधरीलाई दौडिँदै गएर डीएसपी भाटले स्वागत गरेको भिडिओ भाइरल भएको थियो ।  टीकापुरमा २०७२  मा एसएसपीसहित ७ प्रहरी र केही सर्वसाधारण मारिएको घटनामा दोषी ठहर भई सजाय माफी पाएका चौधरीको डीएसपी भाटले स्वागत गरेको भिडिओ सार्वजनिक भएपछि आलोचना भएको थियो । त्यसपछि डीएसपी भाटलाई कारबाही गरी नेपाल प्रहरी विशेष सुरक्षागण सुनवल सरुवा गरिएको थियो । आफ्नो सरुवा हुनअघि नै उक्त भिडिओ खिच्ने पत्रकार जीवन चौधरीलाई टीकापुर इलाका प्रहरी कार्यालयमा बोलाएर डीएसपी भाटले हप्किदप्की गरेको भिडिओ प्राप्त भएको छ । रेशम चौधरीलाई हिरो बनाउने चक्करमा आफ्नाे बेइजत हुने गरी भिडियो खिचेको भन्दै डीएसपी भाटलेकार्यालयमै बोलाएर तथानाम गालीगलौज गर्दै पत्रकार चौधरीलाई धम्की दिएको भिडिओमा देखिन्छ । ‘रेशम हिराे बनाउने चक्करमा मलाई मेराे बेइजत गर्ने तिमीहरूले ?,' डीएसपी भाटले भनेका छन्, 'तेराे लागि राम्राे सन्देश हाेला, मेराे लागि त नराम्राे भयाे नि !’  टीकापुर घटनामा मारिएका मध्ये चार जना आफ्नै गाउँकाे भएकाे र उनीहरूका सबै आफन्त आफूसँग रिसाएकाे पनि डिएसपी भाटकाे भनाइ छ । डिएसपी भाटले भनेका छन्, ‘जसरी त्याे पुलिसहरूलाई मारेकाे छ नि त्यसरी नै मैले तिमीलाई मारेर फालेँ भने पनि मेराे रिस मर्दैन, ममाथि न्याय पनि हुँदैन। यति मेराे बेइजत भाकाे छ तेराे कारणले।’ डीएसपीले भिडियोमा अपशब्द प्रयोग गर्दै आफूलाई बदनाम बनाउने गरी भिडिओ खिचेको आरोप लगाएकाे सुनिन्छ। रातोपाटीबाट हेर्नुहोस् भिडियोः https://www.facebook.com/watch/?ref=embed_video&v=231588206278599

नेपालमा जातजातिको संख्या पुग्यो १४२, थारूको जनसंख्या १८ लाख

नेपालमा जातजातिको संख्या पुग्यो १४२, थारूको जनसंख्या १८ लाख

१२०४ दिन अगाडि

|

२० जेठ २०८०

नेपालमा जातजातिको संख्या १४२ पुगेको छ। जनगणना २०७८ को जातजाति सम्बन्धी तथ्यांकअनुसार एक दशकमा १७ वटा जातजातिको संख्या बढेको हो। जनगणना २०६८ मा १२५ जातजाति थिए। जातजाति, भाषा तथा धर्मसँग सम्बन्धित यी तथ्यांक उत्तरदाताहरूले दिएका जवाफका आधारमा र विज्ञ समूहसँग परामर्श लिएर प्रकाशित गरिएको तथ्यांक कार्यालयले जनाएको छ। जनगणना २०७८ अनुसार जातजातिको संख्या १४२, मातृभाषा संख्या १२४ र धर्म संख्या १० कायम भएको छ। यसैबीच थारुको जनसंख्या १८ लाख ७ हजार १ सय २४ पुगेको छ । यो जनसंख्याको ६.२ प्रतिशत हो । त्यस्तै, थारु मातृभाषीको संख्या  १७ लाख ४ हजार ९१ पुगेको छ । यो जनसंख्याको ५.८८ प्रतिशत हो ।

झण्डै ४५ प्रतिशतको मातृभाषा नेपाली,  थारु ५.८८ प्रतिशत

झण्डै ४५ प्रतिशतको मातृभाषा नेपाली,  थारु ५.८८ प्रतिशत

१२०४ दिन अगाडि

|

२० जेठ २०८०

नेपालको कुल जनसंख्याको झण्डै ४५ प्रतिशतको मातृभाषा नेपाली भएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को शुक्रबार सार्वजनिक मातृ भाषासम्बन्धी तथ्यांकअनुसार ४४.८६ प्रतिशतको मातृभाषा नेपाली छ । जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । उनीहरुमध्ये सबभन्दा धेरै १ करोड ३० लाख ८४ हजार ४५७ जनाको मातृभाषा नेपाली हो । नेपालीपछि मैथिली मातृभाषा हुनेको संख्या धेरै छ । ३२ लाख २२ हजार ३८९ जना अर्थात ११.०५ प्रतिशतको मातृभाषा मैथिली छ । भोजपुरी ६.२४ प्रतिशत, थारु ५.८८, तामाङ, ४.८८, बजिका ३.८९, अवधि २.९६, नेवारी २.९६ र २.७८ प्रतिशतको मातृभाषा मगर धुत रहेको छ । राना थारु अलग भएपछि यसपाली थारुको प्रतिशत घटेको छ । जनगणनाअनुसार नेपालमा १२७ भाषाभाषी छन् । सबभन्दा कम कुसुण्डा भाषाका छन् । यो भाषा मातृभाषा हुनेको संख्या २३ जना मात्र छ । यस्तै बन्करिया मातृभाषा भएकाहरुको संख्या पािज ८६ मात्र रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

विद्यालयको दिवा खाजामा गाउँकै फापर र कोदोको रोटी

विद्यालयको दिवा खाजामा गाउँकै फापर र कोदोको रोटी

१२०५ दिन अगाडि

|

१९ जेठ २०८०

काठमाडौं,१९ जेठ । चितवनको कालिका नगरपालिकाले विद्यालयको दिवा खाजामा गाउँकै फापर र कोदोको रोटी खुवाउन थालेको छ । स्थानीय रैथाने बाली प्रवर्द्धन गर्नका लागि नगरपालिकाले स्कुलका विद्यार्थीलाई फापर र कोदोको रोटी खुवाउन थालेको हो । पहिलो चरणमा यस वर्ष कालिका वडा नं १० स्थित उक्त विद्यालयका विद्यार्थीलाई फापर र कोदोको रोटी खुवाइएको नगरप्रमुख विनोद रेग्मीले जानकारी दिए । उनका अनुसार यस विद्यालयका विद्यार्थीलाई असारसम्म फापर र कोदोको रोटी खुवाइनेछ । यस वर्ष परीक्षणस्वरुप एउटा विद्यालयबाट कार्यक्रम सुरुवात गरेका छौँ, नगरप्रमुख रेग्मीले भने, “यसको प्रभावकारिताका आधारमा आगामी वर्ष अन्य विद्यालयमा पनि यो कार्यक्रम लागु गर्छौं । पालिकाले कृषि शाखाको रैथाने बाली प्रवर्द्धन कार्यक्रममार्फत यस वर्ष रु एक लाख बजेट विनियोजन गरिएको छ भने यस विद्यालयमा सरकारले दिने नियमित खाजा पनि छ”, आगामी वर्षदेखि विद्यार्थीलाई फापर र कोदोसँगै गिठ्ठा भ्याकुर, तरुल र पिडालु पनि खुवाउने उनले बताए । विद्यालयका प्राचार्य जीतबहादुर भट्टराईले रैथाने बालीको प्राङ्गारिक हुने भएकाले यसैलाई जोड दिइएको बताए । रैथाने वालीहरु लोप हुँदै गइरहेको अवस्थामा विद्यालयस्तरमा यस्ता खाजा खुवाउँदा पछिल्लो पुस्तालाई रैथाने बालीका बारेमा राम्रोसँग जानकारी हुने उनको भनाइ थियो । विद्यालयमा अधिकांश चेपाङ र जनजाति समुदायका बालबालिका अध्ययनरत छन् । कक्षा पाँचसम्ममा एक सय ६४ विद्यार्थीलाई खाजा नियमित खुवाइएको र खाजाकै कारण विद्यार्थीको सङ्ख्यासमेत बढेको छ । कतिपय बालबालिका भोकभोकै विद्यालय आउने गरेका छन्, प्राचार्य भट्टराईले भने, “खाजा खान पाइन्छ भन्ने आसले पनि बालबालिका विद्यालय आउँछन् तर खाजा खुवाउन सरकारले दिने रकम थोरै भएकाले यसलाई बढाउनसके अझै राम्रो खानेकुरा खुवाउन सकिन्थ्यो ।” नियमित खाजाका लागि सरकारले दैनिक रु पन्ध्र दिने गरेको छ । त्यसबाट स्कुलले बालबालिकालाई जाउलो चिउरा तरकारी खुवाउने गरेको छ । कालिका नगरपालिकाका कृषि शाखा प्रमुख लक्ष्मण पोखरेलले रैथाने बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत यस वर्ष विनियोजित रु १० लाख बजेटबाट केही रकम विद्यालय खाजामा प्रयोग गरिएको बताउनुभयो । रैथाने बालीमा पौष्टिकतत्व बढी हुने हुँदा बालबालिकालाई यो खाजा खुवाउनु लाभदायिक हुने उहाँको भनाइ थियो । रासस