टिकापुर घटनामा दोषी ठहर भई डिल्लीबजार कारागारमा आजीवन काराबासको सजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी सरकारले सजाय माफ गरिदिएपछि डिल्लीबजार कारागारबाट रिहा भएका छन् ।
आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका चौधरी सोमबार बिहान सवा आठ बजे डिल्लीबजार कारागारबाट रिहा भएका हुन्। उनका समर्थक बिहानैदेखि डिल्लीबजार कारागार बाहिर भेला भएका थिए । समर्थकहरुले उनलाई अविर र फूलमाला लगाइदिएर स्वागत गरे ।
_MNVJBTkWFr.jpg)
कारागारबाट रिहा भएपछि उनी सिधै पुल्चोकस्थित मन्त्री क्वाटरमा पुगे । रेशमकी पत्नी एवम् भूमिसुधार मन्त्री रञ्जिता श्रेष्ठ मन्त्री क्वाटरमा बस्दै आएकाले रेशम कारागारबाट सिधै त्यहीँ पुगेका हुन् ।

मन्त्री क्वाटरमा पनि उनका समर्थकहरुको भिडभाड थियो । उनका समर्थकहरु रेशमको प्रतिक्षामा थिए । उनीहरुले पनि रेशमलाई बधाई दिँदै अविर र फूलमाला लगाइदिए ।

उनले टीकापुर घटनाको सत्यतथ्य पत्ता लगाउन धरातलमा गएर उच्चस्तरीय छानबिन कमिटी बनाइनुपर्ने बताए।
‘टीकापुर घटनामा सहादत प्राप्त गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली छ, उहाँहरूले न्याय पाउनुपर्छ। पीडित परिवार र हामीबीच अन्तरक्रिया गरिनुपर्छ,’ उनले भने, ‘उहाँहरू हामीलाई दोषी देख्दै हुनुहुन्छ, हामी भन्दैछौं– जो दोषी छ, उसले सजाय पाउँदै पाएन। जो दोषी छ ऊ त मन्त्री बन्यो, जो दोषी छ, उसलाई त राज्यले पुरस्कार, उपहार दियो। यस्तो दुर्भाग्यपूर्ण घटना नहोस्, उहाँहरू जस–जसलाई याचना गर्दै हुनुहुन्छ, कतै पीडा दिनेकै घर त ढक्ढक्याइरहनुभएको त छैन?’
उनले टीकापुर प्रकरण कुनै बन्द कोठामा गरिएको घटना नभएको भन्दै हजारौं आँखाहरूले साक्षात् रूपमा देखेको बताए।
‘कसले कसलाई मार्यो? कसले कसलाई भाला रोप्यो? कसले कसलाई खुकुरीले छप्कायो? त्यो स्थानीय प्रतिवेदन र नांगा आँखाले देखेका साक्षीहरूले बोल्लान्, मलाई रिहा गरेकोमा सरकारालाई धन्यवाद!,’ उनले भने, ‘टीकापुर घटनाको कथा अर्कै थियो, पटकथा अर्कै लेखियो र फिल्म अर्कै बन्यो।’
उनले पोलेकै भरमा, कसैले भनेकै भरमा घटनामा दुर्भाग्यपूर्ण फैसला गरिएको पनि बताए।
उनले टीकापुर घटनामा सयौं चेलीहरू हिंसामा परेको, ८०–९० वर्षका वयोवृद्धहरूलाई पनि यातना दिइएको र थारूहरूको श्रीसम्पत्तिमा आगो लगाइएको बताउँदै घटनाको न्यायोचित छानबिन गर्दा दुवै पीडित पक्षलाई मल्हम लागेको अनुभूति हुने पनि बताए।
.jpg)
पत्रकारहरुको प्रतिक्रिया पछि मन्त्री क्वाटरबाट उनी माइतीघर मण्डला लागे । त्यहाँ पनि नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताहरुले उनलाई फूलमाला र खादाले स्वागत गरे ।
रेशम चौधरी आजै गृहजल्ला कैलाली प्रस्थान गर्ने छन् । त्यहाँ गएर कार्यकर्तालाई सम्बोधन गर्ने र टिकापुर काण्डमा दोषी ठहर भई जेलमा रहेकाहरुलाई भेट्ने कार्यक्रम छ ।
चौधरीले अन्य बन्दीहरुलाई पनि छिट्टै जेलबाट छुटाउन पहल भइरहेको बताएका छन् ।

प्रकाशित:
१२१० दिन अगाडि
|
१५ जेठ २०८०
६ दिन अगाडि
|
२९ भदौ २०८३
७ दिन अगाडि
|
२८ भदौ २०८३
२० दिन अगाडि
|
१५ भदौ २०८३
२२ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
१३ भदौ २०८३
२८ दिन अगाडि
|
७ भदौ २०८३
३७ दिन अगाडि
|
२९ साउन २०८३
१४४० दिन अगाडि
|
२५ असोज २०७९
१४७५ दिन अगाडि
|
२१ भदौ २०७९
१४८४ दिन अगाडि
|
१२ भदौ २०७९
१४३९ दिन अगाडि
|
२६ असोज २०७९
१३८९ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४५ दिन अगाडि
|
२० असोज २०७९
१३७७ दिन अगाडि
|
२७ मंसिर २०७९