आज बुद्ध जयन्तीः शान्तिको कामनासहित विभिन्न कार्यक्रम आयोजना गरिँदै

आज बुद्ध जयन्तीः शान्तिको कामनासहित विभिन्न कार्यक्रम आयोजना गरिँदै

१२३३ दिन अगाडि

|

२२ वैशाख २०८०

‘हेर्ने कथा’को चर्चादेखि खोज पत्रकारिताको  गहिराईसम्म परिचर्चा

‘हेर्ने कथा’को चर्चादेखि खोज पत्रकारिताको गहिराईसम्म परिचर्चा

१२३३ दिन अगाडि

|

२२ वैशाख २०८०

हिमाल मिडिया मेला २०२३ को दोस्रो दिन बिहीबारको पहिलो सत्र ‘मिडिया कथा वाचन’ मा अभिव्यक्ति दिँदै चापागाईँले भनिन्, ‘बीबीसीले नै मलाई कथा खोज्ने प्लेटफर्म दियो तर राजनीतिज्ञहरुसँग मात्र कुरा गर्दा दिक्क लाग्दै गएपछि भूइँमान्छेका कथा खोज्न ‘हेर्ने कथा’को श्रृंखला जन्मियो ।’ उनले कथामा जहिले पनि कर्ममा रमाउने मान्छेका कथा प्रस्तुत गर्दै आएको बताइन् । हालसम्म १०४ भन्दा बढी कथा देखाइसकेको जनाउँदै उनले भनिन्, ‘अहिले दर्शकले नै आफ्नो गाउँघरको फलानोको पनि कथा हुन्छ भनेर खबर गर्न थालेका छन् । जसलाई आफू कथा हुँ भन्ने थाहा हुँदैन, तिनै मानिसहरू हेर्ने कथाका कथा हुन् ।’ चापागाईँले कथाको केही श्रृंखलामा केही दाताको सहयोग रहे पनि अरु कथा कमलकुमारलगायत आफ्नै बलबुताले बनाइरहेको जनाइन् । चापागाईंसँग पत्रकार रजनीश भण्डारीले संवाद गरेका थिए। जमाना डिजिटल माध्यमको कार्यक्रमको दोस्रो सत्र ‘डिजिटल रिडर रेभेन्यूःमिडियाको भविष्य’ शीर्षकमा जमाना अब डिजिटल माध्यमको रहेको चर्चा भयो ।  सो क्रममा सेतोपाटी डटकमका प्रधान सम्पादक अमित ढकालले सञ्चारमाध्यमले व्यापारिक घरानाका गलत धन्दाबारे लेख्न नछाडेको दिन उनीहरूले सञ्चारमाध्यमसँग गर्ने ‘ब्ल्याकमेलिङ’ रोकिने टिप्पणी गरे ।  ढकालले फेसबुक र गुगलमा सस्तोमा विज्ञापन राखिने हुँदा महँगोमा मिडियालाई किन विज्ञापन दिने भन्ने समेत विज्ञापनदाताले प्रश्न गर्ने गरेको सुनाउँदै समग्र मिडिया संकटमा रहेको बताए । तर सानो लगानीमा सुरु गरिएको सेतोपाटी अहिले ५५ जनाको ठूलो परिवार भएको तथा वार्षिक ५ करोड खर्च गरिरहेको जानकारी पनि शेयर गरे । त्यस्तै, उकालो डटकमका प्रबन्ध सञ्चालक उकालो डटकमका प्रबन्ध सञ्चालक आमोद प्याकुरेलले आफूहरू नाफा नकमाउने संस्थाका रूपमा रहेको र विज्ञापनभन्दा ‘क्राउड फन्डिङ’ मा केन्द्रित रहेको बताए। अंग्रेजी भर्सनको अफ द रेकर्ड अनलाइन अहिले स्थगित छ । त्यसका सञ्चालक सम्पादक प्रणय राणाले अब आफूहरूले ‘मेम्बरसिप मोडेल’ बारे सोचेको बताए। युवा पुस्ताको समाचार उपभोग गर्ने तरिका चेन्ज भएकाले अब युवालाई केन्द्रमा राखेर सामग्री तयार पार्नुपर्ने उनको भनाई थियो । त्यस्तै, नेपाल रिपब्लिक मिडियाकी सीईओ समृद्धि ज्ञवालीले न्यूयोर्क टाइम्सको ७० प्रतिशत आयको स्रोत ‘पे वाल’ भएको बताउँदै पत्रकारको क्षमता अभिवृद्धि गरे आर्थिक सङ्कटको समस्या समाधान हुने बताइन् । यो सत्रको सहजीकरण मधु आचार्यले गरेका थिए ।  जलवायु सङ्कटमा पत्रकारको ध्यान त्यस्तै, ‘पत्रकार र जलवायु सङ्कट’ विषयमाथि जलवायु वैज्ञानिक तथा राजनीतिकर्मी अरनिको पाँडे, नेपाली टाइम्सका प्रकाशक कुन्द दीक्षित र अन्नपूर्ण दैनिकका पत्रकार नितु घलेले विचार राखे । दीक्षितले जलवायु परिवर्तनबारे पुरानो खालको पत्रकारिताले अब नपुग्ने र पत्रकारले केही निष्कर्ष नै दिनुपर्ने जिकिर गरे।  उता जलवायु वैज्ञानिक पाँडेले दुई वर्ष अघिको मेलम्चीमा गएको बाढीबारे धेरै समाचार आउन नसकेको बताए । ‘मेलम्ची बजार तथा काठमाडौँ आउने खानेपानीमा अहिले पनि जोखिममा छ भन्ने ज्ञान छ । तर थप क्षति के कस्तो हुन्छ ?अनुसन्धान गर्न रिसर्च फण्ड खोइ त?’ उनको प्रश्न थियो । जलवायुको विटमा लेख्न विज्ञसम्म पुग्न मात्रै होइन, फिल्डमा पुग्न पनि गाह्रो अवस्था भएको पत्रकार नितु घलेको जिकिर थियो। यो सत्रको सहजीकरण रमेश भुसालले गरेका थिए ।  खोज पत्रकारितामा अर्थ अभाव कार्यक्रमको अर्को सत्र ‘खोज पत्रकारिताका खोजी’ शीर्षकको छलफलमा सहभागी पत्रकारहरूले अर्थ अभावमा नै नेपालमा खोजी पत्रकारिताको विस्तार हुन नसकेको धारणा राखे ।  खोज पत्रकारिकता केन्द्रका सम्पादक किरण नेपालले खोज पत्रकारिताका लागि रिपोर्टरमा हुटहुटी, धैर्यता आवश्यक भए पनि सबैभन्दा महत्त्वपूर्ण आर्थिक स्रोत भएको प्रष्ट्याए ।  नक्कली भुटानी शरणार्थी विषयमा पर्दाफास गर्ने पत्रकार देवेन्द्र भट्टराई अहिले चर्चामा छन् । उनले पनि खोजी रिपोर्टिङका लागि आर्थिक स्रोतको अभाव रहेको औंल्याए ।  पत्रकार दीपा दाहालले भनिन्, ‘समाचार कक्षले खोज्दैन भने रिपोर्टरको सिप काम लाग्दैन । खोजी रिपोर्टिङका लागि मिडियाको नीति पनि आवश्यक छ ।’ पत्रकार दाहालले खोजी पत्रकारिता आफैमा चुनौतीपूर्ण भएको, त्यसमा महिलालाई झनै चुनौती भएको बताइन् । मिडिया र परिवारले तिनलाई सहयोग गर्नुपर्नेमा उनको जोड थियो । यो सत्रको सहजीकरण रविराज बरालले गरेका थिए ।  मिडिया आत्मसमीक्षा ‘मिडिया आत्मसमीक्षा’ विषयक अर्को सेसनमा नेपाल फ्याक्ट चेकका सम्पादक उमेश श्रेष्ठले मूलधारका सञ्चारमाध्यमले तथ्यमा गल्ती गरेर सच्याउन गाह्रो मान्ने गरेकाले विश्वसनीयतामा कमी आउन थालेको धारणा राखे ।  श्रेष्ठका अनुसार नेपालका तीन वटा तथ्यजाँच संस्थाले गरेको ३०९ वटा तथ्यजाँचमा २० प्रतिशतभन्दा बढी गल्ती मूलधारका मिडियाले गरेको पाइयो । त्यसैले,सञ्चारमाध्यमको आत्मसमीक्षा जरुरी रहेको उनले बताए । मिडियाको जनशक्तिमा अध्ययन र क्षमतामा कमी आएकाले मिडियाको समीक्षा आवश्यक रहेको हिमालका प्रकाशक कनकमणि दीक्षितको धारणा थियो।  अर्का वक्ता घटना र विचारकी सम्पादक बबिता बस्नेतले सैद्धान्तिक पढाइले मात्रै दक्ष पत्रकार उत्पादन नहुने जिकिर गरिन् । पत्रकारितामा गलत नियत भएका मानिसको प्रवेश भएकाले पनि विश्वसनीयतामा सङ्कट आएको उनको भनाई थियो ।  शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालले पत्रकारिता क्षेत्रमा आएको विश्वासको सङ्कट हटाउन जनशक्तिलाई तालीमको खाँचो रहेको औंल्याए । यो सत्रको सहजीकरण कनकमणि दीक्षितले गरेका थिए । बुधवार पहिलो दिन मेलाको कि नोट स्पकिर भारतको अनलाइन समाचार पोर्टल द वायरका संस्थापक सम्पादक सिद्धार्थ वरदराजन थिए । 

विज्ञहरूको प्रश्नः समाचारकक्ष खै समावेशी ?

विज्ञहरूको प्रश्नः समाचारकक्ष खै समावेशी ?

१२३४ दिन अगाडि

|

२१ वैशाख २०८०

सञ्चारमाध्यमले समाचारकक्षलाई समावेशी र विविधायुक्त बनाउनुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन्। हिमाल मिडिया मेलामा ‘सबैलाई समेट्ने समाचारकक्ष’ सम्बन्धी अन्तरक्रियामा बुधबार भएको बोल्दै राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले नेपाली समाचारकक्षमा समावेशी र विविधता सन्तोषजनक हुन नसकेको बताए। “भविष्यमा समाचारकक्षमा समावेशीता आउने र विविधता हुनेछ भनेर विश्वास गर्न सकिन्छ, तर वर्तमानमा हामीले त्यो ठिकसँग अभ्यास गर्न सकेका छैनौं,” उनले भने। समावेशिता र विविधता सम्बन्ध र शक्तिसँग जोडिने भएकाले यो हस्तान्तरण गर्न सहज नभएको उनको धारणा थियो। उनले भने, “समाचारकक्षसँगै समाचारका सामग्रीमा विविधता छैन, जुन समुदायको विषय छ, त्यसमा सोही समुदायले जति आत्मसात अरू समुदायले गर्न सक्दैन, सिद्धान्तअनुसार  समाचारकक्षमा त्यो  कार्यान्वयन हुन सकेको छैन।”   त्यस्तै, अन्तरक्रियामा बोल्दै पत्रकार पवित्रा सुनारले विकास संवाहक मिडिया समावेशी नहुँदा समाचार सामग्रीमा विविधता नआउने बताइन्। समाचारकक्ष पूर्णरूपमा समावेशी हुन सके मात्र सिमान्तकृत समुदायका विषयले प्राथमिकता पाउने उनको भनाइ थियो। “पहिलेको तुलनामा समाजको चरित्र केहि फेरिए पनि कानून र व्यवहारमा सन्तुलन आउन सकेको छैन, अधिकार सम्पन्न नभएसम्म समावेशी र विविधता पूर्ण हुँदैन,” उनले भनिन्। अर्को वक्ता एवं सञ्चारविद् यमबहादुर दुराले विविधता गहन, व्यापक र जटिल विषय भएकाले छुमन्तर शैलीमा तत्काल लागू गर्न नसकिने बताए। उनले समावेशी र विविधतापूर्ण समाचारकक्ष विकसित देशहरुमा पनि नभएको उल्लेख गर्दै विविधता आउन लामो यात्रा बाकी रहेको बताए। समावेशी र विविधतायुक्त समाचारकक्ष बनाउने जिम्मेवारी सबैको भएको उनीहरुको भनाइ थियो। यसका लागि सरकारले नीति नै बनाएर लागू गर्नुपर्नेमा उनीहरुको जोड थियो। मेलाको उद्घाटन समारोहमा भारतको अनलाइन समाचार पोर्टल द वायरका संस्थापक सम्पादक सिद्धार्थ वरदराजनले सञ्चार प्रविधिको अभूतपूर्व विकास भइरहेको यो समयमा पत्रकारिताले पनि अभूतपूर्व चुनौती भोगिरहेको बताएका थिए। वरदराजनले भने, “यो मिडियाका लागि अभूतपूर्व चुनौती र त्रासको समय हो।” पहिलो दिन ‘बदलिंदो भूराजनीतिबीच मिडियाको उपस्थिति’ विषयमा कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्मा र हिमालका प्रकाशक कनकमणि दीक्षितसँग हिमाल साउथएशियाका सम्पादक रोमन गौतमले संवाद गरेका थिए। भारतको बुम तथ्यजाँच तथा इन्डिया स्पेन्‍ड सम्बद्ध पत्रकार गोविन्दराज इथिराजले डेटा जर्नालिज्मबारे आफ्नो प्रस्तुति राखेका थिए। इथिराजले नागरिकलाई सही सूचना दिएर सुस्पष्ट विचार निर्माण गर्न तथ्याङ्कमा आधारित पत्रकारितालाई प्राथमिकता दिनुपर्ने बताए। त्यस्तै, ‘मिथ्या सूचना, तथ्य समाचार’ विषयमा नेपाल चेकका सम्पादक दीपक अधिकारी, अनलाइनखबरका प्रधान सम्पादक शिव गाउँले र डिजिटल राइट्स नेपालका सन्तोष सिग्देलसँग पत्रकार सजनाले बरालले संवाद गरेकी थिइन्। दुई दिने हिमाल मिडिया मेला  आज विहीवार पनि विविध विषयमा प्यानल छलफल जारी रहनेछ । 

दाङमा थारु सङ्ग्रहालयप्रति आकर्षण बढ्दै

दाङमा थारु सङ्ग्रहालयप्रति आकर्षण बढ्दै

१२३५ दिन अगाडि

|

२० वैशाख २०८०

दाङको दङ्गीशरण गाउँपालिका-३ मा निर्माण गरिएको थारु सङ्ग्रहालयको आकर्षण बढ्दै गएको छ । हिजो आज दैनिक एक हजारको हाराहारीमा दर्शकले सङ्ग्रहालय अवलोकन गर्ने गरेका छन्। “दैनिक एक हजारको हाराहारीमा अवलोकन गर्नेहरु आउने गरेका छन्”, सङ्ग्रहालय व्यवस्थापन समितिका उपाध्यक्ष शान्ता चौधरीले भनिन् । उक्त सङ्ग्रहालयमा थारु संस्कृति, परम्परा र कलासँग जोडिएका चित्र, मूर्ति, नक्सा, पोसाक र परम्परागत सामग्री राखिएको छ । थारू जातिका परम्परा, नाचगान, चार्डपर्व र सामाजिक जीवन झल्किने चित्र घरको भित्तामा सजिएका छन् । यस्ता सामग्री हेर्न दिनप्रतिदिन मानिसको घुइँचो लाग्ने गरेको छ । समाजका सबै थारु समुदायलाई समेट्ने गरी सामग्री राखिएको छ । उहाँका अनुसार अहिले जिल्लाभित्रका मात्रै नभइ बाहिरबाट पनि आउनेको सङ्ख्या बढिरहेको छ । थारु समुदायका पुराना सिक्का, गरगहना, माटोका भाँडा, दगौरा घरलगायत सामग्री सङ्ग्रहालयमा राखिएको छ । अहिलेसम्म सङ्ग्रहालयका लागि करिब रु छ करोड खर्च भइसकेको र थप लगानीमा नयाँ संरचना निर्माणको काम भइरहेको छ । २०७५ सालदेखि सञ्चालनमा आएको उक्त सङ्ग्रहालयमा स्थानीयवासीले रोजगारी पनि पाएका छन् । थारू गाउँको झल्को दिने परम्परागत घर, कोठा र देउता पनि राखिएको छ । थारू समुदायका पुराना गहना र कपडा पनि सङ्कलन गरिएका छन् । थारू राजाले कसरी राज्य सञ्चालन गरेका थिए भन्ने झल्काउन मूर्ति र नक्सा कोरिएको छ । नेपालका सबै क्षेत्रका थारूको इतिहास संरक्षण हुने गरी सङ्ग्रहालय निर्माण गरिएको छ । सङ्ग्रहालयमा राना, डगौरा, देउखुरी, चितवन, कैलाली कञ्चनपुर मोरङलगायत सबै ठाउँका थारूको संस्कृति र इतिहास एकै ठाउँमा देख्न पाइन्छ । यी सबै सामान नेपालका थारु बाहुल्यता भएको ठाउँबाट सङ्कलन गरी ल्याइएको हो । उक्त सङ्ग्राहलय पाँच बिघा जमिनमा फैलिएको छ । सङ्ग्राहलयमा सामान्य प्रवेश शुल्क रु ५० रहेकामा अपाङ्ग, विद्यार्थी र एकल महिलाका लागि भने रु ३० लिने गरिएको छ ।  सङ्ग्राहलयबाट दैनिक रु ४० हजार जति आम्दानी हुने गरेको उपाध्यक्ष चौधरीले बताए । रासस

यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान, मंगलबारसम्मै पानी पर्ने सम्भावना

यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान, मंगलबारसम्मै पानी पर्ने सम्भावना

१२३८ दिन अगाडि

|

१७ वैशाख २०८०

 शनिबारदेखि सुरु भएको वर्षा मंगलबारसम्मै जारी रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको र देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोशी र वाग्गमती प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान २०८० वैशाख १७ गते (आइतबार) दिउँसोː देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा तराईका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ। रातिː देशभर आंशिकदेखि सामान्य बदली रहने छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ। २०८० वैशाख १८ गते (सोमबार) दिउँसोː देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका एक-दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ। रातिː देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ। २०८० वैशाख १९ गते (मंगलबार) दिउँसोː देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा तराईका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ। रातिː कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू- एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।

पाँचथरमा चट्याङ लागेर एकै गोठका ५४ भेडा मरे

पाँचथरमा चट्याङ लागेर एकै गोठका ५४ भेडा मरे

१२३८ दिन अगाडि

|

१७ वैशाख २०८०

१७ वैशाख, पाँचथर । पाँचथरमा चट्याङले लागेर एकै गोठका ५४ वटा भेडा मरेका छन् । जिल्लाको फालेलुङ गाउँपालिका-३ देउरालीमा बान्टेको रुखमुनि ओत लागेर बसेका भेडालाई हिजो साँझ चट्याङले लागेको थियो । चट्याङले लागेर स्थानीयवासी प्रकाश राई, शुक्रबहादुर राई, सुरेन्द्र आङ्बो र टेकबहादुर गुरुङले सञ्चालन गर्दै संयुक्त रुपमा पाल्दै आएका ५४ वटा भेडा मृत फेला परेको तथा १२ वटा घाइते फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । मरेका अधिकांश माउ भेडा छन् । चट्याङले लागेर भेडाको रेखदेख गर्दै आएका याङवरक गाउँपालिका–३ घर भएका ५५ वर्षीय प्रेम राई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार बाहिरी चोट नदेखिए पनि राईको शरीरको दायाँ पाटो नचलेका कारण स्थानीय स्वास्थ्यचौकीमा उपचार थालिएको छ । उक्त गोठमा १३० भन्दा बढी भेडा रहेका थिए । भेडा मरेपछि क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।  रासस    

महुवाको महकले तराईका वनमा छायो रौनक

महुवाको महकले तराईका वनमा छायो रौनक

१२३८ दिन अगाडि

|

१७ वैशाख २०८०

धनगढी । वसन्त ऋतुको हरियालीसँगै तराईका वनहरूमा महुवा फुलेका छन् । गैरकाष्ठ तथा मझौला किसिमको रुख अन्तर्गत पर्ने महुवाका बोटमा झुप्पा–झुप्पा रसिला फूल फुलेका छन् ।  यसैबीच महुवाको फूल सङ्कलनको कार्य पनि भइरहेको छ । स्थानीय आदिवासी जनजातिहरू महुवाका फूल सङ्कलन गरिरहेका छन् । महुवाको फूललाई प्रशोधन गरी रक्सी बनाउने प्रचलन रहिआएको छ । थारु समुदायका मानिसहरू यतिबेला फूल सङ्कलन गरिरहेका छन् । झरेको फूललाई सङ्कलन गरी सुकाउने र आवश्यक परेको बेला त्यसलाई प्रशोधन गरी रक्सी बनाउने प्रचलन थारु समुदायमा रहिआएको छ । महुवालाई शक्तिवर्धक जडीबुटीको रूपमा पनि लिइन्छ । डिभिजन वन कार्यालय कैलालीका पूर्व वन अधिकृत रामचन्द्र कँडेलका अनुसार महुवाको वैज्ञानिक नाम मधुका इन्दिका हो । जसको फूल र फलमा औषधीय गुण रहेको कँडेलको भनाइ छ । महुवाको औषधीय गुणकै कारण संरक्षण पनि हुँदै आएको छ । डिभिजन वन कार्यालय कैलालीका प्रमुख कँडेलले भने, ‘जनजाति समुदायमा महुवाको विशेष महत्त्व रहेको छ । जुन कारण वनमा भए पनि संरक्षण गरिनुका साथै आफ्नो खेतबारीमा पनि रोपेको पाइन्छ ।’  थारु समुदायमा महुवाको रक्सी अन्य रक्सीभन्दा शुद्ध, तेजिलो र तागतिलो हुने गरेको बताइन्छ । खास पाहुनालाई स्वागतका लागि र घरका देवतालाई चढाउनका लागि पनि पहुवाको रक्सी थारु गाउँमा अनिवार्य जस्तै हुन्छ । कैलालीको कैलारी गाउँपालिका ६ खरुवाखेराका स्थानीय सम्पत चौधरीले थारु समुदायमा महुवाको आफ्नै महत्त्व रहेको बताउँछन् । फूललाई प्रशोधन गरेर रक्सी बनाइने र कलौझी (फल)को तेल समेत निकाल्ने गरिएको सुनाउँछन् ।  घरायसी प्रयोजनको लागि सङ्कलन तथा प्रशोधन गरिने महुवा तथा महुवाको रक्सी पछिल्लो समय व्यावसायिक उद्देश्यले सङ्कलन तथा प्रवर्द्धन समेत हुन थालेको छ । महुवा प्रवर्द्धन सुरु महुवा प्रशोधन गरी बनाइएको रक्सीको माग र मूल्य समेत उच्च रहेको छ । धनगढी उपमहानगरपालिका १६ स्थित थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले आफूहरुले सञ्चालन गरेको होमस्टेमा महुवाको रक्सीको माग उच्च रहेको जनाए । प्रति बोतल (२५० मिलिलिटर) ४ सय रुपैयाँमा बिक्रि हुँदैआएको अध्यक्ष चौधरीले बताए । यसैबीच स्थानीय पालिकाहरू महुवा प्रवर्द्धन कार्यक्रमसमेत गर्न थालेका छन् । धनगढी उपमहानगरपालिकाको आर्थिक सहयोग तथा सामुदायिक वन समन्वय समिति मसुरियाको प्राविधिक सहयोगमा महुवा वृक्षारोपण समेत गरिएको छ ।  अध्यक्ष चौधरीका अनुसार भादास्थित रामेश्वर धार्मिक वनको करिब ५ बिघा क्षेत्रफलमा २ हजार वटा महुवाको बिरुवा रोपिएको छ ।