कोशी प्रदेशको नामकरणविरूद्ध काठमाडौंको माइतीघरमा 'प्रतिरोध सिर्जना' कार्यक्रम भएको छ।
संयुक्त संघर्ष समितिको आयोजनामा पुन: नामाङ्कनका लागि चैत ५ गते विराटनगरमा भएको विरोध प्रदर्शनका क्रममा प्रहरीले लाठी चार्ज गरेको लाजेहाङ लिम्बू (पदम लिम्बू) लाई लाठी चार्जबाट टाउकोमा चोट लागेको थियो। प्रहरीको लाठी चार्जबाट घाइते भएका लिम्बुको चैत १० गते निधन भएको थियो । कार्यक्रममा उनलाई श्रद्घान्जली व्यक्त गरिएको थियो । 
आइतबार दिउँसो माइतीघर मण्डलमा पहिचानपक्षधरहरूले प्रदर्शन गरेका हुन्। प्रदेश सभाले कोशी नामकरण गरेयता विभिन्न ठाउँमा प्रदर्शन हुँदै आएका छन्। माइतीघरमा पनि पटकपटक प्रदर्शन हुँदै आएका छन्।

कार्यक्रममा गोविन्द छन्त्याल, मोहना अनसारी, खगेन्द्र संगौलाले आफ्नो मन्तव्य राखेका थिए ।

कवि राजु स्याङतान, भूमिका थारू, केशव सिलवाल लगायतले कविता वाचन गरी आन्दोलनमा एक्यबद्घता जनाएका थिए । त्यसै गरी आन्दोलनमा गीत र नृत्य पनि प्रस्तुत गरिएको थियो ।


कोशी नभइ प्रदेश १ को नाम पहिचान झल्किने गरी राख्नुपर्ने माग रहेको छ । किराँत सभ्यता झल्किने नाम राख्नुपर्ने माग सहित नारा घन्किएको थियो ।

विराटनगरमा पनि दिनभर प्रदर्शन भएको थियो। जसक्रममा प्रहरी र पहिचान पक्षधरबीच झडप भएको थियो।


प्रकाशित:
१२११ दिन अगाडि
|
१४ जेठ २०८०
६ दिन अगाडि
|
२९ भदौ २०८३
७ दिन अगाडि
|
२८ भदौ २०८३
२० दिन अगाडि
|
१५ भदौ २०८३
२२ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
१३ भदौ २०८३
२८ दिन अगाडि
|
७ भदौ २०८३
३७ दिन अगाडि
|
२९ साउन २०८३
१४४० दिन अगाडि
|
२५ असोज २०७९
१४७५ दिन अगाडि
|
२१ भदौ २०७९
१४८४ दिन अगाडि
|
१२ भदौ २०७९
१४३९ दिन अगाडि
|
२६ असोज २०७९
१३८९ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४५ दिन अगाडि
|
२० असोज २०७९
१३७७ दिन अगाडि
|
२७ मंसिर २०७९