जंगली हात्ती गोबिन्देको आक्रमणबाट हात्ती प्रजनन केन्द्र खोरसोरका कर्मचारीको मृत्यु भएको छ।
असोज १७ गते साँझ ७ बजेतिर प्रजनन केन्द्रतिर गइरहेको समयमा हात्तीका पछुवा ३६ वर्षीय जद्दु सिंह थारुलाई जंगली हात्तीले लखेटेको थियो। चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले थारुको घटनास्थलमै मृत्यु भएको बताए।
प्रजनन केन्द्रका प्रमुख मनपुरण चौधरीका अनुसार हात्तीले थारुलाई भेटाएपछि घिसारेर हात, खुट्टा भाँचिदिएको बताए।
सर्लाहीको हरिपुर–६ घर भएका जद्दु सरकारले कतारलाई उपहार दिने भनेको हात्ती खगेन्द्रप्रसादको पछुवा हुन्।
‘साँझतिर बाहिर गएर प्रजनन केन्द्रतिर फर्किँदै गर्दा जंगली हात्तीले भेट्टाएर लखेटेछ। भाग्दा भाग्दै भेट्टाइहाल्यो। घिसारेर हात, खुट्टा भाँचिदियो। जद्दुको मृत्यु नै भयो,’ चौधरीले भने। जंगली हात्ती गोबिन्दे प्रायः प्रजनन केन्द्र आसपासमै रहन्छ।
यसैबीच अन्वेषक इन्दु थारूले माहुते जद्दु सिंह थारुबारे सामजिक सञ्जालमा लेखेकी छिन्, ‘एक दिनभर जद्दु सिंह थारुले मलाई हात्ती खगेन्द्र प्रसादमाथि बसाएर निकुञ्ज घुमाएका थिए । त्यो दिनभर उनले मलाई जंगलको बारेमा( बोटविरुवाको नाम, हात्तीलाई मनपर्ने घाँस, हात्तीको आनीबानी, माहुतेको दैनिकीलगायत थुप्रै विषयमा सुनाएका थिए । आज जंगली हात्ती गोविन्देको आक्रमणबाट उनको मृत्यु भएको खबरले स्तब्ध भएको छु । सम्झीरहेको छु उनले बच्चैदेखि स्याहार गरेको खगेन्द्रप्रसाद अर्थात बगरा (जद्दुले माया गरि बोलाउने नाम बगरा) ले जद्दुलाई कति सम्झिरहेको होला ।’
प्रकाशित:
७५५ दिन अगाडि
|
१८ असोज २०८१
३ दिन अगाडि
|
१० कात्तिक २०८३
३ दिन अगाडि
|
९ कात्तिक २०८३
४ दिन अगाडि
|
८ कात्तिक २०८३
१४ दिन अगाडि
|
२९ असोज २०८३
१५ दिन अगाडि
|
२८ असोज २०८३
१९ दिन अगाडि
|
२४ असोज २०८३
२२ दिन अगाडि
|
२० असोज २०८३
१४७८ दिन अगाडि
|
२५ असोज २०७९
१५१३ दिन अगाडि
|
२१ भदौ २०७९
१५२३ दिन अगाडि
|
१२ भदौ २०७९
१४७८ दिन अगाडि
|
२६ असोज २०७९
१४२७ दिन अगाडि
|
१५ मंसिर २०७९
१४८३ दिन अगाडि
|
२० असोज २०७९
१४१६ दिन अगाडि
|
२७ मंसिर २०७९