Above News Title

न्यायका लागि अध्यादेश जारी हुनु पर्ने भन्दै माइतीघरमा धर्ना (फोटोफिचर)

न्यायका लागि अध्यादेश जारी हुनु पर्ने भन्दै माइतीघरमा धर्ना (फोटोफिचर)

टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणको माग गर्दै माइतीघर मण्डलामा बुधबार धर्ना दिएका छन् ।

सरकारले गत आइतबार टीकापुर घटनामा सजाय भोगिरहेका चौधरीलाई छुटाउने मनसायसहित मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो । 

सोही अध्यादेशलाई छिटोभन्दा छिटो प्रमाणीकरण गर्न माग गर्दै माइतीघर मण्डलामा थारु समुदायले धर्ना गरेका हुन् । थारु कल्याणकारिणी सभा र थरुहट/थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको धर्नामा थारु समुदायसँग सम्बन्धित पार्टी, संघ, संगठन तथा व्यक्तिहरुको उपस्थिति रहेको थियो । 

उनीहरूले अध्यादेश अविलम्ब प्रमाणीकरण गरिनुपर्ने र रेशम चौधरी लगायत टीकापुर घटनामा कैदको सजाय भोगिरहेका बन्दीहरूलाई कैदमुक्त गर्नुपर्ने माग गरेका छन् । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र चौधरीले रेशम चौधरी लगायतका आरोपित व्यक्तिहरू निर्दोष रहेका बताए ।

उनले टीकापुर घटनाको सम्बन्धमा नेपाली काँग्रेसको आधिकारिक धारणा माग गरे । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारले ल्याएको अध्यादेशको विरोध गरेको भन्दै उनले पार्टीको धारणा स्पष्ट पार्न अनुरोध गरे । 

उनले भने – ‘हाम्रो चुनौती छ, एकजना अहिलेसम्म थुना भएका आरोपित एकजना मान्छेलाई त्यो मान्छे हत्यारा हो भनेर प्रमाणित गरेर देखाइदिनुस् । होइन भने नागरिक समाजको अगुवा भनेर सडकमा ओर्लिन पाइदैनँ । गगन थापा, विश्वप्रकाश शर्मा र धनराज गुरुङले थारुहरूको, उत्पीडित समुदायको, समग्र न्यायप्रेमी जनताहरूको विरुद्धमा तपाईहरुले भाष्य प्रयोग गर्नुभएको छ । त्यो भाष्यको सम्बन्धमा नेपाली काँग्रेसले आधिकारिक धारणा स्पष्ट गर्नुपर्छ । टिकापुरको घटना हेर्ने नेपाली काँग्रेसको दृष्टिकोणमा परिवर्तन आएको छैन । आधिकारिक धारणा के हो ? खुलेर भन्नुपर्‍यो । लुकेर भनेर हुँदैन । त्यसपछि हामी पनि हिसाबकिताब गरौँला । त्यो हाम्रो चुनौती छ । तपाईहरुले आफ्नो अनुकूलको सरकार बनाउँदा खेरी, आफ्नो अनुकूलको अध्यादेश ल्याउँदाखेरी काम चलाउ सरकार हुँदैन । त्यसको प्रश्न उठ्दैन । गरिब, निर्दोष थारुहरू जेलमा छन् । तिनीहरूलाई रिहाइ गरौँ । बिना प्रमाण हचुवाको भरमा अदालतले गरेको निर्णयलाई त्यही सत्य हो भनेर थारु हत्यारा हुन् भनेर तपाईहरुले बोलिराख्नु भएको छ उहाँहरूलाई हाम्रो चुनौती छ ।’

उनले टीकापुर घटनाको सम्बन्धमा नेकपा (एमाले) ले द्वैध चरित्र देखाएको आरोप लगाए । विगतमा एमाले सरकारले पनि रेशम चौधरीको रिहाइको लागि सम्झौता गरेको उल्लेख गर्दै चौधरीले आफुले सम्झौता गर्दा ठिक र अर्को सरकारले गर्दा बेठिक भनी एमालेले द्वैध चरित्र प्रदर्शन गरेको बताए । उनले भने, ‘एमालेले विरोध गर्दैछ । एमालेलाई हाम्रो प्रश्न छ, तपाईहरुले यही विषयमा सम्झौता गर्नुभएको थियो । किन गर्नुभएको थियो ? कसले गर्नु भनेको थियो ? २०७८ साल जेठ १८ गते तपाईहरुले सम्झौता गर्नुभएको छ । नेकपा थियो । उहाँहरूकै सरकार थियो । यहीँ हामी धर्ना बसेको थियौँ । गृहमन्त्री बादल आफैँ यही आउनुभएको थियो धर्ना बस्न । सम्झौता गर्नुभयो कानुन अनुसार रिहाइको प्रक्रिया अगाडी बढाउँछु । किन गर्नुभयो त्यो सम्झौता ? तपाईहरुले त्यही सम्झौता गर्दा रिहाइ हुनुपर्छ भन्दा ठिक । अर्को सरकार आउँदा बेठिक ? त्यो बेला गर्दाखेरी चाहीँ कानुन अनुसार हुने । अहिले गर्दाखेरी गैर कानूनी हुने । एमालेको द्वैध चरित्र सार्वजनिक भइसक्यो । जवाफ दिने कि नदिने अब ?’ उनले अध्यादेश संवैधानिक रूपमा आएको भन्दै छिटोभन्दा छिटो प्रमाणीकरण हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा आदिवासी जनजाति महासंघका पूर्व महासचिव बालकृष्ण माबुहाङ, ठाकुर करिया प्रधान, कानुनलाल चौधरी लगायतले पनि सम्बोधन गरेका थिए । 

यसै गरी थाकस तथा थरुहट थारुवान संयुक्त संघर्ष समितिले न्यायका लागि अध्यादेश नारासहित पुस १ गतेसम्म निरन्तर थरुहटका सबै जिल्लाहरुमा कोणसभा गर्ने तथा मंसिर २९ गते काठमाडौंमा बृहत् अन्तरक्रिया  कार्यक्रम गर्ने भएको छ ।

प्रकाशित:

१३७५ दिन अगाडि

|

२८ मंसिर २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९