Above News Title

निर्मलादेवी थारूबाहेक नागरिक उन्मुक्ति पार्टीबाट ४ प्रदेश सांसद फेरिए

टीका थापा, इन्दिरा गिरी, नरमाया ढकाल ‘प्रज्ञा’ , उर्मिलादेवी सिंह नयाँ भाग्यमानी सांसद
निर्मलादेवी थारूबाहेक नागरिक उन्मुक्ति पार्टीबाट ४ प्रदेश सांसद फेरिए

रुपन्देहीकी निर्मलादेवी थारूबाहेक नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभामा समानुपातिकमा सिफारिश ४ प्रदेश सांसद फेरिएका छन् ।

समूह तथा पुरुष, महिला नमिलाई सिफारिश गरिएकाले त्यसलाई निर्वाचन आयोगले मान्यता दिएन । 

निर्वाचन आयोगले आधिकारिकता दिएअनुसार सुदूरपश्चिमबाट लम्कीचुहा नगरपालिका–१, कैलालीकी टीका थापा (५३), धनगढी नगरपालिका–८, कैलालीकी इन्दिरा गिरी (५८), लुम्विनी प्रदेशबाट बारबर्दिया नगरपालिका–९, बर्दियाकी नरमाया ढकाल ‘प्रज्ञा’ (४०), देवदह नगरपालिका–४ रुपन्देहीकी निर्मलादेवी थारु चौधरी (४५) मधेस प्रदेशबाट ईश्वरपुर नगरपालिका–९, सर्लाहीकी उर्मिलादेवी सिंह (४७) चयन भएका छन् । 

यस अघि पार्टीले सुदूरपश्चिम प्रदेश सभा सदस्यको लागि सुनिता चौधरी र दामोदर पण्डित, लुम्बिनी प्रदेशबाट रेणुका चौधरी र निर्मलादेवी थारु चौधरी तथा मधेश प्रदेशबाट रामचन्द्र चौधरीलाई सिफारिश गरेको थियो । पार्टीले सिफारिश गरेको रुपन्देहीकी निर्मलादेवी थारु चौधरीबाहेक बाँकी ४ जना परिवर्तन भएका छन् ।

सुदूरपश्चिम प्रदेश सभा सदस्यको लागि सिफारिश सुनिता चौधरी यसअघि २०७४ सालमा पनि प्रदेश सभा सदस्यको लागि सिफारिश भएकी थिइन् । राजपाबाट सिफारिश त्यसबेला पनि बधाई खाएकी उनको स्थानमा मालमतिदेवी राना सिफारिश भएकी थिइन् । सुनिताले ढकियाखबरसँग दुःखेसो पोख्दै भनिन्, राजनीतिमा पटक पटक अभागी सावित भइयो । अब त सुंगुर, बंगुर पालेर बस्नुपर्ने जस्तो भैसक्यो । 
 
प्रकाशित:

१३७५ दिन अगाडि

|

२८ मंसिर २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९