‘तपाईसँगको भेटवार्ता र अभिव्यक्ति सम्झिरहेका छौ, मुद्दा कहिले सम्बोधन गर्ने ?’

‘तपाईसँगको भेटवार्ता र अभिव्यक्ति सम्झिरहेका छौ, मुद्दा कहिले सम्बोधन गर्ने ?’

१३९८ दिन अगाडि

|

१५ पुष २०७९

सुदूरपश्चिममा ‘निर्णायक’ भएपछि नागरिक उन्मुक्तिले माग्यो ‘मुख्यमन्त्री’

सुदूरपश्चिममा ‘निर्णायक’ भएपछि नागरिक उन्मुक्तिले माग्यो ‘मुख्यमन्त्री’

१३९९ दिन अगाडि

|

१५ पुष २०७९

पुस १० गतेपछि विकसित राजनीतिक घटनाक्रमपछि सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वबारे दलहरुबीच रोचक रस्साकस्सी बढेको छ । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीलाई बाहिर राखेर बनेको नयाँ गठबन्धनमा आवद्ध दलहरुले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा दाबी बढाउँदै दौडधुप गरिरहेका छन् । गठबन्धनभित्रको मुख्य घटक नेकपा माओवादी केन्द्र र नेकपा एमालेले आ–आफ्नै नेतृत्व दाबी गरिरहेको बेला चौथो ठूलो दलको हैसियतमा रहेको नागरिक उन्मुक्ति पार्टीले पनि नेतृत्वमा दाबी गर्न थालेपछि सरकार गठनको राजनीति रोचक बनेको हो । मंसिर ४ को प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा टीकापुर राजबन्दी रिहाइ र सुदूरपश्चिममा ‘ढकिया सरकार’को चुनावी नारा दिइ चुनाव लडेको नागरिक उन्मुक्ति पार्टीले प्रदेश सरकारको नेतृत्वमा दाबी गर्न थालेको हो । पुस १० गतेको विकसित राजनीतिक घटना क्रम अनुसार सुदूरपश्चिम सरकार गठनको अंकगणित नागरिक उन्मुक्ति अनुकुल भएपछि सो दलले नेतृत्वमा दाबी गरेको हो । राजबन्दी रिहाइ आफूहरुको बटम लाइन रहेको बताउँदै नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरी भन्छन्, ‘हाम्रो बटम लाइन राजबन्दी रिहाइ नै हो । संघमा अहिलेको प्रचण्ड नेतृत्वको सरकारलाई हाम्रो समर्थन हो । तर हाम्रो माग मुद्दा सम्बोधन बिना हामी संघ सरकारमा जाँदैनौं तर सुदूरपश्चिमको हकमा सोचनीय कुरा छ । यहाँको विकास, उत्पीडित वर्गको उत्थानका लागि हामीले नेतृत्व गर्न पाउनुपर्छ भन्ने हाम्रो भनाइ हो ।’ बुधबारमात्रै प्रदेश सरकारको नेतृत्वबारे सुदूरपश्चिमका माओवादी र एमालेका शिर्ष नेताबीच छलफल समेत भएको प्रमुख सचेतक चौधरीले खुलाए । सो छलफलमा आफूहरुले पनि नेतृत्वको दाबी गरेको उनको भनाइ छ । यस्तो छ अंकगणित ५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिममा बहुमतका लागि कम्तीमा २७ जना प्रदेशसभा सदस्य चाहिन्छ । यहाँ नेपाली कांग्रेसका १९, माओवादीका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ जना प्रदेशसभा सदस्य छन् । नागरिक उन्मुक्ति पार्टीले समर्थन नगरेको अवस्थामा हालको माओवादी केन्द्र र एमाले नेतृत्वको सत्ता साझेदार दलहरुलाई पनि प्रदेश सरकार निर्माणमा आवश्यक बहुमत जुटाउन सकस पर्ने देखिन्छ । केन्द्रका सत्ता साझेदार दल माओवादी केन्द्र, एमाले र राप्रपाको सिट संख्या जोड्दा यहाँ २२ मात्रै पुग्छ । नागरिक उन्मुक्ति पार्टीका ७ सिट जोड्दा २९ पुग्छ र सहज रुपमा बहुमत जुट्छ । अर्कोतिर, प्रदेशसभामा ठूलो दल रहेको नेपाली कांग्रेस र एकीकृत समाजवादी मिलेको अवस्थामा पनि प्रदेश सरकार निर्माणका लागि आवश्यक बहुमत पुग्दैन । कांग्रेसका १९ र  नेकपा समाजवादीका ४ जोड्दा जम्मा २३ पुग्छ । नागरिक उन्मुक्तिले समर्थन गरेको अवस्थामा मात्रै यो गठबन्धनमा सहज बहुमत पुग्ने देखिन्छ । जुनकारण एमाले वा माओवादी नेतृत्वको सरकार बन्न नदिन कांग्रेस र नेकपा एकीकृत समाजवादीले नागरिक उन्मुक्तिलाई मुख्यमन्त्रीको अफर नदेलान् भन्न सकिन्न । तर यसका लागि पछिल्लो विकसित राजनीतिक परिघटनाले भूमिका खेल्ने देखिन्छ । प्रचण्ड नेतृत्वको सरकारको सहयोग बिना नागरिक उन्मुक्तिले उठाउँदै आएको राजबन्दी रिहाइको माग पूरा नहुने भएकोले कांग्रेससँगको समीकरण बन्ने सम्भावना उत्तिकै न्यून देखिन्छ । हामी नेतृत्व दिन तयार छौं : कांग्रेस प्रदेशसभा सदस्य शाह तर यहाँको सबैभन्दा शक्ति नेपाली कांग्रेस केन्द्रमा माओवादीबाट पाएको असहयोगको जवाफ सुदूरपश्चिममा जोडदारमा दिने रणनीति अवलम्बन गर्ने दाउमा छ । आफू सम्मिलित दलको समीकरण बनाइ सरकार बनाउने हरसम्भव प्रयत्नमा कांग्रेस लागेको छ । नेपाली कांग्रेस संसदीय दलका आकांक्षी रहेका प्रदेशसभा सदस्य कमल बहादुर शाहले भने, ‘हामीले सबैसँग छलफल अगाडि बढाएका छौ । सबैको सकारात्मक जवाफ पाएका छौं । पहिला हामी सम्मिलित दलको सरकार बनाउने सहमति हुनुप¥यो, नेतृत्व कसले गर्ने कुराको निर्क्यौल गर्नु ठूलो कुरा होइन । जसलाई (उन्मुक्ति पार्टीलाई) पनि दिन हामी तयार छौं ।’ मेरो भूमिका निर्णायक होइन : स्वतन्त्र सांसद जोशी स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य डा. तारा जोशीले भने हालसम्म कसैलाई समर्थन नगरेको बताएका छन् ।  उनले भने, ‘पछिल्लो विकसित राजनीतिक घटनाक्रम अनुसार बनेको गठबन्धन वा हालको कांग्रेसकै नेतृत्वमा बन्ने आकलन गरिएको गठबन्धनसँग मेरो उपस्थितिले भूमिका खेल्ने देखिदैन । कसैसँग छलफल पनि भएको छैन । मैलै त कुनै पनि गठबन्धन सरकारले ल्याउने कार्यक्रमको आधारमा समर्थन गर्ने वा नगर्ने कुरा रहन्छ ।’ सुदूरपश्चिममा पुुस १५ गते प्रदेशसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ । पुस १८ गते प्रदेश प्रमुखले प्रदेशसभाको पहिलो बैठक आह्वान गर्ने बताइएको छ । प्रदेश प्रमुखले प्रदेशसभा बैठक आह्वान गरेसँगै प्रदेश सरकार निर्माणका लागि समय तोकिने छ । तर नागरिक उन्मुक्ति पार्टीले कुनै पनि दललाई समर्थन हालसम्म नगरेको अवस्थामा भने प्रदेश प्रमुखले निर्धारण गरेको समयावधिमा कसैको पनि बहुमतको सरकार बन्ने सम्भावना हुँदैन । त्यस्तो अवस्थामा प्रदेश प्रमुखले दोस्रो पटक अल्पमतको सरकार निर्माणका लागि सूचना जारी गर्न सक्ने प्रावधान छ ।

७ औं राष्ट्रिय थारु साहित्य सम्मेलन बाँकेको फत्तेपुरमा हुने

७ औं राष्ट्रिय थारु साहित्य सम्मेलन बाँकेको फत्तेपुरमा हुने

१४०२ दिन अगाडि

|

१२ पुष २०७९

७ औं राष्ट्रिय थारुसाहित्य सम्मेलन बाँकेको राप्ती सोनारी गाउँपालिका–६, फत्तेपुर सिधन्वामा हुने भएको छ ।  थारु लेखक संघ नेपालले थारु गोचाली समाज फत्तेपुर, बाँकेको सहकार्यमा आगामी माघ २०, २१ र २२ गते ३ दिने राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो ।  यस बर्ष बाँकेमा राष्ट्रिय सम्मेलन हुने भएपछि साहित्यमा रुझान रँखने बाँकेका थारु युवाहरु उत्साहित भएका छन् । राष्ट्रिय सम्मेलनको लागि सहआयोजक थारु गोचाली समाज फत्तेपुरले विभिन्न चरणमा तयारी बैठक थालेको छ । यसै क्रममा थारु गोचाली समाजका अध्यक्ष देखलाल थारुको अध्यक्षतामा शनिबार बसेको बैठकले थारु राष्ट्रिय साहित्य सम्मेलन आयाजेनाको मिति तय गर्नुका साथै सम्मेलनका लागि विभिन्न तयारी समिति गठन गरी जिम्मेवारी बाँडफाँट गरेको छ ।  थारु लेखक संघका सदस्य शेखर दहितको संयोजकत्वमा प्रस्तावना तयारी समिति, गोविन्द दहित चौधरीको संयोजकत्वमा ब्यवस्थापन समिति, सोमनाथ थारुको संयोजकत्वमा स्वागत सत्कार समिति, कालुराम थारुको संयोजकत्वमा समन्वय तथा सहकार्य समिति, सुन्दरलाल थारुको संयोजकत्वमा आर्थिक संकलन समिति, सुनिता थारुको संयोजकत्वमा साँस्कृतिक समिति गठन गरिएको थारु गोचाली समाजका महासचिव कालुराम थारुले जनाए ।  सम्मेलनमा झापादेखि कञ्चनपुर सम्मका थारु साहित्यकारहरुको सहभागिता रहने थारु लेखक संघ नेपालका केन्द्रीय सदस्य तथा जंग्रार साहित्यक बखेरीका केन्द्रीय अध्यक्ष सोम डेमनडौराले जानकारी दिए । सम्मेलनमा विभिन्न विधाका साहित्य वाचनसँगै सम्मेलन आयोजना हुने जिल्ला तथा स्थानीय स्तरको एजेण्डालाई विशेष प्राथमिकता दिएर ब्यापक बहस, प्यानल छलफल गरिने उनले बताए ।  ७औं राष्ट्रिय थारु साहित्य सम्मेलनमा समग्र बाँके जिल्ला र राप्ती सोनारीको मुख्य समस्या तथा समाधानको उपाय, शिक्षाको अवस्था, बरघरहरुको एजेण्डा, नयाँ जनप्रतिनिधिहरुको कामको प्राथमिकता लगायतका विषय उठान गर्न सकिने बखेरीका अध्यक्ष डेमनडौराको सुझाव थियो ।  तयारी बैठकमा थारु लेखक संघ नेपालका केन्द्रीय सदस्यद्वय शेखर दहित, बालिका चौधरी, सम्मेलनका संयोजक लक्ष्मी चौधरी, सहसंयोजक श्रीदेवी थारुलगायत स्थानीय युवाहरुको सहभागिता थियो । थारु लेखक संघ नेपालले प्रत्येक बर्ष फरक फरक जिल्लामा आयोजना गर्दै आएको राष्ट्रिय सम्मेलन सम्बन्धित जिल्लाका थारु समुदायसँग सम्बन्धित संस्था, क्लव तथा समूहलाई स्थानीय स्तरमा आयोजक तथा ब्यवस्थापनको जिम्मा दिने गरेको छ । यसमा प्यानल छलफ, संयुक्त रुपमा पुस्तक विमोचन, पुस्तक मेला, साहित्यकारहरुलाई पुरस्कार, सम्मान प्रदान गरिन्छ ।  दाङको घोराहीमा २०७३ सालमा पहिलो राष्ट्रिय थारु साहित्य सम्मेलन गरी कृष्णराज सर्वहारीको अध्यक्षतामा थारु लेखक संघ नेपाल गठन गरिएको थियो । दोस्रो राष्ट्रिय थारु साहित्य सम्मेलन कैलालीको पटेला, तेस्रो सम्मेलन बर्दियाको बढैयाताल, चौथो सम्मेलन रुपन्देहीको सैनामैना, पाँचौ सम्मेलन सुर्खेतको वीरेन्द्रनगरमा भएको थियो । त्यस्तै गत वर्ष २०७८ मा कञ्चनपुरको सिंहपुरमा छैठौ सम्मेलन भएको थियो । छैठौ सम्मेलनको स्मारिका प्रकाशनको तयारी भइरहेको थारु कल्याणकारिणी सभा, कञ्चनपुरकी जिल्ला अध्यक्ष सुनिता चौधरी सानुले जनाइन् ।   

आठ सदस्यीय मन्त्रिपरिषद् गठन, रवि लामिछाने बने गृहमन्त्री

आठ सदस्यीय मन्त्रिपरिषद् गठन, रवि लामिछाने बने गृहमन्त्री

१४०२ दिन अगाडि

|

११ पुष २०७९

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मन्त्रिपरिषद्मा एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्रीसहित अर्थमन्त्री पाएका छन् भने माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन् । ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र कुमार राई र अब्दुल खान पनि मन्त्री बनेका छन् । उनीहरुको कार्यभार पछि तोकिने भएको छ । सबै मन्त्रीहरुले शीतलनिवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ दिएका छन् ।  बाँकी मन्त्रालयहरु सबै प्रधानमन्त्री प्रचण्डले आफूसँग राखेका छन् ।

भादा गाउँमा गैरथारुलाई किन अशुभ ?

भादा गाउँमा गैरथारुलाई किन अशुभ ?

१४०४ दिन अगाडि

|

९ पुष २०७९

यतिबेला कैलालीको भादावासी निकै व्यस्त छन् । उसै पनि वर्षैभरि अन्तरिक तथा बाह्य पर्यटकको ओइरो लागिरहने धनगढी उपमहानगरपालिका–१६, थारु होमस्टे गाउँ भादामा महोत्सव नै सञ्चालन हुने भएपछि व्यस्तता थपिएको हो । थारु परिकारको स्वाद लिन चाहने, थारु कला, संस्कृतिमा रम्न चाहने र खोज अनुसन्धान गर्नेहरुका लागि खजाना हो भादा गाउँ । विशुद्ध थारु समुदायको मात्रै बासोबास भएको यो गाउँमा पुस १४ देखि १७ गतेसम्म थारु होम स्टे गाउँ भादा महोत्सव २०७९ आयोजना हुँदैछ । स्थानीयवासीले विभिन्न ११ उपसमिति गठन गरी तयारी थालेका छन् । थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीका अनुसार १७ घरमा सञ्चालनमा रहेको होमस्टेलाई थप सुधार र विस्तार गर्दै अब अटेच बाथरुमसहित २० घरमा सञ्चालन गरिएको छ । ‘बाह्य पर्यटकलाई लक्षित गरी होमस्टेको सेवामा सुधार र विस्तार गर्दै गरेका छौं । आएको पहुनाले बाल्टिनको पानी बोकी चर्पी पुग्नु, बाहिर नुुहाउन जानु, समय सान्दर्भिक छैन । कच्चीभित्रै व्यवस्थित रुपमा अटेच बाथरुमको व्यवस्था छ । अन्य होमस्टेमा पनि यही छ,’ अध्यक्ष चौधरीले भने । भादामा हालसम्म ३५ हजारभन्दा बढी आन्तरिक र ४ सय बढी बाह्य पर्यटकले अवलोकन गरेका छन् । त्यसको दोब्बर पर्यटकलाई आकर्षित गर्ने योजना स्थानीयको छ । होमस्टे सञ्चालनपछि थारु परिकार, कला, संस्कृति, भेषभुषा तथा रहनसहनको संरक्षण तथा प्रवर्द्धन भएको बताउँदै समितिका कोषाध्यक्ष पदम चौधरीले व्यावसायिकताले स्थानीयको जीविकोपार्जनमा सुधार आएको उल्लेख गरे । स्थानीयहरुले पर्यटकलाई मनोरञ्जन प्रदान गर्न थारु समुदायको मौलिक संस्कृति सखिया, झुम्रा, मघौटा, लठ्ठी, बैठक्की नाँच प्रदर्शन गर्दै आएका छन् भने मौलिक परिकार ढिक्री, खरिया, फुलौरी, अण्डीक् भात, खुर्मा, पनझझरा, कचरीक् बरिया, घोंघी, गङटा, सुटही, मुसाको सेकुवा, सिध्रा, महुँवाको रक्सी, चामलको रक्सी र झोललगायतको व्यवस्था गर्दै आएका छन् । यतिमात्रै होइन, स्थानीयले पर्यटकलाई गाउँ अवलोकन गराउन थारु समुदायको परम्परागत लहरुमा शयर गराउँदै आएका छन् भने नजिकै रहेको जोगिनिया तालमा पनि डुंगामा शयर गर्ने व्यवस्था मिलाइएको छ । उसो त भादा गाउँको करिब डेढ किलोमिटरको दुुरीमा अर्को पर्यटकीय क्षेत्र कोइलहुवा ताल पनि छ । भादामा गैरथारुलाई किन अशुभ ? धनगढी बजारदेखि १७ किलोमिटरको दुरीमा रहेको भादा विशुद्ध थारु बस्ती हो । हाल २७५ घर घरधुरीको बसोबास रहेका भादामा गैरथारु समुुदायले स्थायी बासोबास गरे अनिष्ट हुने, हानी नोक्सानी हुने जनविश्वास छ । समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीका अनुसार केही दशक अगाडि भादामा केही गैरथारु समुुदायका व्यक्तिले स्थायी बसोबास गर्न चाहेका थिए । तर उनीहरुको परिवारजनमा दुःख, बिरामी पर्दै जाने समस्या देखिएपछि अन्यत्र बसाई सर्न बाध्य भएका थिए । अध्यक्ष चौधरीका अनुसार सदियौं पहिले तान्त्रिक विद्यामा निपूर्ण भएका थारु समुदायका भगौती दास नाम गरेका व्यक्तिले हालको भादामा बस्ती बसाएका हुन् । उनले दाङ जिल्लाको हेकुली, वैवांङ हुँदै कैलालीको भादामा बस्ती बसाएको कथन छ । उनले यस्तो बस्ती बसाउन चाहन्थे कि, जहाँ थारु बाहेक अरु जातिका मानिस बस्न नसकुन् । उनले भादामा वस्ती बसाउँदै आफ्नो कुल देवता ‘जगरनठिया’ स्थापना गरी भाकल गरे– अन्य जातिको बसोसास हुन नदिनू । उनै भगौतीदासको भाकल तथा दैवी शक्तिको प्रभावले हालसम्म थारु जाति बाहेक अन्य कसैको बासोबास नरहेको अध्यक्ष चौधरीले विश्वास व्यक्त गर्छन् । उनै भगौती दासको नामको पहिलो अक्षर भगौतीको ‘भा’ र दोस्रो शब्द दासको पहिलो अक्षर ‘दा’ बाट गाउँको नाम नै ‘भादा’ रहन गएको बताइन्छ ।

थारु विद्यार्थीहरूलाई मन्त्री चौधरीको सुझाव : सीमान्तकृत समुदाय हौँ भनेर दङ्ग नपरौँ

थारु विद्यार्थीहरूलाई मन्त्री चौधरीको सुझाव : सीमान्तकृत समुदाय हौँ भनेर दङ्ग नपरौँ

१४०४ दिन अगाडि

|

९ पुष २०७९

सहरी विकास मन्त्री मेटमणि चौधरीले थारु समुदायलाई सीमान्तकृत हौँ भनेर दङ्ग नपर्न सुझाएका छन् । पुल्चोक क्याम्पसमा शनिबार आयोजित थारु विद्यार्थी सभाको वार्षिकोत्सवमा प्रमुख अतिथिका रूपमा बोल्दै मन्त्री चौधरीले थारु समुदायले दुःख, गरिबीका कुरा मात्र गर्ने गरेको बताउँदै मन्त्री चौधरीले भने, ‘अब हामीले दुःखका, गरिबीका गीत मात्रै गाउने होइन । सीमान्तकृत समुदाय हौँ भनेर दङ्ग पर्ने होइन । हिम्मतका, मिहिनेतका कुरा गर्नुपर्छ । सफलताका कथा सुन्नुपर्छ । दंगिशरण थारु राजा भएको इतिहास छ । थारुहरू प्रधानपञ्च, हेड मास्टर भएको इतिहास छ । पञ्चायतकालमा परशुनारायण राजदरबारका स्थायी सदस्य भएका थिए ।’ उति बेला थारुहरूले समाजको अगुवाइ गरेको प्रसङ्ग निकाल्दै मन्त्री चौधरीले थपे, ‘त्यो बेला पनि समाज मिश्रित थियो । आज पनि मिश्रित नै छ । त्यतिबेला नेतृत्व गरेको थारु समाज आज किन पछाडि पर्‍यो भनेर हामीले सोच्नुपर्छ । फेरि पनि हामीले समाजको अगुवाइ गर्ने हिम्मत गर्नुपर्छ ।’ ​इन्जिनियरिङ पढ्नु आफैमा राम्रो भएको बताउँदै सहरी मन्त्री चौधरीले राजनीतिमा पनि अगुवाइ गर्न थारु विद्यार्थीहरूलाई आग्रह गरेका थिए ।

पुस्तकालयका उत्कृष्ट पाठक चौधरीलाई १० हजार पुरस्कार

पुस्तकालयका उत्कृष्ट पाठक चौधरीलाई १० हजार पुरस्कार

१४०६ दिन अगाडि

|

८ पुष २०७९

                                                                                                                                               फाइल : फोटो कैलालीस्थित टीकापुर सामुदायिक पुस्तकालयका उत्कृष्ट पाठकलाई रु १० हजार पुरस्कार प्रदान गरिएको छ ।  महिनाभरि पुस्तकालयमा आई अध्ययन गर्ने उत्कृष्ट पाठकलाई पुरस्कार दिने घोषणाअनुसार मङ्सिर महिनाको पाठकका रुपमा टीकापुर सरोकार समूहले टीकापुर बहुप्राविधिक शिक्षालयका विद्यार्थी उपेन्द्र चौधरीलाई पुरस्कार प्रदान गरेको छ । चौधरीलाई नगद र सम्मानपत्रद्वारा पुरस्कृत गरिएको हो ।  टीकापुर सरोकार समूहले कैलालीको टीकापुर क्षेत्रमा पठन संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले यो अभियान थालेको सरोकार समूहका सचिव नवराज भट्टराईले जानकारी दिए। “हामीले पठन संस्कृतिको विकास गर्न खोजेका हौँ”, उनले भने, “पुस्तकालयमा सबैभन्दा बढी पटक आउने र बढी समय बिताउने पाठकलाई पुरस्कार दिन थालेका छौँ । अध्ययनमा नागरिकको रुचि जगाउन यो गर्न थालिएको हो ।” सरोकार समूहका सचिव भट्टराईले पुस्तकालय र समूहको सहकार्यमा आगामी एक वर्षसम्म प्रत्येक महिना यो पुरस्कार प्रदान गरिने बताए । यस महिनाको पुरस्कार नेपाल अफ्रिका साहित्य समाजले प्रायोजन गरेको हो । पुस्तकालयमा आयोजित एक विशेष कार्यक्रममा  चौधरीलाई टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन विक र शिक्षाप्रेमी यज्ञमूर्ति अर्यालले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरे ।  रासस