Above News Title

बेल्जियमको ब्रुग सहरमा पाईप लाईनबाट घरघरै बियर

बेल्जियमको ब्रुग सहरमा पाईप लाईनबाट घरघरै बियर

पाईपलाईनबाट घर घरमा ग्यासको सुविधा र चर्चा त नेपालमापनि सुनेकै हो । तर बेल्जियमको एउटा शहरमा भने विश्वमै पहिलो पटक पाईपलाईनबाट घरघरै बियर पुर्‍याईएको छ ।

पहिले पहिले कल्पना गरिएपनि घरघरै बियरको पाईपलाईन पुर्‍याउनु अब कल्पनाको विषय रहेन । बेल्जियमको ब्रुग शहरमा सन् २०१६ को सेप्टेम्बर तेस्रो हप्तादेखिनै विश्वको पहिलो बियर पाइपलाइन खोलिएको थियो ।

तीन दशमलव दुई सय किमीको पाइपले सहरको ऐतिहासिक केन्द्रमा रहेको हाल्वे मान ब्रुअरीलाई उपनगरमा रहेको बोटलिङ प्लान्टसँग जोडिदिएपछि यो संभव बनेको हो ।

ब्रुग मध्ययुगिन सहर हो । पुराना घर र साँघुरा गल्लीमा बियर बोकेर चर्को आवाज आउने हुनाले त्यसलाई रोक्न पनि बियर पाईपलाईन जोडेको भनाई बियर उत्पादक ब्रुवरीको छ ।

ब्रुगको पुरानो शहर एक युनेस्को विश्व सम्पदा स्थल पनि हो। हाल्भ मान बेल्जियममा सबैभन्दा छिटो लोकप्रियता हासिल गरेको ब्रुअरीहरू मध्ये एक हो, र यसले बियर बितरण गर्दा ट्राफिक जाम बढाउँदै लगेको थियो ।

पाइपलाइनको अर्थ ब्रुअरी टाउन सेन्टर भित्र पहिले जहाँ थियो, सोही स्थानमा रहेको छ, जहाँ यसले विगत ५०० वर्षदेखि मदिरा बनाउँदै आएको छ। पछिल्लो बियर ट्याङ्करले सन् २०१६ को सेप्टेम्बर तेस्रो हप्ता ब्रुअरी छोडेको ब्रुअरीका ब्यवस्थापक हाल्भ मानले बताएको छ । पाइपलाइन ऐतिहासिक शहर केन्द्र अन्तर्गत चल्छ।

पाइपलाइन आंशिक रूपमा क्राउडफन्डिङ अभियानद्वारा आर्थिक सहयोग गरिएको थियो, जसले ४० लाख युरो भन्दा बढि उठायो। हाल्भ मानले बेल्जियममा क्राउडफन्डिङको रेकर्ड बनाएको बताएको छ ।

पाइपलाइन ३,२७६ मिटर लामो छ, र यसको गहिराई जमिनबाट ३४ मिटर छ । यो सहरको ऐतिहासिक नहर र राम्पार्ट भन्ने स्थल भएर जान्छ । एक घण्टामा यसको पाइपलाइनबाट करिब ४,००० लिटर बियर बग्छ जसबाट १२,००० बोतल भर्न पुग्छ ।

बियरको गुणस्तर कायम राखिएको सुनिश्चित गर्न ब्रुअरी नयाँ प्रविधिले सुसज्जित छ । यसमा पाइप सफा राख्नको लागि सफा गर्ने र फ्लस गर्ने प्रणाली पनि छ । नेपालप्लसबाट

प्रकाशित:

११५२ दिन अगाडि

|

९ साउन २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९