Above News Title

गढवा गाउँपालिकालाई सेरामिक्सको हब बनाइने

टोलीले तोकिएको विषयमा अध्ययन गरी साउन मसान्तभित्र प्रतिवेदन पेश गर्ने
गढवा गाउँपालिकालाई सेरामिक्सको हब बनाइने

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा लुम्बिनी प्रदेशको दाङस्थित गढवा गाउँपालिकाबीच पालिकालाई सेरामिक्सको हब बनाउने विषयमा छलफल भएको छ । 

प्रतिष्ठानले देशभरका विभिन्न ७ स्थानमा कलाको हब बनाउन अघि सारेको योजना अनुसार गाउँपालिकामा उक्त काम अघि बढाउन प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको संयोजकत्वमा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेल (विश्वास) र प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यहरुको उपस्थितिमा असार ३१ गते विभिन्न निर्णय भएको छ । 

निर्णयानुसार पहिलो चरणमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र गढवा गाउँपालिकाबीच गढवा गाउँपालिकालाई सेरामिक्सको हब बनाउने सम्बन्धमा अध्ययन गरी कार्ययोजनाको खाका सहितको प्रतिवेदन पेश गर्न गाउँपालिकाका वडा नं ३ को वडासदस्य आशाराम चौधरीको संयोजकत्वमा प्राज्ञ दिनेश्वर महतो, अग्रज कलाकार गोपाल कलाप्रेमी, गाउँपालिकाको वडा नं ६ का वडा सदस्य मानु कुमाल तथा वडा नं ३ का वडा सदस्य तथा कलाकार चुनुराम थारु रहेको टोली रहेको छ । 

यस टोलीले तोकिएको विषयमा अध्ययन गरी साउन मसान्तभित्र प्रतिवेदन पेश गर्नेछ । यसपछि गढवा गाउँपालिकामा रहेका ललितकलाका विभिन्न क्षेत्रहरु मुख्यतः लोककलालाई विस्तार तथा प्रवद्र्धन गर्नका लागि नीतिगत एवम् योजनागत छलफल अघि बढाइने छ । 
 
प्रकाशित:

११५२ दिन अगाडि

|

९ साउन २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९