Above News Title

भगवान भरोसे भगवानपुरे किसानहरू

भगवान भरोसे भगवानपुरे किसानहरू

भुवन चौधरी

पहिले पहिले बर्षात्को समयमा लगातार झरी परेपछि खेतीपातीको समस्या हल भै हाल्थ्यो । यसरी धान रोपेको खेतमा चिरा फाटेको देख्न मिल्दैनथ्यो । 

हालको घोराही उपमहानगरपालिका–१३ बाह्रकुने दह, उत्तर बगालेदेखि माथि सिरान भएको सेवार खोला फराकिलो थियो । भगवानपुरे कुलोको बाँध हालको घोराही–१४ झिंगौरा र घोराही–१६ तेरौटे गाउँको बिचमा (अटो भिलेजदेखि उत्तर) थियो । त्यस भन्दा माथि राजपुरे कुलोको बाँध, त्यस भन्दा माथि झिंगौरे कुलोको बाँध, त्यस भन्दा माथि रतनपुरे कुलोको बाँध, त्यस भन्दा माथि घोराही कुलोको बाँध, त्यस भन्दा माथि बाहुनडारे कुलोको बाँध लगायतका थुप्रै कुलाका बाँधहरु थिए । 

माथि उल्लेखित सबै कुलोहरुमा सेवार खोलाको पानी पुगेर पनि भगवानपुरे कुलोमा बर्षात्को समय मात्रै नभएर असोज कार्तिक महिना हिउँदमा समेत थोर बहुत पानि बग्ने गर्दथ्यो । याने कि हिउँदे बालीनालीमा समेत पानी सिँचाई गर्न सकिन्थ्यो । 

अर्कोतर्फ बर्षात्को समयमा दुइ तीन पटक झरी गरेपछि घोराही उपमहानगरपालिका–१६ को कार्यालयदेखि पूर्वतर्फ पर्ने खरिच्य सोता हँुदै दक्षिण बघी सोतामा सिम अर्थात् पानीको मूल उठ्ने गर्दथ्यो । सो सिम पानीले पनि भगवानपुर गाउँका डाबरहरुमा धान रोपाई गर्न सहज हुने गर्दथ्यो । 

तर, अहिलेको स्थिति बिलकुल फरक छ । बगालेदेखि दक्षिण आउँदै गर्दा सेवार खोला साँगुरो साँगुरो हँुदै तलतिर बगेको छ । तल अटो भिलेजसम्म आइपुग्दा त सेवार खोलो हो कि सेवार कुलो हो भन्ने छुट्याउन सकिदैन । 

खोलोबाट कुलोमा परिणत भएपछि सिम (मूल) त त्यसै सुक्ने नै भयो । खोलो भनाउँदोमा मूल सुकेपछि कुलोमा पानी कसरी वग्ला ? अर्कोतर्फ जग्गाधनी र जग्गा खरिद बिक्री गर्ने जग्गा कारोबारीहरुले खरिच्यदेखि दक्षिण बघी सोता (सिम उठ्ने सोताहरु) सबै प्लटिङ गरी डोजर र जेसिभीले पुरेर घडेरी बनाएपछि सिम (मूल) त त्यसै सुक्ने नै भयो । खोलाको, सोताको मूल सुकेपछि म जस्ता भगवानपुरे किसानहरु मर्ने नै भए । भगवान भरोसे हुने नै भए ।
 

प्रकाशित:

११९५ दिन अगाडि

|

५ साउन २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४७७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१५१२ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१५२२ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४७७ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१४२६ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४८२ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१४१५ दिन अगाडि

|

२७ मंसिर २०७९