काठमाडौँको माइतीघर मण्डलामा भेला भएर ‘धोती दिवस’ मनाउने क्रममा निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतसहित ५१ जनालाई प्रहरीले रिहा गरेको छ ।
विद्यार्थी जनमत संघले जनवरी १ तारिखको अवसर पारेर ‘धोती दिवस’ मनाउन भन्दै माइतीघर मण्डलामा आयोजना गरेको धोती दिवसमा प्रहरीले हस्तक्षेप गरेको हो। माइतीघरको निषेधित क्षेत्रमा प्रवेश गरी प्रदर्शन गर्न खोजेपछि प्रहरीले सोमबार जनमत पार्टीका अध्यक्ष राउतसहित ५१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रदर्शनीमार्गस्थित नगर प्रहरी कार्यालयमा पुगेर राउतसहितका प्रदर्शनकारीलाई भेटेका थिए । त्यसलगत्तै गृहमन्त्री श्रेष्ठले नियन्त्रणमा लिइएका सबैलाई रिहा गर्न निर्देशन दिएको प्रहरीका एक अधिकारीले बताए ।
राउतसहित भेला भएकाहरूले टोपी दिवससँगै धोती दिवस पनि मनाउन पाउनुपर्छ भन्दै निषेधित क्षेत्र प्रवेश गर्न खोज्दा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
प्रकाशित:
९८८ दिन अगाडि
|
१६ पुष २०८०
२ दिन अगाडि
|
२९ भदौ २०८३
३ दिन अगाडि
|
२८ भदौ २०८३
१६ दिन अगाडि
|
१५ भदौ २०८३
१८ दिन अगाडि
|
१३ भदौ २०८३
१८ दिन अगाडि
|
१३ भदौ २०८३
२३ दिन अगाडि
|
७ भदौ २०८३
३२ दिन अगाडि
|
२९ साउन २०८३
१४३५ दिन अगाडि
|
२५ असोज २०७९
१४७० दिन अगाडि
|
२१ भदौ २०७९
१४८० दिन अगाडि
|
१२ भदौ २०७९
१४३५ दिन अगाडि
|
२६ असोज २०७९
१३८४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४० दिन अगाडि
|
२० असोज २०७९
१३७३ दिन अगाडि
|
२७ मंसिर २०७९