Above News Title

थारु संस्कृति जोगाउनको लागि माघ महोत्सव हुँदै

थारु संस्कृति जोगाउनको लागि माघ महोत्सव हुँदै

सन्तोष दहित

तराइका आदिवासी धर्तीपुत्र थारु समुदायले आफ्नो संस्कृति जोगाउनको लागि दाङको घोराहीमा माघ साँस्कृतिक महोत्सव २०८० लगाउने भएका छन् । थारु कल्याणकारिणी सभा लगायत दर्जनौ थारु संघसस्थाको संयुक्त आयोजनामा यहि पुस २० र २१ गते महोत्सवको आयोजना गरेका हुन् ।

पछिल्लो समयमा थारु भाषा, कला, संस्कृति लोप भइरहेकाले त्यसको संरक्षण र प्रवद्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको थारु कल्याणकारिणी सभाका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक अशोक चौधरीले बताए । यस महोत्सवले थारु भाषा, कला, संस्कृतिको प्रवद्धन संगै जिल्लाको पर्यटन विकासमा थप टेवा पुग्ने उनले दाबी गरे ।

'आर्थिक जागरण र साँस्कृतिक रुपान्तरण हाम्रो अभियान, सामाजिक न्याय सहितको समृद्धिमा हाम्रो योगदान’ भन्‍ने मुल नारासहित आयोजना हुन लागिएको महोत्सवमा थारु परिकार, माछा, घोंगी, गंगटा, सुंगुरको मासु, लोक भालेको मासु, मुसाको मासु, ढिक्री, अनदीको रोटी, झोल सहित परिकार विक्री वितरणको लागि राखिने संयोजक चौधरीले बताए । त्यस्तै थारु भाषा, कला, संस्कृति, ज्ञानगुनका दर्जनौ पुस्तक, पत्र पत्रिकाहरु समेत विक्री वितरणको लागि राखिने छ । यस्तै थारु हस्तकला ढकिया, खोंग्या, भौका, भौकी, गोन्द्री, छट्री, खटिया, डोली, डोला, थारु गरगहना संगै मिनी थारु संग्रहालय लगायत प्रर्दशनीको लागि राखिने उनले बताए ।

दुइदिनसम्म चल्ने महोत्सवमा ६ दर्जन भन्दा बढि मघौटा, हुर्डुंग्या, छोक्रा नाचको प्रस्तुति रहने महोत्सव मुल आयोजक समितिका सल्लाहकार भुवन चौधरीले बताए । जिल्लाका सवै पालिकाका विभिन्न मौलिक नाच, मघौटा ढुम्रु गीतको प्रस्तुति सहित थारु राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुति रहने उनले बताए ।

थारु समुदायले माघ पर्वलाई महान पर्वको रुपमा मनाउदै आएका छन् । उनिहरुले माघीलाई नयाँ वर्षको रुपमा समेत गर्दछन् । हरेक बर्ष माघी आएसंगै दाङ लगायत तराईका थारु बाहुल्य थारु बस्तीमा अहिले देखि नै माघीको रौनक छाएको छ । माघ थारु समुदायको महान पर्व मात्र नभइ नयाँ वर्षको रुपमा मनाउदै आएको थारु साँस्कृतिक अभियन्ता समेत रहेका थारु अगुवा भुवन चौधरीले बताए । माघीमा गाउँका मटावा चयन गर्ने देखि वितेको बर्षको कामको समिक्षा र आउने बर्षको योजना लगायत बनाउने गर्ने गरेको उनले बताए ।

सामाजिक, साँस्कृति, धार्मिक र आर्थिक हिसाबले माघ पर्व महत्व पूर्ण भएकोले माघलाई थारु समुदाय विशेष रुपमा मनाउने गरेको चौधरी बताउछन् । पछिल्लो समयमा स्वदेशमा मात्र नभई विदेशमा समेत माघ साँस्कृतिक कार्यक्रम आयोजना  हुँदै आएको छ । विदेशमा बस्ने थारु समुदायहरुले माघीको अवसरमा माघ विशेष कार्यक्रम गर्दै आएको थारु कल्याणकारिणी सभा जापान शाखाका संस्थापक अध्यक्ष कन्हैलाल चौधरीले बताए । आफुहरुले पनि यो वर्ष पनि जापानमा माघ विशेष साँस्कृतिक कार्यक्रम गर्न लागिएको उनले बताए । उनका अनुसार जनवरी १४ अर्थात पुस २९ गते आयोजना गरिएको छ । त्यस्तै दुवई, कोरिया, अष्ट्रेलिया, अमेरिका लगायत देशहरुका माघ विशेष कार्यक्रम आयोजना गरिएको आयोजक सस्थाहरुले जनाएका छन् ।

प्रकाशित:

९८६ दिन अगाडि

|

१८ पुष २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७३ दिन अगाडि

|

२७ मंसिर २०७९