सुर्खेतको वीरेन्द्रनगर, घण्टाघरस्थित खुला मञ्चमा पुस २८ गते शनिवार विविध सांस्कृतिक नाचगान झाँकीसहित माघ सांस्कृतिक महोत्सव कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ ।
लखागिन थारू उत्थान मञ्च, थारू कल्याणकारिणी सभा तथा राष्ट्रिय थारू कलाकार मञ्च, सुर्खेतको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्यानल छलफल पनि गरिएको थियो ।
पुर्खा जागुराम थारू, थारू कल्याणकारिणी सभाका केन्द्रीय सदस्य कृष्णबहादुर थारू र समाजसेवी लालबहादुर चौधरीसँग मान बहादुर चौधरी पन्नाले माघ पर्वकोे महत्व एवम् मौलिकताका बारेमा छलफल चलाएका थिए । नयाँ पुस्तालाई थारू पर्वबारे थाहा नहुँदा संस्कृतिप्रति सद्भाव हराउँदै गएकोले यस पटक कार्यक्रममा माघको सामाजिक, सांस्कृतिक एवम् धार्मिक महत्वबारे जानकारी गराएको पन्नाले विषय प्रवेश गराएका थिए ।
.jpg)
छलफलमा माघ पर्वलाई औपचारिक रुपमा मात्र नभई यसको मूलभूत मूल्य मान्यतालाई जोगाउन आवश्यक रहेको चर्चा चल्यो । यसको लागि समयअनुसार रुपान्तरण हुन पनि आवश्यक छ तर आफ्नोपन भुल्न नहुने र युवा पुस्ता तथा पुरानो पुस्ता दुबै जागरुक हुन जरुरी रहेको छलफको निष्कर्ष थियो ।
कार्यक्रमको प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिकाका नगर उपप्रमुख निलकण्ठ खनालले सदियौदेखि हेपिएका, चेपिएका थारू समुदाय देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनापछि राज्यसत्तामा पहुँच पुगेको जिकिर गरे । ‘स्थानीय तहमा थारू समुदायका प्रतिनिधिको न्यून उपस्थिति छ । पञ्चायतम राजाको समयमा जमिनदारहरूले सोझा थारूहरूलाई पल्लो गाउँबाट वल्लो गाउँ नजा, वल्लो गाउँबाट पल्लो गाउँ नजा भनपछि बोल्न नसक्ने थारू समुदाय आज बोल्न सक्ने भएको छ । आफ्नो अधिकार स्थापित गर्न सक्ने भएको छ । यो सबै लोकतन्त्रले भएको उपलब्धि हो,’ उपप्रमुख खनालले भने । थारू कला संस्कृतिमा निकै धनी भएकोले सुर्खेतका थारू समुदायका लागि सदैव लागि रहने र नगरपालिकाबाट गर्न सकिने सबै सहयोग हुने उनको भनाई थियो ।
.jpg)
लखागिन थारू उत्थान मञ्च, सुर्खेतका अध्यक्ष मानबहादुर चौधरी पन्नाले लुम्बिनी प्रदेशका थारू समुदायलाई प्रदेश सरकार एवम् स्थानीय सरकारले करिब ३ दिनसम्म थारूलाई विदा दिने गरेको तर कर्णाली प्रदेशको वीरेन्द्रनगरमा बसोबास गर्ने थारूहरूलाई स्थानीय तहको सरकारले थारू समुदायका कर्मचारी, शिक्षक, विद्यार्थीहरूलाई दुई दिनसम्म बिदाको व्यवस्था नहुनु दुःखद रहेको बताए ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका कार्यपालिका सदस्य सरिता चौधरीले थारू समुदायको लागि आफूले सदैव लागि पर्ने र समुदायले राखेको माग योजनालाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा थारू कल्याण कारिणी सभाका जिल्ला सभापति बेचुलाल चौधरीले सबै पाहुनालाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा थारू समुदायको उत्थानका लागि निरन्तर भाषा, कला, संस्कृतिमा विशेष योगदान पु¥याउने समाजसेवी तथा कलाकारहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा वीरेन्द्रनगर–२,का समाजसेवी कलाकार लालबहादुर चौधरी, मन्द¥या कलाकार कालुराम थारू, कलाकार कृष्णा चौधरी, वीरेन्द्रनगर–९ का मन्द¥या कलाकार शेरबहादुर थारू र वीनपा–१० का समाजसेवी तथा वुद्धिजीवि शनिश्ररा महतम रहेका छन् ।
माघ सांस्कृतिक महोत्सवमा विभिन्न गाउँबाट आएका नाचहरूबिच प्रतिस्पर्धी भएको थियो । छोक्रा मघौटा नाच प्रतियोगितामा वीनपा ९, तिलपुर गाउँ प्रथम, वीनपा–१० पदमपुरका द्वितीय, वीनपा–२ कोलडाँडा नयाँवस्तीका तृतीय भएका थिए । बाँकी सबै सहभागी टोलीलाई प्रोत्साहनस्वरुप सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगीहरूलाई पुरस्कार तथा प्रमाण पत्र वितरण कार्यक्रमका सभाध्यक्ष मानबहादुर चौधरी पन्नाले गरेका थिए ।
.jpg)
त्यस्तै, वीनपा–२, कोलडाँडाका मानबिर थारू, ठौरीका टेक बहादुर चौधरी, फलाँटेका कालिका चौधरी र वीनपा–१०, बुदबुदीका बिन्दु चौधरीलाई सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न थारू कलाकारहरूको थारू नृत्य तथा गीतहरूसमेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको सञ्चालन लखागिन थारू उत्थान मञ्च सुर्खेतका सचिव जित बहादुर चौधरी र राष्ट्रिय थारू कलाकार मञ्च, सुर्खेतका अध्यक्ष राजु चौधरीले गरेका थिए ।
प्रकाशित:
८६७ दिन अगाडि
|
२९ पुष २०८०
२ दिन अगाडि
|
१४ जेठ २०८३
३ दिन अगाडि
|
१३ जेठ २०८३
४ दिन अगाडि
|
१२ जेठ २०८३
५ दिन अगाडि
|
११ जेठ २०८३
६ दिन अगाडि
|
१० जेठ २०८३
७ दिन अगाडि
|
९ जेठ २०८३
८ दिन अगाडि
|
८ जेठ २०८३
१३२७ दिन अगाडि
|
२५ असोज २०७९
१३६१ दिन अगाडि
|
२१ भदौ २०७९
१३७१ दिन अगाडि
|
१२ भदौ २०७९
१३२६ दिन अगाडि
|
२६ असोज २०७९
१२७५ दिन अगाडि
|
१५ मंसिर २०७९
१३३१ दिन अगाडि
|
२० असोज २०७९
१२६४ दिन अगाडि
|
२७ मंसिर २०७९