के हो बणकी अतवार ?

के हो बणकी अतवार ?

१३६४ दिन अगाडि

|

१९ भदौ २०७९

नवलपुरका थारूहरूको चाडपर्व र स्थानीय बिदा              

नवलपुरका थारूहरूको चाडपर्व र स्थानीय बिदा              

१३६४ दिन अगाडि

|

१९ भदौ २०७९

मनिराज महतो गण्डकी प्रदेशअन्तर्गत नवलपुर क्षेत्रमा थारू समुदायको केही चाडपर्वहरू हिन्दू दर्शन अन्तर्गतका जस्तै भएता पनि फरक मौलिकता बोकेको पाइन्छ । विशेष गरी कजरी तीज (हरितालिका तीज) पछिको पहिलो आइतबारलाई बणकी आइतबार, त्यसपछि अनन्त चतुर्दशी (अनत), जितिया, अमोसा (पितृ औंसी), दशैँ (भोगही), सोहराई (तिहार),  खिचरी(माघी), फगुवा (होली) जस्ता चाडपर्वमा यहाँका थारूहरूको आफ्नो बिशेष मौलिकता झल्कने गर्दछ ।  तर २०६० सालपछि नवलपुर क्षेत्रमा स्थानीय थारू समुदायको चाडपर्व ओझेलमा पर्न थालेको छ । यसको मुख्य कारण भनेको स्थानीय थारू युवामा आफ्नो भाषा, संस्कृति र चालचलनप्रति उत्साह नहुनु र जगेर्ना गर्नतिर नलाग्नु हो । त्यस्तै, कतिपय थारू बाहुल्य क्षेत्रमा समेत थारू चाडपर्वमा दिइदै आएको स्थानीय बिदा नदिइनु, विद्यालय स्तरमा स्थानीय चाडपर्वको बारेमा जानकारी नगराइनु र स्थानीय चाडपर्वकै बेला विद्यालयमा आन्तरिक परीक्षाहरू राखिनु आदि रहेको छ । पछिल्लो समय केही स्थानीय तहले विद्यालयहरूमा आधारभूत तहमा स्थानीय पाठ्यक्रम लागु गरेका छन्, यो स्वागत योग्य कार्य हो । स्थानीय पाठ्यक्रममा सम्बन्धित नगरपालिकामा रहेका विभिन्न समुदायका चाडपर्व, चालचलन, रीतिरिवाज, संस्कार र संस्कृतिको बारेमा शिक्षा दिने र सम्बन्धित समुदायको चाडपर्वमा सम्मानको साथ स्थानीय विदा गरी विद्यार्थीहरूलाई परियोजना कार्यमा सहभागी हुन लगाइयो भने थप श्रेयस्कर हुने देखिन्छ । नवलपुरको आठ वटा स्थानीय तहमध्ये नवलपुरको मध्यबिन्दु नगरपालिकामा २०६८ को जनगणनाअनुसार कूल जनसंख्या ५४,१४० मध्ये थारूहरूको जनसंख्या १३,४७५ कायम भई पहिलो स्थानमा रहेका छन् । त्यस्तै, कावासोती नगरपालिकामा कूल जनसङ्ख्यमाा ६२,४२१ मध्ये थारूहरूको जनसङ्ख्या १५,६७७ कायम भई दोस्रो ठूलो समुदायको रुपमा रहेको छ । देवचुली नपा, गैडाकोट नपा, हुप्सेकोट गापा र बिनयी–त्रिवेणी गापामा पनि थारूहरूको सघन उपस्थिति रहेको छ । बौदीकाली र बुलिङटार गापामा भने थारूहरूको न्यून उपस्थिति छ । गण्डकी प्रदेशअन्तर्गत नवलपुर जिल्लामा मात्र रहेको थारू समुदाय यस प्रदेशमा अल्पसङ्ख्यक समुदायको रुपमा रहेको छ । कला, संस्कृतिमा धनी रहेको थारू समुदायले यस प्रदेशको गरिमा र पहिचान उचो बनाइरहेको छ भने नवलपुरको मुख्य गहनाकै रुपमा स्थापित भई सकेको छ । थारूहरूको कला संस्कृतिले यस प्रदेशमा पर्यटन क्षेत्रमा ठूलो योगदान पुर्याइरहेको छ ।  थारू समुदायको चाडपर्वसँगै रहेका कला संस्कृतिको संरक्षण गर्न नसकिए पर्यटन क्षेत्रमा नराम्रो असर पर्ने र आर्थिक रुपमा गण्डकी प्रदेश र सम्बन्धित स्थानीय तहमा पर्यटन बिकासमा असर पर्न गई आर्थिक आय आर्जनको स्रोत पनि घट्ने देखिन्छ, जसबाट थारू समुदायमा पनि आर्थिक बिपन्नता चाँडै नै छाउने देखिन्छ । यस सम्बन्धमा प्रदेश सरकार र सम्बन्धित स्थानीय सरकारहरूको ध्यानाकर्षण हुन जरुरी छ ।  थारू समुदायको मौलिक चालचलन, चाडवाडसंग समुदायको कलासंस्कृति, गीतबास समेत जोडिने भएकाले यसको संरक्षण र प्रवद्र्धनको लागि प्रदेश र स्थानीय सरकारहरूले समन्वय गरी आवश्यक्ताअनुसार सार्वजनिक र स्थानीय विदा दिनु उपयुक्त हुन्छ ।   नवलपुरका स्थानीय तहहरूको २०७९ को बार्षिक क्यालेन्डरमा स्थानीय विदा समावेश नभएका तर स्थानीय विदा आवश्यक ओझेलमा पर्न थालेका थारू चाडपर्वहरू यस प्रकार छः २०७९ भाद्र १९– बणकी आइतबार  २०७९ भाद्र २४– अनन्त चतुर्दशी (अनत) २०७९ असोज २ र ३– (जितिया) २०७९ असोज ९– अमोसा (पितृ औसीं) । यसैगरी जितियाको अवसरमा मध्यविन्दु नगरपालिकाले जितिया झामटा गीत प्रतियोगिता गर्न थालेकोमा खुशी लागेको छ । यस्ता कार्यक्रम अरु निकायले पनि गर्नुपर्छ ।

फकला थारूलाई जब सहरी विकास  मन्त्री चौधरीको फोन आयो

फकला थारूलाई जब सहरी विकास मन्त्री चौधरीको फोन आयो

१३६७ दिन अगाडि

|

१५ भदौ २०७९

सूर्य बिसी  शुक्रबारको मध्यान्ह । घाम चर्किदै थियो । दाङदेउखुरी, लमही–१ स्थित श्री सूर्यविनायक मावि, नर्तिका विद्यार्थीहरु शुक्रबारे हाफ छुट्टीका कारण घर घर लागिसकेका थिए । त्यहीँ विद्यालयमा अवस्थित लावाजुनी छात्राबासका मुक्त कमलहरी भने उत्साहित थिए । उत्साहित यस अर्थमा कि मन्त्री आउने खबर समयमै पुगिसकेको थियो र अब उनीहरुको उज्यालो भविष्यको सपना मन्त्रीमै हातमा पुगेको थियो ।  लावाजुनी छात्राबासमा बसिरहेका मुक्त कमलहरी किशोरीहरुले जीवनमै पहिलो पटक मन्त्रीसँग भेटघाट गर्दै थिए । त्यसो त यो भेट, भेटघाटको सामान्य उपक्रम मात्र थिएन, २ वर्षदेखि उनीहरुको छात्राबासको ऋण झण्डै तीन लाख पुग्दै थियो । बस्ने, खाने र पढ्ने यी जम्मै कुराको वातावरण बिग्रिएर उत्कर्षमा पुगको थियो । र तीनै मुक्त कमलहरी किशोरीका समस्या समाधान गर्न नायक बनेर उभिएका थिए सहरी विकास मन्त्री मन्त्री मेटमणि चौधरी ।  सामान्य स्वागत लगत्तै मञ्जिला चौधरीले कार्यक्रम सुरु गरिन् । कार्यक्रमका संयोजन गरिरहेका र झण्डै १८ वर्षदेखि कमलहरी मुक्त अभियानमा सक्रियतापूर्वक जोडिदै आएका फकला थारू बोल्न सुरु गरे, ‘त्यस्तै रातिको पौने एघार बजेको थियो । म भर्खर निद्रामा डुब्न लागेको थिएँ । मोबाइलमा घण्टी बज्यो । यसो हेरेको मन्त्रीज्युको कल रहेछ । यति राति मन्त्रीज्युको फोन अचम्म परेँ । तपाईँको स्ट्याटस पढेँ । अहिलेसम्म बैनीहरुको तिर्नुपर्ने ऋण कति छ, खाद्यान्नको कति । जम्मै बुझ्नुस् । म जिम्मा लिन्छु । भोलि नै विद्यालयमा गएर घोषणा गर्दिनुस् । म पर्सि त्यहीँ आउछु ।’ फकला थारु भावुक देखिए । सम्हालिदै उनी फेरि बोल्न सुरु गरे, ‘नानीहरुको २ वर्षदेखिको खानपिन, पढाई  अनि उपचार खर्चको ऋण ३ लाख पुग्न लागेको थियो । कमलहरी बैनीहरुको समस्या समाधान गर्न प्रदेश मन्त्री, मुख्य मन्त्रीदेखि संघीय मन्त्रीका कोठासम्म पुगेँ । ज्ञापन पत्र बुझाएँ । हार गुहार गरें तर आजसम्म सबैले आश्वासन मात्र दिए । भन्न बाँकी थियो त सहरी मन्त्रीज्युलाई मात्र थियो । एक्कासि उहाँले म छु । म समाधान गर्छु भनेपछि हेर्नुस् मन यति हलुको भयो कि म कसरी व्यक्त गरुँ ? अनि म ढुक्कले सुतेँ । माननीय मन्त्रीज्यूप्रति विशेष आभार व्यक्त गर्छु ।’  अब बोल्ने पालो होस्टेल वार्डेन बृजा चौधरीको थियो । नानीहरुको रेखदेख र स्याहारमा खटिएकी बृजाले आफ्ना कुरा यसरी राखिन्, ‘विद्यार्थी ३२ जना छन् । सरकारले जम्मा १४ जनाको जनही ४ हजार दिन्छ । १० महिनाको पैसा दिन्छ, हामीले १२ महिना पु¥याउनुपर्छ । तैपनि समयमा आउँदैन । बेलाबेलामा बिरामी पर्छन् । २ जना सिकल सेलका बिरामी थिए । एउटी त्यही रोगले बितिन् । महंगी बढेको बढ्यै छ । केले खाने, केले पु¥याउने, केले उपचार गर्ने निकै गाह्रो अवस्था छ । तनावले गर्दा राम्ररी पढ्न पनि सकेका छैनन् । घर पठाउँ भने यिनीहरुको घर पनि छैन । आज मन्त्रीज्यु आउँनुभाछ । धेरै खुसी लागेको छ । अब समस्या समाधान हुने आसा पनि जागेको छ ।’   मुक्त कमलहरीका तर्फबाट आशा चौधरीले पीडा पोखिन्, ‘खानेकुरा छैन । कापी किन्न गाह्रो छ । औषधी उपचार समयमा पाउन सकेका छैनौँ । बाहिर जाँदा साहुले खाद्यान्नको पैसा माग्छ । निकै गाह्रो छ सर हाम्लाई । सहयोग गर्छु भनेर मन्त्रीज्यु आउनुभयो । हाम्रो दुःख हेर्ने कोही रहेछ जस्तो लागेको छ ।’ सबैका कुरा गम्भीरतापूर्वक सुनिसकेपछि सहरी विकास मन्त्री मेटमणि चौधरी बोल्ने समय आयो ।  ‘तपाईँहरु भाग्यमानी हुनुहुन्छ, किनकि यस्तै दुःख पाएका वर्गबाट आएका मानिसहरुले नै दुनियाँ बदलेका छन् । शक्तिशाली भएका छन् । अब्राहम लिङ्कनलाई हेर्नुस्, उनकी आमाले बच्चा पाउने ठाउँसम्म नपाएर मालिकको तबेलामा बच्चा जन्माएकी थिइन् । दाउरा बेचेर बच्चा हुर्काइन् । लिङ्कनले अमेरिका बदले । झमककुमारीलाई हेर्नुस् । सबैले उनलाई हेला गरे तर उनले हिम्मत हारिनन् । ठुलो कुरा आँट हो । हिम्मत हो । पैसा मात्र सब थोक होइन । तपाईँहरु पनि प्रधानमन्त्री, राष्ट्रपति बन्ने सोंच राख्नुस्   मेरो घरमा पनि खरको छानो नभएको भए, पानी चुहिने नभएको भए सायद मैले सबैका घरमा टिन लगाउने संकल्प गर्ने थिइनँ । आज तपाईंहरुलाई समस्या छ तर भोलि तपाईँहरुको निकै राम्रो हुनेछ । राम्रोसँग पढ्नुस् । अरु चिन्ता नलिनुस् । तपाईँहरुका समस्या म समाधान गर्छु । ढुक्क भएर पढ्नुस् । म नियमित सहयोग गर्नेछु । सरकारका तर्फबाट पनि सहयोग हुने वातावरण मिलाउनेछु ।’  मुक्त कमलहरी विकास मञ्चको कानुनी सल्लाहकार समेत रहेका फकला थारु निकै उत्साहित देखिए । उनले ती नानीहरुका लागि गरेको प्रयास बल्ल सार्थक हुदै थियो । मन्त्रीको त्यो कल अनि निरन्तर सहयोग गर्ने वाचा उनलाई एक मिठो सपना जस्तो लागिरहेछ ।  उनी सुनाउछन्, ‘मन्त्रीज्युले २ लाख नगद र ४० हजार बराबरको खाद्यान्न उपलब्ध गराउनुभएको छ । ठुलो राहत मिलेको छ । केही महिनालाई खाद्यान्नको समस्या पनि हल भएको छ । मन्त्रीज्युले निरन्तर सहयोगको व्यवस्था मिलाउँछु भन्नुभएको छ । मुक्त कमलहरी बैनीहरु पनि पढ्न कस्सिएकाछन् । निकै खुसी छन् ।’ बिसी, सहरी विकास मन्त्रीका प्रेस संयोजक हुन्   

ओइ बाउ, खोइ मेरो साइकल ?

ओइ बाउ, खोइ मेरो साइकल ?

१३६८ दिन अगाडि

|

१४ भदौ २०७९

छ महिनादेखि प्रायः हप्तामै दुई तीनपटक मेरो मोबाइलमा घरबाट फोनमा घण्टी बज्छ । मैले फोन उठाउन नपाई छोराको एकतमास बालसुलभले भरिएको च्याट्ठिएको एकोहोरो बोली सुनिन्छ – ए बाउ, खोइ मेरो साइकल ? खोइ, खोइ, खोइ ? उ तारन्तार मोबाइलमा बोलिरहन्छ । पहिला केही माग्दैनथ्यो उ । बच्चा भएकै कारणले मैले आफ्ना अभिभावकसँग केही माग्नुपर्छ भन्ने चेतना पनि उसमा थिएन होला । तर जबदेखि उसले खेलौनाहरु आफै खेलाउन सिक्यो तबदेखि उसले हामीसँग माग्न थालेको छ । बच्चा भएर पनि उसले चकलेट माग्दैन । मामुले खुवाउने हापुमा टाउको हल्लाउँदैन । जे खुवाए पनि कुपुकुपु खान्छ । बरु कहिलेकाहीँ उ खाँदा खाँदै निदाइदिन्छ । तर म यो खान्न, उ खान्न भनेर कहिल्यै जोरी खोज्दैन । ठूलै चोट वा कुनै आफतविपत नपरेसम्म उ आँशु पनि झार्दैन । एकदिन संयोग पनि यस्तै प¥यो । मैले फोन गर्दा छोरा साइकल चलाइरहेको रहेछ । मैले फोन गर्नु र उसको पनि साइकल बिग्रनु । साइकलको चेन फ्राइविलबाट उत्रेपछि पाङ्ग्रा अगाडि पछाडि गुड्दैन । धकल धाकल यताउति गरेर उसले साइकल गुडाउने प्रयत्न गरेछ । तर साइकल डेक चलेन । अन्ततः उसले आमाले गुहार लगायो । आमा पनि काठमाण्डौको रैथाने न परिन् । चलाउँदा चलाउँदैको साइकल के गरी बिग्रिएछ । कसरी बनाइदिने हो, उनले पनि जानिनन् र छोरालाई फकाउँदै भनिछन् – बाबु, अब यो साइकल बन्दैन । ऊ बालक न हो आमाले नै अब यो साइकल बन्दैन भनेपछि एकछिन त उ अवाक भयो । अब यो साइकल पुरानो भयो थोत्रो भो, कहिल्यै बन्दैन भनेर छोरा भन्ने आमाको दोस्रो वचन सुनेर उ डाँको छोडेरै रुन थाल्यो । एकछिन त उनले पनि छोरालाई फकाउने प्रयत्न गरिन् । तर खेल्ने साइकल बिग्रिएको पीरमा छोराको मन सजिलै भुलेन । नयाँ किनिदिउँ भनेर फकाउँ साथमा पैसा छैन, नकिनौं खेलेर भुल्ने छोराको एकमात्र खेलौना साइकल बिग्रिएको छ । कसै गर्दा छोराको मन भुलाउन नसकेपछि अन्ततः उनले मलाई फोन लगाइदिएर आफ्नो फोन छोराको हातमा थमाइदिइन् । फोनमा हेलो पनि भन्न नपाई छोरा रोएको सुनेर मनै कुँडियो । तैपनि फकाउँदै सोधें, ‘‘के भयो छोरा ? छोराले मेरो साइकल बिग्रियो भनेर फोनमै ह्वाँ ह्वाँ रुन थाल्यो । पीर नगर छोरा, म अर्को नयाँ साइकल किनिदिन्छु नि भनेर फोनमै फकाउन खोजें । कहिले किन्दिने ? मलाई खेल्ने साइकल चाहिंदैन ? उसले फर्माइसयुक्त स्वरमा भन्यो । पख, म अब केही दिनमै मेरो राजालाई नयाँ साइकल किनेर पठाउँछु है भनेर थामथुम पारें । छोराले हस् भनेर फोन राख्यो । उसलाई विश्वास छ, बाबाले बोलेको वाचा पूरा गर्नुहुन्छ । त्यही भएर मैले फोनमै साइकल किनिदिने गरेको वाचाले उ सुफ्लिदै कुरा गरिरहेको फोन आफ्नो मामुको हातमा थमाइदियो । घटना हुनुपूर्व महिना दिन पहिलेको कुरा हो, एकदिन उ र म टीकापुर बजार डुल्न गएका थियौं । बाबु र छोरा कारमा सवार हुँदै मैले चकलेट खाने प्रस्ताव राखें । चकलेटको नाम सुनेर कुन बच्चाको मन हुरुक्क हुँदैन र ? छोराले मुन्टो हल्लाएपछि हामी एक पसलमा चकलेट किन्न ओर्लिर्यौं । सम्झें, बाबु छोरा मात्रै छौं । आज यसलाई खल्तीभरि चकलेट किनिदिन्छु । र पसलेलाई पाँच सयको नोट दिंदै भनें – साहुजी, यो सबै रुपैयाँको चकलेट दिनुस् है ! साहुजीले बीस, बाइस रुपैयाँ पर्ने क्याड्बरीको झोला थमाएको देखेर उ आश्चर्यमा प¥यो र मलाई हेर्दै भन्यो – ‘‘यो सप्पै चकलेट हामीलाई हो बुबा ?’’ – हो नि, मैले सप्पै चकलेट मेरो छोरालाई किनिदिएको हो । पोलिथिनको झोलाबाट दुइटा मात्रै चकलेट निकाल्दै उसले तोतेबोलीमै जवाफ दियो – ‘‘नो पापा, वि निड इट ओन्ली टु ।’’ उ जन्मेदेखि दुइटा भाषा जान्दछ, नेपाली र अंग्रेजी । रञ्जिताले उसलाई थारु, नेपाली र अंग्रेजी गरि तीन भाषामा पोख्त बनाएकी छिन् । बच्चाको दिमाग तेजिलो हुन्छ र सजिलै सिक्दा पनि रहेछन् । उ मसँग अक्सर अंग्रेजीमै कुरा गर्छ । हैन, मैले सप्पै चकलेट छोरालाई नै किनिदिएको हो, राख न बाबा खल्तीमा । उसले लगाएको हाप पाइन्टमा चकलेट राखिदिने प्रयत्न गर्दै भनें मैले । – नो नो, ह्वाइ वी स्पेन्ट लट अफ मनी ? हामीलाई दुइटा भए पुग्छ के । एउटा हजुरलाई, एउटा मलाई । उसले हाप पाइन्टबाट अरु चकलेट निकालेर साहुजीको हातमा फिर्ता गरिदियो । ‘‘लेउ न बाबु, खल्तीमा राख, बाबाले किनिदिएको चकलेट हो । पछि खाउलाउ नि ।’’ भन्ने साहुजीको आग्रहलाई पनि उसले लत्याइदियो । छोराले देखाएको ज्ञानी व्यवहारले म र साहुजी दङ्ग प¥यौं । केही सीप नलागेपछि बाँकी पैसा फिर्ता लिन बाध्य भएँ म । आँशु सिद्धिएको परेली धारामा धुँदै सम्झें, ‘‘जीवनमा हाँसोको पूर्णविराम पनि हुँदोरहेछ । आँसु नै साथी आँसु नै सहारा ।’’ घरबाट बाबुछोरा मात्रै कारमा घुम्न निस्कदा सोचेको थिएँ, आज छोराले इच्छाएको खुवाइदिने र रोजेको किनिदिने । उ सबै कुरामा पैसा बचाउन मात्रै खोज्छ । नाना किन्न खोज्दा पनि घरमा छँदैछ भनेर टार्छ । खानेकुरा किन्न खोज्दा पनि पैसा धेरै खर्च हुन्छ भनेर आफै पर्स छिनेर मेरो खल्तीमा हालिदिन्छ । छोराको ज्ञानी व्यवहार देखेर कुन चाहीँ बाबुको मन हर्षविभोरित हुँदैन र ? त्यो दिन उसको व्यवहारले मख्ख भै मैले कार चलाइरहेको स्टेरिङकै हातले आँशु पुछें । सकेसम्म कुनै कुराको फर्माइस नगर्ने, नाना, गुडिया किनिदेउ भनेर कहिल्यै ¥याख¥याख्ती नपार्ने आमा बाबुलाई दुःख दिएर हैरान नपार्ने छोराले नयाँ साइकल माग्नुको कारण मैले बुझिसकेको थिएँ । हिजो उ टीकापुरको आफ्नो ठूलो कम्पाउण्डले घेरिएको चौडा घरमा थियो । उ सँग चाहेजस्तो, मनले रोजेका थरिथरिका खेलौनाहरु थिए । पैतालामा गाडी, पैतालामै गुडिया । जे चाह्यो त्यो सबै थिए । तर आज उ सँग मामा घरमा छोडिएको एउटा पुरानो साइकल मात्रै थियो । हप्तौं त्यही साइकलमा खेल्दा खेल्दै उ वाक्क थियो होला । अनि भएको त्यही साइकल पनि बिग्रिएपछि अर्को साइकल नमागेर के गरोस् त ? तर हामी पनि विवशताको पहाडले चिचिका थियौं, रञ्जिता काठमाण्डौमा सुख्खा थिइन्, म भारतमा भुख्खा थिएँ । त्यहाँबाट जुन दिन छोराले सम्झिन्छ, त्यही दिन फोन गर्छ र नयाँ साइकल खोइ भन्छ । बिचरी रञ्जिताले पनि कति दिन थेग्नु छोराको जिद्दी । उनी पनि जब जब छोराले साइकल सम्झेर दुःख दिन थाल्छ, तब तब मलाई फोन लगाइदिएर छोरालाई थमाइदिन्छिन् । छोराको हातमा मोवाइल पर्ने बित्तिक्कै उस्तै धम्की सुन्छु म – ‘‘ए बाउ, मेरो साइकल खोइ ?’’ छोराको मायालु धम्कीपूर्ण भाषा दिन प्रतिदिन यसरी सुन्दै गएँ र भोलि भोलि भन्दै टार्दै गएँ । मसँग पैसा भए पो साइकल किनिदिनु । कहिलेकाहिँ बजार घुम्ने टेम्पो भाडासमेत नभएको अवस्थामा छोरालाई साइकल किन्ने पैसाको जोहो त टाढाकै कुरा भयो । पटक पटक छोरासँग झूठो बोलिरहनुको पीडा बयान गरेरै साध्यै छैन । भोलि भोलि भन्दा छोरो पनि आत्तिइसकेको थियो । अघिपछि भनेको फर्माइस भुइँमा झर्न नदिने बाबुको आनीबानीको बारेमा जानकार थियो ऊ । तर, अहिले त्यत्रो पटक फोन गर्दासमेत मेरो कुरा किन नसुनेको होला बाबाले भन्ने पनि लाग्दो हो उसलाई । झूठको पनि सीमा हुन्छ नि । त्यसैले आजभोलि उसले मेरो कुरा पनि पत्याउन छोडिसकेको छ क्यारे ! मैंले फोन गरें भने पनि सिधा धम्की दिन्छ – ‘‘ए बाउ, खोइ मेरो साइकल ?’’ भारतमा दशैंको रौनक नभए पनि नेपालमा दशैं आएको जानकारी छ मलाई । टीकापुर आन्दोलनका क्रममा हामी सबै परिवारको सम्पत्ति जायजेथासहित सम्पूर्ण लत्ताकपडा पनि जलाइएको छ । एउटा झोलामा आमा–छोराका दुई–चार जोर कपडाबाहेक रञ्जितासँग पनि अन्य लत्ताकपडा कहाँ होलान् र ? दशैंजस्तो चाडबाडमा छिमेकका सबैजना नयाँ नाना किन्न जाँदा उनले पनि सोच्दिहुन् – आमा छोराका लागि एकसरो कपडा किन्न पाए त हुन्थ्यो । च्यात्तिएको एकसरो लुगाबाहेक प्रवासमा म सँग केही नभएको साक्षात जानकार थिइन् उनी । त्यसैले यो अवस्थामा दवाव दिनु उचित ठान्दिन थिइन् क्यारे ! मेरो पीडाको पाप्रा उप्काएर झनै पीडित बनाउन उनी चाहँदैनथिन् होला । मैले सोद्धा जवाफ दिन्थिन् – लगाउने कपडा छँदैछ नि । धेरै चिन्ता नगर । बरु समस्याको समाधान कसरी गर्न सकिन्छ, त्यतातिर ध्यान देउ । – आभूलाई नयाँ नाना छ त ? छातिमाथि बज्रले हिर्काएको भन्दा ठूलो चोट सहदै एकदिन मैले उनलाई सोधेको थिएँ । उनी धेरैबेर बोलिनन् । मोबाइलमा सुनिएको सुँक्क सुँक्क आवाजले कुरा बुझिहालें । यसपालि दशैंमा छोराको लागि नयाँ नाना किन्ने हैसियत रहेनछ हाम्रो । फोन राखेर बाथरुममा छिरें । पानीको धारा खाली बाँटामा खोलिदिएँ । छ्वार्र आवाजले रोएको आवाज पक्कै सुनिदैन होला भनेर डाँको छोडेर रोएँ । धित मरुञ्जेल रोएँ । आँशु सिद्धिएको परेली धारामा धुँदै सम्झें, ‘‘जीवनमा हाँसोको पूर्णविराम पनि हुँदोरहेछ । आँसु नै साथी आँसु नै सहारा ।’’ छोराको जिद्दी थाम्न नसकेपछि एकदिन काठमाडौंमा साथीलाई साइकलको लागि अनुनय गरें । ठीकै छ, म भोलि भाउजूलाई बोलाएर नयाँ साइकल किनिदिउँला साथीले भन्यो । भोलि नै त मलाई फोन सम्पर्क गर्न मन लागेन, साथीले भने बमोजिम निकैदिन कुरें । तर साथीको भोलि कहिल्यै आएन । अर्को एकजना निकटको मित्रलाई गुहारें । दशैंको बेलामा श्रीमती र छोराका लागि केही गरिदिन अनुनय गरें । उहाँले पनि भोलि नै भन्नुभयो । साढे सात र शनीहरुले हाम्रो यो पीडामा थपडी बजाइरहेका होलान् । हामीलाई घानमा पारेर धेरै थारु नेता मन्त्री भएका छन् । उनीहरुको दशैं त उमङ्गमय नै होला !  दशैंको बेलामा आफूलाई केही नभए पनि परिवारको लागि कमसेकम एक जोडी कपडा त किनीदिउँ भनेर धेरै साथीभाइलाई गुहारियो, तर सबैको एउटै उत्तर थियो भोलि । राज्यको मोष्ट वान्टेड सूचिमा रहेकोले पनि होला, धेरै साथी त म सँग फोनमा कुरा गर्न पनि चाहँदैनथे । एकजना पुराना साथी थिए । मेरा असाध्यै प्रशंसक । काठमाडौंमा हुने थारुहरुको हरेक क्रियाकलापमा उनी मेरो पक्षधर हुन्थे । वर्तमानमा उनी सभासद थिए । दिल्लीमा भेट हुँदा ‘भाउजू र छोराको म अवश्य केही गर्नेछु नेताजी’ भनेर उनले मलाई वचन दिएका थिए । अचानक उनी अनलाइनमा देखा परे । ‘भाउजू र छोराको लागि केही गर्न सकिन्छ ?’ उनले मेरो म्यासेज त पढे । तर जवाफ नफर्काइकनै अचानक उनी डिसकनेक्ट भए । आज बिहान फेरि छोराको फोन आयो । रञ्जिता केही बोलिनन् । उनलाई थाहा थियो – मेरो बुढाले आजपनि पक्कै भोलि भन्नेछ । मन थामिएन । काठमाण्डौमा भाइलाई फोन गरेर भतिजाको लागि साइकल किनिदिनु भनेर अनुनय गरें । उसले किनिदिने आश्वासन दिएको छ । सायद मेरो छोराले दशैंमा साइकल पाउँछ होला । जिन्दगीका हरेक संघर्षमय दिनहरुमा रञ्जिता मसँगै छिन् । उनले छोरीजस्तै बाबा, भोक लाग्यो भन्थिन् । म खाजा लिएर टुप्लुक्क उपस्थित हुन्थें । आज घरमा भात नपकाउ है भन्दा हामी गाडी चढेर राम्रो होटेलमा गई मनलाग्दो खान्थ्यौं । तर, समयले अनायस हामीमाथि घोर अन्यायको बादल ओढाइदिएपछि एकअर्काको आलिङ्गनबाट पनि टाढिएका छौं । उनलाई भोक लागेको बेला सकेको खुवाएँ । आजभोलि सोच्छु, जिन्दगीमा छोराको साइकल फर्माइस पूरा गर्न नसक्ने दिनपनि आउँदोरहेछ ? जे भएपनि मन बुझाएकै होलिन् । चित्त बुझाएकै होलिन् । अहिलेसम्म मुद्दा फिर्ता गर्ने सरकारको कुनै छाँटकाटै छैन । यता परदेशमा मैले त आङ ढाकेकै छु । उनी कस्ती छिन् भनेर कल्पेर रुनुको बिकल्प छैन मसँग । उनले पकाएको खसीको मासु असाध्यै मीठो लाग्छ मलाई । तर के गर्ने समयले उनको र मेरो भान्सा अलग अलग गरिदिएको छ । एकै थालमा पस्केर एकअर्कोलाई नखुवाईकन पेट भरेको जस्तो नलाग्ने हाम्रो जोडीमाथि राजनैतिक राहुको प्रवेशले छुट्टयाइदिएको छ । सायद साढे सात र शनीहरुले हाम्रो यो पीडामा थपडी बजाइरहेका होलान् । हामीलाई घानमा पारेर धेरै थारु नेता मन्त्री भएका छन् । उनीहरुको दशैं त उमङ्गमय नै होला ! हामीले धेरै वर्षदेखि दशैंताका रेडियो कार्यक्रममा एउटा गीत निरन्तर बजाउने गर्दथ्यौं दशैंको पीडाको । हामी खुशी भएका दिनमा दुखिला दशैं हुनेहरुको पीडा पनि यसैगरी बज्यो हाम्रो रेडियोमा – ‘‘दिनै बित्छ रोएर, रातै कोल्टे फेरेर कति बसुँ दया राजै बाटो कुरेर ।’’ राति सपनीमा देखें रञ्जु र छोरा बाटोमा बसेर भीख माग्दै रहेछन् । कुनै दयालुले उनले ओछ्याएको रुमालमा एक रुपैयाँको ढ्याक हालिदिएछ । दुबैजना खुसीले उफ्रेछन् । झसङ्ग भएर असिनपसिन भई उठें । फेरि कोल्टो फेरेर निदाउन प्रयत्न गरें । दोस्रो सपनामा रञ्जिता र छोरा अगाडि थिए । रञ्जिता हात जोडेर उभिएकी थिइन् । छोरा भने मलाई थर्काउँदै थियो – ए बाउ, मेरो साइकल खोइ ? के हाम्रो जीवनमा यस्तो दिन पनि आउँछ ? कल्पनै नगरेको सपना कसरी देखें मैले ? भिजेको छाती र निधार रुमालले पुछेर फेरि निदाउने प्रयत्न गरें । दोस्रो पटकको निदरीमा पुनः सपना देखें । रञ्जिता पोको पकुन्तरोसहित छोराको हात समातेर उभिइरहेकी थिइन् । छोरा भने मलाई थर्काउँदै थियो, ‘‘ए बाउ, खोइ मेरो साइकल ?’’ चिरफार पुस्तकबाट  

किन धरमरिदै छ संघीयता  ?

किन धरमरिदै छ संघीयता  ?

१३७७ दिन अगाडि

|

६ भदौ २०७९

राम मादेन  अहिले संघीयताबारे थरिथरिका प्रश्न आउँदैछन् । काँग्रेस महामन्त्री गगन थापाले प्रदेश सभा असफल सविात हुँदै गएको तथा आगामी ५ वर्ष प्रदेश रहने नरहने जिकिर गरेका छन् । यस सानो लेखमा संघीयतामा देखिदै गएको कलो बादलबारे बुँदागत रुपमा चर्चा गरिएको छ । १. संघीयताबारे ठूला दलमध्ये काँग्रेस र एमालेकाे अहिलेसम्मकै दस्तावेजमा  संघीयताकाे खाका सम्बन्धमा शून्य प्रतिवद्दता रहेछ ।  फलस्वरुप: एमाले र कांग्रेसकाे आम अवधारणा पार्टीकाे दृष्टिकाेणबाट संघीयताकाे विपक्षमा बाेल्नु, लेख्नु नै धर्म हाे ।  २. नेपालकाे अन्तरिम संविधान २०६३ जारी हुँदा संघीयता उल्लेख नगरि जारी भएपश्चात् तत्कालिन मधेसी जनअधिकार फाेरमले मधेसमा ठुलाे विद्राेह गरेपछि संविधानकाे दाेस्राे संशाेधनपछि संघीयता राखियाे । यस अर्थमा मधेस आन्दाेलन नै संघीयताकाे  निर्णायक जननी हाे ।  ३. नेकपा माओवादी र जनता समाजवादी पार्टी संघीयताबारे पार्टीकाे दस्तावेजमा उल्लेख गरेर निरन्तर स्पष्ट छन् । राष्ट्रिय जनमुक्ति पार्टीले २०४८ सालदेखि संघियताकाे मुद्दा उठाएकाे देखिन्छ ।  ४. राष्ट्रिय जनमुक्ति पार्टीले २०४८ सालदेखि नै संघीयतालाई पार्टीकाे विधानमा उल्लेख गर्दै आएकाे छ । त्यस्तै, संघीय लाेकतान्त्रिक राष्ट्रिय मञ्च, थरुहट तराई पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल, खम्बुवान राष्ट्रिय माेर्चा लगायतका पार्टीहरूले संघीयताकाे मुद्दालाई प्रमुख प्राथिकताकासाथ पार्टीकाे विधानमा उल्लेख गरेका छन् । ५.  संघीयतामा देश लैजानु नहुने भन्दै विराेध गर्ने दलहरूमा लाेकतन्त्रका लागि लडेकाे पार्टीमध्येबाट राष्ट्रिय जनमाेर्चा हाे ।  ६.  २५० वर्षदेखि जरा गाडेर सत्ता स्वाद चाखेकाे समूह राजावादी र हिन्दुवादी पार्टी रा. प्र. पा. ले संघीयताकाे खुलेर विराेध गरेका छन् ।  ७. युवा र सच्चा देशलाई माया गर्ने पार्टी भनेर खाेलिएकाे साझा विवेकशील पार्टीकाे पनि दस्तावेजमा संघीयताकाे  खाका छैन । विवेकशीलका एक नेता रविन्द्र मिश्र राजावादि भईसकेका छन् ।  ८. भर्खरै खाेलिएकाे राष्ट्रिय स्वतन्त्र पार्टीकाे संघीयताबारे खाकामा विचार स्पष्ट छैन ।  निष्कर्ष उपराेक्त तथ्याङ्कबाट के स्पष्ट हुन्छ भने परम्परागत मान्यता, विचार अवधारणा बाेक्ने पार्टी वा, परिवर्तन नचाहने वा काठमाडाैमै शक्ति केन्द्रित भईरहेमा आफू आफ्नाे पार्टी सुरक्षित हुन्छ भन्ने पार्टीहरू संघीयताकाे विराेध गरिरहेका छन् । सताले लामाे समयदेखि उत्पिडनमा पारेका, परेकाे जनता र  ठाउँ जस्तै मधेस, लिम्बुवान, खम्बुवान, थरुहटहरूले संघीयता जाेडदार रुपमा चाहेकाे देखिन्छ ।  जनताकाे तहबाट हेर्दा संघीयता नचाहनेहरू हिजाेदेखि कुनै न कुनै रूपमा सत्तासंग नजिक रहेकाहरूकाे जमात देखिन्छ । सत्ताबाट बाहिर रहेकाहरू संघीयता चाहिरहेका छन् ।  वर्तमान अवस्थामा संघीयताकाे विरुद्द उभिने पार्टीहरू संसद र सडकमा दर्विलाे देखिएका छन् । त्यसैले संघीयता धरमराउदै गरेकाे जस्ताे देखिएकाे छ ।  तर उनीहरूकाे विचार परिवर्तनकाे विपक्षमा छ ।  प्रतिगमनकारी शक्तिकाे अन्तत: हार भएकाे ईतिहास छ ।

‘गुरही चोक’मा गुरही मनाउँदा.....

‘गुरही चोक’मा गुरही मनाउँदा.....

१३७८ दिन अगाडि

|

५ भदौ २०७९

धनगढीको, गुरही चोकमा गुरही मनाउने मेलोमेसो २०७९ साउन १७ गते जुर्यो । टीकापुरतिर काम विशेषले आएको बेला गुरही चोकमा गुरही मनाउनै भनेर धनगढीतर्फ पाइला मोडिएका थिए । कैलाली जाने दिन नै बहिनी उन्नती चौधरीसँग काठमाडौं मेरै घरमा भेट भएको थियो । उनले भनेकी थिइन्, ‘बाटो फराकिलो पार्ने नाममा फालिएको गुरही चोकको साइनबोर्ड यसपाली अवश्य लेखाइनेछ ।’ गुरहीको दिन टीकापुरबाट धनगढीका लागि हिँड्दा उन्नतीलाई फोन गरें, उही गुरही चोकको नामकरणको बारेमा । उनले जनप्रतिनिधिहरुसँग गुरही चोक नाम लेखाउनेबारे छलफल टुंगो लागिसकेको र आजै लेखिने सुखद जानकारी दिइन् । तर दिउँसो १२ बजे गुरही चोक पुग्दा साइनबोर्ड लेख्ने कुनै सुरसार थिएन । उन्नती चौधरी र इन्दु थारुले सखी सन्जाल मार्फत् थारु कल्याणकारिणी सभासँग सहकार्य गरी गुरही मनाउन निकै दौडधुपमा हुन्छन् । यसबारे इन्दुलाई फोन गरें । उनले गुरही चोक सम्बन्धमा जनप्रतिनिधिहरु सकारात्मक रहेको तर स्थानीय गैरथारुले यसको विरोध गरिरहेको बताइन् । अनि समाधानको उपाय के त ? इन्दुले नै समाधानबारे भनिन्, गुरही मनाउनेहरुको भीड जुट्दै गरेपछि त्यही भीडको आडमा गुरही चोक पनि लेखाउने योजना छ । नभन्दै दिउँसो पौने चार बजे त्यहाँ पुग्दा साइनबोर्ड लेख्न काम जारी रहेछ ।  ढिलो गरी औपचारिक कार्यक्रम सुरु भयो । पहिलेका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले गुरही चोक भनी बकायदा उद्घाटन गरिसकेकाले गुरही चोकको पुनस्थापना हुनुपर्ने जिकिर थाकस केन्द्रीय सदस्यद्वय प्रभात चौधरी, इन्दु थारु लगायत आयोजकहरुले गरे । त्यस्तै, प्रमुख जिल्ला अधिकारी किरण थापा, धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, नगर उपप्रमुख कन्दकला राना, वडाध्यक्ष जुगराम चौधरी लगायतले गुरही चोक स्थापना हुनेमा आशंका व्यक्त नगर्न भने ।  यसरी यसपाली गुरही चोकको नामले पुनर्जीवन पायो । यदि नाम लेख्दा कुनै अवरोध आएको भए पुनः २०७२ भदौ ७ को टीकापुर जस्तो घटना हुने स्थिति पैदा भएको थियो, जुन टरेको छ । अब फेरि पनि कसैले गुरही चोकको साइनबोर्ड फाल्ने, मेट्ने दुस्साहास कसैले नगरोस्, चेतना भया । 

गुमराह कि गुम्मरा थारू?

गुमराह कि गुम्मरा थारू?

१३७८ दिन अगाडि

|

५ भदौ २०७९

प्रत्येक वर्ष साउन ६ गते गुम्मरा स्मृति दिवस मनाइन्छ। नेपालको किसान आन्दोलनको इतिहासमा वीरताको कीर्तिमान रच्न सफल दाङको बेल्वा-बन्जारी किसान बिद्रोहका नायक गुम्मरा थारूले सहादत प्राप्त गरेको दिन।स्थानीय शोषक सामन्त-जमिन्दार र प्रहरी प्रशासनको संलग्नतामा २०१७ साल ६ साउनमा उनको हत्या भएको थियो।त्यसैले मुक्तिकामी जनवर्गले गौरवान्वित हुँदै उनको नाम उच्चारण गर्दछ भने रक्तपिपाषु जुकावर्गका लागि उनी सक्कली टिमुर नै हुन्। आजभोलि उनको नाममाथि खेलाँची हुँदै छ जानेर होस् वा नजानेर।कसैले उनलाई 'गुमराह',कसैले 'गुम्रा' भन्दै/लेख्दै आएका छन्।तर,यी दुबै नाम त्रुटिपूर्ण छन् भन्ने मेरो ठम्याइ हो।जस्तो: १) गुमराह :बाटो हराएको,भुलभुलैयामा परेको अवस्था २) गुम्रा :रक्सी पार्न प्रयोग गरिने विशेष खालको माटोको भाँडो नाम राख्ने थारू परम्परा अनुसार 'गुमराह' शब्द उनको नामसँग कुनै मानेमा मेल खाँदैन।गुम्रा आगो-ध्वाँसोको रापले कालो हुन्छ।उनी कालो वर्णका थिए कि?त्यसैले पो गुम्रा कहलिए कि भनेर लख काट्न सकिएला।तर,यो पनि त्यति युक्तिसंगत देखिंदैन ।किनभने आफ्ना सन्तानको नाम कसैले पनि अप्रीतिकर राख्दैन। एक पटक यता हेरौँ त : गुम्म :(मूल शब्द)नखुलेको ,नबोलेको अवस्था गुम्म >गुम्मर :नबोल्ने,चुप्पलागेर बस्ने,अल्पभाषी गुम्मर >गुम्मरा (पुलिंगी नाम) गुम्मर > गुम्मरी (स्त्रीलिङ्गी नाम)। यसरी 'गुम्मरा' नै उपयुक्त शब्द हो भन्ने लाग्छ अर्थ र थारू नाम परम्परा हेर्दा। गुम्मरा थारूको बिंडो थाम्न नसकेर उनलाई न्याय दिन त सकेनौँ सकेनौँ। कम्तीमा नाम गिजोलेर त उनीमाथि थप अन्याय नगरौं! टीकापुर,कैलाली