Above News Title

थारू समुदायमा किन मनाइन्छ अट्वारी ?

थारू समुदायमा किन मनाइन्छ अट्वारी ?

                                                                                                                सबै तस्विरः लखन दहित
पश्चिमा थारू समुदायमा भदौको दोस्रो या अन्तिम आइतबारको दिन अट्वारी टिउहार विशेष महत्वका साथ मनाइन्छ । यस वर्ष भदौ १२ गते अटवारी मनाइने भएकाले थारू समुदायमा अट्वारी पर्वको चहलपहल सुरु भैसकेको छ । लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशले भदौ १२ गते अटवारीको विदा पनि दिएका छन् । 
लेखक छविलाल कोपिलाका अनुसार सामान्यतया अटवारी थारु समुदायको अस्टिम्की पर्व पछिको दोस्रो आइतवार अथवा कुश अमाँवस (कुशे औंसी) पछिको पहिलो आइतबारलाई बर्का अटवारी मान्ने चलन छ । बर्का अटवारी मानेर ४ आइतबार पछि दसैं लाग्छ । किनकि बर्का अटवारीपछि थप चार आइतवार अटवारी व्रत बस्ने पुरानै चलन छ । अथवा कुशे औंसी र दसैंको बीचमा आउने पाँच आइतबारलाई अटवारी मान्न सकिन्छ । यसरी पाँच अटवारी व्रत बस्ने चलनले पनि कुशे औंसीको पहिलो आइतबार नै बर्का अटवारी हो भनेर प्रमाणित हुन्छ ।


लेखक कोपिलाका विचारमा केही मानिसहरूको धारणा हिन्दू नारीहरूको हरितालिका तीज पछिको आइतबारलाई अटवारी मान्ने पनि छ । तर यो त्यति सान्दर्भिक देखिदैन । उनका अनुसार यदि तीजपछिको आइतबारलाई मान्ने हो भने ‘पाँच अटवारी’ व्रत बस्नेहरूको अटवारी प्रभावित हुन्छ । अर्को कुरा थारू समुदायमा तीजको प्रभाव पनि निकै पछिबाट परेको देखिन्छ । थारू वस्तीमा आजको जस्तो हिजो मिश्रित जातजातिहरूको बसाइँ थिएन । आफ्नै कला, संस्कृति र सामाजिक मान्यताभित्रै रमाउने थारू समुदाय, अन्य समुदायको पर्वलाई आधार बनाएर आफ्नो पर्वको निर्धारण गर्ने विषय पनि हुँदैनथ्यो । 
कोपिला भन्छन्, कुशे औंसी पछिको पहिलो आइतबार प्रायः तीज पछि नै पर्छ । यो एउटा संयोग मात्र हो । यसले पनि तीज पछिको आइतबारलाई अटवारी मान्ने भन्ने तथ्यलाई बढावा दिन सक्छ । तर सँधै यस्तो हुँदैन । कहिलेकाही त तीजकै दिन आइतबार पर्छ अथवा तीज अगावै पनि पर्छ । तर, पछिल्लो समय यही तर्ककै भ्रममा परेर फरक फरक आइतबार अटवारी मान्ने समस्या देखा परेको छ । यसमा एकरुपता हुनुपर्छ । 
कसरी मनाइन्छ अटवारी ?
अट्वारी पर्वको लागि थारू चेलीहरु हरियो पात र दाउरा संकलनको जोरजाममा ब्यस्त छन् । तीन दिनसम्म मनाइने यो पर्वमा सुरुको दिन भटौर, डँट्कट्टन (दर) खाने, दोस्रो दिन ब्रत बस्ने र तेस्रो दिन आफ्ना दिदी बहिनीकहाँ अग्रासन अथवा कोसेली दिन जाने गरिन्छ ।
अट्वारीको दिन थारू समुदायमा मीठा परिकार पकाउन र पूजाआजा गर्नमा ब्यस्त रहन्छन् । खास गरी पश्चिम तराईका दाङ्ग, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतका थारू समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउने गर्दछन् ।
      अट्वारी पर्वमा थारू समुदायका पुरुष मात्रै ब्रत बस्ने चलन रहेको छ । तर अहिले महिलाहरुसमे ब्रत बस्न थालेको देखिएको छ । अट्वारीमा ब्रतालु पुरुषहरु पानी समेत नपिएर निराहार ब्रत बस्ने गर्दछन् । यसअघि शनिवार राती भाले बास्नुभन्दा पहिलै मीठा मीठा परिकार बनाएर भटौर खाने गर्दछन् । 
ब्रत बसेको दिन ब्रतालु पुरुषहरु साँझपख पाँच पाण्डवमध्ये भेवा (भीमसेन) काो पूजा गर्ने गर्दछन् । भीमको पूजा गरेमा भीमजस्तै बलवान हुने  मान्यता रहेको छ । यसै गरी यस पर्वमा विभिन्न थरिका रोटी पकाएर पूजा गर्ने गरिन्छ । गन्यारि नामक् काठ घोटेर शुद्ध आगो बालेर सोही आगोबाट रोटी पकाइन्छ । र, त्यही आगोबाट यो पर्वमा परिकार पकाइन्छ । 
अझ विशेषत यस पर्वमा भीमको पूजाको लागि एककर मतलब एकातिरमात्रै पकाएको रोटीको बिशेष महत्व रहेको छ । थारू समुदायले यो रोटी भीमलाई नै समर्पित गरेर भ्याँओक रोटी बनाउँछ । 
भीम रोटी पकाउँदा पकाउँदै दुश्मनसँग लडिरहेका थारुहरुलाई सघाउन युद्ध लड्न गएको र लडाई सकेर आउँदा हतारमा एकातिर मात्र पाकेको रोटी खाएको भन्ने कथन थारू समुदायमा सुन्न पाइन्छ । त्यसैले थारू समुदायमा भीमको पूजाको लागि एकातिरमात्र पाकेको एउटा रोटी पकाउने चलन छ ।


 दाङ्गका थारू राजा दंगीशरणको राज्यमा शत्रुले आक्रमण गरेको बेलामा सुर्खेतको काँक्रे विहार घुम्न आएका पाँच पाण्डवमध्येका भीमले दंंगीशरणलाई सहयोग गरेर शत्रुलाई पराजय गरी विजय प्राप्त गरेको खुशियालीमा थारू समुदायमा अट्वारी पर्व मनाएको किम्बदन्तीमा उल्लेख छ । 
ब्रत बसेको दिन ब्रतालु पुरुषहरु दिउँसो भीमको पूजा सकेर रोटी, दूध, दही फलफूल मात्रै खाने गर्दछन् । दिन डुबेपछि खान पाइँदैन । 
आइतबारको पूजा सकेर सोमबार बिहान नुहाएर शुद्ध भई फरहार गर्ने चलन छ । फरहारमा गेडागुडीलगायत हरियो तरकारी पोंइको साग, कैंठा (चिचिन्डो), माछा, खँरिया, फुलौरि लगायत परिकारको बनाइन्छ । फरहार गरिसकेपछि आफ्ना चेलीबेटीहरुलाई अग्रासन दिन जाने चलन छ ।  दिदी बहिनीहरु पनि दाजुभाइ आउने आसमा बसेका हुन्छन् ।  दाजुभाइको आगमनपछि विशेष स्वागत सत्कार गर्ने गर्दछन् ।
अन्तमा, सबै पाठक वर्गमा अटवारी २०७९ को शुभकामना छ ।  

प्रकाशित:

१३७२ दिन अगाडि

|

११ भदौ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३२७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१३६१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१३७१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३२६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१२७५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३३१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१२६४ दिन अगाडि

|

२७ मंसिर २०७९