Above News Title

नवलपुरका थारूहरूको चाडपर्व र स्थानीय बिदा              

नवलपुरका थारूहरूको चाडपर्व र स्थानीय बिदा              

मनिराज महतो

गण्डकी प्रदेशअन्तर्गत नवलपुर क्षेत्रमा थारू समुदायको केही चाडपर्वहरू हिन्दू दर्शन अन्तर्गतका जस्तै भएता पनि फरक मौलिकता बोकेको पाइन्छ ।

विशेष गरी कजरी तीज (हरितालिका तीज) पछिको पहिलो आइतबारलाई बणकी आइतबार, त्यसपछि अनन्त चतुर्दशी (अनत), जितिया, अमोसा (पितृ औंसी), दशैँ (भोगही), सोहराई (तिहार),  खिचरी(माघी), फगुवा (होली) जस्ता चाडपर्वमा यहाँका थारूहरूको आफ्नो बिशेष मौलिकता झल्कने गर्दछ ।

 तर २०६० सालपछि नवलपुर क्षेत्रमा स्थानीय थारू समुदायको चाडपर्व ओझेलमा पर्न थालेको छ । यसको मुख्य कारण भनेको स्थानीय थारू युवामा आफ्नो भाषा, संस्कृति र चालचलनप्रति उत्साह नहुनु र जगेर्ना गर्नतिर नलाग्नु हो ।

त्यस्तै, कतिपय थारू बाहुल्य क्षेत्रमा समेत थारू चाडपर्वमा दिइदै आएको स्थानीय बिदा नदिइनु, विद्यालय स्तरमा स्थानीय चाडपर्वको बारेमा जानकारी नगराइनु र स्थानीय चाडपर्वकै बेला विद्यालयमा आन्तरिक परीक्षाहरू राखिनु आदि रहेको छ । पछिल्लो समय केही स्थानीय तहले विद्यालयहरूमा आधारभूत तहमा स्थानीय पाठ्यक्रम लागु गरेका छन्, यो स्वागत योग्य कार्य हो । स्थानीय पाठ्यक्रममा सम्बन्धित नगरपालिकामा रहेका विभिन्न समुदायका चाडपर्व, चालचलन, रीतिरिवाज, संस्कार र संस्कृतिको बारेमा शिक्षा दिने र सम्बन्धित समुदायको चाडपर्वमा सम्मानको साथ स्थानीय विदा गरी विद्यार्थीहरूलाई परियोजना कार्यमा सहभागी हुन लगाइयो भने थप श्रेयस्कर हुने देखिन्छ ।

नवलपुरको आठ वटा स्थानीय तहमध्ये नवलपुरको मध्यबिन्दु नगरपालिकामा २०६८ को जनगणनाअनुसार कूल जनसंख्या ५४,१४० मध्ये थारूहरूको जनसंख्या १३,४७५ कायम भई पहिलो स्थानमा रहेका छन् । त्यस्तै, कावासोती नगरपालिकामा कूल जनसङ्ख्यमाा ६२,४२१ मध्ये थारूहरूको जनसङ्ख्या १५,६७७ कायम भई दोस्रो ठूलो समुदायको रुपमा रहेको छ । देवचुली नपा, गैडाकोट नपा, हुप्सेकोट गापा र बिनयी–त्रिवेणी गापामा पनि थारूहरूको सघन उपस्थिति रहेको छ । बौदीकाली र बुलिङटार गापामा भने थारूहरूको न्यून उपस्थिति छ । गण्डकी प्रदेशअन्तर्गत नवलपुर जिल्लामा मात्र रहेको थारू समुदाय यस प्रदेशमा अल्पसङ्ख्यक समुदायको रुपमा रहेको छ ।

कला, संस्कृतिमा धनी रहेको थारू समुदायले यस प्रदेशको गरिमा र पहिचान उचो बनाइरहेको छ भने नवलपुरको मुख्य गहनाकै रुपमा स्थापित भई सकेको छ । थारूहरूको कला संस्कृतिले यस प्रदेशमा पर्यटन क्षेत्रमा ठूलो योगदान पुर्याइरहेको छ ।  थारू समुदायको चाडपर्वसँगै रहेका कला संस्कृतिको संरक्षण गर्न नसकिए पर्यटन क्षेत्रमा नराम्रो असर पर्ने र आर्थिक रुपमा गण्डकी प्रदेश र सम्बन्धित स्थानीय तहमा पर्यटन बिकासमा असर पर्न गई आर्थिक आय आर्जनको स्रोत पनि घट्ने देखिन्छ, जसबाट थारू समुदायमा पनि आर्थिक बिपन्नता चाँडै नै छाउने देखिन्छ । यस सम्बन्धमा प्रदेश सरकार र सम्बन्धित स्थानीय सरकारहरूको ध्यानाकर्षण हुन जरुरी छ ।

 थारू समुदायको मौलिक चालचलन, चाडवाडसंग समुदायको कलासंस्कृति, गीतबास समेत जोडिने भएकाले यसको संरक्षण र प्रवद्र्धनको लागि प्रदेश र स्थानीय सरकारहरूले समन्वय गरी आवश्यक्ताअनुसार सार्वजनिक र स्थानीय विदा दिनु उपयुक्त हुन्छ ।   नवलपुरका स्थानीय तहहरूको २०७९ को बार्षिक क्यालेन्डरमा स्थानीय विदा समावेश नभएका तर स्थानीय विदा आवश्यक ओझेलमा पर्न थालेका थारू चाडपर्वहरू यस प्रकार छः

२०७९ भाद्र १९– बणकी आइतबार

 २०७९ भाद्र २४– अनन्त चतुर्दशी (अनत)

२०७९ असोज २ र ३– (जितिया)

२०७९ असोज ९– अमोसा (पितृ औसीं) ।

यसैगरी जितियाको अवसरमा मध्यविन्दु नगरपालिकाले जितिया झामटा गीत प्रतियोगिता गर्न थालेकोमा खुशी लागेको छ । यस्ता कार्यक्रम अरु निकायले पनि गर्नुपर्छ ।

प्रकाशित:

१४२५ दिन अगाडि

|

१९ भदौ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३८८ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४२२ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४३२ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३८७ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३३६ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३९२ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३२५ दिन अगाडि

|

२७ मंसिर २०७९