Above News Title

गुमराह कि गुम्मरा थारू?

गुमराह कि गुम्मरा थारू?

प्रत्येक वर्ष साउन ६ गते गुम्मरा स्मृति दिवस मनाइन्छ। नेपालको किसान आन्दोलनको इतिहासमा वीरताको कीर्तिमान रच्न सफल दाङको बेल्वा-बन्जारी किसान बिद्रोहका नायक गुम्मरा थारूले सहादत प्राप्त गरेको दिन।स्थानीय शोषक सामन्त-जमिन्दार र प्रहरी प्रशासनको संलग्नतामा २०१७ साल ६ साउनमा उनको हत्या भएको थियो।त्यसैले मुक्तिकामी जनवर्गले गौरवान्वित हुँदै उनको नाम उच्चारण गर्दछ भने रक्तपिपाषु जुकावर्गका लागि उनी सक्कली टिमुर नै हुन्।
आजभोलि उनको नाममाथि खेलाँची हुँदै छ जानेर होस् वा नजानेर।कसैले उनलाई 'गुमराह',कसैले 'गुम्रा' भन्दै/लेख्दै आएका छन्।तर,यी दुबै नाम त्रुटिपूर्ण छन् भन्ने मेरो ठम्याइ हो।जस्तो:
१) गुमराह :बाटो हराएको,भुलभुलैयामा परेको अवस्था
२) गुम्रा :रक्सी पार्न प्रयोग गरिने विशेष खालको माटोको भाँडो
नाम राख्ने थारू परम्परा अनुसार 'गुमराह' शब्द उनको नामसँग कुनै मानेमा मेल खाँदैन।गुम्रा आगो-ध्वाँसोको रापले कालो हुन्छ।उनी कालो वर्णका थिए कि?त्यसैले पो गुम्रा कहलिए कि भनेर लख काट्न सकिएला।तर,यो पनि त्यति युक्तिसंगत देखिंदैन ।किनभने आफ्ना सन्तानको नाम कसैले पनि अप्रीतिकर राख्दैन।

एक पटक यता हेरौँ त :
गुम्म :(मूल शब्द)नखुलेको ,नबोलेको अवस्था
गुम्म >गुम्मर :नबोल्ने,चुप्पलागेर बस्ने,अल्पभाषी
गुम्मर >गुम्मरा (पुलिंगी नाम)
गुम्मर > गुम्मरी (स्त्रीलिङ्गी नाम)।
यसरी 'गुम्मरा' नै उपयुक्त शब्द हो भन्ने लाग्छ अर्थ र थारू नाम परम्परा हेर्दा।
गुम्मरा थारूको बिंडो थाम्न नसकेर उनलाई न्याय दिन त सकेनौँ सकेनौँ। कम्तीमा नाम गिजोलेर त उनीमाथि थप अन्याय नगरौं!
टीकापुर,कैलाली 

प्रकाशित:

१४४० दिन अगाडि

|

५ भदौ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३८९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४२३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४३३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३८८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३३७ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३९३ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३२६ दिन अगाडि

|

२७ मंसिर २०७९