Above News Title

‘गुरही चोक’मा गुरही मनाउँदा.....

‘गुरही चोक’मा गुरही मनाउँदा.....

धनगढीको, गुरही चोकमा गुरही मनाउने मेलोमेसो २०७९ साउन १७ गते जुर्यो । टीकापुरतिर काम विशेषले आएको बेला गुरही चोकमा गुरही मनाउनै भनेर धनगढीतर्फ पाइला मोडिएका थिए ।
कैलाली जाने दिन नै बहिनी उन्नती चौधरीसँग काठमाडौं मेरै घरमा भेट भएको थियो । उनले भनेकी थिइन्, ‘बाटो फराकिलो पार्ने नाममा फालिएको गुरही चोकको साइनबोर्ड यसपाली अवश्य लेखाइनेछ ।’
गुरहीको दिन टीकापुरबाट धनगढीका लागि हिँड्दा उन्नतीलाई फोन गरें, उही गुरही चोकको नामकरणको बारेमा । उनले जनप्रतिनिधिहरुसँग गुरही चोक नाम लेखाउनेबारे छलफल टुंगो लागिसकेको र आजै लेखिने सुखद जानकारी दिइन् ।
तर दिउँसो १२ बजे गुरही चोक पुग्दा साइनबोर्ड लेख्ने कुनै सुरसार थिएन । उन्नती चौधरी र इन्दु थारुले सखी सन्जाल मार्फत् थारु कल्याणकारिणी सभासँग सहकार्य गरी गुरही मनाउन निकै दौडधुपमा हुन्छन् । यसबारे इन्दुलाई फोन गरें । उनले गुरही चोक सम्बन्धमा जनप्रतिनिधिहरु सकारात्मक रहेको तर स्थानीय गैरथारुले यसको विरोध गरिरहेको बताइन् । अनि समाधानको उपाय के त ?
इन्दुले नै समाधानबारे भनिन्, गुरही मनाउनेहरुको भीड जुट्दै गरेपछि त्यही भीडको आडमा गुरही चोक पनि लेखाउने योजना छ । नभन्दै दिउँसो पौने चार बजे त्यहाँ पुग्दा साइनबोर्ड लेख्न काम जारी रहेछ । 
ढिलो गरी औपचारिक कार्यक्रम सुरु भयो । पहिलेका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले गुरही चोक भनी बकायदा उद्घाटन गरिसकेकाले गुरही चोकको पुनस्थापना हुनुपर्ने जिकिर थाकस केन्द्रीय सदस्यद्वय प्रभात चौधरी, इन्दु थारु लगायत आयोजकहरुले गरे । त्यस्तै, प्रमुख जिल्ला अधिकारी किरण थापा, धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, नगर उपप्रमुख कन्दकला राना, वडाध्यक्ष जुगराम चौधरी लगायतले गुरही चोक स्थापना हुनेमा आशंका व्यक्त नगर्न भने । 
यसरी यसपाली गुरही चोकको नामले पुनर्जीवन पायो । यदि नाम लेख्दा कुनै अवरोध आएको भए पुनः २०७२ भदौ ७ को टीकापुर जस्तो घटना हुने स्थिति पैदा भएको थियो, जुन टरेको छ । अब फेरि पनि कसैले गुरही चोकको साइनबोर्ड फाल्ने, मेट्ने दुस्साहास कसैले नगरोस्, चेतना भया । 

प्रकाशित:

१३७८ दिन अगाडि

|

५ भदौ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३२७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१३६१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१३७१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३२६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१२७५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३३१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१२६४ दिन अगाडि

|

२७ मंसिर २०७९