कौशलेन्द्रकुमार
प्रदेश तथा संघीय चुनाव नजिकिदै जाने क्रमसँगै रेशम चौधरीको रिहाइबारे विभिन्न गैरथारु नेताहरुले पनि आवाज उठाउन थालेका छन् ।
वैशाख ३० को स्थानीय चुनावअघि कैलालीको एक कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रेशम निर्दोष रहेको, उनको रिहाइको लागि सरकारसँग भोलि नै कुरा गर्ने अभिव्यक्ति दिएका थिए । तर सरकारसँग भोलि कुरा गर्ने उनको भोलिको वाचा कहिले आउने हो टुंगो छैन ।
उता वैशाख ३० को स्थानीय चुनावअघि एमाले अध्यक्ष केपी ओलीले पनि कैलालीकै एक कार्यक्रममा रेशम चौधरीको कुनै गल्ती नरहेको, आफ्नो नेतृत्वको सरकारले रिहाइको प्रक्रिया अघि बढाइरहेको बेला सरकार छोड्नु परेको जिकिर गरेका थिए ।
प्रदेश तथा संघीय चुनाव नजिकिदै जाँदा अन्य नेताहरुले पनि रेशम चौधरीको रिहाइबारे कुरा उप्काउन थालेका छन् । हालै नेपाली काँगे्रस पार्टीको केन्द्रीय समितिको बैठकमा नेता विजयकुमार गच्छदारले रेशम चौधरीलाई रिहाइ नगरे कैलाली, बर्दियामा काँग्रेस सोत्तर हुने अभिव्यक्ति दिएका थिए । उनले रेशम चौधरीलाई छिटोभन्दा छिटो रिहाइको वातावरण मिलाउन पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका थिए ।
त्यसै गरी हालै बर्दिया क्षेत्र न. १ का काँग्रेस सांसद सन्जय गौतम तथा तथा बर्दिया क्षेत्र न. २ का संघीय सांसदका आकांक्षी तथा काँग्रेस सहमहामन्त्री किशोरसिंह राठौरले पनि रेशम चौधरीलाई रिहाइबारे आवाज उठाएका छन् । कैलालीसँगै बर्दियामा पनि नागरिक उन्मुक्ति पार्टी प्रवेशको लहर चलेपछि गौतम र राठौर जस्ता काँग्रेसका नेताहरु पनि रेशमबारे बोल्न बाध्य भएका छन् । स्मरण रहोस् रेशम चौधरीले बर्दिया क्षेत्र न. २ को संघीय सांसदको उम्मेदवार बन्ने उद्घोष गरिसकेका छन् ।
काँग्रेस केन्द्रीय सदस्य रामजनम चौधरी, काँग्रेस सुदूरपश्चिम उपाध्यक्ष जनक चौधरी लगायत टिम रेशमको रिहाइबारे पार्टी सभापति देउवालाई तीव्र दिएका छन् । उता काँग्रेस केन्द्रीय सदस्य डा गोपाल दहित रेशम चौधरी रिहाइबारे पुरै मौन छन् । जबकि उनी कुनै समय थरुहट–तराई पार्टी नेपालको अगुवाइ गर्दै सोही पार्टीबाट सभासद भएका थिए । त्यसबेला थरुहट–तराई पार्टीको चुनाव चिन्ह नै ढकिया थियो । आखिर रेशम चौधरीको रिहाइबारे किन मौन छन् त डा गोपाल दहित ?
दहित स्रोत भन्छ, काँग्रेस सहमहामन्त्री किशोरसिंह राठौरले त्यसै पनि डा दहितलाई १० वटा पार्टी चहारेर आएको आरोप लगाएका छन् । त्यस्तै राजापुर नगरपालिकाको मेयरमा काँग्रेसलाई जिताउन भूमिका नखेलेकोमा पार्टीले डा दहित लगायतसँग स्पष्टीकरण लिएको अवस्था छ । रेशमको मुद्दाबारे, थरुहटको मुद्दाबारे थोरै पनि मुख खोलेमा पार्टीमा थप ववण्डर मच्चिने डरले डा दहित मौन रहन बाध्य छन् । तर यो मौनताले कालन्तरमा दहितलाई नै घाटा लाग्नेछ ।
प्रकाशित:
१३८१ दिन अगाडि
|
२ भदौ २०७९
२ दिन अगाडि
|
१४ जेठ २०८३
३ दिन अगाडि
|
१३ जेठ २०८३
४ दिन अगाडि
|
१२ जेठ २०८३
५ दिन अगाडि
|
११ जेठ २०८३
६ दिन अगाडि
|
१० जेठ २०८३
७ दिन अगाडि
|
९ जेठ २०८३
८ दिन अगाडि
|
८ जेठ २०८३
१३२७ दिन अगाडि
|
२५ असोज २०७९
१३६१ दिन अगाडि
|
२१ भदौ २०७९
१३७१ दिन अगाडि
|
१२ भदौ २०७९
१३२६ दिन अगाडि
|
२६ असोज २०७९
१२७५ दिन अगाडि
|
१५ मंसिर २०७९
१३३१ दिन अगाडि
|
२० असोज २०७९
१२६४ दिन अगाडि
|
२७ मंसिर २०७९