तत्कालको लक्ष्य टीकापुर राजवन्दीहरुको रिहाई

तत्कालको लक्ष्य टीकापुर राजवन्दीहरुको रिहाई

९३८ दिन अगाडि

|

५ फागुन २०७९

क्रान्तिले ल्याएको त्यो समानता...

क्रान्तिले ल्याएको त्यो समानता...

९४२ दिन अगाडि

|

१ फागुन २०७९

                                                                                                                  आफ्नो खेतबारीमा लेखक बन्धु हर्दिउला बन्धु हर्दिउला लगभग २०४२/०४३ साल तिरको कुरो हो ! भर्खर मेरो जन्म भएको थियो ! त्यसबेला मेरा बाजे खोजराम डगौराले आफ्ना सन्ततीका लागि २० बिघा नम्बरी जमिन खैलाड गाउँमा बनाइसकेका थिए ! समय जमिनदारी प्रथाको थियो ! त्यसबेला खैलाड गाउँमा बैजनाथ महतौंले, धनौरामा मल्लले र कुँडी गाउँमा खेमराज सिंहले  जमिनदारी गर्थे ! त्यसमध्ये सबभन्दा बढी तानाशाह, गुण्डागर्डी, शोषण, अत्याचार खेमराजले गर्थे ! गाउँमा डुल्नु पर्यो भने कि उनी नाङ्गो जीपमा कि घोडामा मात्र हिड्थे र उनको हातमा सँधै टुटु या बाराबोर बन्दुक लिएकै हुन्थे । दैनिक रुपमा सिकार खेल्नु उनको दिनचर्या थियो ।   त्यसबेला भर्खर खेतिपातिको विकास हुँदै थियो ! खास गरि सिजनमा एकबालीको मात्र विशेष ध्यान दिइन्थ्यो त्यो पनि धानको मात्र । धानलाई रोप्ने चलन थिएन बुवारो विधिबाट खेती गरिन्थ्यो । जम्मै धान बुवारो छरेर सकाउँथे र २० बिघा जमिन घरमा २० जनामात्र सदस्य तर भोकमरी हुन्थ्यो त्योबेला अधुनिक खेती गर्न नजानेर ! त्यसबेला भोकमरी ताल्ने एउटा मात्र उपाय थियो जंगलमा सिकार गर्नु या अर्काको घरमा कमैया भएर कमाउनु ! तर मेरो घर परिवारले शिकारको बाटो रोज्यो त्यो बेला घरघर बन्दुक, बमगोला, इन्डियाको खुल्ला सिमाना, कुनै छेकबार सोधपुछ नहुने ।  समयले कोल्टे फेरेसंगै हाम्रो घर वरिपरि बगैँचा तयार हुँदै गयो । बगैचाका रुखहरु बिस्तारै विशालकाय भए । त्यसबेला खैलाड, धनौरा र कुँडी गाउँ मध्ये सबै भन्दा राम्रो र ठूलो बगैँचा हाम्रै थियो रे ! अनि त्यस बगैचामा अत्याचारी खेमराजको नजर पर्यो ! त्यसबेला हाम्रो घरको घरमूली मेरा बुवाआमा भोजलाल डगौरा/गंगीया थरुनी हुनुहुन्थ्यो । एकदिनको कुरो हो, जमिनदार खेमराज एकाबिहानै घोडा सवार गरि बाराबोरका  साथ हाम्रो घर पुग्यो र बुवालाई भन्यो, " रे भोजलाल ! मोर महल बन्वैना बा रे ! ५०/६० हजार इटा पकाइक लग टोर बगियक कठुवा किल पुगि रे ! कै पैंसा लेबे रे !" बुवाले तुरुन्त जवाफ फर्काउनु भो, " नै बेंचम मलिकवा !" अनि खेमराज घोडामाथि चढ्यो र चढ्नेबेला २०० रुपैयाँ भुँइमा खसाल्यो र भन्यो, " रे भोजलल्वा ! मोर पैंसा गिर गिल रे ! पुगा ते !"  हतार हतारमा बुवाले पैसा समात्नु भो र त्यहीबेला फेरि खेमराजले भन्यो, "ले अब यिहे हो टोर बगियक मोल! अब आगे बोल्बे ते यी बाराबोर  डेखटे ।" भनेर घोडा कुदाउँदै आफ्नो बाटो लाग्यो! बुवाको मुखमा बुजो लाग्यो! अर्को दिन उनका सारा कमैया, भत्तावाला सबेरैबाट बगैँचा काट्न सुरु गरिहाले । जस्को सम्पत्ती उ चुँइक बोल्न नि पाएन, सबै बगैँचा सखाप भयो । उसताका नेपालमा कम्युनिष्ट आन्दोलन चर्किदै थियो । २०४६ सालको जनमत संग्रह पछि संविधान निर्माणमा असंतुष्ट भएपछी प्रचण्ड र बाबुरामले २०५१ साला फागुन १ गतेको दिनबाट औपचारिक रुपमा जनयुद्ध लडने घोषणासहित संसद भवन त्याग गरे । समयको चक्रसंगै म पनि हुर्कदै गएँ र जनयुद्धको आँधीबेरी मच्चियो तानाशाह बिरुद्ध, शोषक बिरुद्ध, अत्याचारी बिरुद्ध, जमिनदार बिरुद्ध, सामन्त बिरुद्ध, जातियताका बिरुद्ध, हामीजस्ता सर्वहारा निमुखाका लागि अनि म पनि बिस्तारै ब्रेक लगाउँदै कक्षा ८ पुगें । त्यहीबेला एकरात माओबादीहरुको एउटा ठूलो जत्थाले खेमराजको घरमा छापा मार्यो । उसलाई भौतिक कार्वाही गर्यो, घरका सारा खजाना कब्जा गर्यो । तत पश्चात उपचारको क्रममा एक शोषक, एक गुण्डा, एक अत्याचारी जमिनदारको मृत्यु भयो । त्यसपछि बाँकी शोषकहरु रातारात शहरतिर भागे । गाउँ फर्किदा "रे फलाना" शब्दको सत्तामा "हो फलाना" तँ को तिमी, तिमीको ठाउँमा तपाईं जस्ता शब्दको प्रयोग गर्न बाध्य भए सबै सामन्तहरु । माओबादीको जनअदालतले सामाजिक राज चलाउने क्रम चल्यो! आन्दोलनले एक सामान्य अनपढ व्यक्ति पनि निडर भयो । सामाजिक सोचको रुपान्तरणमा कायापलट परिवर्तन त्यसबेला जनयुद्धले ल्यायो!  त्यसकारण, भले हामी आर्थिक, धार्मिक, भौगोलिक, सांस्कृतिक  र भाषिक रुपले एक समान समृद्ध नहुउँला तर बोली र सामाजिक व्यवहारका दृष्टिले समानताको मध्यमार्गी बाटोमा ल्याइ छोडेको अनुभूत १० बर्षे शसस्त्र जनयुद्धले गरेको हुनाले आजको दिन "जनयुद्ध दिवस" मेरो लागि सम्झिन लायकको दिन हो । लेखक शिक्षण पेशामा आवद्ध छन् ।

लाल केरनिको गन्तव्य

लाल केरनिको गन्तव्य

९६० दिन अगाडि

|

१२ माघ २०७९

अंकर अन्जान सहयात्री लेखक, पत्रकार तथा साहित्यकार आदरणीय दाई कृष्णराज सर्बहारी द्धारा लिखित सामाजिक उपन्यास 'लाल केरनि' ११ घण्टा भित्र पढेर सक्काइयो । यो उपन्यास सुरु देखि अन्त्य सम्म पढि रहँदा आँखाबाट आँसुहरु छचल्किएको पत्तो नै पाएन, पढ्दा-पढ्दै बोली बन्द भयो, मन भावुक भएर आयो, समग्रमा अति नै मार्मिक र यथार्थ लाग्यो । यो उपन्यास, १३५ पेज भित्र रहेको यो उपन्यास एउटा सामाजिक उपन्यास हो, एक्काइस भागमा बाँडिएको यो उपन्यासभित्र कमैया, कम्लहरीहरुको पिडा, खेती-किसानीको कुरा, शोषक-सामन्तिहरुका कुरा, शिक्षा-अशिक्षाका कुरा, समग्रमा थारु रहन-सहन, कला-संस्कृतिका कुरा समेटिएको छ । उपन्यासकारले हाम्रो जनजिवनमा आधारित, समाजमा हुँदै गरेको सत्य-तथ्य घटनालाई काल्पनिकताको संग्या दिंदै घर र समाजभित्रको सत्य कथा लेखेका छन। तसर्थ यो उपन्यासले कमैया, कम्लहरीहरुको यथार्थ चित्रण गरेको छ । भाइ-भाइ बिचको मनमुटाब, सासु-ससुराबिचको कलह, छोरीलाई सानै उमेरमा कम्लहरी पठाउँदाको आमा-बुवाको पिडा, भर्खरै बिवाह गरेर पनि श्रीमानसंग राम्रोसंग बस्न नपाएको एउटा नव दम्पतीको पिडा, काठमाण्डौमा कामको लागि तारिख बोक्दाको पिडा, जमिन्दारले कमैया-कम्लहरिहरु माथि गरेको सास्ती, यावध कुराहरु यस उपन्यासभित्र समेटिएको छ । उपन्यासकारले बडो मार्मिक ढंङ्गले यस उपन्यासको इतिश्री र अन्त्य गरेका छन। थालनीमा यो उपन्यास वियोगान्तमा टुङ्ग्याए पनि समय परिस्थितिले गर्दा पुन: सम्पादनको क्रममा संयोगान्तमा लगेर टुङ्ग्याइएको कुरा उपन्यासकारले १३७ पेजमा रहेको 'कुछ टे कहहि परल' शीर्षकमा उल्लेख गरेका छन। उपन्यासकार थारु भएकै कारणले होला यस उपन्यासको भाषाशैली आफ्नै मातृभाषामा शिष्ट र सभ्य शैलीमा लेखेका छन, तर यसो भनि रहंदा कही कतै उन्नाइस-बीस भएको पनि पाइन्छ। उसो त उपन्यासकारको यस भन्दा अघि २०५५ सालमा थारु भाषाको पहिलो उपन्यास 'फुटल करम' र २०५९ सालमा नेपाली भाषाको उपन्यास 'गन्तव्य' प्रकाशित भैसकेको छ। 'लाल केरनि' उहाँको तेस्रो थारु भाषाको उपन्यास हो। उपन्यासकार लेख्छन् "अबका दिनमा पोस्टाको संख्या बढाउनु भन्दा बालबालिकाहरुको लागि बालरचना र आख्यान विधामा कलम चलाउनतर्फ अग्रसर हुन्छु।" तसर्थ यो प्रतिबद्धता पनि उहाँले छिट्टै नै पुरा गरुन, उहाँको कलम कहिल्यै नरोकियोस, सदैव सत्य-तथ्य उहाँको कलमले लेखि रहुन मेरो यही आशा र भरोसा सहित ढिलै भए पनि उहाँलाई ''लाल केरनि'को धेरै-धेरै शुभकामना छ।  

माघ ५ अर्थात् बलिदानी दिवसः संघर्षको डगर यथावत

माघ ५ अर्थात् बलिदानी दिवसः संघर्षको डगर यथावत

९६७ दिन अगाडि

|

५ माघ २०७९

केशव झा २००८ साल देखि २०७९ सालसम्म मधेशी समुदायले लगातार कुनै न कुनै रुपमा संघर्ष गरिरहेको छ। तर उपलब्धि खासै देखिदैन। अहिलेसम्म आ-आफ्नो क्षमताले भ्याए सम्म योगदान गरेका सवैलाई धन्यवाद दिनुपर्छ । आफ्नो जीवन उत्सर्ग गर्ने तमाम ज्ञात अज्ञात सहिदहरुलाई सत् सत् नमन। राजनीतिमा ढिलो कहिल्यै हुदैन हिन्दीमा एउटा उखान छ, " जब जागा तब सबेरा" त्यस कारण सबै कुरालाई विर्सेर तराई मधेशको भुमीबाट उदाएका  सवै पार्टीको मोर्चावन्दी गरि मधेशी, आदिवासी जनजाति , उत्पीडित खस आर्य, महिला ,दलित लगायत सवै उत्पीडित जातजाति र समुदायको हकहितको लागि समर्पित भै अधिकार समपन्न गराउन तर्फ दृढ संकल्पित भएर लाग्नुको विकल्प छैन। सवभन्दा पहिला आ-आफ्नो पार्टीलाई ठिक गरौं,पार्टी भित्रको तानाशाहीको अन्त्य गरौं, पार्टीलाई लोकतान्त्रिक विधि र प्रक्रियाबाट चलाउं, पार्टीको संरचनालाई चुस्त दुरुस्त पारौं र शक्तिको विकेन्द्रीकरण गरि संघीय संरचनाबाट पार्टीहरुलाई अगाडि बढाउं, नेतृत्वलाई  उमेर हदको व्यवस्था गरौं र दुई कार्यकाल भन्दा बढी एउटै पदमा बस्ने व्यवस्थाको अन्त्य गरौं, पार्टीमा नियमित प्रशिक्षणको व्यवस्था गरौं, पार्टीमा रहेका एउटा साधारण सदस्यसमेतलाई अपनत्व महसुस हुने व्यवस्था अपनाऔं । राजनीतिमा लागेका कुनै पनि व्यक्ति बढी उमेर भएर बढी जान्ने अथवा कम उमेर भएर कम जान्ने हुदैन । एक अर्कालाई सम्मान गर्ने र स्वीकार्ने परिपाटी बसालौं। राजनीति सत्ता र शक्तिको खेल भएको हुनाले राज्य सत्तामा पकड बनाउन पहिला ज्ञान सत्तामा पकड बनाऔं। तसर्थ राजनीति गर्न चाहने सबैले राजनीति शास्त्र, समाजशास्त्र र  दर्शन शास्त्रको अध्यन गरि मात्रै पाइला अगाडी सारौं । पार्टीमा लागेका सवै सदस्यहरुको कार्य मुल्यांकन प्रणाली लागु गरौं। हाम्रो देशमा आजसम्म कुनै पनि परिवर्तन सदनबाट भएको छैन ।यस्को अर्थ भनेको के हो भने मुलुकमा लोकतन्त्र आएकै छैन । लोकतान्त्रिक मुलुकमा यदि एकजना नागरिकले पनि आफ्नो हक अधिकारको कुरा गर्छ भने तत्काल सम्बोधन हुन्छ तर हाम्रो देशमा यस्तो परिणामको कल्पना समेत गर्न सकिदैन । तसर्थ तल उल्लेखित राजनीतिक एजेन्डाहरु सम्बोधन गराउन आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथी उठी मोर्चा गठन गरौं र संवाद तथा  संघर्षको बाटो रोजौं। १. संविधानको पुर्णताको निम्ति तत्काल संशोधन गराऔं। २.अधिकार र पहिचानको निम्ति गरिएका संघर्षमा मुद्दा लगाई जेलमा राखिएका रेशम चौधरी लगायतका राजबन्दीहरुलाई यथासिघ्र रिहा गराऔं। ३.लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न लगाऔं। ४.नागरिकता सम्बन्धि समस्या सदाको लागि अन्त्य गराऔं। ५.अधिकार र पहिचानको लागि सहादत प्राप्त गरेका परिवारलाई क्षतिपूर्ति स्वरुप ५०/५० लाख रुपैया र अहिलेसम्म रोजगार नपाएकाको परिवारलाई रोजगारको व्यवस्था मधेश  प्रदेश सरकारबाट गर्न लगाउने। ७.अहिलेको शासकीय स्वरुपबाट देश अगाडि बढ्न नसक्ने प्रस्ट भैसकेकोले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने व्यवस्था लागू गराउने। ८.समान जनसंख्याको आधारमा प्रतिनिधित्वको व्यवस्था गराउन पुर्ण समानुपातिक निर्वाचन पद्धति अवलम्बन गर्ने। ९. पहिचानको पाँच र सामर्थ्यको चार आधारमा राज्यको पुनर्संरचना गराउने।कम्तिमा पहिलो संविधानसभामा आयोगद्वारा बहुमतले पेश गरिएको १०+१ प्रदेशको अवधारणा अघि बढाउने। १०. संघीयताको मर्म अनुरुप प्रदेशलाई बलियो र केन्द्रलाई समन्वयकारी भुमिकामा राख्ने। अर्थात स्वशासनको व्यवस्थालाई अगाडि बढाउने र संविधानमा नभएका सिडिओ लगायतका  जिल्ला तहका अन्य सवै संरचनाहरु  हटाउने । ११.रास्ट्रपति , न्यायाधीश , सेनापती लगायत  उच्च पदस्थ व्यक्तिहरूलाई समेत छानबिन गर्न सक्ने खालको एउटा बलियो जनलोकपालको व्यवस्था गर्ने। १२. सांसदहरूलाई मन्त्री बन्न रोक्ने र कानुन निर्माण कार्यमा मात्रै लगाउने। १२.कुनै पनि व्यक्ती २ पटक मात्रै  प्रधानमन्त्री ,उपप्रधानमन्त्री ,मन्त्री ,राज्य मन्त्री ,सहायक मन्त्री , मुख्य मन्त्री ,सभामुख, प्रदेश प्रमुख,संघीय सांसद , प्रदेश विधायक , मेयर, अध्यक्ष  पदमा निर्वाचित वा मनोनित हुन पाउने व्यवस्था गर्ने। १३.स्वदेशी उत्पादन बढाउने र निर्यात घटाउने व्यवस्था लागू गरौं। १४. उद्योग कलकारखाना स्थापना मैत्री कानुन निर्माण गरि वैदेशिक लगानी भित्र्याउं। १५. कृषि , जलस्रोत , पर्यटन व्यव्सायलाई प्राथमिकतामा राखी कुनै प्रकारको अवरोध नहुने प्रणालीको विकास गरौं। १६. बैंकको ब्याजदर एकहोरो मध्य विन्दुमा झारौं। १७. निर्यात गर्ने बस्तु उत्पादन गर्ने व्यवसायीलाई कच्चापदार्थमा भन्सार छुटको व्यवस्था गरौं। १८. शिक्षा ,स्वास्थलाई नि:शुल्क गरौं। १९. भौतिक पुर्वाधार , सडक , बिकास निर्माणको लागि अवरोध रहित फास्ट ट्र्याक नीति अवलम्बन गरौं। २०.सिचाइको सुविधा सवै किसानले पाउने कानुन बनाऔं। २१. किसानहरूले उत्पादन गर्ने वस्तुहरुको मुल्य किसानहरुले नै तोक्ने व्यवस्था लागू गरौं। २२.प्रत्येक घर कम्तीमा  एक रोजगारीको व्यवस्था गरौं। २३. विदेशमा रहेका मतदाताहरुलाई भोट खसाल्ने व्यवस्था तत्काल लागू गरौं। २४. समानुपातिक प्रणाली तहत पार्टीहरुलाई अनावश्यक थ्रेसहोल्ड कायम गरि प्रतिनिधित्व घटाउने षड्यन्त्र बन्द गरौं। २५. कृषि योग्य जमिनलाई घडेरी बनाउने भुमाफियाको खेल बन्द गरि एकीकृत अपार्टमेन्ट वस्तिको अवधारणालाई अगाडि बढाऔं।  २६. देशको आमूल परिवर्तनको जग बसाली एक समृध र शक्तिशाली रास्ट्र निर्माणमा सवै स्वदेशी देशभक्तहरु एकजुट भै लागौं। लेखक लोसपाका नेता हुन्

मधेश प्रदेश र  थरुहट  ‘ढकिया’ परिपुरक जस्तो भए, संघीयता र अधिकार प्राप्ति झन सहज

मधेश प्रदेश र थरुहट ‘ढकिया’ परिपुरक जस्तो भए, संघीयता र अधिकार प्राप्ति झन सहज

१०१५ दिन अगाडि

|

१६ मंसिर २०७९

सोहन साह यो निर्वाचनले मधेश/थरुहटले केही प्रष्ट सन्देश दिएको छ, कि जसरी पनि मधेशबाट कम्तीमा दुइटा वा पर्यो भने तिनवटा (ढकिया , यो पाली नभए अर्को पाली) राष्ट्रिय पार्टी बन्ने नै छ। मधेश केन्द्रीत पार्टीको आधार कम्जोर नभइ अझ वृहत भएको छ। यसै बेला, सरकारमा जाने कि नजाने भन्ने वहियात बहस चलेको छ। कति बुद्धिजीवीले त नयाँ उदय भएका शक्ति सरकारमा जानै हुन्न जस्तो बहस समाजिक सञ्जाल र टिभीमा गर्दैछन्। यो नितान्त इमोशनलर निराशाजनक सोच हो। तर, मधेशको नयाँ शक्तिहरु सरकारमा जानुपर्छ भन्ने तर्क बलियो छ। केही कारण यस्तो होलान् : (१) चुनावमा थुप्रै विकासका वाचा गरेका छन्। यसलाई पूरा गर्न (आंसिक रुपले भए पनि) सरकारमा जानुपर्ने हुन्छ। (२) केही महत्त्वपूर्ण कानुनहरु संविधान लागू गर्न अपरिहार्य छ। जुन, अहिलेको सत्ता गठबंधनसंग मात्र सम्भव छ। ती महत्त्वपूर्ण कानुन पारित भए  त्यस्को श्रय पनि नयाँ मधेशमा उदय भएका शक्तिले पाउने छन्। (३) सरकारमा जानू भनेको साधन पनि हो। बाधक पनि हो। विगत को मधेशी पार्टीले केही गरेनन्  भन्दैमा चरम निराशावादी सोच राख्नु उपयुुक्त हुदैन। नियत राम्रो छ भने सरकारमा जानू साधन जस्तो हो: आफ्नो एजेन्डा, नीति , कार्यक्रमलाई स्थपित गराउन। (४) मधेसी बुद्धिजीवीहरु low equilibrium mindset मा बस्ने बानी भएको छ। यसले चरम निराशावादी सोच र हारको मनस्थिति मधेशी जनतामा निर्माण गरेको छ। कम्तीमा यो निर्वाचनको परिणामले politically confident राजनीतिक पार्टीको रुपमा हौरन (जनमत) र ढकिया (नागरिक उन्मुक्ति पार्टी) स्थापित होस् । अनि confidently सरकारमा गइ , काम गरेर देखाउने मौका पनि हो यो। (५) सरकार मै जानू भएन भने अर्को चुनावमा जनताले भन्लान् : "तपाईं सरकारमै नजाने भएपछि, तपाईंलाई किन वोट दिनु" ! अनि, के उत्तर दिने ? त्यसैले राजनीतिको एक मात्र सुत्र हो, सत्तामा पुग्ने !! अरु सबै, तपशिलको कुरो हो। (६) मधेश प्रदेश र "थरुहट" ढकिया परिपुरक जस्तो भए, संघीयता र अधिकार प्राप्ति झन सहज हुन्छ। एकले अर्को संग निरन्तर सहयोग, समन्वय र सम्बाद होस् । Lets start fresh भने जस्तै !! दुबै सरकारमा जाने वातावरण बनोस् !! आशावादी भइ बस्ने हो। तर्क संग सहमति वा विमती राख्न पाइयो।

 १२ जना पुरुष  उम्मेदवारमा म एक्लो महिला  उम्मेदवार

 १२ जना पुरुष उम्मेदवारमा म एक्लो महिला उम्मेदवार

१०१९ दिन अगाडि

|

१२ मंसिर २०७९

राधा चौधरी नागरिक उन्मुक्ति पार्टीको तर्फबाट  प्रदेश सभा बारा क्षेत्र न १ (क) बाट चुनावमा होमिएकी थिइन् । नतिजा उनको पक्षमा किन आएन । किन आएन त ? यसबारे उनले आफ्नो भावना व्यक्त गर्दै सबै मतदातामा धन्यवाद व्यक्त गरेकी छिन् । उनका विचार जस्ताको तस्तैः सम्पुर्णमा नमस्कार ! २०७९ मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचनमा म धेरै आशा र विश्वासका साथमा आफू जन्मेको ठाउबाट चुनाव लडें ।एक  महिनाको कडा मेहनतले जनताको मनमष्तिकमा बसें, मेरो पक्षमा राम्रो माहोल र जनलहर पनि बन्यो, चुनाव जित्छु भनेर विश्वास धेरै जाग्यो तर सोचेको जस्तो परिणाम आएन, अन्तिमको दुई दिनमा सारा जनलहर टुट्यो -  कारण अन्य उम्मेदवार जस्तो म पैसा पानी जस्तो बगाउन सकिन माछामासु वितरण गर्न सकिन, भोजभतेर गर्न सकिन, पैसा वितरण गरिन परिणामस्वरूप चुनाव परिणाम उल्टो भयो | यसरी माछामासु, रक्सी र पैसाले भोटरलाई प्रभावमा ल्याउनु मेरो सिद्धान्त  विपरत रहेको छ, म एउटा सामाजिक अभियन्ता हो, पुरै देशको नजर म माथि थियो, मात्र चुनाव लड्न आएको थिएन बल्कि चुनाव हुने गरेको विकृतिलाई हटाउन पनि मेरो धर्म थियो । नतिजा मेरो पक्षमा नआए पनि, प्रदेशसभा सदस्यको सर्टिफिकेट नपाए पनि वैचारिक र सैद्धान्तिक रूपले मेरो जित भएको छ । ठुला दलहरूको गठबन्धन बिच मैले नागरिक उन्मुक्ति पार्टीको तर्फबाट  प्रदेश सभा बारा क्षेत्र न १ (क) बाट चुनाव लड्न हिम्मत गरें, बिना कुनै संगठनको १३३४ मत ल्याए । १ नम्बर क्षेत्रमा प्रदेश सभा प्रत्यक्ष तर्फ (क) मा १२ जना पुरुष उमेदवारमा म एक्लो महिला उमेदवार थिए, ५ जना पुरुष भन्दा बढी मत ल्यांए - यंहा मेरो जित भएको छ । माछामासु र रक्सी वितरण गरेर सोझासाझा जनतालाई अन्य पार्टीले प्रभावमा नपारिएको भए अप्राकृतिक गठबन्धन पनि पछि नै रहने थियो । यो सुरूवात हो मेरो  राजनीतिक यात्राको - म अब अझै बढी मेहनत गर्नेछु जनताको सुखदुःखमा हरबखत साथ रहने छु अब बस्ने छैन, अब शक्ति बनेर अगाडी बढ्ने छु।  राजनीतिक विकृतीलाई हटाउने छु।  राजनीतिको नाममा दलाली र ठेकेदारी गर्ने लाई तह लगाउने छु। मेरो जनसेवा र राजनीतिक यात्रा संगसंगै अगाडी बढने छु।  यो चुनावी दौडमा मलाई साथ सहयोग दिने सम्पूर्ण साथी भाइ लगायत आ आफ्नो ठाउँबाट सहयोग गर्ने सुभ चिन्तक पत्रकार मित्र मलाई सुरक्षा दिने सुरक्षा कर्मी लगायत आफ्नो अमुल्य मत दिने मतदाता सम्पूर्णमा हार्दिक आभार सहित  धन्यवाद व्यक्त गर्दछु।

‘नयाँ अनुहार र पार्टीको जितले समाजमा आशा जगाएको छ’

‘नयाँ अनुहार र पार्टीको जितले समाजमा आशा जगाएको छ’

१०२१ दिन अगाडि

|

१० मंसिर २०७९

सुरेन्द्र चौधरी नागरिक उन्मुक्ति पार्टीबाट दाङ–१ बाट प्रतिनिधि सभाको सांसदको उम्मृदवार थिए । उनी ८ हजार १९ मत ल्याइ तेस्रो स्थानमा रहे । सम्पूर्ण मतदाताप्रति हार्दिक आभार व्यक्त गर्ने क्रममा उनले दिएको सन्देश जस्ताको तस्तैः भर्खरै निर्वाचन सम्पन्न भएको छ । निर्वाचन अभियानमा रात दिन खटिनु भएका सबै नेता, अभियन्ता, दाजु भाइ दिदी बहिनी एबम् मलाई अमुल्य मत दिनु हुने सबै मतदाताहरुप्रति हार्दिक आभार प्रकट गर्दछु ।  निर्वाचन सम्पन्न भए स्ँगै  समाजका हरेक तह तप्कालाई हामी हाम्रो र राष्ट्रको बारेमा अर्को अध्यायमा कस्तो भूमिका चाहन्छौं भन्ने कुरामा केन्द्रित भएर दुइ कदम अघि भएर समिक्षा र आत्मसात गर्न अनुरोध गर्दछौ ।  निर्वाचनमा होमिदा हामी आ(आफ्ना पार्ट्रीको एजेन्डा लिएर नागरिकको घर दैलोमा पुगेका थियौं। निर्वाचनको बेला दलहरुको मुद्दा र एजेन्डामा समाज बिभाजित हुन पुग्छ । तसर्थ निर्वाचन पछिको अवसरलाई हामीले आगामी दिनमा एक ढिक्का भएर हाम्रो सबल र दुर्बल पक्षलाई आत्मसात गर्दै हाम्रो लक्ष्य केन्द्रीत भएर चिन्तन गर्न हार्दिक अनुरोध गर्दछौ । साथै एक अर्का लाई कसरी सहयोग गर्न सकिन्छ भन्ने कुरामा केन्द्रित हुन सकौं ।  सम्पूर्ण नागरिकहलाई देशले मागेको , खोजेको सामाजिक र राजनीतिक रुपान्तरणको लागि हरेक तह तप्कामा भूमिका खेल्न  आह्वान समेत गर्दछु ।  निर्वाचनमा मतको स्ंख्याले हारजित हुनु एउटा कुरा हो, तर वास्तबिक जित त्यतिबेला मात्रै हुन्छ, जतिबेला हामी आगामी ५ वर्षको कार्यकालमा जनतासंग बाचा गरेका प्रतिवद्धताप्रति हामी हाम्रो कामले प्रमाणित गर्न सक्छौं । तसर्थ, जितेर जानेहरुको पनि वास्तबिक परीक्षाको घडी निर्वाचन परिणामको घोषणा संगै सुरु भएको छ । सम्पूर्ण बिजेता मित्रहरुलाई परीक्षाको घडी सजिलै पास गर्न सफलता मिलोस् भन्ने कामना समेत गर्दछु ।  देशभरीबाट निर्वाचनको परिणाम आउने क्रम जारी छ । केही पुराना केही नयाँ अनुहारहरुको प्रवेश संसदमा हुने स्ंकेतले आशा र निराशा युक्त   सन्देश दिएको अवस्थामा हाम्रो समाजको राजनीतिक  दृष्टिकोण के हो ? यसै भन्न सक्ने अवस्था छैन ।  तर एउटा कुरा भने स्पष्ट छ, त्यो भनेको हाम्रो युवा पुस्ता अहिलेको परिणामबाट उनीहरुको भबिष्य, परिवारको भबिष्य, देशको भबिष्य के हुन्छ भन्ने कुराले चिन्तित तुल्याएको छ ।  त्यसको एउटै कारण भनेको बिगत ३० वर्षदेखि देश र पार्टीमा हालिमुहाली गरेका नेताहरु पुनः निर्वाचित भएका छन् । केही सकारात्मक पक्ष र सन्देश पनि अहिलेको निर्वाचन परिणामले दिएको छ, त्यो भनेको नयाँ दलहरु र नयाँ अनुहारहरुको संसदमा हुने प्रबेश ।  नयाँ अनुहार र पार्टीको जितले समाजमा आशा जगाएको छ । हामी सबै उम्मेद्वारले मनन गर्नै पर्ने कुरा भनेको हामी सबैले हाम्रा एजेन्डा र धारणालाई निर्वाचनमा लिएर जाँदा, समाज पक्ष र बिपक्षमा बाँडिन पुग्छ । ती बिभाजनलाई जोड्ने जिम्मा पनि हामी उम्मेद्वारहरुकै हो । हाम्रा फरक फरक बिचार र धारणाको बावजुद हामीलाई आउने दिन हरुमा असल छिमेकी, असल साथी , असल सहकर्मीको रूपमा बस्नुपर्ने वास्तबिकतालाई सबैले मनन गर्नैपर्छ।  अन्तमा फरक फरक बिचार बोक्ने पार्टी हामी सबैले नागरिकको आकाँक्षा पुरा गर्न हाम्रो सहकार्यको साझा धरातललाई पहिचान गर्न सक्नु पर्छ । त्यो साझा धरातल भनेको समतामूलक समाज निर्माण, समाबेशी सहभागितामुलक लोकतन्त्र, समातामुलक समृद्धि र सामाजिक न्यायको सवालहरु नै हुन् भन्ने कुरा हाम्रो नागरिक उन्मुक्ति पार्टी प्रतिबद्ध छ ।  अन्तमा, निर्वाचनमा सहयोग गर्नु हुने सबै शुभ चिन्तकहरुप्रति हार्दिक आभार प्रकट गर्दछु ।