दुई साता मोरङको गाउँ बस्दा...

दुई साता मोरङको गाउँ बस्दा...

६७६ दिन अगाडि

|

२० कात्तिक २०८०

धनी बन्ने चाहना छ ? अपनाउनुस् यी बानी

धनी बन्ने चाहना छ ? अपनाउनुस् यी बानी

६८३ दिन अगाडि

|

१३ कात्तिक २०८०

टन्न पैसा कमाऊ, सफल बनौं भन्ने चाहना हर व्यक्तिमा हुन्छ । आफ्ना अगाडि कुनै सफल वा धनी व्यक्ति देख्ने बित्तिकै म पनि यस्तै हुन पाए त भन्ने सोच नआउने कमै मान्छे होलान् । हर कोहीमा उ जस्तै बन्ने ईच्छा स्वतः उत्पन्न हुन्छ । इच्छा शक्ति छ भने हामी पनि हरेक क्षेत्रमा सफल बन्न सक्छौं । तर यसका लागि ती सफल व्यक्तिहरूको राम्रो बानी अनुसरण गर्नुपर्ने हुन्छ । अधिकांश सफल र धनी व्यक्तिमा उस्तै उस्तै खालका केही गुण भेटिन्छन् । आजको यो लेखमा हामीहरू तीमध्ये केही गुणबारे कुराकानी गर्न गइरहेका छौं । तपाईले पनि त्यस्ता गुणलाई अपनाएर उनीहरु जस्तै बन्न सक्नु हुन्छ । लक्ष्य तय हरेक सफल व्यक्तिको बानी हुन्छ हरदम हर हमेशा कुनै न कुनै लक्ष्य बनाइरहने । तपाई पनि सफल हुन चाहनु हुन्छ भने आफ्नो जीवनको लक्ष्य तय गर्नुहोस् । हरेक दिन, हप्ता वा महिना म यतिसम्म गर्छु भन्ने अठोट लिनुहोस् । अनि हरेक दिन ती लक्ष्य पूरा गर्ने कोशिश गर्नुस् । हरेक दिन पढ्ने अनि सिक्ने अधिकांश सफल व्यक्तित्वहरु सधैं केही न केही पढिरहन्छन् । नयाँ नयाँ सिप सिक्न आतुर हुन्छन् । यही खुबीले नै  उनीहरूलाई सफलताको सिँढी उक्लिन मद्दत गरेको हुन्छ । लक्ष्यमा ध्यान सफल मानिसहरू सधैं आफ्नै नियन्त्रणमा हुन्छन् । उनीहरुको ध्यान, ध्येय सधैं आफ्नो लक्ष्यमा केन्द्रीत हुन्छ । जस्तो सुकै खराब वा कमजोर अवस्थामा समेत आफ्नो ध्यान भट्किन दिँदैनन् । बिहान चाँडै उठ्ने बिहान चाँडै उठ्नु स्वास्थ्यको लागि त फाइदाजनक छ नै यसले सफलताको कदम चुम्न पनि सघाउँछ । अधिकांश सफल मानिसहरू बिहान चाँडै नै उठ्छन् ताकि दिनभर काम गर्नका लागि बढी समय पाइयोस् । एजेन्सी  

आनेक टिहुवार हम्रे थारू काहे अपनाइ ?

आनेक टिहुवार हम्रे थारू काहे अपनाइ ?

७०७ दिन अगाडि

|

१९ असोज २०८०

असिराम डंगौरा आदिवासी थारू तराईके लडिया फटुँवा बनुवाँ किनारे बसोबास करूइया जात हो । आदिमकालसे बनुवँक् किनारे बैठल कारन थारू समाज तमानेक प्रकृतिक आपत विपत हैजा, मलेरिया जैसिन समाज विनाशक रोगसे डब्नि भिराहुर करटि बचल बा ।  इतिहास साछि बा, हैजा मलेरियासे नाइ डेराइल जात थारू हो कैहके । प्रकृतिसंग जिन्गिक दुःख सुख साटल थारू समाज पितृसंग प्रायः प्रकृतिम रहल जीवजन्तु रूखुवा बरिखुवाक पुजा करठ । टबमारे थारू समाजहे प्रकृतिपुजक फे कैह जाइठ ।  राज्यके एकात्मकवाद गलत अर्थसे अब्बै लगभग ८० प्रतिशत थारू हिन्दू ढरम ओर आटै । थारू खोजकर्ता डा गोपाल दहितलगायत टमान थारू विद्वानहुक्रे थारू प्रकृति पुजकसंग बुद्धिस्ट होईह कनामे जोर डेहल बाटै। मनो यइनके खोज थारू बुद्धिस्ट होईह कना सच हुई फे सेकि नाइ फे।  यदि खोजकर्ताहुक्रे हिन्दू ढरमके प्रभावसे हम्रे हिन्दू हुइ कना सोंच बड्ले सेक्हि कलेसे डा दहितजी लगायतट हमार थारू विद्वानन्के खोज सफल हु जाइ, जहाँसम इ हुइना चाहि । मनो इ लोहेक चिउरा चबैनासे कम नाइ हो।   जे होस्, थारू समाजमे ढरमके बारेम कुछ चेतना आइल बा । आझकल प्राय थारूहुक्रे अपन उपथर, ढरम कला संस्कृतिके खोजमे लागल बाटै ।  थारू प्रकृतिक पुजा करटि अइलाँ, आगे फे करटि रहब । प्रकृतिसे लग्गे हुइलेक कारन हमार बनुवाँ फटुवामे थारूनके खास हक लागठ । थारू समाज परिवारिक जिन्गी चलाइक लग बान्झ फँटुवा सुस्ना डुकरिक झमरा फाँरके खेटि करटि आइल बा। बन्झर बनुवक फँटुवा, आंग कुकैना सुस्ना डुकरि ओ हैजा मलेरिया लगैना मसन्से लरके धरतीक छाती फारके अनेक मेरके अनाज फरैलेक कारन थारून भूमिपुत्र फे कैह जाइठ। जार, घाम, पानी, सिट सहके परिवारके बरस भरिक खैनाक सामा कर्ना थारू जात गैरथारून्के तुलनामे एकडम मेहनटि ओ जिट्टल जात हो। परिवारिक भरन पोसनमे चट्नि भात खाके घाम पानी सहके खेटिक कर्रा काम करल बाफट थारू समाज ‘सिकलसेल एनिमिया’ कना प्रायः थारूनमे किल लग्ना वंसानुगट रोग इनाम फे पैले बा । इ रोगके कारन कैंयो थारू अमचुर हस सुखाके अकालमे मुटि आटै।  थारू जात मेहनत कर्नाम कबु नि डरैठै । अपन रकट पस्ना बहाके परिवार पाले सेक्ना हर थारूनमे छमटा बा । अट्रा मेहनटि थारू हरकुछ जरूरट अपनहि पुरा करे सेकठ टो अभिन सम अटा पाछे काहे बा ? कना प्रस्न आइठ । यकर उत्तरमे यहे कहे सेकजाइठ कि थारू समाज शिक्षामे पाछे टो बा, संगेसंगे बहुट खर्चालु फे बा । खर्चके मामलामे सायड समाजमे रहल सक्कु समुदायसे कैंयों बह्रटा खर्चालु थारूनहे कहे सेकजाइ । देशमे ढरम, जात, भाषा, संस्कृति भुगोलके विविधता बा । यहाँ करिब १४२ जातजाति समुदायके मनै बसोबास करठै । थारूहुक्रे अपन टर टिहुवार टो मनैबे करठै, मनो थारून अपन कोल्कहा टिहुवारसंगे कोइ आगन्टुक, कोइ गैरथारूनके टिहुवार फे बहुट कर्रासे मनैठै ।  ऐसिक टर टिहुवार मनैना हुइलेक ओरसे थारू समाजमे हर महिने टिहुवार मनैना हुइ लागठ । अटवारि, अस्टिम्कि टे अक्के मैन्हम आइठ । हर टिहुवारमे थारू बहुट खर्च करठै । थारूनके प्रायः पैसा अइना कना खेटिक रकम बेचके हो। हम्रे अपन टर टिहुवारमे खर्च टो करठि करठि, मनो औरेक टर टिहुवार फे अपन हो मनाइक परठ कैहके बहुट ज्यादा फजुल खर्च करठि । थारु महिलन् तिज मनाइ लागल बाटै ।  इहे कारन हमार आजा, बुडु माटिम हाँठ, गोर गलैटि अइलाँ, मने कुछ नि प्रगटि हुइल । हमार डाइ बाबा हुक्र हाँठ, गोर गलाइटै, कुछ नि हुइठो । हम्रनसे फे कुछ नि विकास हुइठो, हमार लर्कनसे टो झन कुछ नै उखरि । ओरौनीमे, अट्रै कहम कि हम्रे थारू मेहनत कर्नाम कबु डराइल नाइ हुइ, मेहनट कर्ना, जोस जाँगर हर थारूनके रकटमे बा । कमि बा टो बस खालि शिक्षाके । टबमारे हम्रे हमार समाजमे रहल हर समुडायके टर टिहुवार हे सम्मान डि मनो ओइनके टिहुवार हम्रे नाइ अपनाइ ।  राष्ट्रिय स्तरके टिहुवार फे यदि हमार थारूनके हितमे नाइ हो कलेसे नाइ मनैलेसे फे कुछ फरक नाइ परि । हम्रे अपन थारू टर टिहुवार भर नाइ छोर्ना चाहि । टर टिहुवार टरक भरक बनाइक लग हम्रे रिन काह्रके फे हडसे ढेर खर्च करठि, इ फजुल खर्च बन्ड करि ।  टिहुवारमे जौन फजुल खर्च करठि, उहि हमार लर्कनके शिक्षामे लगाइ । इहिनसे अइना डिनमे हमार थारू समाज कुछ प्रगटि करे सेकि । यडि हमार थारू समाजमे बचत ओ शिक्षा रहि टो कोइ सरकारी नोकरी, सरकारी अनुदानके सायत जरूरत फे नाइ परि । जोशीपुर–५ सिमराना, कैलाली  

थारू सुमदायमा आज अनत ब्रत मनाइँदै

थारू सुमदायमा आज अनत ब्रत मनाइँदै

७१५ दिन अगाडि

|

११ असोज २०८०

मणिराज महतो चितवन, नवलपुर(पूर्वी नवलपरासी) देखि कैलाली सम्मकाका थारुहरुले मनाउने अनत पाबन भदौ महिनाको शुक्ल पक्षको चतुर्दशी तिथिमा मनाइने ब्रत हो।  यो बर्ष असोज ११ गते  आज अनत पर्व परेको छ। यस दिन बिशेष गरेर थारूहरूले ब्रत बसेर पिङ (हेणौला) खेल्ने, भोदी खेल्ने र अनतको डोरो बाँधेर ब्रत राख्ने चलन रहेको छ। अनतको ब्रत राख्ने पुरुषहरुले १४ गाँठो भएको अनतको डोरो दाहिने पाखुरामा बाध्ने र ब्रतालु महिलाहरुले बायाँ पाखुरामा बाध्ने चलन रहेको छ। यसरी बाँधेको अनतको डोरो अमोसा(पितृऔंसी) मा बिसर्जन गर्ने चलन रहेको छ। अनतको डोरो बाँधेको ब्यक्ती ले डोरो बाँधेपछि अमोसा(पितृ औंसी) सम्म शाकाहारी जीवन बिताउनु पर्ने चलन रहेको छ। कथा:  जब पाण्डवहरुले जुवामा आफ्नो राजकाज हारेर बनवासको कष्टकर जीवन बाँचिरहेका थिए तब भगवान श्रीकृष्ण ले पाण्डवहरुलाई भगवान अनन्तको ब्रत राख्न सल्लाह दिएका थिए र पाण्डवहरु आफ्नो बनवासको समयमा १४ बर्ष सम्म हरेक साल अनत पाबनको दिन भगवान अनन्तको डोरो बाँधेर बिधिवत ब्रत राखेका थिए र यसैको प्रभावले गर्दा पाण्डवहरुले महाभारत को युद्ध मा बिजयी भएका थिए र आफ्नो गुमेको राजकाज फिर्ता पाउन सफल भएका थिए। तत्पश्चात सबैले अनत ब्रत लिन थालिएको पौराणिक कथा र किम्बदन्ती रहेको छ। ब्रत बिधि: अनतको अघिल्लो दिन बिहान स्नान गरी चोखो बस्नुपर्दछ जसलाई लहा खाने भनिन्छ र त्यही राती पिङ बाटेर अनतको दिन को तयारी गरी राती नै भाले बास्नु अगाडी मिठो मिठो परिकारहरुको डटकट खाएर शुरु गरिन्छ। अनतको दिन सफा बस्त्र धारण गरेर पिङ खेल्ने, भोदी खेल्ने र अनतको डोरो बाँधेर बेलुकीपख स्नान गरी फरहर गर्ने चलन रहेको छ। बेलुकीपख ब्रतालुले स्नान गरेर आइ फरहर गर्ने ठाउँमा गाईको गोबरले लिपपोत गरी त्यसै माथी पिर्का मा बसेर केराको पातमा चिउरा, दुधदही, केरा आदि फलफूल हरु भगवान अनन्तको पूजापाठ गरेर फरहर गर्ने गर्दछन। फरहरमा नुन बर्जित गरेको पाइन्छ। ब्रतफल:  यस दिन ब्रत बस्नाले गुमेका धन सम्पत्ति, राजपाट, यश, आराम, आदि प्राप्त हुने, बिष्णुलोक प्राप्त हुने र सधै सत्यको जित हुने गर्दछ भन्ने जनविश्वास रहदै आएको छ।  नवलपुर(पूर्वी नवलपरासी) को कावासोती नगरपालिका, मध्यबिन्दु नगरपालिका र देवचुली नगरपालिका, कैलालीको जोशीपुर गाउँपालिका लगायतले अनत (अनत्तर) पर्वको अवसरमा आज विदा दिएका छन् । कावासोती

थारूलगायत भूमिपुत्रहरु सर्वहाराकरणमा कहिलेसम्म ?

थारूलगायत भूमिपुत्रहरु सर्वहाराकरणमा कहिलेसम्म ?

७४५ दिन अगाडि

|

१२ भदौ २०८०

                                                                                                                                            तस्विरः लखन दहित पश्चिम नेपालको यात्रा पश्चात मलाई थारुको परिभाषा स्पष्ट भयो । उतातिर एउटा कहावत सुनिन्थ्यो, थारु गोरु भित्ता फोरु । यसो भन्नुको पछाडि कारण के भनेर खोजी गर्न सकिन्छ ।  मेरो अनुमानमा पहिलो मत त थारु मान्छे त हो तर गोरु जस्तै भन्ने हो । अर्थात् ज्ञान भएको मान्छे होइन । त्यो हो भने पूर्ववैदिक युगमा थारु जतिको ज्ञानी मान्छे तुलना गरेर अर्को हेरौं न । थारुसंग उही वेला गुर्बाबक् जल्मौती थियो, जसको आधारमा यो सृष्टिको व्याख्या गर्न सक्ने क्षमता राख्थे ।  जबकि आर्यहरु त वेद रचनापश्चात मात्र सृष्टिसम्बन्धि बुझाई ठोस बनाए । उनीहरु तर्कशील पनि भए । उपरोक्त सन्दर्भ उठानको आशय भूमिपुत्र थारुहरु आज सुकुम्बासी बने । महोत्तरीको भंगहा नगरपालिका– ४ थारु टोल बनरा नामले जानिने उक्त गाउँ अवस्थित जग्गा लगायत ४५ विघाको दुई कित्ता हाल सयौं कित्ताकाट भएको छ ।  मनमोहन अधिकारी प्रधानमन्त्री भएको वेला गठन भएको सुकुम्बासी समस्या समाधान आयोगले सो कित्ताकाट गर्यो तर काँग्रेस तथा राप्रपाको संयुक्त सरकारले आयोग पुनर्गठन गर्दा आयोगका महोत्तरी जिल्ला अध्यक्षलगायत प्रशासनले सबै कित्ताहरु रहेको जग्गा वास्तविक सुकुम्बासी कायम भएका स्थानीय थारुलगायत दलितहरुको नाममा दर्ता नगरेर आफन्त, नातागोता तथा अन्जान जग्गाधनी कायम गरे । त्यसको सुइको समेत बनरा थारु टोलका बासिन्दालाई दिएनन् ।  हाल यो समस्या थप जटिल बन्यो । पूर्व वडाध्यक्षले जग्गाधनी पूर्जा प्राप्त व्यक्तिकै भोगचलन रहेको सिफारिश कार्यालयबाट उपलब्ध गराएर विचौलिया दलालहरुलाई खेल्ने ठाउँ दिए । कतिपय कित्ता विक्री भएर अन्य व्यक्तिहरुमा पुगिसकेको छ भने यो तीब्र गतिमा अगाडि बढेको देखिन्छ । यही समस्यालाई लिएर पीडितहरुको डेलिगेसन टोली काठमाण्डौ आइपुगेर ध्यानाकर्षण गराउन चाहेको छ । तर, मिडियाका मित्रहरु आएर छलफल त गर्छन्, त्यसको सत्य तथ्य बाहिर ल्याउन कञ्जुस्याई गर्दै आएक छन् । हुन सक्छ, उनीहरुको लागि यी समाचार बजार प्रबद्र्धन गर्न नसक्ला । समस्याको गहिराई खोजी गर्ने हो भने यो देशका थारूलगायत भूमिपुत्रहरु सर्वहाराकरणमा परेको कारणहरु पक्कै भेट्न सक्छौं । आखिर यो कहिलेसम्म ?

ए सरकार, गरी खाने वातावरण खै ?

ए सरकार, गरी खाने वातावरण खै ?

७६३ दिन अगाडि

|

२६ साउन २०८०

मेवाराम चौधरी प्रसंग शुरू गरौं मैले लामो समयसम्म गरेको शिक्षण पेशाको संस्मरणबाट ।  कञ्चनपुरको हालको लक्ष्मी मावि, गोकुलपुर (तत्कालीन लक्ष्मी निमावि) जवदियाबाट २०३७ फागुन ११ गते अस्थायी शिक्षकको रूपमा नियुक्ति पाएर मैले शिक्षण पेशामा प्रवेश गरेको थिएँ। मासिक रू १८५ तलब खान पाउने गरी पाएको त्यस बेलाको नियुक्ति पत्र अझै पनि मसंग सुरक्षित छ। त्यसको केही महिनापछि शिक्षण पेशा छाडेर कैलाली बहुमुखी क्याम्पस अध्ययन गर्न धनगढी गएँ। त्यतिबेला कलेजको बिहानी  कि त सन्ध्याकालीन  पढाई हुने गर्थ्यो । त्यसैले, आफ्नो पढाईको साथसाथै मेरो जन्म गाउँ बंगराको सरकारी विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी लिएर पनि काम गरें।  पछि त्यो विद्यालयको नोकरी पनि छाडेर आफ्नो गाउँ नजिक पर्ने दुर्गा प्राथमिक विद्यालयमा २०४० भाद्र २० गतेदेखि अस्थायी नियुक्ति लिएर पुनः तेश्रो ठाउँमा शिक्षण पेशामा संलग्न भएं।  यसै क्रममा कञ्चनपुर जिल्लाबाट शिक्षा आयोग पास गरेर २०४१ सालदेखि स्थायी  शिक्षक रहेर एक दशक भन्दा बढी शिक्षण गरें। दुर्गा प्राथमिक विद्यालयमा शिक्षक रहेकै बेलादेखि मैले पढाउने विद्यालय नजिक पर्ने बेलौरी बजारमा साइनबोर्ड बनाउने पेन्टरको काम गर्न पनि शुरू गरिएको थियो। यसरी शिक्षण पेशासंगै साइड विजनेशतिर पनि हात हालियो।  यसै क्रममा २०४६ सालमा बेलौरी बजारमा मिठाई पसल पनि सञ्चालन गरेको थिएँ। केही समयपछि मिठाई पसल छाडेर सोही बजारमा स्टेशनरी पसल (कोसेली पुस्तक सदन) खोलेर व्यापार व्यवसायतिर बढी केन्द्रित हुन पुगियो।  व्यापार बढाउने क्रममा २०५४ सालदेखि जुत्ता चप्पलको ब्यापार शुरू गरेपछि २०५४ माघ २ गते स्थायी शिक्षकबाट स्वेच्छिक रूपले राजीनामा दिएँ ।  पेन्सन हुन केही वर्ष मात्रै बाँकी थियो तर मैले उपदान लिएर नोकरी छोडेको थिएं। यस प्रकार व्यापारलाई नै आफ्नो प्रमुख पेशा बनाउने मनसायले नोकरी छोडेको थिएँ । तर, आज आएर यो व्यापार भालुको कन्चट जस्तै भएको छ। छोड्न पनि नमिल्ने, यसैमा टिकीरहन पनि गाह्रो गाह्रो ।  यो मेरो मात्र समस्या होइ, लगभग व्यापार गर्ने अधिक व्यवसायी साथीहरूको साझा समस्या हो।  आखिर यस्तो किन भैरहेको छ त ? राज्यको शासन प्रणाली, नीति र राज्य संयन्त्र संचालन गर्ने नेता सही नभएका कारण यो सबै भैरहेको छ। किनकि देशको सबै क्षेत्रलाई  सही राजनीतिले राम्रो र गलत राजनीतिले नराम्रो प्रभाव पारेको हुन्छ।  आज यहाँ कुनै पनि क्षेत्र राम्रो छैन। देशमा भ्रष्ट र दलालहरूले मात्रै रजगज मोजमस्ती गरिरहेका छन्। देशको राजनीति अत्यन्तै फोहर भयो। नेताहरू अपवाद बाहेकका सबैजसो भ्रष्ट छन्। कार्यकर्ताहरू सबै झोले, गुलाम छन्। हामी जनता एकदमै निरीह बनेर मुकदर्शक भएर बसिरहेका छौं।  हाम्रो देशको दूरावस्था हुनुमा विशेष गरेर नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र  मधेशवादी लगायतका सबै दलका नेताहरूको भ्रष्ट आचरण र मिलिभगतले यो देशको अर्थतन्त्र डामाडोल भएको छ।  स्वास्थ्य क्षेत्र, शैक्षिक क्षेत्र, उद्योग धन्दा, कलकारखाना, निर्माण जस्तो क्षेत्रमा सबै ठाउँमा राजनीति गर्ने उच्च तहका नेता, ठूला व्यापारी, माफियाहरूको हालीमुहाली छ। जिन्दगी फर्केर हेर्दा व्यापार भन्दा त नोकरी निकै ठिक थियो भन्ने लाग्छ । तर नोकरी गर्ने पनि निश्चित समय हुन्छ । गर्ने त उद्यम नै हो, विडम्वना वातावरण भएन ।  आज चारैतिर निराशा छाएको छ। देश र जनताको भविष्य अन्यौलपूर्ण छ। सरकार गरी खाने वातावरण बना ।  

किन मनाइन्छ आदिवासी दिवस ?

किन मनाइन्छ आदिवासी दिवस ?

७६५ दिन अगाडि

|

२४ साउन २०८०

मणिराज महतो   9 अगस्टलाई प्रत्येक वर्ष आदिवासी दिवसको रुपमा मनाउने गरिन्छ। यस दिन बिश्वभरिका आदिवासी समुदायका मानिसहरू, आदिवासी संगठनहरु तथा संयुक्त राष्ट्र संघका धेरैजसो देशका सरकारी संस्थाहरु द्वारा परिचर्चा, सामूहिक समारोहहरु आयोजना गरिन्छन्।  9 अगस्ट 1995 मा पहिलो पटक बिश्व आदिवासीदिवसको आयोजना गरिएको थियो। यो दिवस संसारभरिका आदिवासीहरु को सबैभन्दा ठूलो दिन हो। यसर्थ 9 अगस्टमा किन बिश्व आदिवासी दिवस मनाइन्छ ? यो दिवसले आदिवासीहरुको लागि के महत्व राख्छ ? आदिवासी दिवस मनाउने परम्परा कहाँबाट शुरु भयो ? संयुक्त राष्ट्र संघले बिश्व आदिवासी दिवसको घोषणा किन गर्यो ? बिश्व आदिवासी दिवस मनाउनुको उद्देश्य के हो ? भन्ने बारेमा केही बुझ्ने कोसिस गरौँ।  संसारभरिका 195 देश मध्येमा 90 देशहरुमा 5000 भन्दा बढि आदिवासी समुदायहरु छन् जसको जनसंख्या करिब 37 करोड भन्दा धेरै रहेको छ। आदिवासीहरु को आफ्नै 7000 भाषाहरु छन् तर आदिवासीहरुकै अधिकार सबैभन्दा बढी हनन् हुने गर्दछ। यसैलाई मध्यनजर गर्दै बिश्व आदिवासी दिवस मनाउने निर्णय लिइयो, जसको मूल उद्देश्य हो- आदिवासी जनजातिहरुको अधिकारको सुरक्षा र प्राप्तीको सुनिश्चितता गर्ने र बिश्वको पर्यावरण संरक्षणमा आदिवासीहरुले पुर्याएको योगदानको प्रचार गर्ने। आदिवासीहरुको अधिकारको लागि आदिवासी दिवस मनाउनुको पछाडी एउटा लामो इतिहास रहेको छ। आदिवासीहरुको साथमा भइरहेको बिभेदको मुद्दालाई अन्तर्राष्ट्रिय श्रम संगठन ( जो लिग अफ नेशन पछि युनाइटेड नेशनको एउटा प्रमुख अंग बन्यो) ले सन् 1920 देखि उठाउन शुरु गर्यो। यस संगठनले सन् 1957 मा ‘ इंडिजिनस एंड ट्राइबल पिपुल्स कन्भेन्शन सं 107’ नामक दस्तावेज पारित गर्यो, जुन आदिवासी जनजातिहरुसंग सम्बन्धित पहिलो अन्तराष्ट्रिय दस्तावेज हो। यो दस्तावेज बिश्वभरिका आदिवासीहरुमाथि हुने गरेका यातना र बिभेदबाट बचाउनको लागि पारित गरिएको थियो। ILO ले पुनः सन् 1989 मा उक्त दस्तावेजको संसोधन गर्दै इंडिजिनस एंड ट्राइबल पिपुल्स कन्भेन्शन 169 ( ILO 169 ) जारी गर्यो। यस दस्तावेजले आदिवासीहरुको आत्मनिर्णयको अधिकारको मान्यता दिदै जल, जंगल, जमिन लगायतका प्राकृतिक संसाधनहरुमाथि आदिवासीहरुको पहिलो हकको स्विकृति प्रदान गरेको छ। यही दस्तावेजले संयुक्त राष्ट्र संघद्वारा 13 Dec 2007 मा जारी गरिएको आदिवासी अधिकार घोषणापत्रमा प्रमुख भूमिका निर्वाह गर्यो। बिश्व आदिवासी दिवस मनाउनुको पछाडी संयुक्त राज्य अमेरिकाका आदिवासीहरुको सबैभन्दा ठुलो भूमिका रहेको छ। अमेरिकी देशहरुमा 12 October मा कोलम्बस दिवस मनाउने प्रचलन थियो, जसको त्यहाँका आदिवासीहरुबाट घोर बिरोध भयो र सोही दिन आदिवासी दिवस मनाउन शुरु गरि दिए। त्यहाँका आदिवासी समुदायले कोलम्बस दिवसको दिन आदिवासी दिवस मनाउनु पर्ने भनेर सरकारसंग माग राखे, किनभने कोलम्बसले त्यो औपनिवेशिक शासन ब्यवस्थाको प्रतिनिधित्व गर्दथ्यो, जसको लागि ठूलो नरसंहार भएको थियो। यो बिबाद बढ्दै गएर संयुक्त राष्ट्र संघ समक्ष पुग्यो। अमेरिकी देशहरुमा आदिवासीहरुमाथि भएको भेदभावको मुद्दाको लागि संयुक्त राष्ट्र संघको सहयोगमा सन् 1977 मा जेनेभामा एक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरियो। यस सम्मेलनमा पनि कोलम्बस दिवस हटाएर त्यस दिन आदिवासी दिवस हुनुपर्ने जोडदार माग उठ्यो। बिस्तारै आदिवासी दिवसको मुद्दा बिश्वभर पेचिलो बन्दै गयो। आदिवासीहरुले सन् 1989 देखि आदिवासी दिवस मनाउन शुरु गरे, जसलाई धेरैले समर्थन गरे। अन्ततः 1992 October 12 मा अमेरिकी देशहरुमा कोलम्बस दिवस हटाएर त्यस दिन आदिवासी दिवस मनाउने परम्पराको शुरुवात भयो। यसको साथसाथै संयुक्त राष्ट्र संघले आदिवासीहरुको अधिकारको बिषयलाई लिएर अन्तर्राष्ट्रिय कार्यदल गठन गर्यो, जसको प्रथम बैठक 9 अगस्ट 1982 मा जेनेभामा भयो। संयुक्त राष्ट्र संघले सन् 1994 लाई आदिवासी बर्ष घोषणा गर्यो। 23 December 1994 मा संयुक्त राष्ट्र संघले 1995-2004 सम्म प्रथम आदिवासी दशक घोषणा गर्यो र आदिवासीहरुको मुद्दाको बारेमा 9 अगस्ट 1982 मा बसेको प्रथम बैठकको स्मरणमा 9 अगस्टलाई प्रति बर्ष आदिवासी दिवस मनाउने घोषणा गर्यो। यसको अलावा संयुक्त राष्ट्र संघले सन् 2005-2014 सम्म द्वितीय आदिवासी दशक घोषणा गर्यो, जसको उद्देश्य आदिवासीहरुको मानवअधिकार, पर्यावरण, शिक्षा, स्वास्थ्य, आर्थिक एवंम् सामाजिक बिकासको मुद्दालाई समाधान गर्न अन्तर्राष्ट्रिय सहयोग जुटाउनु हो। बिश्व आदिवासी दिवस बिश्वभरिका आदिवासीहरुको अधिकार सुनिश्चित गराउने र त्यसको बिकासमा जोड दिने दिन हो।  त्यसैले, प्रत्येक वर्ष 9 अगस्टको दिन सबै आदिवासीहरुले आफ्नो एकता र अधिकारको लागि संघर्ष र प्रतिबद्धताको प्रदर्शन गर्न जरुरी छ। यस दिन आदिवासीहरुले आफ्नो मातृभूमिको पहिलो निवासी आफूहरू भएको घोषणा गर्ने तथा जल, जंगल, जमिन लगायतका प्राकृतिक संसाधनहरुमाथि आफूहरूको पहिलो हक भएको दाबी गर्ने दिन हो। जय आदिवासी दिवस। नवलपरासी , नवलपुर