फोटोः लखन दहित
मनिराज महतो
थारु समुदायको एउटा प्रमुख चाड मध्ये बणकी अतवार ब्रत पनि एक हो । यसलाई पश्चिमा थारुहरुले अटवारी भनेर मनाउँछन् । नवलपुरको थारु समुदायले कजरी तीज पछिको पहिलो आइतबारलाई बणकी अतवार ब्रत मनाउने गर्दछन् । आज भदौ १९ गते यहाँ बणकी अतवार मनाइँदैछ ।
बणकी अतवार पर्व खास गरी थारु पुरुषले व्रत बस्ने पर्व हो तर महिलाहरु पनि ब्रत बसनेने गर्दछन् । बिशेषतः बाँझो महिलाहरुको लागि ब्रत फलदायक मानिन्छ भने शरीरमा घाउ, चोटपटक र छालासम्बन्धि रोग नलागोस् भनेर ब्रत लिने गरेको पाइन्छ ।
बणकी अतवार पर्व परापूर्वकालदेखि थारु समुदायले मनाउँदै आएको भएपनि त्यसमा कुन देवताको पूजा हुन्छ भन्ने बारेको मतमा एकरुपता देखिदैन । कसैले पाण्डवका पाँच भाइमध्येको एक भाई भीमको पूजा हुने विश्वास गर्छन् । कसैले सो पर्वमा अग्नी देवताको पूजा हुने तर्क गर्छन् । त्यसै गरी कसैले सूर्य भगवानको पूजा हुने विश्वास गर्छन् ।
भीमले थारु चेलीलाई एक राक्षसबाट जोगाएकाले भीमका लागि थारु समुदायले बणकी अतवारमा ब्रत बस्ने गरेको विश्वास एउटा छ । अर्को, अग्नी देवताले थारु समुदायको भात भन्सामा सहयोग गरेको, अन्नपात र कृषि बालीका लागि सहयोग गरेको बुझाई छ । त्यस्तै, अर्कोतिर सूर्य देवताले थारु समुदायका कृषक तथा चेलीबेटीहरुको काममा सहयोग गरेको, सूर्यको प्रकाशले अन्नबाली सप्रेको, दैनिक कामकाजमा सहयोग पुगेको तर्क छ ।
ब्रत बिधि
बणकी अतवार पर्वका लागि शनिबारको रात कुखुरा न बास्दै मध्येरातमा डटकट खाने गरिन्छ । घरका महिला सदस्यले राती नै भातभन्सा तयार गरी मीठा परिकारले डटकट खाने व्यवस्था गर्छन् । आइतबारका दिन व्रत बस्नुपर्ने भएकाले राती नै व्रतालुहरु पेटभरी मीठा परिकारसहित खाना खान्छन् ।
आइतबार विहानदेखि बणकी अतवारमा व्रत बसेकाहरुका लागि तेलमा नपकाइएको रोटी, फलफूल, सर्वत (पेय पदार्थ), काठ दाउरा, सल्लाको धुप, आदि तयारी गरिन्छ र बेलुकी पखसम्म सबै परिकार ब्रतालु आफैले तयार गरिसकेपछि नजिकको नदी, तलाउमा गएर स्नान गर्ने गर्छन् । सूर्यास्त नहुदै ब्रतालुले आफू बस्ने ठाउँलाई गाईको गोबर पानीले लिपपोत गरेर चोखो बनाउँछन् र सोही ठाउँमा काठको चिर्पट्, पिर्का राखेर बसेर फरहर गर्छन् ।
विभिन्न जिल्ला, क्षेत्रमा अटवारी भदौ १२ गते मनाइए पनि नवलपुरमा बणकी अतवार भदौ १९ गते परेको छ । मैले सुनेअनुसार दाङदेउखुरीको लमही नगरपालिकाले पनि अटवारीको विदा भदौ १९ गते दिएको छ । अटवारी, बणकी अतवार जे नाम दिए पनि थारु चाडवाड एकै दिन मनाउन सके मात्र राम्रो सन्देश जाने थियो ।
व्रतालुका लागि खाने परिकार र अन्य तयारी गर्ने ब्यक्ति पनि व्रत बसेका हुन्छन् । आसन अगाडि राखिएको खानेकुरालाई एक भाग छुट्याई अग्नी देवताको पूजापाठपछि मात्र व्रतालुले बनेको रोटी, फलफूल, सर्वत खान्छन् । त्यो दिन नून र तेल खान वर्जित गरिएको हुन्छ ।
पूजापाठ गरी परिकार खाँदा सूर्य अस्ताउनु अघि नै सबै काम सकिसक्नु पर्ने हुन्छ । सूर्यको अस्त पछि गाई गोरु गोठमा प्रवेश भएपछि खानेकुरामा फेरि प्रतिवन्ध लाग्छ । अर्थात् व्रतालुले खान पाउँदैनन् ।
पश्चिम तराईमा चेलीबेटीलाई अग्रासन दिने चलन भए पनि नवलपुरमा भने त्यो चलन पाइँदैन ।
बणकी अतवार ब्रत फल
बणकी अतवार पर्व नितान्त थारु समुदायले मनाउने पर्व हो । बिभिन्न कारणले दुःख पाइरहेका ब्यक्तिहरुले यो ब्रत लिए सबै दुःख कष्ट नाश हुने, घाउ चोटपटक र छालासम्बन्धि रोगबाट मुक्त हुने, धन–यश, मनोकांक्षा पुरा हुने, निःसन्तान महिलाले सन्तान प्राप्त गर्ने जनविश्वास रहँदै आएको छ ।
विभिन्न जिल्ला, क्षेत्रमा अटवारी भदौ १२ गते मनाइए पनि नवलपुरमा बणकी अतवार भदौ १९ गते परेको छ । मैले सुनेअनुसार दाङदेउखुरीको लमही नगरपालिकाले पनि अटवारीको विदा भदौ १९ गते दिएको छ । अटवारी, बणकी अतवार जे नाम दिए पनि थारु चाडवाड एकै दिन मनाउन सके मात्र राम्रो सन्देश जाने थियो ।
लेखक पेशाले शिक्षक हुन्
प्रकाशित:
१५१५ दिन अगाडि
|
१९ भदौ २०७९
२ दिन अगाडि
|
१० कात्तिक २०८३
२ दिन अगाडि
|
९ कात्तिक २०८३
३ दिन अगाडि
|
८ कात्तिक २०८३
१३ दिन अगाडि
|
२९ असोज २०८३
१४ दिन अगाडि
|
२८ असोज २०८३
१८ दिन अगाडि
|
२४ असोज २०८३
२१ दिन अगाडि
|
२० असोज २०८३
१४७७ दिन अगाडि
|
२५ असोज २०७९
१५१२ दिन अगाडि
|
२१ भदौ २०७९
१५२२ दिन अगाडि
|
१२ भदौ २०७९
१४७७ दिन अगाडि
|
२६ असोज २०७९
१४२६ दिन अगाडि
|
१५ मंसिर २०७९
१४८२ दिन अगाडि
|
२० असोज २०७९
१४१५ दिन अगाडि
|
२७ मंसिर २०७९