टीकापुर विद्रोह दिवसः एउटै मञ्च, एउटै स्वर,  दलीय दासता स्वीकार्य नहुने

टीकापुर विद्रोह दिवसः एउटै मञ्च, एउटै स्वर, दलीय दासता स्वीकार्य नहुने

३८४ दिन अगाडि

|

८ भदौ २०८१

फरक फरक नामले मनाइयो टीकापुर विद्रोह दिवस 

फरक फरक नामले मनाइयो टीकापुर विद्रोह दिवस 

३८४ दिन अगाडि

|

८ भदौ २०८१

फरक फरक नामले मनाइयो टीकापुर विद्रोह दिवस मनाइएको छ ।  यस वर्ष कैलालीको टीकापुरमा भदौ ७ गते मनाइएको कार्यक्रमको ब्यानरमा नवौ टीकापुर विद्रोह दिवस २०८१ लेखिएको छ ।  ७ भदौ २०७२ मा थरुहट प्रदेशको लागि उठेको आवाज दबाउन प्रशासनबाट भएको धरपकडमा कैलालीको टीकापुरमा ८ प्रहरी र एक नाबालकको मृत्युवरण भएको थियो । टीकापुर घटनापछि थरुहट आन्दोलनको यात्रा स्थगन छ भन्दा हुन्छ ।  अर्को दिन ८ भदौमा कर्फयुको समयमा पनि थारू समुदायको व्यक्तिको घर छानी–छानी प्रशासनको जोडबलमा आगजनी गरिएको थियो । उक्त दिनलाई कालो दिवस भनेर मनाइनु पर्ने हो । यस वर्ष विद्रोह शब्द थपिए पनि अघिल्लो वर्ष कालो दिवस भन्दै मनाउने गरेको थियो थाकसले । कुन विद्रोहको दिन, कुन कालो दिन निक्र्यौल गर्न नसक्ने नेतृत्व समग्र आन्दोलनको नेतृत्व गर्न अलमलमै छ ।                                                कैलालीको टीकापुरमा भदौ ७ गते मनाइएको नवौ टीकापुर विद्रोह दिवस २०८१  कार्यक्रममा सहभागी जनसमुदाय ।  भदौ ७ गते विद्रोह दिवस तथा भदौ ८ गते कालो दिवस मनाउने सर्कुलर प्रष्ट शब्दमा जारी गरिनुपर्ने देखिन्छ अरु वर्ष । नभएर यस वर्ष विभिन्न स्थानमा विभिन्न नामबाट दिवस मनाउने क्रम अरु वर्ष पनि यथावत रहने देखिन्छ ।  जस्तो कि यस वर्ष काठमाडौंको माइतीघर मण्डलामा गरिएको कार्यक्रममा टीकापुर विद्रोह सभा उल्लेख छ । सो कार्यक्रममा सहभागी रामस्वागत चौधरीले भने तस्विर शेयर गर्दै कालो दिन भनेर उल्लेख गरेका छन् ।  उता चितवनमा गरिएको कार्यक्रममा थारु विद्रोह दिवस भनिएको छ । त्यसैगरी, दाङको लमहीमा गरिएको कार्यक्रममा दुइटा व्यानरमा एउटामा विद्रोह दिवस, अर्कोमा कालो दिन उल्लेख छ । यी सबै कार्यक्रम थाकसकै व्यानरमा भएको थियो । 

सुदूरपश्चिम सरकारको अन्याय कायमैः थारू समुदाय आक्रोशित

सुदूरपश्चिम सरकारको अन्याय कायमैः थारू समुदाय आक्रोशित

३८८ दिन अगाडि

|

४ भदौ २०८१

सुदूरपश्चिम सरकारले प्रदेशमा धेरै स्रख्यामा रहेका थारु, दलितमाथि अन्याय कायमै राखेकोले अब सह्य नहुने भनी आक्रोश पोखेका छन् । साथै जननिर्बाचित सांसद, सरकार नैतिक रुपमा यति तल झरेर थारुहरुलाई हेप्न नहुने हो भन्ने विचार ब्यक्त गरेका थिए । उनीहरुले आफूहरुको जनसंख्यामा प्रदेशमा १७.८२ रहेकोले आफूहरुले १८% भन्दा कम दिइने सेवा सुविधालाई कुनै हालतमा स्वीकार नगर्ने बताएका थिए ।  थरुहट थारुवान राष्ट्रिय मोर्चा, नेपाल राना थारु समाज, थारु नागरिक समाज, थारु बिद्यार्थी समाजले मंगलबार (भाद्र ३) थारु छात्रबासमा आयोजना गरेको सुदूरपश्चिको निजामति सेवा ऐन बारेको छलफलमा नाउपा पार्टीबाट निर्बाचित सांसदहरु नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरी, कैलाश चौधरी र घनश्याम चौधरीको समेत उपस्थिति थियो ।  सहभागीहरुले सुदूरपश्चिम प्रदेश निजामति ऐन २०७९ लाई संशोधन गर्न बनाइएको बिधेयकमा भएको मुख्य मुख्य ब्यबस्थाबारे प्रदेश सभाका सदस्यहरुसँग जानकारी माग गरेका थिए । सांसदहरुले बास्तवमै सुदूरपश्चिम सरकारले थारुहरुमाथि अन्याय गर्न गइरहेको, उनीहरुको जनसंख्या (१८ प्रतिशत) अनुसार आरक्षण कोटा दिन नचाहेको, महिलाको ३३ प्रतिशतमा पनि थारुहरुलाई समावेश नगरेको, अपांग कोटामा पनि थारुहरुलाई समावेश नगरेको र यसको लागि आफूहरु आवाज उठाइरहेको जानकारी गराएका थिए ।  सांसदहरुबाट बिधेयकबारे जानकारी पाइसकेपछि थारु अगुवाहरु माधव चौधरी, अधिबक्ता जोहारी लाल चौधरी, थारु नागरिक समाजका संयोजक दिल बहादुर चौधरी, नेपाल रानाथारु समाजका कमल राना, थाकस केन्द्रिय सदस्य प्रभात चौधरी, महिला अगुवा बसन्ती चौधरी, प्रेमवती राना लगायतले त्यसबारे धारणा राखेका थिए । उनीहरुले सुदूरपश्चिम सरकारको यो कदम पनि थारुहरुमाथि निरन्तर गरिने अन्याय र अत्याचारको एक कडी रहेको, उसले थरुहट आन्दोलनमा फुट ल्याएजस्तै अहिले पनि थारु, रानाथारुबिचमा फुट ल्याई आरक्षण नदिने जालझेल गरिरहेकोले एकजुट भएर लड्ने, दलीय ह्वीप र दासता भन्दा माथि उठी आवाज उठाउने र अन्याय गर्नेहरुलाई समय आए एक भएर देखाउनुपर्ने बिचार ब्यक्त गरेका थिए ।  साथै उनीहरुले आफूहरु संलग्न रहेको दलमा भातृ संगठनमार्फत दवाव दिने, संयुक्त रुपमा मुख्य मन्त्रीलाई पुनः भेट्ने, पत्रकार सम्मेलन गर्ने र बुधबार प्रदेश सभा अगाडी धर्ना दिने र त्यसपछि अन्य कदमबारे छलफल गर्ने निष्कर्ष निकालेका थिए ।  छलफलपछि धनगढीमा सोही विषयबारे पत्रकार सम्मेलन गरिएको थियो । माग सम्बोधन नभए आज भदौ ४ बाट प्रदेशसभा अगाडि धर्ना बस्ने आयोजकले जनाएको छ ।   

सुदूरपश्चिमको निजामती सेवा ऐनः  थारु समुदायको गम्भीर आपत्ति

सुदूरपश्चिमको निजामती सेवा ऐनः  थारु समुदायको गम्भीर आपत्ति

३८८ दिन अगाडि

|

४ भदौ २०८१

सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन २०७९ को संशोधन खाकामा सुदूरपश्चिम प्रदेशका थारु समुदायले आपत्ति जनाएका छन् । थारु कल्याणकारिणी सभा, थरुहट थारुवान् राष्ट्रिय मोर्चा, नेपाल राना थारु समाज र थारु नागरिक समाजले भदौ ३ गते सोवार धनगढीमा पत्रकार सम्मेलन गर्दै उक्त संशोधनमा विरोध जनाएका हुन् । थारु, राना थारु समुदायलाई संविधानले व्यवस्था गरेको अधिकारको कार्यान्वयनमा सुदूरपश्चिम प्रदेश सरकार असफल भएको उनीहरुको भनाई थियो । संविधानले निर्धारण गरेका मापदण्डहरूलाई पूरा नगरेको र समुदायका लागि आरक्षित अधिकारलाई कार्यान्वयन नगरेको भन्दै उनीहरुले विरोध जनाए । आफूहरुको माग सम्बोधन गराउन आग्रह गरिएको नभए भदौ ४ गते मंगलवार १० बजेदेखि सुदूरपश्चिम प्रदेश सभा अगाडि धर्ना कार्यक्रम गर्ने थारु नागरिक समाजका संयोजक दिलबहादुर चौधरीले ढकियाखबरलाई जानकारी दिए । समुदायको जनसङ्ख्याको आधारमा संविधानले १८प्रतिशत प्रतिनिधित्वको व्यवस्था गरेकोमा प्रदेश सरकारले उपेक्षा गरेको उनीहरुको आरोप छ । साथै, महिलाहरूको लागि आरक्षित ३३ प्रतिशत प्रतिनिधित्वमा पनि १८ प्रतिशत थारु÷राना थारु महिलालाई समावेश नगरेकोमा उनीहरुको असन्तुष्टि छ।

रोदी गुरुङको कि मगरको ?

रोदी गुरुङको कि मगरको ?

४०९ दिन अगाडि

|

१५ साउन २०८१

बलबहादुर घर्तीमगर रुकुमूर्वको तकसेरा र आसपासका गाउँमा सुटिङ भएको घरज्वाइँ चलचित्र यतिखेर नेपाल र नेपाल बाहिरका फिल्म हलमा प्रदर्शन भैरहेको छ। अनिल बुढामगरको कथा र निर्देशन तथा जनक घर्तीमगरको निर्माण रहेको यो चलचित्र मगर आदिवासी समुदायको मौलिक कथामा आधारित छ । समुदायको प्रथाजनित अभ्यासको प्रधानतामा पात्रहरुले नेपाली मुलधारे सामाजिक मूल्यभन्दा फरक पृष्ठमा रहेर जीवन्त अभिनय प्रदर्शन गरेका छन् । चलचित्रमा तकसेराको मगर समुदायको सामाजिक सम्बन्ध, आर्थिक गतिविध, सांस्कृतिक जीवन र राजनैतिक शक्ति सम्बन्धको विविध आयामहरु प्रस्तुत गरिएको छ । चलचित्रको मूल कथा चाहीँ मगरशैलीको प्रेमकथा हो । घरज्वाइँ मार्फत् मगर समुदायको कथा नेपाली सिनेक्षेत्रको मूलधारमा प्रवाहीकरण हुँदै गर्दा चिलचित्रमाथि तमु धीँ नेपालले गुरुङ समुदायको रोदी प्रथाको दुरुपयोग गरेको आरोप लगाएको छ । चलचित्रको संवाद र दृश्य सच्याउन विज्ञप्ती निकाल्दै चलचित्र जाँच समितिमा समेत उजुरी दिएको छ । तमु धीँ नेपालले आपत्ति जनाउँदै पोखराका केही चलचित्र हलमा घरज्वाइँ प्रदर्शन गर्न अनिश्चितकालका लागि बन्द गरेको छ । यता नेपाल मगर संघ, मगर लेखक संघ, अठार मगरात मगर कलाकार संघ लगायतका मगर समुदायका संघ–संस्थाबाट रोदी मगर र गुरुङ समुदायको साझा संस्था हो भन्दै प्रतिकृयात्मक विज्ञप्ती निकालेका छन् । गण्डकी क्षेत्रको गुरुङको रोदी तकसेराको मगर गाउँमा प्रयोग भएकै हो त ? सार्वजनिक रुपमा सवाल उठेपछि दर्शकको आँखाबाट यसलाई केलाउने कोशिस गरेको छु । घरज्वाइँ र मगर संस्कृतिको तादम्यता : घरज्वाइँ फिक्सन चलचित्र भएपनि मगर मौलिक संस्कृति अभिव्यक्त भएको छ । रोल्पा र रुकुमका ग्रामिण क्षेत्रमा महिलाहरु अल्लो, भाङ्गो, भेडाको ऊन लगायतको धागो काटेर हिंडेको देख्न सकिन्छ । हातले काम गर्नुपर्ने अवस्था बाहेक हरेक क्षण महिलाहरुको हात खाली हुँदैन । गोठालो जाँदा, मेला जाँदा, घरमा बस्दा, कसैसँग गफिँदा, समाज भेला हुँदा टाकु चलाइरहेका हुन्छन् । धागो काट्नु ग्रामिण महिलाहरुको आर्थिक जीवनको महत्वपूर्ण पाटो हो । महिलाहरु धागोबाट कम्बल, बोल्ला, झोला जस्ता बस्तु घरमै उत्पादन गर्न सक्छन् । धागो गाउँ मै पनि विक्री गर्न सक्छन् अथवा बाहिर पनि बेच्न सक्छन् । यीनका बजार ठमेल, पोखरा, दाङ, बुटवल लगायतका सहरी क्षेत्र हुन् । छोरीहरुको पेवा प्रथा मगर समुदायमा महिलाको आर्थिक सशक्तिकरणको महत्वपूर्ण पाटो हो । यसले छोरीहरुको उमेर विकाससँगै आर्थिक सबलीकरण हुँदै जान्छ । यसमा उनीहरुले घरायशी जिम्मेवारीको अतिरिक्त समयमा पेवा वृध्दिको लागि अर्थोपार्जनमा संलग्न हुन्छन् । दिदी बहिनी तथा साथीहरुबीच मै पेवा वृद्धिको प्रतिष्पर्धा हुन्छ । यसले उनीहरुलाई तुरुन्त नगद आय हुने धागो काट्ने काममा उत्प्रेरित गरिराख्छ । विद्यालय शिक्षा प्रणालीले छोरीहरुको संलग्नता केही घटाएपनि उत्तरी रोल्पा, रुकुमपूर्व र पश्चिम बाग्लुङको ग्रामिण छोरीहरुको जीवनमा धागो काट्नु र तान बुन्नु आज पनि आम आर्थिक संस्कृतिकै रुपमा जीवित छ । हलो जोत्नु, डोको बुन्नु, सिकार खेल्नु, लाहुर जानु लगायतका काम आजपनि रोल्पा रुकुमका पुरुषहरुको आर्थिक जीवनका महत्वपूर्ण पहेलु हुन् । चलचित्रमा यी कुराहरुलाई प्रतिविम्बित गरेको देखियो । फिक्सन चलचित्रले मगर बस्तीको जीवन्त प्रस्तुति उत्कृष्ट तरिकाले पर्दामा उतारेको पाउन सकिन्छ । यति भनिरहँदा भाषामा तकाली लवज भने छुटेको महसुस भएको छ । धापा चुङ्न्या मगर परम्परालाई चलचित्रमा दुरुस्तै प्रस्तुत गरिएको छ । यसमा मगर दर्शकको आँखाले हेर्दा आफै त्यहाँ उपस्थित भएको महसुस हुन्छ । सोरोको बुवा मैते रमाले आफ्नो जवानीमा धापा चुङको स्मरण बडो मज्जासँग सुनाउँछ । सुनेर सोरो मुसुक्क मुस्काउँछ । रोदी प्रथा र धापा चुङ्न्या : वि.सं २०१५–२० सालसम्म रोल्पा र रुकुमका गाउँमा रोदी प्रथा अस्तित्वमा रहेको भूमे गाउँपालिका रुकुमपूर्वका तिलक रोकामगरले बताए । रोल्पा रुकुमको रोदी भने गण्डकी क्षेत्रको गुरुङ र मगरको रोदी भन्दा भिन्न रुपमा अभ्यासमा थियो । रोल्पा रुकुममा प्रचलित रोदीको नामाकरण मगर खामको ‘रो’ र ‘दी’ शब्दहरुको समासबाट निर्माण भएको हो । रो भनेको कुराकानी र दी ले ‘हो’ जनाउँछ । ‘दी’ को भावार्थ निश्चित गर्नु हो । जस्तो झिम दी.घर हो, भै दी.खोला हो, नम दी. आकाश हो, रोदी. कुराकानी हो आदि । पहिले पहिले गाउँमा रोदी धान्या अर्थात् रोदी गर्ने भनिन्थ्यो । खासगरी मकै बालीको फसल उठाइसकेपछि, हिउँदे बाली जहुँगहुँ भित्र्याइसकेपछि तथा विभिन्न पर्वहरुको जोख पारेर रोदी गर्ने प्रचलन थियो । रोदी गर्दा गाउँको मुखियाबाट पूर्वस्वीकृत लिनुपथ्र्यो । रोदीमा विवाद तथा अन्य समस्या आएमा मुखियाले नै सुल्झाउनुपर्ने हुँदा मुखियाको अग्रिम स्वीकृति आवश्यक पथ्र्यो । रोदीको स्थायी स्थान हुँदैन थियो । गाउँको ठूलो घर वा खाली घरमा रोदी गरिन्थ्यो । रोदीमा बुढापाका, युवायुवती र केटाकेटी सबै भेला हुन्थे । रोदी गर्दा साकासिलू सुनाउने, गीत गाउने, नाच्ने र हाँसो ठट्टा गर्ने गरिन्थ्यो । रोदीमा मिलेसम्म केटाकेटीको विहेको कुरा पनि छिनाएर निश्चित गर्ने गरेको तिलक रोकामगरले आफ्नो बुवाबाट सुनेको बताए । रोदी गर्दा विभिन्न व्यक्तिका साहसिक कथा, गाउँको गौरवका विषय, समुदायको इतिहास तथा मिथकहरु सुन्ने सुनाउने गरिन्थ्यो । यी कथाहरु लस्के भाका तथा झाम्रे लयमा समेत प्रस्तुत गर्ने गरिन्थ्यो । रनवन तथा गोठालो जाँदा गाउनेले रोदीमा गाउन सकेन भने तन्त्रका माध्यमले फुकाउने गरिन्थ्यो । यसले पुराना पुस्ताबाट नयाँ पुस्तामा सूचना र ज्ञान हस्तान्तरण हुन्थ्यो । रोदी खासगरी कुरा सुन्ने सुनाउने र बाली भित्र्याएको निश्चित गर्ने सामुहिक विधि हो । हाल यो प्रथा रोल्पा रुकुमका मगर समुदायबाट पूर्णरुपमा लोप भैसकेको छ । धापा चुङ्न्या परम्परा खासगरी  Collective Dating  हो । रोल्पाका मगर खाम साहित्यकार र मगर संस्कृतिका अध्ययता जीवन प्रवेश रोकामगरका अनुसार धापा चुङ्न्या सामुहिक रुपमा केटीहरु भेला हुने ठाउँमा केटाहरु मादल र बाँसुरी बोकेर पुग्छन् । सबै मिलेर नाचगान गर्ने, ठट्टा गर्ने, दोहोरी गाउने गर्छन् । यो केटाकेटीहरु बीच चिनजान, एकले अर्कालाई बुझ्ने र मन मिलेपछि विवाह पनि गर्ने प्रकृया हो । धापा चुङ्न्या रोदी जस्तो एकै गाउँभित्र सीमित हुँदैन ‍। युवाहरु एक गाउँबाट अर्को गाउँ जानुपर्छ । यो सामुहिक र सार्वजनिक बसाई हुने भएकोले यहाँ करणीलाई स्थान दिइँदैन । घरज्वाइँमा पनि सोरोको समूह तकसेराबाट धापा बस्न बाछीगाउँ जान्छ । यो प्रथा पनि वि.सं २०५४–५५ देखि देशको राजनैतिक परिस्थितिसँगै लोप भैसकेको छ । दृश्यमा युवतीहरुले ऊन कातिरहेको दृश्य देखिन्छ । धागो काट्नु र तान बुन्नु बाछीगाउँलेनी महिलाहरुको आज पनि दिनचर्या हो । युवतीहरु पेवा वृद्धिका लागि आजपनि भेला भएर धागो कात्ने परम्परा छ । गाउँमा साँझ अबेलासम्म धागो काटेर बस्नु आम महिलाहरुको दैनिकी हो । फिक्सन चलचित्रमा देखाइएको भएपनि यो नक्कल नभएर मगर समुदायका महिलाहरुको यथार्थ हो । एउटै घरमा लस्करै केटाकेटीहरु सुतिरहेको दृश्यलाई केहीले आपत्तिजनक रुपमा हेरेको देखियो । यो खासमा दृष्टि भ्रम हो । मगर समुदायमा परापूर्वकालदेखि प्रचलित घरको आर्किटेक्ट र मगरको आफ्नै नैतिक नियमनलाई नबुझी बाह्य आँखाले हेर्नु हो । मगर समुदायको घरको परम्परागत इन्टेरियर आर्किटेक्टमा घूर, चुल्हो र पटाहा मुख्य ३ भाग हुन्छन् । यी ३ भागको आ–आफ्नै महत्व र अर्थ छ । विभागीय रुपमा स्थान तोकिए पनि अहिलेको आधुनिक घर जस्तो पार्टिसन गरिएको हुँदैन । घरको भित्री भाग हल जस्तै खुला हुन्छ । भेला भएका युवायुवतीहरु विभिन्न नाता सम्बन्धले जोडिएका हुन्छन् । सबै नाता सम्बन्ध ठट्यौली सम्बन्ध हुँदैन । आपसमा मर्यादित नाता सम्बन्ध पनि हुन्छ । त्यहाँ घरमूली पनि सँगै हुन्छन् । साइनो मिले वा मन मिलेपछि केटाले केटी भगाएर लैजान सक्छ तर सँगै हलमा सुतेकै आधारमा अनैतिक सम्बन्ध भैहाल्ने विचार आउनु मानसिक विकृति हो । धापा चुङ्न्या  Collective Dating  भएकोले हरेक व्यवहार सार्वजनिक र पारदर्शी हुन्छ । धापा चुङ्न्या परम्परालाई किन रोदी भनेर संवादमा राखियो भन्ने प्रश्नमा निर्देशक अनिल बुढामगरको जवाफ छ, ‘सोरो भर्खरै सहरबाट पढेर तकसेरा फर्केको हुन्छ । उसले धापा चुङ्न्या अभ्यास जानेको हुँदैन । उसलाई तकसेरा गाउँको जीवनसँग अभ्यष्ट बनाउनु पर्नेछ । पाइन्ट र सर्ट पहिरिएको सोरोलाई क्रमशः मगरको छड्केमा अभ्यष्त बनाइन्छ । त्यसरी नै सहरको रोदी साँझ बुझेको सोरोलाई अभ्यष्त बनाउन आमरुपमा बुझिने शब्द रोदी प्रयोग गरिएको हो । यसमा गण्डकीको गुरुङको रोदीको नक्कल गरिएको छैन । शुद्ध बाछीगाउँको चलन उतारिएको हो । यो नेपाली भाषाको चलचित्र भएको हुँदा सकेसम्म सबैले बुझ्न सजिलो हुने शब्द प्रयोग गरिएको मात्र हो ।’ रोदी सबैले बुझ्ने आम नेपाली शब्द बनिसकेको छ । रोदीको व्यवसायिक भर्सन दोहोरी साँझ भनेर सबैले बुझेकै छन् । यसैको पृष्ठमा अहिले सयौँको संख्यामा सहरी क्षेत्रमा रात्री व्यवसायी चलिरहेका छन् । यस अवस्थामा एउटा फिक्सन चलचित्रले आफ्नो पात्रलाई कथाको लयमा जोड्न राखेको संवाद यति आपत्तिजनक हुनु नपर्ने हो । हिन्दु धार्मिक दर्शनले निर्दिष्ट गरेको स्त्री र यौनको मानकको मनोवैज्ञानिक सोचबाट ग्रस्त पूर्वाग्रही सवाल व्यक्त भएजस्तो लाग्यो । जसको जगमा गण्डकीका गुरुङ र मगर गाउँको रोदीलाई अनैतिक स्थलको ट्याग लगाएर सखाप पारियो । जबकी क्रसकजिन म्यारिजको प्रथाजनित प्रणालीको नैतिक बन्धनमा बाँधिएको समुदायमा यो प्रश्न कहाँबाट घुस्यो ? यसले मलाई गण्डकी क्षेत्रको रोदीको इतिहास, उत्पत्ति र समाजशास्त्रीय सान्दर्भिकताको खोजी गर्ने हुट्हुटी जगाइदियो । गण्डकी क्षेत्रको रोदी र रोधीको सन्दर्भ : D.A. Messerchmidt, A. Macfarlane, डोरबहादुर विष्ट र सरोज पन्त लगायतका अध्ययताले गुरुङ समुदायको अध्ययनमा ‘रोधी’ शब्दको प्रयोग गरेका छन् । यस्तै नेपाली वृहद शब्दकोषमा गुरुङ समुदायसँग जोडेर रोधी शब्द प्रयोग भएको पाइएको छ ।  Ellen Andors को सन् १९७६ मा INAs मा प्रकाशित Rodighar and It’s Role in Gurung Society नामक पुस्तकमा भने ‘रोदी’ शब्द प्रयोग भएको छ ।  Jhon T. Hitchcock  को सन् १९६६ मा प्रकाशित उनको पुस्तक  Jhon T. Hitchcock पनि ‘रोदी’ शब्द प्रयोग गरेका छन् । त्रिभुवन विश्वविध्यालयका उपकुलपति प्रा.डा केशरजङ्ग बरालमगरले पाल्पा, स्याङ्जा र तनहुँका मगरहरुको संस्कृति नामक पुस्तकमा रोदी शब्दको प्रयोग गरेका छन् । यस्तै रोदी र कौरा नाच नामक पुस्तकका लेखक तनहुँबासी दानबहादुर आलेमगरले पनि ‘रोदी’ शब्द प्रयोग गरेका छन् । अवधारणात्मक र समाजशास्त्रीय कार्यात्मक दृष्टिले मगर र गुरुङ समुदायमा रोदी र रोधीको एकै खालको भूमिका छ । नामाकरणको सन्दर्भमा मगर र गुरुङले आ–आफ्नो दावी पेश गरेको देखिन्छ । दुवै समुदायमा आ–आफ्नो भाषाले निर्माण गरेको समास र विग्रहको स्वतन्त्र व्याख्याका आधारमा यी शब्दहरु परिभाषित छन् । बोलीचालीमा रोदी भन्ने गरिए पनि लेखनमा मगर समुदायमा ‘रोदी’ र गुरुङ समुदायमा ‘रोधी’ शब्दको प्रयोग गरेको पाइएको छ । लेखन अभ्यास नभएको भए दुवै समुदायले रोदी नै भन्थे होलान् । गण्डकी क्षेत्रका मगर र गुरुङ समुदायमा रोदी अथवा रोधीको नाम, उत्पत्ति र इतिहासको आ–आफ्नै दृष्टिकोण छ । मगर समुदायको दृष्टिकोण : गण्डकी क्षेत्रका मगर समुदायमा रोदी शब्द रुङ् र दी बाट बनेको भनिएको छ । यसमा रुङ् भनेको कुर्नु र दी भनेको पानी हो । यसको सामान्य अर्थ पानी कुर्नु हो । रोदीको खोजकर्ता दानबहादुर आलेमगरका अनुसार रोदीको उत्पत्ति तनहुँको रिसिङमा भएको दावी गरेका छन् । उनका अनुसार रोदी र कौरा अन्योन्याश्रित रुपमा एकै स्थान र परिस्थितिमा उत्पत्ति र विकास भएका हुन् । उहिल्यै रिसिङमा बसन्त र गर्मी याममा खानेपानीको निकै अभाव हुन्थ्यो । मानिसहरु पानी भर्न पँधेरामा लाइन लाग्नु पथ्र्यो । राती पानी बढी जम्मा हुने हुँदा युवायुवतीहरु राती पानी भर्न पधेँरामा भेला हुन्थे । पानी भर्न भेला भएकाहरु बसीबियाँलो गर्न खाली भाँडा ठटाउँदै नाच्ने गर्थे । यसरी खाली भाँडा ठटाउँदै नाच्दा नाच्दै कौरा नाचको विकास भएको विश्वास छ । पछि यसलाई थप परिमार्जन गरियो । यो नाच वि.सं १९२० तिर तनहुँ जिल्लाको दक्षिण भिर्कोट दुबुङ नरम छेरङ्ग जामडाँडा लगायतको क्षेत्रका मगर समुदायमा समृद्ध भैसकेको खड्क आलेमगरले साँस्कृतिक अगुवा चिरन्जीवी आले र गौरीमा आलेलाई उदृत गर्दै कौरा नाचबारे लेखमा उल्लेख गरेका छन् । सोही समयमा पानी भर्न जानेहरु रातभरी बस्नु पर्ने हुन्थ्यो । राती शीत पर्छ भनेर पधेँराको छेउँमा टहरो बनाएर बस्थे । टहरो बनाएर पानी भर्न पालो कुर्थे । पानीको पालो कुर्नेलाई मगर भाषामा रुङ् दी भनिन्छ । टहरोमा बसेर पालो कुर्ने भएकोले त्यो टहरोलाई रुङ्दी र पछि रोदी भनिएको हो । केही समयपछि रोदी गाउँतिर सर्यो । मगर गाउँमा आजभोलि पनि टहरो निर्माण गरी रोदी बनाउने चलन छ ।  Hitchcock ले सन् १९६६ मा बन्यान हिलमा ३ वटा रोदी रहेको लेखेका छन् । रोदीलाई हस्तकला र फूलले सजाएर आकर्षक पारिन्छ । पाको महिलाको संरक्षणमा रोदी संचालन हुने दानबहादुर आलेमगरले बताउनु भयो । उहिले युवतीहरुले रोदीमा हटेउरी बाट्ने, कपासको धागो कात्ने गर्थे । यस्तै युवाहरुले चोयाँ कात्ने गर्थे । रोदीमा सहभागी हुँदा साइनो लाएर मात्र बोल्न पाइने नियम हुन्थ्यो । केटाकेटीलाई मर्यादा सिकाइन्थ्यो । गाउँमा पर्मको सल्लाह रोदी मै हुन्थ्यो । कौरा नाच रोदीमा अनिवार्य हुन्थ्यो । रोदीमा युवा र युवतीले विभिन्न भाकामा दोहोरी गीत गाउने गर्थे । प्राध्यापक डा. केशरजंग बरालमगरले पाल्पा, तनहुँ र स्याङ्जाका मगरहरुको संस्कृति नामक पुस्तकमा रोदीको बारेमा लेखेका छन् । मगर ठिटाठिटीहरु रोदीमै चिनापर्चि हुन्छन् । उनीहरुको प्रेम रोदीमा बस्ने र विवाह पनि हुने उल्लेख गरेका छन् । केटाहरु विवाह अघि र पछि समेत रोदी बस्छन् भने केटीहरु विवाहपछि रोदी बस्दैनन् । डा. मिन श्रीसका अनुसार रोदी गण्डकी क्षेत्रका मगर र गुरुङ समुदायमा समान ढंगले अभ्यासमा रहेको परम्परागत संस्था हो । रोदीमा गुरुङ र मगरले आ आफ्नो सामुदायिक आवश्यकताका आधारमा विविधकरण गरेपनि यो साझा अमूर्त संस्कृति हो भनेका छन् । यस्तै प्राज्ञ डा. विष्णु सिंजालीका अनुसार यो मगर समुदायको प्रथाजनिक संस्था हो जो समुदायको गन्यमान्य परिवारले संचालन, नियमन र नियन्त्रण गर्दछ । रोदी विधिविधान अनुसार मगर समुदायमा संचालन हुन्छ । गाउँमा विद्यालय शिक्षा शुरु हुनुभन्दा पहिले रोदी सामुदायक प्रशिक्षण केन्द्रको रुपमा थियो । गाउँ खानेकथा, चकटी बुन्ने, गीत गाउने, नाच्ने रोदीमै सिकाइन्थ्यो । नाच्न नजान्नेलाई नाच सिकाउने तथा गाउन नजान्नेलाई गाउन सिकाइन्थ्यो । यहाँ विभिन्न जीवन उपयोगी शीप नयाँ पुस्तालाई हस्तान्तरण गरिन्थ्यो । रोदी नयाँ पुस्तालाई साइनो सम्बन्ध चिनाउने र अभ्यास गराउने थलोको रुपमा लिइन्थ्यो । माथिका तथ्यबाट भन्न सकिन्छ, मगर रोदीमा आर्थिक क्रियाकलाप, नाता जोडेर मर्यादा सिकाउने, नाचगान तथा सामुहिक श्रमको योजना लगायतका सामाजिकीकरण र मनोरञ्जनात्मक क्रियाकलाप हुने गर्दछन् । गुरुङ समुदायको दृष्टिकोण : गुरुङ समुदायमा ‘रो’ र ‘धी’ बाट रोधी बनेको विश्वास गरिन्छ । ‘रा’ को अर्थ कतै सुत्नु र कतै बुन्नु भनेर अथ्र्याइएको छ । यस्तै ‘धी’ भनेको गुरुङ भाषामा घर हो । रोधीले सुत्ने अथवा बुन्ने घर भन्ने अर्थ लाग्छ । सुत्ने घर भनेर अर्थ लगाउनेहरुले रोधीलाई सिकारी युगसँग जोडेका छन्, उहिल्यै उमेर पुगेका जवानहरु सिकार खेल्न जान्थे । जंगली जनावरको आक्रमणबाट बच्न बृद्धबृद्ध, बालबालिका र महिलाहरु गाउँको बीचको ठूलो घरमा जम्मा भएर सुत्थे । जम्मा भएर सुत्ने घरलाई रोधी भनियो । यस्तै पशुपालनसँग जोडेर ब्याख्या गर्नेहरुको भनाई अनुसार, गुरुङ समुदायको मुख्य पेशा भेडा पालन हो । राडीपाखी बुन्ने काम रोधीमा गरिने भएकोले बुन्ने घर भनेर रोधी भनिएको विश्वास छ भनी रोधी डिजिटलले प्रकाशित गरेको छ । गुरुङ समुदायले रोधी प्रथालाई आफ्नो प्रथाजनित संस्थाको रुपमा दावी गर्दै आएको छ । Ellen Andors ले सन् १९७६ मा लमजुङका गुरुङ समुदायमा प्रचलित रोदी प्रथाको बारेमा अध्ययन गरेका थिए । उनले समान किसिमको नाम र अवधारणा भएको रोदी संस्था गुरुङका अलावा मगर समुदायमा पनि रहेको उल्लेख गरेका छन् । उनले रोदीलाई रात्रीकालिन सामाजिक भेला हुने स्थान भनेका छन् भने यसलाई अर्धस्थायी छात्राबास भनेका छन् जहाँ गाउँका केटाकेटीहरु जमघट भएर गीत गाउने, कुराकानी गर्ने र हाँसो ठट्टा गर्ने गर्दछन् । रोधीमा युवा युवतीको समूह अलग अलग हुन्छ । यो समूहलाई रोप्स्यो भनिन्छ । उमेर अनुसारको रोप्स्यो समूहहरु रोधीमा हुन्छन् । केटाले स्थापना गरेको रोधीमा केटी र केटीले स्थापना गरेको रोधीमा केटाहरु जाँदा कोशेली लगेर जानुपर्छ । रोधीमा रोप्स्यो नाइके वा गन्यमान्य बोलाएर धीँम्ए रीँम्ए, थीँम्ए म्हम्ए गरेर साइनो लगाइन्छ भनेर रोधी डिजिटलले विस्तृत रुपमा प्रस्तुत गरेको छ । रोधीमा बुन्ने, तुन्ने र ऊनचलनको कामसँगै मकै छोड्याउने तथा भोलिको मेला कस्को गर्ने भन्ने सल्लाह हुने गर्छ । रोधी घर गुरुङ समुदायमा कम्युनको रुपमा अभ्यास हुने र व्यवहारिक पाठशालाको रुपमा लिइने मादी गाउँपालिकाका श्याम गुरुङलाई उदृढ गर्दै सौगात पोखरेलले रातोपाटीमा एक लेख प्रकाशित गरेका छन् । रोधीमा घाटु लगायतका नाच, दोहोरी गीत प्रस्तुत गरी मनोरञ्जन गर्ने गरिन्छ । पछिल्लो पटक सरोज पन्तले घान्द्रुकका गुरुङ समुदायमा रोधी प्रथाको अवस्था बारे अध्ययन गरेका छन् । रोधी प्रथा गुरुङ समुदायबाट कसरी र किन लोप भैरहेको छ भन्ने बारे अध्ययन गरेका छन् । हिन्दुकरण, वर्तमान आधुनिक शिक्षा, मनोरञ्जनका अन्य साधनहरुको पर्याप्तता तथा बसाईसराईलाई रोधी लोप हुनुको मुख्य कारण मानेका छन् । यसरी गण्डकीको मगर समुदायले बुझ्ने रोदी टहरो हो जो पानीको प्याससँगै पधेँरामा जन्मियो । पछि मगर गाउँमा हुर्कियो अनि विभिन्न ठाउँमा विस्तार हुँदै गयो । यस्तै गुरुङले बुझ्ने रोधी भनेको घर हो जहाँ सुत्ने वा बुन्ने गरिन्छ । मगर र गुरुङका रोदीको प्रकृयागत भिन्नता भएपनि दुवै समुदायको समाजशास्त्रीय प्रकार्य उस्तै छ । दुवै समुदायका रोदी अथवा रोधीमा युवायुवतीको भेट हुने र नाचगान गरी रमाइलो गर्ने, सामाजिक अन्तरकृया गर्ने, शीप सिक्ने, मर्यादा सिक्ने र सामुहिक श्रम अभ्यासको योजना बन्ने गर्दछ । अवधारणात्मक हिसाबले रोदी र रोधी एकै खाले आदिवासी प्रथाजनित संस्था हो भन्न सकिन्छ । रोदी वा रोधी कसको ? रोदी सबैको साझा हो । गुरुङले मात्र होइन मगरले पनि यसलाई प्रथाजनित संस्थाको रुपमा अभ्यास गरेको माथिका तथ्यहरुबाट देखिन्छ । रोदीमा कौरा, घाटु, सोरथी, झाम्रे लगायतका मौसमी र बाह्रमासे नाच नचाउने चलन गुरुङ मगर दुवै समुदायमा पाइन्छ । विभिन्न भाकामा केटाकेटी बीच दोहोरी गीत गाउने चलन दुवैमा पाइएको छ । आज गण्डकी क्षेत्रको मगर गुरुङका धेरै संस्कृतिहरु साझा छन् । संस्कृति अंशवण्डा गरेर गर्न सकिने चिज होइन । घलेक, चोली, पटुकी र गुनियो दुवै समुदायको हो । खानकी दुवै समुदायमा उस्तै छ । घरको प्राचीन आर्किटेक्ट उस्तै उस्तै छ । डा. मिन श्रीसका अनुसार गण्डकी क्षेत्रका मगर र गुरुङका धेरै कुरा मिल्छन् । फरक भनेको भाषा र केही संस्कार मात्र हो । यस्तै मगरको म्यात्रील्याटरल क्रसकजिन म्यारिज हो भने गुरुङको बाइल्याटरल क्रसकजिन म्यारिज हो । यसले मगरको रोदीमा मामा भान्जीको ठट्यौली साइनो निर्माण गर्दछ भने गुरुङको रोधीमा सोल्टी सोल्टिनाको । गुरुङको संस्कृतिमा तिब्बती प्रभाव र मगरको संस्कृतिमा हिन्दु संस्कृतिको प्रभाव देखिएपनि यी दुवै समुदायको मिलन विन्दु भने गण्डकी क्षेत्रमा विकास भएको सभ्यता र संस्कृति हो । रोदीलाई गुरुङ र मगरले आ आफ्नै दृष्टिकोणमा हेरेको भएपनि दुवैले यसलाई सामाजिकीकरण हुने प्रथाजनित संस्थाको रुपमा अभ्यास गरेको पाइन्छ । यो एकै स्थानबाट उत्पत्र् िभएर अन्यत्र विस्तार भएको पनि हुनसक्छ वा भिन्न भिन्न स्थानमा भिन्न परिस्थितिमा उत्पत्ति भएको पनि हुन सक्छ । जे भएपनि संस्कृति पहिचान हो अंशवण्डा गर्नुपर्ने जिनश होइन । संस्कृति सबैका साझा हुन् । अन्तमा, मगर र गुरुङ गाउँको रोदीको काखबाट जन्मिएको दोहोरी साँझ आज काठमाण्डौ, पोखरा, बुटवल, नेपालगञ्ज लगायतका ठूला सहरमा रात्री क्लबको रुपमा संचालन भएका छन् । नेपाली सहरमा मनोरञ्जनको नयाँ विधा स्थापित भएको छ । मनोरञ्जन बजारमा दोहोरीले विशेष स्थान बनाएको छ । धेरैले व्यवसायी संचालन गरिरहेका छन् । हजारौँ नेपालीले रोजगारको अवसर पाएका छन् । अर्थशास्त्रको दृष्टिले मुलुकको लागि यो राम्रै कुरो हो । तथापि पहिचानको दृष्टिले हेर्ने हो भने रोदी साँझको नाममा व्यवसायी संचालन हुँदा गुरुङ र मगरको पहिचान लिलाम भएको छ । आज घलेकी, चोली र गुन्यो पहिरिएकी चेलीलाई गुरुङ मगर होइन दोहोरी साँझको कर्मचारी भन्ने बुझाई निर्माण हुँदैछ । प्रथाजनित संस्था रोदी आज दोहोरी गीत, नाच र बार रेष्टुरेण्टको रुपमा परिणत भएको छ । मगर गुरुङको सौन्दर्यशास्त्र आज नाइट क्लबमा बन्धक हुन पुगेको छ । घलेकी र छिटको गुन्यो वेटरको एप्रोन हुन पुगेको छ । मगर गुरुङको प्रथाजनित संस्थाको ब्राण्ड मनोरञ्जन बजारमा विक्री भइरहँदा मगर गुरुङ समुदाय भने घरज्वाइँको बोर्डमा अंशवण्डाको लुडो खेल्न थालेका छन् । गण्डकी क्षेत्रमा मगर गुरुङ समुदायबाट हुर्किएको दोहोरी साँझ आज सहरमा वितरा परेको छ । बरु यसको सही व्यवस्थापन र नियमनमा लाग्नु पर्ने समय हो । मगर र गुरुङका गाउँमा सांकेतिक रुपमा बाहेक आम सांस्कृतिक जीवनको पाटोबाट रोदी सधैका लागि लोप भैसकेको छ । सहर छिरेको रोदीलाई घरज्वाइँको सोरो जस्तै सजिलै गाउँ फर्काउन सकिँदैन । बरु गाउँबाट सहर पुगेको रोदीलाई राज्यको नियमले बाँधेर व्यवस्थित बनाउन पहल गर्न सकिन्छ । जसरी स्थानीय कानूनबाट थारु समुदायको बडघर विभिन्न स्थानीय सरकारले संस्थागत गर्दैछ त्यसरी रोदीलाई कानूनबाट संस्थागत गर्न सकिन्छ । पेटेन्ट लिएर ब्राण्डलाई मनिटाइज गर्न सकिन्छ । सरकारी संयन्त्र मार्फत् रोयल्टी संकलन गरी सामुदायको हित र विकासमा उपयोग गर्न सकिन्छ । रोदी गुरुङ र मगर दुवै समुदायको हो । परापूर्वकालदेखि गण्डकीका गुरुङ मगरलाई यसैले जोडेको थियो । संस्कृति अंशवण्डा गर्ने विषय होइन । संस्कृतिले मानिसहरुलाई तोड्दैन बरु जोड्छ । नेपालको संविधानको प्रस्तावना अनुरुप विविधताबीचको एकतालाई मजबुद बनाउन अब राज्य मात्र होइन सम्बद्ध समुदाय नै अग्रसर हुनुपर्छ । रोदी सम्बन्धी मतभेद सुल्झाउन आदिवासी जनजाति आयोग, आदिवासी जनजाति महासंघ र मगर गुरुङ समुदाय सम्बद्ध संस्थाहरु समजदारीपूर्वक अघि बढ्न उपयुक्त हुन्छ । गोलखबरबाट

काठमाडौंमा गुरही पर्व मनाइने

काठमाडौंमा गुरही पर्व मनाइने

४११ दिन अगाडि

|

१३ साउन २०८१

काठमाडौं उपत्यकामा यस वर्ष पनि गुरही पर्व मनाइने भएको छ । अग्रासन महिला समुहको संयोजनमा विभिन्न थारु संघ संस्थाहरुको संयुक्त आयोजनामा नेपाल पर्यटन वोर्डको हलमा आगामी साउन २५ गतेका दिन गुरही(गुर्या) २०८१ मनाइने भएको हो ।  भकृटीमण्डपको प्रांगणमा शनिबार बसेको बैठकले गुरही कार्यक्रमका लागि अग्रासन महिला समुहकी अध्यक्ष चम्पा चौधरीको संयोजकत्वमा मुल आयोजक तयारी समिति तथा विभिन्न उपसमिति गठन गरेको  छ ।  मुल आयोजक समितिका अन्य पदाधिकारीमा नौक्षार समुहकी गंगा चौधरी उपसंयोजक तथा सदस्यहरु थारु कलाकार मञ्चकी कोषाध्यक्ष अञ्जु चौधरी, परिवार गल्र्स होस्टेलकी सञ्चालिका किरण चौधरी, चम्पन सांस्कृतिक समुहका अध्यक्ष नन्दुराज चौधरी, आशा आर्टका बलराम चौधरी, राष्ट्रिय थारु कलाकार मञ्चका महासचिव विजय चौधरी, यूनिक थारु ग्रुपका नेपालु थारु, सुसेली कलेक्सनकी संचालिका सुशीला चौधरी, बर्दियाली विकास मञ्चका अध्यक्ष सीताराम चौधरी, सर्वहित समाज नेपालका अध्यक्ष बनस चौधरी, जेनस इन्टरनेशनल प्रालिका सञ्चालक शिव बहादुर चौधरी रहेका छन् ।  त्यस्तै, मूल आयोजक समितिका अन्य सदस्यमा थारुवान डटकमका मदन चौधरी, प्रदेश न्यूजका श्री चौधरी, हमार पहुरा डटकमका लक्की चौधरी, सफारी ट्रेड लिंकका विनय कुश्मी, ठुम्रार साहित्यिक बखेरीका संयोजक÷ढकिया खबर डटकमका डा कृष्णराज सर्वहारी, चलीगोचाली टिभी कार्यक्रमकी सञ्चालिका सरला चौधरी, ख्याल बगालका अध्यक्ष प्रणव चौधरी, सोना फिल्म प्रालिकी सोनु चौधरी रहेका छन् ।  त्यस्तै, आर्थिक व्यवस्थापन तथा उपसमिति संयोजक अग्रासन महिला समुहकी उपाध्यक्ष किरण चौधरी, प्रचारप्रसार उपसमिति संयोजकमा चलीगोचाली टिभी कार्यक्रमकी सञ्चालिका सरला चौधरी, मञ्च व्यवस्थापन अतिथि सत्कार उपसमितिस ंयोजक अग्रासन समुहलाई चयन गरिएको छ ।  थारु बाहुल्यता रहेको तराईका जिल्लाहरुमा धान रोपिसकेपछि  गुरही पर्व मनाउने चलन रहेको छ । खेतीपातीमा कुनै किसिमको हानी नोक्सानी नहोस्, गाउँमा रोगबिरोग नफैसलयोस् भनेर किसानहरु हरेक बर्षको साउनको अन्तिम वा भाद्रको शुरुवातमा गुरही(गुर्या)  पर्व मनाउने गर्दछन् ।  केही वर्ष यता कैलालीको धनगढीमा गुरही चोक नै नामकरण गरेर गुरही भव्यताका साथ मनाउन थालिएको छ । स्मरण रहोस्, यस वर्ष साउन २५ गते गुरही परेको छ । तर कैलालीको जोशीपुर गाउँपालिकाले साउन १ गते नै गुरहीको विदा दिने निर्णय गरेको थियो, जसको व्यापक विरोध भएको थियो । यद्यपि उसले आफ्नो निर्णय सच्याएन । 

सत्र सालको वेलवा बंजारी किसान विद्रोह र गुमरा थारू

सत्र सालको वेलवा बंजारी किसान विद्रोह र गुमरा थारू

४१७ दिन अगाडि

|

७ साउन २०८१

२००७ साल पछाडि गाउँ गाउँमा सामन्त जमिन्दार वर्गका विरुद्धमा दाङ्गमा किसान विद्रोहहरु भए । वेलुवा बंजारीे किसान विद्रोह दाङ्गको पहिलो संगठित सशस्त्र किसान विद्रोह हो । उपरोक्त क्षेत्रमा जमिन्दार वर्गको शोषण थियो । वेगारी जानु पथ्र्यो । किसानहरु वर्ष दिनमा ९ महिनाभन्दा बढी समय जमिन्दारको काम गरेर विताउन बाध्य हुन्थे । शारीरिक श्रमका साथसाथै किसानका छोरी बुहारीहरुलाई खुलेआम बलात्कार गरिन्थ्यो । यसरी पैदा हुने बच्चालाई भग्वान डिहल (भगवानले दिएको) भन्न लगाईन्थ्यो । किसानहरु काममा ढिलाइ गरे पशुवत व्यवहार  गरिन्थ्यो । यसका साथै ऋण लिदा ५० मा शून्य थपी ५०० बनाइन्थ्यो । यसरी किसानको तीन पुस्ताले सम्म काम गर्दा पनि असुल हुँदैनथ्यो । कुनै किसान मरेपछि हत्तपत्त किर्ते तमसुक लेखी धुवामा रङ्गाई पुरानो वनाइन्थ्यो ।  आन्दोलनको प्रारम्भ  किसानहरुले पुस्तौदेखि कमाई खाई आएको जग्गाजमिन जमिन्दार वर्गले बिभिन्न खालका त्रास धम्की एवं अमानवीय व्यवहार गरी घर खेती र जिरायत निमित्त खोस्न थाल्दा तथा दिनदिनै असहनीय वेठवेगारी चरम सिमामा पुग्दा र खाई आएको शर्त बदल्न थाल्दा किसानहरुमा वर्ग द्वेषको भावना तिखारिदै आयो । कम्युनिष्ट पार्टीको झण्डामुनि यस क्षेत्रका किसानहरु वर्ग सचेत भएर “किसान किसान एक हौ” भन्दै एकजुट भए । उनीहरुले एउटा किसान अर्को किसानलाई र एउटा गाउँको किसानले अर्को गाउँको किसानलाई सहयोग गर्नुपर्छ भन्ने कुरा राम्ररी बुझिसकेका थिए र साथै व्यवहारमा पनि लागु गरिसकेको थिए । जमिन्दारले विभिन्न डर, त्रास, धम्की दिदा पनि किसान वर्गले आफूले कमाई खाई आएको जग्गा छाडनन् । तर वेठबेगारी गरेनन् । जमिन्दारले किसानलाई हतोत्साहित गर्न तोरी काण्ड लगायत हरेक किसिमका पडयन्त्र रचे । तोरीकाण्ड  १७ माघ २०१६ मा राती वेलुवा वंजारीका खलिहानमा दाँइ भएको तोरी जमिन्दारहरु लुट्न आए । तर किसानहरुको वीचवाट तोरी लुट्न सकेनन्, किसानहरुले जमिन्दारहरुलाई नियन्त्रणमा लिई प्रशासनमा बुझाए । तर तिनलाई कुनै कानुनी कार्वाही नगरी तुरुन्तै छाडियो । यसैले किसानहरुले पनि उक्त तोरी एकलौटी खाए ।  तोरी दाँई गरी आफै एकलौटी खाएको भनी मुख्य मुख्य किसानहरुलाई लुटपाट डकैती मुद्दा दिइयो  । किसानहरु कानुनी, गैरकानुनी सबै खालका संघर्षमा डटेका थिए । यसैले उनीहरुले पनि प्रतिउत्तर लगाए । जमिन्दार वर्गले शान्ति सुरक्षाको निहुँले केही प्रहरी र ४÷५ सय लठैत जम्मा गरी ४ साउन २०१६ मा खनजोत गरिरहेका किसानहरुमाथि एकाएक हमला गरे । तर मौरीको गोलाझैं छिनघडीमै किसानहरु भेला भए । जमिन्दारहरु गाउँ छाड्न बाध्य भए । केही जमिन्दारलाई वरगदवा गाउँवाट पक्रेर ल्याई सबै किसानहरुको गोडामा सेवाढोग लाग्न पठाएर मात्र छाडे । त्यतिखेर किसानहरुले जमिन्दारलाई साँच्चै कागजका वाघ सम्झेका थिए ।  गोली काण्ड जमिन्दार वर्गले हार खाईसरकारसँग गुहार माग्न पुगे । त्यसबेला काँग्रेसको सरकार थियो । एकातिर आफ्ना माग पेश गर भनि मुख्य मुख्य किसानहरुलाई ६ साउन २०१७ मा बोलाइयो । अर्कोतिर  सर्वसाधारण किसानहरु एकशूरे भई काममा लागेको मौका छोपी दक्षिणतिरवाट बंजारीे गाउँमा हमला गरे । उनीहरुको संख्या करिव ५÷६ सय थियो । सबै किसानहरु खनजोतमा लागेका र गाउँ घरमा बुढापाका केटाकेटी र स्वानीमान्छेहरु मात्र थिए । यसले किसानका घर घरमा पस्दै बुढापाका र केटाकेटीलाई कुट्ने र किसानका  छोरी बुहारीहरुको सतित्व लुट्ने  काम गरे । यसका अतिरिक्त सुन, चाँदी, रुपिया, पैसा आदि हडप्ने काम पनि गरे । यसवाट बंजारीेका कुनै घर वचेनन् । यतिकैमा कामकाज गरिरहेका एकजना किसान बहादुर चौधरीले थाहा पाए र बेलुवा गई खबर दिए ।  पटक पटक आक्रमणले गर्दा यस क्षेत्रका किसान परिवारहरु सजग थिए । क्षणघडीमै घरेलु हतियार लिई स्वास्नी मान्छे लगायत सबै किसानहरु भेला भई बंजारी गाउँतर्फ दौडे । लुटपाट गर्नेहरु पनि बंजारीबाट वेलुवातर्फ लागेका थिए । दुबै पक्षको डावरमा (बंजारीे र वेलुवा बीचको) भेट भयो र घमासान लडाई भयो । किसान गुमरा थारूले एसपीलाई पक्री हातको औला छिनाइदिए । उनलाई गोली हानियो । उनले अन्तिम सासमा भनेका थिए– ‘म मरेको छैन, शोषण दोहनको विरुद्धमा लड्ने वर्ग सचेत क्रान्तिकारी किसानहरुलाई सहयोग गर्नमा हमेशा रणक्षेत्रमा नै हुनेछु ।’ यसरी ६ साउन २०१७ मा उनी शहीद भए । घटनामा किसान रत्नु, कालु, मुख्यलाल, बुझौना गम्भीर घाइते भएका थिए ।  प्रशासनको धरपकडले वेलुृवा बंजारीे गाउँमा केवल बुढापाका, केटाकेटी र स्वास्नी मान्छेहरु मात्र थिए । कारण वेलुवा, बंजारीेका किसानहरुले भाला, वर्छीसहित सशस्त्र भई अशान्ति गरे भनी कैयौलाई पक्राउ गरियो । पक्राउ पर्नेहरु मानवहादुर, फूलपाती, कुलमान, उनकी पत्नी लहनी, ठाकुरप्रसाद, भरथरी, बुढीया, पीठु, धनीराम, क्रिमलाल, भुवन, भवानी, लवरा, चुके, एवं वहादुर थिए । पक्राउ परेका किसानहरुमाथि पशुवत व्यवहार गरियो । कोर्राले  असहनीय गरेर कुटियो ।  स्रोतः गोचाली (२०३१)