थाकस दाङदेउखर क्षेत्र नं ३ से अटवारीक् शुभकामना साटासाट

थाकस दाङदेउखर क्षेत्र नं ३ से अटवारीक् शुभकामना साटासाट

६९० दिन अगाडि

|

२२ भदौ २०८१

संकटमे हरेरि पुजा 

संकटमे हरेरि पुजा 

६९२ दिन अगाडि

|

२० भदौ २०८१

शत्रुघन चौधरी आजकल गाँउ गाँउमे हरेरि पुजा हुईटीबा । कहुँ पुजा सम्पन्न हु राखल, कहुँ बाँकी बा । हरेरि पुजा थारू समुदायमे कैजैना पुजा मध्य एक महत्वपुर्ण पुजा हो । हरेरि पुजाहे सबसे बर्का पुजाके रूपमे फे लेजाईठ । खास कैके खेतिपाति सेकके भाडोमे यि पुजा गाउँभरके मनै मिलके सामुहिक रूपमे पुजा कैजाइठ । वालिनालि मजा होय, गाँउमे खाँज खुजलि नालागे हैवि दैवी नालागे पशु चाैपायाके रक्षा होय, घर गाउमे अनाज भरपुर होय कना विश्वासके साथ यि पुजा कैजाईठ । हरेरि पुजामे गुरूवा अनिवार्य चाहठ । देशबन्ढिया, केसाैका घरगुरूवा लगायत गुरूवनके महत्वपुर्ण भुमिका रहठ । गुरूवा ज्ञान एक अदभुत ओ अलैाकिक ज्ञान हो । जोन गुरूवालोग साधना, दिव्य वाँणि ओ गुरूमन्त्रसे पैले रठाँ । गुरूवक संख्या दिन प्रति दिन घटटी जाईटा । एक अध्धययन फे डेखासेकल आवक ३० वरष परसे थारू समुदायमे गुरूवा लोप हुईना खतरा बा । गुरुवनके अस्तित्व संकटमे पर्ना कलक थारूनके परम्परागत पुजा संकटमे पर्ना हो । यिहिसे फे कहे सेकजाईठ हरेरि पुजा फे संकटमे परटा । लावा गुरूवा कोन गाउक हरेरिमे कैठो निकरलाँ कना समाचार कबु नै पढे, सुने मिलठ । यदि कोई कबुकाल गुरूवा निकरि कलसे फे यी समाचार नै बनठ । यि दुखके बाट हो । लावा गुरूवा नै निकरनासे फे अनुसन्धानके निष्कर्ष मेल खाईठ । यकर वारेमे कहुँ चिन्तन मनन विमर्श कैल नै विल्गठ । गाउघरमे यकर वारेम बहल चलैना अभिन ढिला नै हुईल हो । आब हरेक हरेरि पुजामे यि छलफल चलैना जरूरि विल्गठ । पुरान गुरूवनके ज्ञान पुस्तान्तरण कसिक कर सेकजाईठ, बाट उठान करि । गोटगाट स्थानिय सरकार सिमिट बजेट पुजा खर्च कैहके डेलक समाचार फे आईल बा, यि फोहिक विषय हो । लेकिन आब सेँन्डुर टिका चिङ्नि आदि पुजा खर्च किल नाहि यिहि दिगो बनाईक लग धेर बजेट आवश्यक विल्गठ । गुरूवनहे प्रोत्साहन भत्ता चाहल । लावा गुरूवा निकरलेसे लाखो रूपियक पुरस्कार रासि ढारे परल । अस्टके गुरूवनके टनखालगायत विविध सुविधा टोके परल । गुरूवनहे प्रोत्साहन भत्ता चाहल । लावा गुरूवा निकरलेसे लाखो रूपियक पुरस्कार रासि ढारे परल । अस्टके गुरूवनके टनखालगायत विविध सुविधा टोके परल । गुरूवनके विमा कर परल । समय समयमे या माघमे गाउक गुरूवनहे सम्मान कर परल । गुरूवनके क्षमता विकास कर परल, ओषधि उपचारके व्यवस्था हुईपरल । यकरलग स्थानिय सरकारसे बजेट माग करपर्ना जरूरि बा । वहाँ लोगनके ज्ञानके कदर जवटक नै हुई, टबटक लावा गुरूवा बन्ना कोई आगे नै परि । यदि पुरान परम्परा सस्कृति वचैना बा टे यहोर फे आजुसे सोचि जागि उठि ओ लागि । जय अखरिया ।

 ए टीकापुरः के छ तिम्रो सुर ? 

 ए टीकापुरः के छ तिम्रो सुर ? 

६९६ दिन अगाडि

|

१६ भदौ २०८१

थरुहट प्रदेशका लागि उठेको आवाज दबाउन प्रशासनबाट भएको धरपकडमा २०७२ भदौ ७ गते टीकापुरमा आठ प्रहरी र एक नाबालकको ज्यान गएपछि थरुहट आन्दोलन एकाएक मत्थर भयो। त्यो घटनाले बदनाम भएको छ, टीकापुर। टीकापुरमाथि लागेको कलंकको टीका बिस्तारै मेटिंदै त गएको छ, तर पूर्णतया सफा भएको छैन। राज्यले थारू समुदायमाथि कलंक थोपरिदिएको टीकापुर घटनापछि थरुहट आन्दोलनको यात्रा स्थगन छ भन्दा पनि हुन्छ। आफूमाथि लागेको कलंकको टीका मेटाउन टीकापुरले २०७४ सालको संसदीय निर्वाचनमा रेशम चौधरीलाई अत्यधिक बहुमतले विजयी गराएको थियो, राष्ट्रिय जनता पार्टी (राजपा)को चुनाव चिह्न छातामा भोट हालेर। त्यति वेला फरार सूचीमा रहेका रेशम लुकिछिपी बसिरहेका थिए। यद्यपि टीकापुर घटनाको प्रमुख सूत्रधारका रूपमा आरोपित रेशमले जनप्रतिनिधिको हैसियतले काम गर्न पाएनन्। चुनाव जितेपछि जिल्ला अदालत, कैलालीमा आत्मसमर्पण गरे। जेलबाटै झिकाइए, २०७५ पुस १९ गते सिंहदरबारमा सांसदको फुली लगाउन। तर उनले संसद्को ढोकाबाट छिर्न पाएनन्। डिल्लीबजारस्थित कारागारको चारदिवारमै सांसदको लोगो लगाएर बसे। संसद्‌मा आफू निर्दोष हुनुको हुंकार ओकल्नु थियो रेशमलाई। त्यो सम्भव भएन। आफ्नो रिहाइका लागि आफू सांसद रहेको पार्टीले ठोस भूमिका नखेलेको आरोप लगाउँदै उनले जेलबाटै नयाँ पार्टी खोल्ने घोषणा गरे। आफू संरक्षक रहेर पत्नी रञ्जिता श्रेष्ठको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) निर्वाचन आयोगमा दर्ता गराए, २०७८ पुस १९ मा। नाउपाले २०७९ सालको स्थानीय चुनावमा कैलालीका चार स्थानीय तह जोशीपुर, जानकी, टीकापुर र भजनीमा विजयको झन्डा गाड्यो। मेयर र गाउँपालिका अध्यक्ष सहित ९९ जना जनप्रतिनिधि जितेको नाउपा उत्साहित भयो। अझ २०७९ सालकै प्रतिनिधि सभामा नाउपाले चार जना संघीय सांसद तथा प्रदेश सभामा १२ जना सांसदको प्रतिनिधित्व गरायो। यत्तिका जनप्रतिनिधि आफ्नो बलबुताले मात्र सम्भव भएको ठानेका रेशम दम्पतीमा अहम् पलायो। जबकि यो थरुहट आन्दोलनकै देन थियो। एक अर्थमा टीकापुर घटनामा सबै थारूलाई दोषी देखेर उनीहरूको घर-पसल जलाइएको आक्रोशबाट रूपान्तरित मत थियो। रञ्जिताले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री पदको पगरी लगाएपछि अनेक दबाबबीच राष्ट्रपतिबाट आममाफी पाई रेशम २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा रिहा भए। तर रेशम जेलबाट रिहा भए पनि समग्र टीकापुर खुशी भएन। किनकि टीकापुर घटनामा मुछिएका अरू राजबन्दीको रिहाइ हुन बाँकी नै थियो। त्यसपछि दशैंमा सबै राजबन्दी रिहा भए। तर जजसले आफूलाई अदालतमा उपस्थित गराएनन्, उनीहरूको मुद्दा मुल्तबीमा छ। २०८१ भदौ २ मा थारू कल्याणकारी सभा (थाकस)ले प्रेस विज्ञप्ति जारी गरी थाकसका अध्यक्ष धनिराम चौधरी लगायतको मुद्दा खारेज हुनुपर्ने माग गरेको छ। उता, राष्ट्रपतिबाट आममाफी पाएका रेशमविरुद्ध टीकापुर घटनामा ज्यान गुमाएका प्रहरीका परिवारले सर्वोच्चमा रिट हालेका छन्। टीकापुर घटनाको सम्रग मुद्दालाई राजनीतिक करार हुनुपर्ने अभियानमा लाग्नुको सट्टा रेशम भने आफ्नो मात्रै मुद्दा खारेज हुनुपर्ने दौडधूपमा छन्। टीकापुर आन्दोलनको सबैभन्दा दुर्बल पक्ष के रह्यो भने, यसलाई राजनीतिक होइन, आपराधिक घटनाको रूप दिइयो। चाँडै छुट्ने बहानामा रेशमले आफूमाथि प्रशासनबाट लगाइएको हत्याको अभियोग सकार्दै आममाफी स्विकारे। टीकापुर घटनालाई राजनीतिक मुद्दा करार गर्दै यसमा नाम मुछिएका सबैको मुद्दा किनारा लागेको निर्णय हुन नसक्नु दुर्भाग्य हो। यसैकारण आजीवन जन्मकैद पाएको व्यक्ति कुनै दलको अध्यक्ष त के, साधारण सदस्य समेत हुन योग्य हुँदैन भन्ने परिभाषित गर्दै निर्वाचन आयोगले रेशमलाई नाउपाको अध्यक्षका रूपमा मान्यता दिएन। उनी मात्र होइन, उनको संयोजकत्वमा भएको पार्टीको महाधिवेशनलाई नै मान्यता दिएन। अगुवा खेतीपातीमा थरुहट आन्दोलनका मियो हुन्, लक्ष्मण थारू। उनले माओवादी पार्टीबाट विद्रोह गरेर ‘थरुहट प्रदेश’ को मुद्दा यथावत् राख्न निकै दौडधूप गरे। भलै बीचमा विभिन्न पार्टीमा सामेल भए। तर टीकापुर घटनामा जिल्ला अदालतको फैसलाले जम्मा साढे तीन वर्षको सजाय काटेर रिहा भएपछि उनी पुनः थरुहट आन्दोलनको बीउ जोगाउनतिर लागिपरे। मेची-महाकाली यात्रा गरे। रिहा भएर शायद उनी चूपचाप बसेको भए उच्च अदालत, दिपायलले उनको मुद्दा उल्टाएर आजीवन कैदको फैसला सुनाउने नै थिएन। मुद्दाको छिनोफानो नभएको हुँदा २०७४ सालको चुनावमा रेशम र लक्ष्मण दुवैले भाग लिन पाए। तर २०७९ सालको चुनाव प्रतिकूल रह्यो। दुवैले चुनावमा भाग लिन पाएनन्। नाउपाले गति लिन थालेपछि जेल बाहिरै रहेका लक्ष्मण नाउपाकै ब्यानरमा थरुहट आन्दोलनको बीउ जोगाउन चाहन्थे। अब लक्ष्मण पुनः शक्तिमा आउन थाले भनेर जेलमा रहेका रेशमलाई छटपटी शुरू भयो। रेशम जेलबाट रिहा भएपछि लक्ष्मण पनि उनको साथमा केही समय त विभिन्न कार्यक्रममा गए। तर त्यो सहकार्य क्षणिक मात्र रह्यो। रेशमले पार्टी अध्यक्षपछिको वरिष्ठ नेताका रूपमा लक्ष्मणको जिम्मेवारी स्विकार्ने उदारता देखाउन सकेनन्। बरु लक्ष्मण पार्टीको साधारण सदस्यसमेत नरहेको कार्यकर्तामाझ बताउन थाले। यसले लक्ष्मणको मन कुँडियो। यसै पनि आजीवन कैद पाएको व्यक्तिले चुनावै लड्न नपाउने प्रावधानपछि ‘मिसन-८४’ पनि उनका लागि व्यर्थ भयो। अन्ततः उनी खेतीपातीमा लागे। अहिले बाराको सिमरामा सपरिवार जग्गा भाडामा लिएर खेती गरिरहेका लक्ष्मण सार्वजनिक कार्यक्रममा पनि कमै उपस्थित हुन्छन्। लक्ष्मण निष्क्रिय रहेपछि समग्र थरुहट आन्दोलन नै  सुतेको जस्तो देखिएको छ। थाकसको द्विविधा शुरूदेखि नै थारू समुदायको छाता संगठन थाकस थरुहट आन्दोलन सम्बन्धमा द्विविधामा रहेको देखिन्छ। धनिराम चौधरीको वर्तमान कार्यसमिति होस् या राजकुमार लेखी महामन्त्री रहेको आठ वर्षअघिको कार्यसमिति होस्, थारू समुदायलाई मधेशीको सूचीमा समाहित गरेपछि २०६५ फागुन १८ मा लक्ष्मण थारूले थरुहट संघर्ष समितिको ब्यानरमा थरुहट आन्दोलनको उद्घोष गरी अनिश्चितकालीन तराई बन्दको घोषणा गरे। थाकसका तत्कालीन महामन्त्री राजकुमार लेखीले ‘यो केही मुट्ठीभर थारूहरूको आन्दोलन’ रहेको र यसमा थाकसको समर्थन नरहेको अभिव्यक्ति दिएका थिए। तर जब चितवनको टाँडीमा थरुहट आन्दोलनको क्रममा फागुन २२ मा कमल चौधरी र विपिन जोशी मारिए, तब लेखीले हत्तपत्त आन्दोलनमा थाकसको पनि समर्थन रहेको जनाए। अझ दाङको लमहीस्थित लठ्ठहवामा थरुहट आन्दोलनका क्रममा रामप्रसाद चौधरी र प्रकाश चौधरीको फागुन ३० मा ज्यान गएपछि तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकार २०६५ चैत १ मा ६ बुँदे सम्झौता गर्न बाध्य भयो। त्यस वेला आन्दोलनको उठान गर्ने लक्ष्मण थारूलाई बाइपास गर्दै सरकारसँगको सम्झौतामा राजकुमार लेखी र माओवादीका इन्द्रजीत थारू दौडिएका थिए। निकै पछि थाहा पाएर लक्ष्मण, गोपाल दहितको टोली पनि बालुवाटार पुगेको थियो। पहिलो चरणको थरुहट आन्दोलनमा लेखीको रवैया ठीक नरहेको अध्येता प्रेमप्रकाश चौधरीको विश्लेषण थाकसको मुखपत्र थारू संस्कृति (२०६९ माघ, अंक २३) मा छापिएपछि लेखीले त्यो अंक नै जफत गरे, बजारमा पठाएनन्। लक्ष्मण थारू रिहा भएपछि दोस्रो चरणको थरुहट आन्दोलन अघि बढ्यो, तर त्यसमा थाकसको संग्लनता भएन। थाकसका वर्तमान सहमहामन्त्री मिनराज चौधरी लक्ष्मण थारूले अगुवाइ गरेको थरुहट थारूवान संयुक्त संघर्ष समितिको आन्दोलनमा सक्रिय भएपछि थाकसले उनीसँग स्पष्टीकरण समेत लिएको थियो। थाकसको भनाइ थियो- संघर्ष समितिको संयोजक हामी छौं, अनि अरूले अगुवाइ गरेको अवैध आन्दोलनमा किन सहभागी हुने? थाकस केन्द्रले प्रत्येक भदौ ७ मा सामान्य विज्ञप्ति मात्रै निकालेर झारा टर्ने गरेको छ। उसले आफ्नो प्रत्येक जिल्ला समितिलाई भदौ ७ गतेको सम्झनामा कार्यक्रम गर्न त भनेको छ, (हेर्नुहोस् विज्ञप्ति) तर विद्रोह दिवस र कालो दिवस भन्दै लेखिएको विज्ञप्तिमा नै अलमल र द्विविधा देखिन्थ्यो । भदौ ७ गते विद्रोह दिवस तथा भदौ ८ गते कर्फ्यूको समयमा पनि थारू समुदायको व्यक्तिका घर छानीछानी प्रशासनको जोडबलमा आगजनी गरिएको दिनलाई कालो दिवस भनेर मनाइनुपर्ने हो। यस वर्ष विद्रोह शब्द थपिए पनि अघिल्लो वर्ष कालो दिवस भन्दै मनाउने गरेको थियो, थाकसले। कुन विद्रोहको दिन, कुन कालो दिन निर्क्योल गर्न नसक्ने नेतृत्वले समग्र आन्दोलनलाई नयाँ दिशामा लैजानेमा आशंका छ। टीकापुर मुद्दा लागेपछि अर्धभूमिगत भएका धनिराम चौधरीलाई थरुहट आन्दोलनकै अगुवाइ गरेकाले भागाभागको स्थिति रहेको भन्दै उनलाई दुई कार्यकाल थाकसको केन्द्रीय अध्यक्षको जिम्मेवारी दिइयो। तर उनले समग्र नेतृत्वका लागि माखो मारेनन्। आफूमाथि थप ‘चार्ज’ लाग्ने डरले आन्दोलनको कुनै खाका बनाएनन्, बनाउन लगाएनन्। समुदायको छाता संगठनको निदाएको भेषले समग्र थारू समुदायको नेतृत्व नै सेलाएको छ। उपलब्धि विनाको थारू आयोग धेरैले थरुहट आन्दोलनको ज्वारभाटाले थारू आयोग गठन भएकोलाई ठूलो उपलब्धि ठानेका छन्। तर सिफारिश मात्रै गर्ने अधिकार भएको आयोग ‘हात्तीको देखाउने दाँत’ मात्रका रूपमा अस्तित्वमा छ। उता, आदिवासी जनजाति क्लस्टरमा थारूले छुट्टै कोटामा लोक सेवा आयोगमा लड्न पाउने प्रावधानलाई पनि अर्को उपलब्धि ठानिएको छ। तर दु:खद के हो भने, यसलाई अहिलेसम्म कार्यान्वयनमा लगिएको छैन। संघीय मामिला तथा संसदीय व्यवस्थामन्त्री रहेको वेला अमनलाल मोदीले संघीय निजामती ऐन पारित गराउन, त्यसमा थारू क्लस्टर छुट्याउन निकै जोडबल गरेका थिए, तर सकेनन्। त्यसो त थाकसले सरकारबाट विभिन्न विज्ञापन छुट्याएकोमा यसमा थारू क्लस्टर नछुट्याएर विज्ञापन गरिएकाले रद्द गरिनुपर्ने भन्दै कैयौं पटक सर्वोच्च अदालतमा रिट हालेको छ। तर सर्वोच्चले अग्राधिकार दिए पनि निर्णय गरेको छैन। त्यस्तै, थारू छुट्टिएर गए भनेर अन्य आदिवासी जनजाति संगठनले साथ दिएका छैनन्। यसले पनि थरुहट आन्दोलनको उभारलाई असर गरेको तीतो यथार्थ हो। रेशम-रञ्जिताको बाझाबाझ  रेशम-रञ्जिता दम्पतीको व्यक्तिगत लोकप्रियताका कारण नाउपाले उपलब्धि पाएको गलत बुझाइले थरुहट आन्दोलनको बीउ सुक्नु अर्को कारण हो। थरुहट आन्दोलनका अन्य अगुवा योगेन्द्र चौधरी, डा. गोपाल दहित (हाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य) आन्दोलनको ‘अ’ उच्चारण गरिरहेका छैनन्। उता, गंगा चौधरी एमालेबाट गत चुनावमा बागी उम्मेदवार भई गुमनाम छिन्। रुक्मिणी चौधरी थाकसको संगठन मन्त्री भई चलायमान हुन खोज्दै त छिन्, तर थाकस नै आन्दोलनको सवालमा मौन छ। थरुहट आन्दोलन उभारमा रहेकै कारण २०७० सालको संविधानसभादेखि अन्य चुनावमा थारू नेताहरूले टिकटमा राम्रै अवसर पाए। लुम्बिनी प्रदेशमा त थारू नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नै भए। सुदूरपश्चिममा पनि थारू नेतालाई मुख्यमन्त्री बन्ने अवसर आएको थियो, तर नाउपाको आन्तरिक घरझगडाका कारण गुम्यो। थरुहट आन्दोलन सेलायो भने अब इतिहासमा अर्को मुख्यमन्त्री थारू समुदायले पाउनेवाला छैन। टीकापुरले अझैसम्म दोहोर्‍याएर कुनै जनप्रतिनिधि जिताएको इतिहास छैन। अब अर्को चुनावमा त रेशमले उम्मेदवारी नै दिन पाउँदैनन्। रञ्जितासँग सामान्य राजनीतिक र अझ बढी पारिवारिक झमेलाले अर्को पार्टी गठन गर्ने सुरसारमा छन्, रेशम। यसरी ‘मिसन-८४’ मा नाउपा अब इतिहासको एउटा कालखण्डमा मात्र सीमित हुन बेर छैन। थरुहट आन्दोलनको बीउ नजोगाउने हो भने समग्रमा सुदूरपश्चिममा १८ प्रतिशत तथा लुम्बिनीमा १४ प्रतिशत जनसंख्या रहेको थारूले जातीय जनसंख्याको अनुपातमा निजामती सेवामा सहभागी हुने सुनिश्चितता हुँदैन। राज्यले थरुहट प्रदेश त दिएन, अब अधिकार पनि दिन कन्जुस्याइँ गर्दै छ भनेर थारू समुदायमा चस्को त पसेको छ, तर बृहत् थरुहट आन्दोलनको महसूस उनीहरूले गर्न सकिरहेका छैनन्। थरुहट प्रदेशको मुद्दालाई यथावत् राख्नुको सट्टा थरुहट आन्दोलन नै सेलाउनुको कारण खोज्न ढिलो भइसकेको छ। यही मंसिरको पहिलो साता भैरहवामा थाकसको केन्द्रीय महाधिवेशनको मिति तोकिएको छ, यसले आन्दोलनको कुनै खाका ल्याउँछ/ल्याउँदैन, थरुहट आन्दोलनको बीउ जोगाउँछ/जोगाउँदैन त्यो चाहिं हेर्न बाँकी छ। गर्ने, नगर्ने थरुहट आन्दोलन  ए टीकापुरः के छ तिम्रो सुर ?  (थारू लेखक संघका अध्यक्ष सर्वहारीको गणेश चौधरी संगको सहकार्यमा थरुहट आन्दोलन: टीकापुर कथा (२०७३) पुस्तक प्रकाशित छ।) हिमाल खबर डटकमबाट (शीर्षक परिवर्तन गरिएको) थाकसले जारी गरेको विज्ञप्ति।

जानकी गाउँपालिकाव्यापी अस्टिम्की चित्रकलामा जुना चौधरी प्रथम

जानकी गाउँपालिकाव्यापी अस्टिम्की चित्रकलामा जुना चौधरी प्रथम

६९९ दिन अगाडि

|

१२ भदौ २०८१

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र जानकी गाउँपालिका कैलालीको संयुक्त आयोजनामा दुर्गौलीमा शनिवारबाट सुरु भएको ‘थारू लोकचित्रकला तथा मूर्तिकला प्रवर्धन कार्यक्रम’ मङ्गलवार भदौ ११ गते सम्पन्न भएको छ । कार्यक्रममा जानकी गाउँपालिका प्रमुख गणेश चौधरीले थारू लोककलालाई अब राष्ट्रिय गतिविधिसँगै आम्दानीको स्रोतका रूपमा विकसित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रतिष्ठानले आयोजना गर्ने प्रादेशिक तथा राष्ट्रिय ललितकला प्रदर्शनीमा पालिकाका कलाले सहभागिता जनाउने विश्वास व्यक्त गर्नुभयो । प्रतिष्ठानका लोककला विभाग प्रमुख प्रदिप अधिकारीले संस्कृतिको संरक्षणका सन्दर्भमा यो जीवन्त कार्यक्रम भएको बताउनुभयो । ‘नयाँपुस्तालाई लोकसंस्कृतिसँग प्रत्यक्ष जोड्न सक्नु यस कार्यक्रमको उपलब्धि हो । कार्यशालामा सहभागी सबैलाई प्रादेशिक प्रदर्शनीमा समेत भाग लिन आग्रह गर्दछु,’ उहाँले भन्नुभयो । जानकी गाउँपालिकाको सबै वडाको गाउँमा बनाइएको अस्टिम्की चित्र अवलोकन गर्दा चित्रकला कार्यशालाप्रति सन्तुष्ट रहेको जनाउँदै प्राज्ञ अधिकारीले अगाडि भन्नु भयो– अस्टिम्की कलालाई पनि मिथिला कलाझैं व्यावसायिक बनाउँदै अन्तरराष्ट्रियकरण गर्न सकिने प्रशस्त सम्भावना रहेको छ । संस्कृतिविद् तथा साहित्यकार डा. कृष्णराज सर्वहारीले अस्टिम्की कला र पर्वमा बनाइने कलाका बारेमा चर्चा गर्नुभएको थियो । उहाँले गत वर्षदेखि नै अस्टिम्की कलाबारे कार्यशाला गरेर पुस्ता हस्तान्तरणमा जानकी गाउँपालिकाले अभियान चालेकोमा सराहना व्यक्त गर्नुभयो । उहाँले अस्टिम्कीकै बारेमा आफ्नो विद्यावारिधि भए पनि कुनै पनि विषयमा अध्ययन कहिल्यै नसकिने धारणा राख्दै भन्नु भयो, ‘म यहाँ पनि अध्ययन नै गर्न आएको छु । लोकसाहित्यका खास जानकार पुर्खाहरु नै हुन् ।’ सामान्य पूजा गरेर मनाइने अस्टिम्की देखिए पनि पुरुष हलो बनाउनदेखि जोत्न सिपालु हुनुपर्ने, महिला चुल्हो बनाउनेदेखि खाना पकाउने भातभान्सामा सिपालु हुनुपर्ने सन्देश दिएको छ । साथै, अस्टिम्कीले थारु समुदायको समग्र जीवनदर्शन बोकेकाले यसबारे व्याख्या विश्लेषण हुँदै जानुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा जितबहादुर चौधरी, जगत चौधरी, वसन्ती चौधरी, जनक चौधरी, चन्द्रलाल चौधरी लगायत सहभागीले अस्टिम्की कलाबारे जिज्ञासा राखेका थिए । धेरैले हालसम्म यसमा गाइने गीतबारे प्रष्ट हुन पाएकोमा आयोजक तथा बक्ता  डा. सर्वहारीलाई धन्यवाद दिएका थिए । थारू संस्कृतिविद् तथा रेडियोकर्मी एकराज चौधरीले पनि गुर्वावाको विषयलगायत थारू संस्कृतिका बारेमा उठेका जिज्ञासाका बारेमा जबाफ दिनुभएको थियो ।  टीकापुर क्याम्पसका एसोसिएट प्रोफेसर नाथुराम चौधरीले अस्टिम्की कार्यशालाको छलफलको क्रममा ४० वर्ष मुनिको कसैले जिज्ञासा नराखेको गुनासो गर्दै युवाहरु चित्र बनाउनमा सहभागी भएसंगै यसको महत्वबारे थाहा पाउज.न जरुरी रहेको बताउनु भयो । विष्णुप्रसाद चौधरी प्रशिक्षक रहनुभएको कार्यशालामा २२ जनाले सहभागिता जनाएका थिए । समापन समारोहमा उत्कृष्ट (जुना चौधरी प्रथम, सङ्गीता चौधरी÷विनिता चौधरी द्वितीय, सम्झना चौधरी तृतीय र चन्द्रलाल चौधरी चौथो) लाई नगदसहित सम्मान तथा सहभागीलाई प्रमाण–पत्रसमेत प्रदान गरिएको थियो । समापन कार्यक्रममा  जानकी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीपकुमार चौधरी, वडा नं १ का वडाध्यक्ष सुरेशकुमार चौधरी, वडा नं ४ का वडाध्यक्ष दीपेन्द्रकुमार कठरिया, वडा नं ७ का वडाध्यक्ष कमल महतो, जानकी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी, कार्यपालिका सदस्यहरू पार्वतीदेवी डङ्गौरा थारू, पवित्रा विश्वकर्मालगायतले  अस्टिम्की कलाबारे चर्चा गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण नेत्रप्रसाद न्यौपानेले गर्नु भएको थियो ।  

फरक फरक नामले मनाइयो टीकापुर विद्रोह दिवस 

फरक फरक नामले मनाइयो टीकापुर विद्रोह दिवस 

७०४ दिन अगाडि

|

८ भदौ २०८१

फरक फरक नामले मनाइयो टीकापुर विद्रोह दिवस मनाइएको छ ।  यस वर्ष कैलालीको टीकापुरमा भदौ ७ गते मनाइएको कार्यक्रमको ब्यानरमा नवौ टीकापुर विद्रोह दिवस २०८१ लेखिएको छ ।  ७ भदौ २०७२ मा थरुहट प्रदेशको लागि उठेको आवाज दबाउन प्रशासनबाट भएको धरपकडमा कैलालीको टीकापुरमा ८ प्रहरी र एक नाबालकको मृत्युवरण भएको थियो । टीकापुर घटनापछि थरुहट आन्दोलनको यात्रा स्थगन छ भन्दा हुन्छ ।  अर्को दिन ८ भदौमा कर्फयुको समयमा पनि थारू समुदायको व्यक्तिको घर छानी–छानी प्रशासनको जोडबलमा आगजनी गरिएको थियो । उक्त दिनलाई कालो दिवस भनेर मनाइनु पर्ने हो । यस वर्ष विद्रोह शब्द थपिए पनि अघिल्लो वर्ष कालो दिवस भन्दै मनाउने गरेको थियो थाकसले । कुन विद्रोहको दिन, कुन कालो दिन निक्र्यौल गर्न नसक्ने नेतृत्व समग्र आन्दोलनको नेतृत्व गर्न अलमलमै छ ।                                                कैलालीको टीकापुरमा भदौ ७ गते मनाइएको नवौ टीकापुर विद्रोह दिवस २०८१  कार्यक्रममा सहभागी जनसमुदाय ।  भदौ ७ गते विद्रोह दिवस तथा भदौ ८ गते कालो दिवस मनाउने सर्कुलर प्रष्ट शब्दमा जारी गरिनुपर्ने देखिन्छ अरु वर्ष । नभएर यस वर्ष विभिन्न स्थानमा विभिन्न नामबाट दिवस मनाउने क्रम अरु वर्ष पनि यथावत रहने देखिन्छ ।  जस्तो कि यस वर्ष काठमाडौंको माइतीघर मण्डलामा गरिएको कार्यक्रममा टीकापुर विद्रोह सभा उल्लेख छ । सो कार्यक्रममा सहभागी रामस्वागत चौधरीले भने तस्विर शेयर गर्दै कालो दिन भनेर उल्लेख गरेका छन् ।  उता चितवनमा गरिएको कार्यक्रममा थारु विद्रोह दिवस भनिएको छ । त्यसैगरी, दाङको लमहीमा गरिएको कार्यक्रममा दुइटा व्यानरमा एउटामा विद्रोह दिवस, अर्कोमा कालो दिन उल्लेख छ । यी सबै कार्यक्रम थाकसकै व्यानरमा भएको थियो । 

सुदूरपश्चिम सरकारको अन्याय कायमैः थारू समुदाय आक्रोशित

सुदूरपश्चिम सरकारको अन्याय कायमैः थारू समुदाय आक्रोशित

७०८ दिन अगाडि

|

४ भदौ २०८१

सुदूरपश्चिम सरकारले प्रदेशमा धेरै स्रख्यामा रहेका थारु, दलितमाथि अन्याय कायमै राखेकोले अब सह्य नहुने भनी आक्रोश पोखेका छन् । साथै जननिर्बाचित सांसद, सरकार नैतिक रुपमा यति तल झरेर थारुहरुलाई हेप्न नहुने हो भन्ने विचार ब्यक्त गरेका थिए । उनीहरुले आफूहरुको जनसंख्यामा प्रदेशमा १७.८२ रहेकोले आफूहरुले १८% भन्दा कम दिइने सेवा सुविधालाई कुनै हालतमा स्वीकार नगर्ने बताएका थिए ।  थरुहट थारुवान राष्ट्रिय मोर्चा, नेपाल राना थारु समाज, थारु नागरिक समाज, थारु बिद्यार्थी समाजले मंगलबार (भाद्र ३) थारु छात्रबासमा आयोजना गरेको सुदूरपश्चिको निजामति सेवा ऐन बारेको छलफलमा नाउपा पार्टीबाट निर्बाचित सांसदहरु नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरी, कैलाश चौधरी र घनश्याम चौधरीको समेत उपस्थिति थियो ।  सहभागीहरुले सुदूरपश्चिम प्रदेश निजामति ऐन २०७९ लाई संशोधन गर्न बनाइएको बिधेयकमा भएको मुख्य मुख्य ब्यबस्थाबारे प्रदेश सभाका सदस्यहरुसँग जानकारी माग गरेका थिए । सांसदहरुले बास्तवमै सुदूरपश्चिम सरकारले थारुहरुमाथि अन्याय गर्न गइरहेको, उनीहरुको जनसंख्या (१८ प्रतिशत) अनुसार आरक्षण कोटा दिन नचाहेको, महिलाको ३३ प्रतिशतमा पनि थारुहरुलाई समावेश नगरेको, अपांग कोटामा पनि थारुहरुलाई समावेश नगरेको र यसको लागि आफूहरु आवाज उठाइरहेको जानकारी गराएका थिए ।  सांसदहरुबाट बिधेयकबारे जानकारी पाइसकेपछि थारु अगुवाहरु माधव चौधरी, अधिबक्ता जोहारी लाल चौधरी, थारु नागरिक समाजका संयोजक दिल बहादुर चौधरी, नेपाल रानाथारु समाजका कमल राना, थाकस केन्द्रिय सदस्य प्रभात चौधरी, महिला अगुवा बसन्ती चौधरी, प्रेमवती राना लगायतले त्यसबारे धारणा राखेका थिए । उनीहरुले सुदूरपश्चिम सरकारको यो कदम पनि थारुहरुमाथि निरन्तर गरिने अन्याय र अत्याचारको एक कडी रहेको, उसले थरुहट आन्दोलनमा फुट ल्याएजस्तै अहिले पनि थारु, रानाथारुबिचमा फुट ल्याई आरक्षण नदिने जालझेल गरिरहेकोले एकजुट भएर लड्ने, दलीय ह्वीप र दासता भन्दा माथि उठी आवाज उठाउने र अन्याय गर्नेहरुलाई समय आए एक भएर देखाउनुपर्ने बिचार ब्यक्त गरेका थिए ।  साथै उनीहरुले आफूहरु संलग्न रहेको दलमा भातृ संगठनमार्फत दवाव दिने, संयुक्त रुपमा मुख्य मन्त्रीलाई पुनः भेट्ने, पत्रकार सम्मेलन गर्ने र बुधबार प्रदेश सभा अगाडी धर्ना दिने र त्यसपछि अन्य कदमबारे छलफल गर्ने निष्कर्ष निकालेका थिए ।  छलफलपछि धनगढीमा सोही विषयबारे पत्रकार सम्मेलन गरिएको थियो । माग सम्बोधन नभए आज भदौ ४ बाट प्रदेशसभा अगाडि धर्ना बस्ने आयोजकले जनाएको छ ।   

सुदूरपश्चिमको निजामती सेवा ऐनः  थारु समुदायको गम्भीर आपत्ति

सुदूरपश्चिमको निजामती सेवा ऐनः  थारु समुदायको गम्भीर आपत्ति

७०८ दिन अगाडि

|

४ भदौ २०८१

सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन २०७९ को संशोधन खाकामा सुदूरपश्चिम प्रदेशका थारु समुदायले आपत्ति जनाएका छन् । थारु कल्याणकारिणी सभा, थरुहट थारुवान् राष्ट्रिय मोर्चा, नेपाल राना थारु समाज र थारु नागरिक समाजले भदौ ३ गते सोवार धनगढीमा पत्रकार सम्मेलन गर्दै उक्त संशोधनमा विरोध जनाएका हुन् । थारु, राना थारु समुदायलाई संविधानले व्यवस्था गरेको अधिकारको कार्यान्वयनमा सुदूरपश्चिम प्रदेश सरकार असफल भएको उनीहरुको भनाई थियो । संविधानले निर्धारण गरेका मापदण्डहरूलाई पूरा नगरेको र समुदायका लागि आरक्षित अधिकारलाई कार्यान्वयन नगरेको भन्दै उनीहरुले विरोध जनाए । आफूहरुको माग सम्बोधन गराउन आग्रह गरिएको नभए भदौ ४ गते मंगलवार १० बजेदेखि सुदूरपश्चिम प्रदेश सभा अगाडि धर्ना कार्यक्रम गर्ने थारु नागरिक समाजका संयोजक दिलबहादुर चौधरीले ढकियाखबरलाई जानकारी दिए । समुदायको जनसङ्ख्याको आधारमा संविधानले १८प्रतिशत प्रतिनिधित्वको व्यवस्था गरेकोमा प्रदेश सरकारले उपेक्षा गरेको उनीहरुको आरोप छ । साथै, महिलाहरूको लागि आरक्षित ३३ प्रतिशत प्रतिनिधित्वमा पनि १८ प्रतिशत थारु÷राना थारु महिलालाई समावेश नगरेकोमा उनीहरुको असन्तुष्टि छ।