देउखुरीमा धमाधम बरघर छानिदै, अझै समावेशी देखिएन 

देउखुरीमा धमाधम बरघर छानिदै, अझै समावेशी देखिएन 

२३८ दिन अगाडि

|

४ माघ २०८१

संकटमा छ बरघर प्रणालीमार्फत् हुने थारु गाउँको पूजाआजा 

संकटमा छ बरघर प्रणालीमार्फत् हुने थारु गाउँको पूजाआजा 

२५१ दिन अगाडि

|

२० पुष २०८१

थारु गाउँका अगुवा बरघरहरुले आफूहरुमार्फत् हुने थारु गाउँको पूजाआजाको व्यवस्थापन संकटमा रहेको बताएका छन् । थारु समुदायका व्यक्तिहरु विभिन्न धर्म मान्न थालेकाले गाउँको सामूहिक देउथान मरुवामा गरिने पूजापाठका लागि रकम नदिदा स्रोत जुटाउन गाह्रो परेको उनीहरुको भनाई छ ।  बाँके, राप्ती सोनारी–४ स्थित वडा कार्यालयको सभाकक्षमा पुस १७ गते भएको ‘बरघर, ककनदारबाट के सिक्ने’ विषयक् अन्तक्रिया कार्यक्रम भएको थियो । यूएसएड, नागरिक सञ्चार CSM को आर्थिक सहयोग, द एशिया फाउण्डेशनको सहकार्य तथा दाङ, लमहीस्थित थारु साहित्य तथा संस्कृति प्रतिष्ठानको आयोजनामा भएको प्यानल छलफल कार्यक्रममा पूर्व अध्यक्ष लाहुराम चौधरीले उक्त अभिब्यक्ति दिएका हुन् । प्रायः बरघरहरुले उनको भनाईमा समर्थन जनाएका थिए ।  सोही कार्यक्रमअन्तर्गत बरघर प्रणालीलाई चलायमान गराउने के छ उपाय भन्ने सेसनमा पूर्व अध्यक्ष चौधरीले अगाडि भने,‘बरघरले गुरुवाको निर्देशनमा गराउने विभिन्न पूजापाठमार्फत् गाउँलेलाई एकसुत्रमा बाँध्छ । तर, अब हामी तिमीहरुको धर्म मान्दैनौ, पूजापाठको लागि रकम पनि दिन्नौ, पूजापाठको कार्यक्रममा सहभागी पनि हुन्नौ भन्ने जमात बढ्दै गएको छ । यसले सतहमा पूजापाठ संकटमा पर्दै गएको देखिए पनिसमग्रमा यो बरघर प्रणाली नै संकटमा पर्दै गएको संकेत हो ।’ राप्ती सोनारी–४ की वडा सदस्य सोहनी थारुले आफू क्रिश्चियन धर्म मान्ने गरेकाले आफ्नो गाउँ दंगपुरवाको थारु मरुवामा हुने पूजापाठका लागि रकम नदिने गरेको स्वीकारिन् । उनले भनिन्,‘धर्म नै फरक परेपछि उहाँहरुको पूजा व्यवस्थापन उहाँहरुले हेर्नुहुन्छ, हामीले चर्चको हेर्छौ । धर्ममा कसैलाई दवाव दिनु हुन्न ।’ सोही कार्यक्रममा सहभागी दाङ, लमही नपा–८, धनपुरवा गाउँकी बरघर सीता चौधरीले थारु गुरुवाले समग्र गाउँको सुरक्षा, पशुदेखि बालीनालीको सुरक्षाका लागि पूजाआजा गर्ने भएकाले जुन धर्म अंगाले पनि गाउँको पूजाका लागि सबैले रकम दिनुपर्ने धारणा राखिन् । उनले अगाडि भनिन्,‘मेरै गाउँमा पनि जयगुरुदेव धर्म मान्नेहरु ९० प्रतिशत छन्, जो शाकाहारी छन् । तर, तिनले पनि पूजाआजाका लागि रकम दिन्छन् । भागप्रसाद आफन्तलाई दिन्छन् । गाउँको पूजाआजा रोकिनु हुन्न ।’ गाउँ गाउँमा पुगेर अभियान चलाउनुपर्ने बरघरमा महिला सहभागिता बढाउन के गर्नुपर्ला भन्ने सेसनमा थारु कल्याणकारिणी सभा, बाँकेको जिल्ला अध्यक्ष संगिता थारुले बरघरहरुलाई हौसला बढाउन, महिला सहभागिता बढाउन थाकसले सहकार्य गर्ने बताइन् ।  युवा किरण कुमारी थारुले गाउँलेले चाहेमा युवाहरु नेतृत्व गर्न तयार रहेको धारणा राखिन् । पाका बरघर भरथारी थारुले भने युवाहरुलाई कसैगरी पनि बरघरका लागि मनाउन नसकिएको अभिव्यक्ति दिए ।  अर्की युवा टीका थारुले दुइ चार दिनको छलफलले बरघरमा महिला, युवा सहभागिता नबढ्ने, यसका लागि गाउँ गाउँमा पुगेर अभियान चलाउनुपर्ने बताइन् । बरघर हरि प्रसाद थारुले माघको बरघर चुन्ने समयमा महिलाहरु नआउने गरेकाले बरघरमा महिला सहभागिता नदेखिएको बताए ।   बरघरमा युवा सहभागिता बढाउन के गर्नुपर्ला भन्ने सेसनमा युवाहरु गाउँमा प्रायः शुन्य अवस्थामा भएकाले पाकाहरु जिम्मेवारी लिने बाध्यता आइपरेको प्रसंग उठ्यो । शिक्षक राम बहादुर थारुले बरघरमा युवाहरुलाई जोड्न आफू जस्ता शिक्षकहरुको पनि जिम्मेवारी रहेको बताए । पूर्व वडाध्यक्ष समेत रहेका कान्छा थारुले आफू युवावस्थामै बरघर बनेको, त्यसैको जिम्मेवारीले पनि वडाध्यक्ष हुन सम्भव भएको जिकिर गरे । उनले अगाडि भने, विडम्वना वडाध्यक्ष हुँदाहुँदै पनि बरघरबाट विदा पाइएन । अहिले पनि बरघर नै छु । कोही महिला, युवा आए बरघरको जिम्मेवारी दिन तयार छु ।’  आयोजक थारु साहित्य–संस्कृति प्रतिष्ठानका अध्यक्ष छविलाल कोपिलाले प्रतिष्ठानले परियोजनाअन्तर्गत केही महिना बरघरमा समावेशिता खोजे पनि यो अभियान दीर्घकालीन हुनुपर्ने धारणा राखे । प्रतिष्ठानका कार्यकारी निर्देशक डा कृष्णराज चौधरी सर्वहारीले संविधानमा महिला हक सुरक्षित भएकाले बरघरमा नेतृत्वमा पनि समयअनुसार परिवर्तन हुनु आवश्यक रहेको बताए ।   

अवसर पाए पुरुष भन्दा दरिलो गरी बरघर चलाउन सक्छन् महिला

अवसर पाए पुरुष भन्दा दरिलो गरी बरघर चलाउन सक्छन् महिला

२५७ दिन अगाडि

|

१४ पुष २०८१

थारु समुदायको माघ पर्व नजिकिएसंगै थारु गाउँको नेतृत्वका बारेमा बहस हुन थालेको छ । यसै क्रममा देउखुरीदाङ, लमही–३, उत्तर मजगाउँमा पुस १२ गते शुक्रवार विभिन्न गाउँका बरघरहरुले बरघर समयअनुसार समावेशी हुनुपर्ने अभिव्यक्ति दिएका छन् ।  यूएसएड, नागरिक सञ्चार ऋक्ः को आर्थिक सहयोग, द एशिया फाउण्डेशनको सहकार्य तथा थारु साहित्य तथा संस्कृति प्रतिष्ठानको आयोजनामा भएको प्यानल छलफल कार्यक्रममा बरघरहरुले त्यस्तो अभिव्यक्ति दिएका हुन् । बरघरमा महिला सहभागिता बढाउन के गर्नुपर्ला भन्ने सेसनमा धनपुरुवा गाउँकी बरघर सीता चौधरीले देश हाँकिरहेका महिलाहरुले अवसर पाए गाउँको नेतृत्व गर्न नसक्नै प्रश्नै नरहेको धारणा राखिन् । उनले गाउँलेले चाहे आगामी वर्ष पनि गाउँको बरघरको नेतृत्व लिन तयार रहेको बताइन् । उनले कारण खुलाइन्, ‘गाउँलेहरुले पुरुषभन्दा पनि राम्रो तरिकाले तिमीले गाउँको अगुवाइ गर्यो, हराउँदै गएको संस्कृति पुनर्जागरण गर्यो, अर्को वर्ष पनि तिमी नै ककनडार (बरघर) बन्नुपर्छ भनेका छन् । त्यसैले पुनः गाउँ हाँक्ने मन बनाएकी छु ।’ सोनपुर गाउँकी टोल बरघर शर्मिला चौधरीले आफू ८ वर्षदेखि टोल बरघर चलाएको अनुभवले आगामी माघमा गाउँको मूल बरघरमा दावी रहने बताइन् । महिलाहरुलाई नेतृत्व दिने सवालमा पुरुष अनिच्छुक देखिएको, यसका लागि महिला आफै अग्रसर हुनुपर्ने उनको जिकिर थियो ।  कमानपुर युवा क्लवकी सचिव सृष्टि चौधरीले आफूहरुले गाउँको विकासकै लागि क्लव खोलेकोमा बरघर बन्न आग्रह आए पछि नपर्ने बताइन् ।  उता ससुरा विरामी परेर निकै वर्ष कार्यबाहक बरघर रहेकी उचानिम्बु गाउँकी देवी चौधरीले गाउँको विकासको लागि महिला, पुरुष दुबैको भूमिका बरोबर रहेको धारणा राखिन् ।   बरघरमा युवा सहभागिता बढाउन के गर्नुपर्ला भन्ने सेसनमा युवाहरु विभिन्न सभा, बैठकमा पाकाहरु भन्दा बढी सक्रिय रहेको प्रसंग उठ्यो । जोगिया प्रगन्नाअन्तर्गत २२ गाउँका प्रधान तथा उत्तर मजगाउँका बरघर छुनिलाल चौधरीले भने,‘सामूहिक कामको लागि नकुदेको दिनै हुन्न । म ४० भन्दा तल छु । उमेर छिप्पिएको भए कहाँ दौडधुप गर्न सक्दो हुँ ।’  भुरीपुर गाउँका बरघर मंगल चौधरी गाउँमा रहेको युवाहरु बरालिएर हिँड्नुभन्दा कुनै पदीय जिम्मेवारीमा बसे अनुशासित रहने तर्क गरे । थारु कल्याणकारिणी सभा (थाकस), लमही इकाइका अध्यक्ष शिवप्रसाद चौधरीले बरघरहरुलाई एकजुट गराउन थाकस दिलोज्यान दिएर लागेको बताए ।  बरघर प्रणालीलाई चलायमान गराउन के छ उपाय भन्ने सेसनमा थाकस क्षेत्रीय समिति तथा लमही नगरपालिकाका कानूनी सल्लाहकार अधिवक्ता हल्लुप्रसाद चौधरीले बरघर विधयेक समयमा नबन्दा बरघरहरुले हीनताबोध महसुस गरेको बताए । उनले बरघर प्रणालीलाई चलायमान गराउन यसको विधेयक अपरिहार्य रहेको बताउँदै यसका लागि अझ दवाव बढाउनुपर्ने जिकिर गरे ।  लमही नगर बरघर समितिका अध्यक्ष पुनाराम चौधरीले गाउँमा मिश्रित समाजको बसोबास बढ्दै गएकाले गैरथारुहरुको पनि विश्वास जितेर काम गर्नुपर्ने अवस्था आएको बताए । ८ वर्षदेखि बरघर हाँकिरहेका लंगडी गाउँका बरघर कान्तुप्रसाद चौधरीले बरघर बन्न तँछाड मछाड हुनुपर्नेमा नयाँ पुस्ताको अरुचि निकै खट्किएको महसुस गरेको बताए । उता, पूर्व गाउँपालिका अध्यक्ष रोहित चौधरी बरघरको बैठक माइन्यूट नेपाली भाषामा लेखिएकोमा भाषा संरक्षणका लागि आफ्नै मातृभाषा थारु प्रयोग गर्न आग्रह गरे । संस्कृतिसंगै भाषा संरक्षणमा पनि बरघरहरु लाग्नु पर्नेमा उनको जोड थियो ।  आयोजक थारु साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष छविलाल कोपिलाले माघमा छनोट हुने बरघरबारे पुसमै छलफल हुनसके सवल नेतृत्व आउने धारणा राखे । प्रतिष्ठानका कार्यकारी निर्देशक डा कृष्णराज चौधरी सर्वहारीले बरघरहरु गाउँको सानो दायरामा सीमित नभई बरघरको अनुभव अन्य क्षेत्रमा पनि लगाउन आग्रह गरे ।   

बारबर्दियाका बरघरहरुको प्रश्नः मेयरसाब, बरघर विधेयक खै ?

बारबर्दियाका बरघरहरुको प्रश्नः मेयरसाब, बरघर विधेयक खै ?

२६२ दिन अगाडि

|

९ पुष २०८१

बारबर्दिया नगरपालिकाका थारु गाउँका अगुवा बरघरहरुले पालिकाले पहिलो पटक बरघर ऐन पारित गरेको तर विधेयक नबनाउँदा बरघर सञ्जालमार्फत् कुनै काम गर्न नसकेको पीडा पोखेका छन् । लमही–५, दाङस्थित थारु साहित्य संस्कृति प्रतिष्ठानको आयोजनामा पुस ८ गते सोमवार बर्दियाको बारबर्दिया नगरसभा हल,जयनगरमा बरघरहरुको  समावेशी मापन भेलामा उक्त पीडा पोखिएको हो ।  करिब एक सय जना बरघरहरुको उपस्थिति रहेको सो कार्यक्रममा बारबर्दिया नगर बरघर सञ्जालका निवर्तमान अध्यक्ष कालीराम चौधरीले बरघर विधेयक पारित नहुँदा बरघर सञ्जालको नाममा छुट्टै खाता खोल्न नसकिएको, पालिकामै पनि कुनै प्रोपोजल दिन नसकिएको बताए ।  उता, बरघर सञ्जालका अध्यक्ष बहादुर बैरागीले सकेसम्म सबै बरघरलाई पारिश्रमिकको व्यवस्था हुनुपर्ने, नगर बरघर सञ्जालका पदाधिकारीलाई इन्धन, रिचार्जको व्यवस्था हुनुपर्ने आवाज उठाए । उनले अब बरघरहरु भोकभोकै लामो समय खट्न नसक्ने, पारिश्रमिकको व्यवस्था नगरिए बरघर प्रणाली नै धरापमा पर्न सक्ने बताए ।  नगर बरघर सञ्जालका निवर्तमान सचिव कृष्णप्रसाद चौधरी सवालले बरघरहरुले पहिलेको जस्तो सामाजिक सम्मान नपाएको, पालिकाले समेत विधेयक नबनाएकाले मान्यता दिएको अनुभूति नभएको धारणा राखे ।  कार्यक्रममा बारबर्दिया नगरपालिकाका प्रमुख छविलाल चौधरीले पालिकाले बरघर विधेयक पारित गर्ने तर यसबारे पर्याप्त गृहकार्य हुन नसकेको बताए । नगर बरघर सञ्जालका पदाधिकारीहरु सार्वजनिक कार्यक्रममा गुनासो गर्नुभन्दा विधेयक मस्यौदामा सघाउन उनको आग्रह थियो । साथै, मरुवा, भूइहार थानमा पूजा पुज्ने गाउँका बरघरहरु नै असली बरघर भएकाले विधेयकमा मरुवाको प्रसंग थपिने उनको भनाई थियो । उनले बरघरहरु पनि सरकारकै एक अंग भएकाले हीनताबोध महसुस गर्न नहुने धारणा राखे ।  बारबर्दिया–७, बौद्धनगर (मरघट्टी) की बरघर गीता चौधरीले पुरुषहरुको तुलनामा गाउँलेहरुले महिला बरघरलाई नटेरेको गुनासो गरिन् । तर यसो भन्दैमा महिलाहरु नेतृत्व लिने सवालमा पछि पर्न नहुने, केहीले जिम्मेवारी पाए अरु महिलालाई पनि हौसला बढ्ने भएकाले पुरुषहरु महिलालाई गाउँको जिम्मेवारी दिन तयार हुनपर्ने उनको भनाई थियो । २ नं वडाका वडाध्यक्ष रामफेरन थारुले आफूले कुनै काम गर्नुअघि आफ्ना वडाका बरघरहरुसंग सल्लाह लिने गरेकोमा बरघरहरुसंग सहकार्य गरेर जनप्रतिनिधिहरु सदैव अघि बढ्न तयार रहेको बताए । उनले ६० प्रतिशत बरघरहरु टोल विकास समितिमा पनि रहेकाले विकासको काममा वाधा नरहेको जिकिर गरे ।  थारु साहित्य संस्कृति प्रतिष्ठानका अध्यक्ष छविलाल कोपिलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक डा कृष्णराज चौधरी सर्वहारी तथा फिल्ड अधिकृत विमला चौधरीले बरघरमा महिला तथा युवाहरुको सहभागितामा जोड परियोजनाबारे प्रकाश पारेका थिए । कार्यक्रममा प्रतिष्ठानका कार्यसमिति सदस्य यम चौधरीले स्वागत गरेका थिए । 

कैलालीका थारू समुदाय लवाङ्गी पूजामा रमाउँदै

कैलालीका थारू समुदाय लवाङ्गी पूजामा रमाउँदै

२८० दिन अगाडि

|

२१ मंसिर २०८१

कैलाली । यहाँका थारू समुदाय आज बिहानैदेखि लवाङ्गी पूजाको तयारीमा जुटेका छन् । नयाँ अन्न भित्र्याइसकेपछि  प्रसादका रूपमा आफ्ना देवीदेवतालाई त्यो चढाउन यो  समुदायले हरेक वर्ष विवाह पञ्चमीमा लवाङ्गी पूजा गर्दै आएको छ ।   थारू अगुवा चन्द्रकुमार चौधरीका अनुसार यो पूजासँगै थारू समुदायमा भजहर, हरहर पूजा गर्ने गरिन्छ । लवाङ्गी र हरहर पूजा अन्नबालीसँग जोडिएको हुन्छ भने भजहर गर्मीयाम सुरु भएसँगै विभिन्न रोगव्याधिले सताउने हुँदा त्यस्ता रोगव्याधि नलागोस् भनेर पूजा गरिन्छ । भजहर पूजा ग्रीष्मऋतुको पूर्वसन्ध्यामा हुने गरेको छ ।   अन्नसँग जोडिएकाले पनि लवाङ्गी पूजाको महत्व छ । विशेषगरी कैलालीको घोडाघोडी मन्दिरमा थारूहरूको लवाङ्गी पूजा हुने गरेको छ । “पश्चिम नेपालका थारू समुदायको सबैभन्दा ठूलो देउथान घोडाघोडीलाई मानिन्छ । घोडाघोडी मन्दिरलाई थारू समुदायले घोरीघोरा देउथानका रूपमा मान्दै परापूर्वकालदेखि यस क्षेत्रमा लवाङ्गी पूजा गर्दै आएको चौधरीले बताए । देउताको बास भएको ठाउँमा बलि दिएर पूजा गरिन्छ, त्यो देउथान हो । यस क्षेत्रमा परापूर्वकालदेखि नै बलि दिएर पूजा गरिन्छ त्यसैले यो घोरीघोरा देउथान हो मन्दिर होइन ।  लवाङ्गी पूजाको अघिल्लो रात थारू गुरुवाहरूले ढाक बजाउने, धामी बस्ने गरेको घोडाघोडी नगर भल्मल्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीले जानकारी दिए । पूजाका दिन बिहान मन्दिरमा देउतालाई छाँकी (रक्सी), चढाई कुखुरा, सुँगुरलगायत पशुबलि दिने गरिन्छ । मुख्य गुरुवाले पूजा गरेपछि सहभागी भल्मन्साहरूले भोग दिने अनि त्यसपछि मात्र अन्य भक्तजनको पूजा तथा भोग दिने गरिन्छ ।  घोडाघोडी मन्दिरमा पूजा गरिसकेपछि आ–आफ्नो गाउँको मरुवामा पूजा गर्ने प्रचलन छ । पूजाका अवसरमा  घोडाघोडीमा थारू संस्कृति संरक्षणका लागि सांस्कृतिक कार्यक्रमको आयोजना पनि गरिएको छ । राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिसँगै थारू समुदायको वेशभूषा झल्काउने थारू समुदायको पुरानो बडका नाच, सखिया नाच, लाठी नाच, झुम्रा नाच, कठरिया नाच, दिन नचुवा नाच, धमार, माङ्गरलगायत प्रस्तुति भइरहेको अध्यक्ष चौधरीले जानकारी दिए । कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङलगायत स्थानबाट ठूलो सङ्ख्ययामा  भक्तजन यहाँ आउने गरेका छन् । रासस  

बर्दियामे फेनापति कैसिक स्थापना हुइल ?

बर्दियामे फेनापति कैसिक स्थापना हुइल ?

२८२ दिन अगाडि

|

१९ मंसिर २०८१

                                                                                                                                                                         तस्विरः निरन्जन चौधरी  मोहन थारू  राणा शासनके जमानासे पहिलेके बात हो, जौन समयमा बर्दियाके सदरमुकाम कुम्हर अड्डामे रहे, उ समयमा टप्पाके हिसाबसे सरकारी काम काज हुइट रहे । पुरुब रजहट, टब फेना, टब अगला बुढान, टब मँझरा, टब पछला बुढान, टब पटुवा, टब भौँरा, टब मल्हवारा टप्पा कहिके जानत रहे । मै टप्पा काके जोरेक चहनु कहलेसे हमरे साबिक गाउँ पँचायत मगरागाडी ओ धधवार  पँचायत सहितके फेना टप्पामा रहि ।  अब कहानि जोरे जाइतुँ, बिहानके समयमा सफेद कौवा, जेकर घरके छपरामा बैठके बोले टो समझलेई कि उ घरके पाला हो मुँ जैना । काहे कि रातके सफेद बघवा आके खाए । यी दैनिक चलति रहे । एकदिनके बाट हो । एकठो बुढाइल मनैया आके कहल, महिन बहुट भुख लागल बा, भात खाइक डेबो ?  उ घरके मनै कहनै कि आज हमार घरमा पाला परल बा, बघवाक सिकार होए पर्ना । उहे मारे हमरे खाना नाइ बनैले हुइ । हमरे सल्लाह करतट कि आज बघवाक सिकार के बने जाइ ?  टब बुढवा बोलल कि टुहरे भात बनाके महिन खाइक डेबो व मै टुहरनके सटहा बघवाक सिकार बनडेम । घरके मनै यी बाट सुनके खुश होके खाना बनैनै । भात खवैलै, अपने खैनै व रातके समयमा बुढवक् बिस्तरा असरहवामा लगा डेहनै । अपने भर घरके भिट्टर सुट्लेक भेष बनाके मोका डगर हेरे लगनै ।  जब आधा रात हुइल टो सफेद बघवा आइल व बुढवा किहिन व  खटिया किहिन सुँघके चलगिल । बुढवा किहिन बघवा नाई खाइल । उ घरेक मनै बिहान अर्जी करनै कि आज केका हमार घर और रहिजाव । बुढवा बाट मानल, उ रात फिर रहिगिल । रातके बघवा फे आइल, घुमके चलगिल  । यी बाट एक कान, दुइ कान मैदान होके फेना टप्पा भर फैलगिल । बुढवा किहिन कहे लगनै कि हमरन दैनिक सफेद बघवाक पालापर सिकार बने परठ । एकर कोनो उपाय बताओ । टब बुढवा कहठ, मोर बाट मनबो टो यी बघवा किहिन मनाइ सेकम । टब फेना टप्पा के किसान ,कोदरिहवा कमुइया सब मानेक तैयार हो गिनै । व, बुढवा कहल अनुसार फेनापतिके मरुवा बनैनै । अगहन पँचमीके ढाक बोजैनै । टब बुढवा एक जारी बागेश्वरी के सस्थापना करल,  जिहिन वारि बुची कहिके जानल जाइठ । व सँग सँगे पाँच पाण्डव छठ नारायणके स्थापना करल व प्रत्येक साल अगहन पँचमीके ढाक बोजाए पर्ना, प्रत्येक साल घरौरा १ पसेरी धान तिहाइ डेहे पर्ना शर्त मँजुर हुइल । उहे अनुसार चलल रहे । उहे दिनसे उज्जर बघवासे फेनापतिके जन्ता मुक्ति पैनै । उ बुढवक सन्तान अभिन बार्बर्दिया ७ रम्मापुरमा बाटै, जो राजी जातिसे चिन्ह जैठ । फेनापतिमा अभिनसम राजी गुरुवाके बान धुप फेनापति चढैठै । (नोटः यी बात बारबर्दिया ११ अकलघर्वा निवासि २०४२ सालमा जिउलाल थारु से पुछल रहुँ । उ समयमा वहाँके उमेर ११३ साल हुइनु कहले रहिट ।) 

लमहीमा ‘बरघर समावेशी मापन कचहरी’ सम्पन्न

लमहीमा ‘बरघर समावेशी मापन कचहरी’ सम्पन्न

२८५ दिन अगाडि

|

१६ मंसिर २०८१

थारु समुदायको परम्परागत प्रथा बरघर प्रणालीलाई अझ चलायमान बनाउन महिला र युवाहरुको सहभागिता बढाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । दाङदेउखुरी, लमही–५ स्थित थारु साहित्य संस्कृति प्रतिष्ठानद्वारा मंसिर १४ गते शुक्रवार लमहीमा आयोजित ‘बरघर समावेशी मापन कचहरी’ विषयक् कार्यक्रमका सहभागीहरुले सो कुरामा जोड दिएका हुन् । लमही नगरस्तरीय बरघरहरुको उक्त भेला कार्यक्रमको प्रमुख अतिथि गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदा चौधरीले बरघर प्रणालीमा महिला र युवाहरुको उपस्थिति हुन नसक्नु दुःखद भएको धारणा राखिन् । संविधानले महिलाहरुको अधिकार सुनिश्चित गरेकाले बरघर प्रणालीमा पनि महिलाको नेतृत्व आउन जरुरी रहेको बताउँदै बरघरको पुस्ता हस्तान्तरणका लागि युवाहरुको सहभागिता पनि उत्तिकै जरुरी रहेको उनको भनाइ थियो ।  पछिल्लो समयमा स्थानीय तहले बरघरलाई कानुनी मान्यता दिन  थालेसंगै गढवा गाउँपालिकाले पनि बरघर ऐन पारित गरिसकेको उपाध्यक्ष चौधरीले जानकारी दिइन् । उनले छिटै कार्यविधिसमेत बनाई बरघरहरुलाई अधिकार दिलाउन लागीपरेको बताइन् । उनले पालिकाको सहयोगमा थारु गुरुवा ढकेहेरहरुको बृत्तचित्र बनाइरहेको जानकारी दिदै बरघर प्रणालीसंगै जोडिएको गुरुवाहरुको संरक्षणमा समेत जोड दिन आग्रह गरिन् ।   थारु साहित्य संस्कृति प्रतिष्ठानका कार्यकारी निर्देशक डा कृष्णराज सर्वहारीले बरघर प्रणालीमा महिला र युवाहरुको उपस्थिति दयनीय भएको तथ्यांक प्रस्तुत गरे । बरघर प्रणालीमा महिला र युवाहरुको सहभागिता बढाउन युएसआइडीको सहयोत तथा द एसिया फाण्डेशनको सहकार्यमा प्रतिष्ठानबाट दाङको लमही, बाँकेको राप्ती सोनारी र बर्दियाको बारबर्दिया नगरपालिकाकामा नौ महिने परियोजना शुरु गरिएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक सर्वहारीले उक्त परियोजनाको प्रारम्भिक सर्वेक्षणमा लमही नगरपालिकामा ६० जना बरघर भए पनि एक जना महिला, राप्ती सोनारी गाउँपलिकामा ७८ जना बरघरमध्ये तीनजना तथा बारबर्दिया नगरपालिकामा १०४ जनामध्ये ६ जना महिला मात्र बरघर रहेको जानकारी दिए । यस्तै स्थानीय तहले बरघरलाई कानुनी मान्यता दिए पनि कार्यविधि बनाउन आलटाल गर्नाले कार्यान्वयनमा अझै पनि समस्या रहेको उनको भनाइ थियो ।  थारु कल्याणकारिणी सभा क्षेत्र नं १ देउखुरीका सभापति प्रकाश चौधरीले बरघरलाई कुनै सेवा सुविधा नभएकाले महिला र युवाहरुको यसमा चासो नरहेको धारणा राखे । उनले अर्को प्रसंगमा गुरुवाहरुले खानपीनमा चरित्र सुधार गर्न सके आस्था बढ्दै जाने बताए ।  लमही नगरपालिकाअन्तर्गत एकमात्र मूल बरघर रहेकी धनपुरुवा गाउँकी सीता चौधरीले भनिन्,‘म चिट्ठा हालेर गत वर्ष बरघरको जिम्मेवारीमा आएकी हुँ । तर, एक वर्ष कामको अनुभवले गाउँलेले अर्को वर्ष जिम्मेवारी दिए सहर्ष स्वीकार्न तयार छु ।’  लमही नगरपालिकाअन्तर्गत सोनपुर गाउँमा ३ वटा टोलको टोल बरघर तीनैजना महिला रहेको जानकारी उक्त गाउँका बरघर अमितकुमार चौधरीले जानकारी दिए । उनले भने,‘सोनपुर गाउँजस्तै अरु गाउँ पनि महिलालाई गाउँको नेतृत्व दिन उदार हुनुपर्छ ।’ बनकट्टा गाउँका बरघर नुमलाल आचार्यले आफूजस्ता गैरथारुहरु पनि बरघरको जिम्मेवारीमा आए बरघर प्रणालीलाई थप टेवा सक्ने बताए । थारु समुदायको कुनै पूजापाठ नछुटाएको उनले जानकारी दिए । लंगडी गाउँका बरघर कान्तु चौधरीले महिलालाई नेतृत्वमा अघि बढाउन पुरुष उदार हुनुपर्ने धारणा राखे ।  प्रतिष्ठानका अध्यक्ष छविलाल कोपिलाको अध्यक्षतामा भएको कार्यक्रममा थाकसका कानुनी सल्लाहकार हल्लुप्रसाद चौधरी, अनुसन्धानकर्ता उदय आले, प्रतिष्ठानका फिल्ड अधिकृत विमला चौधरी, सदस्य यम चौधरी लगायतले धारणा राखेका थिए । एक वर्ष सिक्दा सिक्दै समय जाने भएकाले बरघरको पदावधि २ वर्षदेखि ५ वर्षसम्म गराउनुपर्ने, बरघरको पारिश्रमिक तोकिनुपर्ने लमही नगरपालिकाले यथाशिघ्र बरघरबारे कार्यविधि पारित गर्नुपर्ने लगायत आवाज कार्यक्रमका सहभागी बरघरहरुले उठाएका थिए ।