तस्विरः दिनेश चौधरी
काठमाडौं उपत्यकामा बस्ने थारु समुदायले शुक्रवार नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हलमा गुरही÷गुरिया पर्व मनाएका छन् ।
अग्रासन महिला समुहलगायत विभिन्न दुई दर्जन थारु संघसंस्थाको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि थारु आयोगका अध्यक्ष विष्णु चौधरीले भने, ‘विगत केही वर्ष यता थारु महिलाहरु संगठित हुँदै गएकोमा खुशी लागेको छ । महिलाहरुले यसलाई पर्व संगसंगै अधिकार प्राप्तीको आन्दोलनको रुपमा पनि लिनुपर्छ ।’

थारु कल्याणकारिणी सभाकी केन्द्रिय सदस्य इन्दु थारुले गुरहीलगायत धेरै महत्वपूर्ण चाडवाडबारे अझै पनि राष्ट्रिय स्तरको पाठ्यक्रममा पढ्न नपाउनु विडम्वनापूर्ण अवस्था रहेको बताइन् । उनले निकै संघषैपछि कैलालीको क्याम्पस चोकको नामकरण गुरही चोक बनाउन सफल भएको बताइन् ।

कार्यक्रममा प्रेमा चौधरी, नेमसिंह थारु लगायतले राजधानी बसेर पनि गाउँघरको पर्व सामूहिक रुपमा काठमाडौमा मनाउन पाएकोमा खुशी व्यक्त गरे ।कार्यक्रममा विभिन्न थारु कलाकारले गीत, नृत्य प्रस्तुत गरेका थिए । गुरही पर्वले प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हल गुञ्जायमान भएको थियो ।

कार्यक्रमपछि कपडाका गुरही (गुडिया) बालिकाहरुले चौरमा सेलाएका थिए भने बालकहरुले सोंटा (कोर्रा)ले गुरही ठटाएका थिए ।
अग्रासन महिला समुहकी अध्यक्ष चम्पा चौधरीको सभापतित्वमा भएको कार्यक्रममा किरण चौधरीले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा हालै दशरथ रंगशालामा भएको काभा भलिबल प्रतियोगिता उपविजेतामा उत्कृष्ट प्रस्तुती दिएकी सरस्वती चौधरी, भुटानमा सम्पन्न काभा बिच भलिबल च्याम्पियनसिपमा स्वर्ण पदक विजेता मनिषा चौधरीलगायत महिला खेलाडीहरुलाई सम्मान प्रदान गरिएको थियो । त्यस्तै, राष्ट्रिय महिला ह्यान्डबलत्रय खेलाडी संगीता चौधरी, अदिति चौधरी र हिलिना रानालाई पनि सम्मान गरिएको थियो ।

थारु बाहुल्यता रहेको तराईका जिल्लाहरुमा धान रोपिसकेपछि गुरही पर्व मनाउने चलन रहेको छ । खेतीपातीमा कुनै किसिमको हानी नोक्सानी नहोस्, गाउँमा रोगबिरोग नफैलियोस् भनेर किसानहरु हरेक बर्षको साउनको अन्तिम वा भाद्रको शुरुवातमा गुरही÷गुरिया पर्व मनाउने गर्दछन् ।

यसैबीच आज शनिवार साउन २६ गते दिनको १ बजे प्रज्ञाको देवकोटा कक्षमा थारु साहित्यको रचना वाचन ठुम्रार साहित्यिक बखेरीको १०० औं भाग हुँदै गरेको समाचार छ ।
प्रकाशित:
७६३ दिन अगाडि
|
२६ साउन २०८१
१२ दिन अगाडि
|
१५ भदौ २०८३
१४ दिन अगाडि
|
१३ भदौ २०८३
१४ दिन अगाडि
|
१३ भदौ २०८३
२० दिन अगाडि
|
७ भदौ २०८३
२९ दिन अगाडि
|
२९ साउन २०८३
४० दिन अगाडि
|
१८ साउन २०८३
४२ दिन अगाडि
|
१६ साउन २०८३
१४३२ दिन अगाडि
|
२५ असोज २०७९
१४६७ दिन अगाडि
|
२१ भदौ २०७९
१४७६ दिन अगाडि
|
१२ भदौ २०७९
१४३१ दिन अगाडि
|
२६ असोज २०७९
१३८१ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३७ दिन अगाडि
|
२० असोज २०७९
१३६९ दिन अगाडि
|
२७ मंसिर २०७९