‘दुःख दर्दमे जिन्गी, बिटल बरस हजार’

‘दुःख दर्दमे जिन्गी, बिटल बरस हजार’

१२९२ दिन अगाडि

|

१ माघ २०७९

मुस्लिम समुदायः  मधेसीमा इन, आउट, इनः भैरहेको छ किन ? 

मुस्लिम समुदायः  मधेसीमा इन, आउट, इनः भैरहेको छ किन ? 

१२९९ दिन अगाडि

|

२४ पुष २०७९

मुस्लिम समुदाय मधेसी क्लस्टरमा नरहेको भन्दै आएको मुस्लिम आयोगले समुदायलाई मधेसी कोटामा नै आरक्षणलाई निरन्तरता दिन माग गरेको छ ।  मधेसी आयोगले मधेसमा रहेको जात जातिको क्लस्टर तयार गरी त्यसको प्रतिवेदन सरकारलाई बुझाएको थियो । सो क्लस्टरमा मुस्लिम र थारुलाई पनि मधेसी क्लस्टरमा राखिएको थियो । त्यसपछि मुस्लिम आयोग तथा थारु आयोगले ‘मुस्लिमहरू मधेसी होइनन्, उनीहरूको छुट्टै क्लस्टर र पहिचान रहेको’ भन्दै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी तथा त्यसका सदस्यहरूले सो निर्णयको व्यापक विरोध गरे ।  मुस्लिम आयोगका अध्यक्ष अन्सारीको त्यसबेला अभिव्यक्ति थियो– नेपालको संविधान २०७२ जारी हुनु पहिले कठिन सङ्घर्ष र धेरैको बलिदानपछि मुस्लिम र थारु समुदायले पाएको अधिकारमाथि हमलाको प्रयास गर्न खोज्नु सिङ्गो समुदाय र लोकतन्त्र  माथिको प्रहार हो । मधेस एउटा भूगोल हो, मुस्लिम र थारु समुदाय मधेसमा मात्र होइन, काठमाडौँ  तरार्इ ,पहाड र हिमालमा बसोबास छ । त्यसैले  सबैलाई एउटै बाकसमा राख्ने कोसिस गर्नु गलत हो । मधेसी आयोगले आफ्नो गल्ती स्वीकार गर्नुपर्छ ।’ ब्यापक विरोधपछि मधेसी आयोगले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयलाई मङ्सिर २१ गते पत्र पठाएर मुस्लिम तथा थारुलाई मधेसी समुदायको क्लस्टरबाट हटाइएको जानकारी दिएको थियो ।  मधेसी आयोगको निर्णयपछि मुस्लिम आयोगका अध्यक्ष अन्सारीले मुस्लिमको आफ्नो छुट्टै पहिचान र क्लस्टर रहे पनि अहिले कानुनको रूपमा विचाराधीन रहेको कारण मधेसी क्लस्टरमा नै रहेर सेवा सुविधा लिने प्रतिक्रिया दिएका थिए ।  तर मुस्लिमलाई मधेसी क्लस्टरबाट हटाएपछि मुस्लिम आयोगले पुनः गृह मन्त्रालयलाई पुस १९ मा पत्र लेखी मधेसीमै राख्न भनेको छ । सो पत्रको बेहोरा छ, ‘निजामती सेवा ऐन, २०४९ मा मधेसी समुदाय उल्लेख भएको छ । तत् समयको संवैधानिक व्यवस्था अनुसार नै मधेसमा बस्ने मुस्लिम समुदायलाई पनि मधेसीमा राखिएको छ । मधेसी व्यवस्थाअन्तर्गत नै मुस्लिम समेत भएको र सोही अनुसार नै मुस्लिम समुदायले लोकसेवामा प्रतिस्पर्धा गर्दै आएको छ । हालसम्म रही आएको यही निजामती सेवा ऐन, २०४९ को कानुनी व्यवस्थाअनुसार हाल मुस्लिम समुदायलाई मधेसी मुस्लिम भनी पहिलादेखि दिँदै आएको सिफारिस हाल नदिएकाले लोक सेवा आयोगमा प्रतिस्पर्धा गर्नबाट वञ्चित हुन परेको अवस्था देखिएकाले पहिलादेखि दिँदै आएको सिफारिसलाई निरन्तरता दिन गृह मन्त्रालय र संघीय मामिला प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने ।’ यसले मुस्लिम आयोगका कारण मुस्लिम कुन क्लस्टरमा बस्ने संकट देखिएको छ ।

थारू पोशाकसहित पौवा लगाएर शपथमा आए गंगाराम

थारू पोशाकसहित पौवा लगाएर शपथमा आए गंगाराम

१३१५ दिन अगाडि

|

७ पुष २०७९

दिपेश शाही  शिरमा रंगीचंगी टोपी, जीउमा कमिज, स्वेटर, कोट र सेतो धोती अनि खुट्टामा खराऊ । हातमा डायरी र कलमसँगै मोबाइल बोकेका गंगाराम चौधरी पृथक र आकर्षक देखिएका थिए । कैलाली–३ बाट निर्वाचित सांसद चौधरी बिहीबार पद तथा गोपनीयताको शपथ लिन नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रवेश गर्दा उनको पहिरनले धेरैको ध्यान तान्यो । शीर्ष नेता र प्रभावशाली सांसदको संसद भवन प्रवेशलाई पर्खिरहेका फोटो पत्रकारका लेन्स गंगारामको प्रवेशसँगै उनको पहिरनतर्फ सोझियो । थरीथरीका पहिरनमा सजिएर आएका नवनिर्वाचित सांसदहरूका पहिरन साँच्चिकै आकर्षक र विविधतायुक्त थिए । त्यसमा पनि पृथक थियो गंगारामको पहिरन । उनको पहिरनबारे सोधेको प्रश्न भुइँमा खस्न नपाउँदै गंगारामले छोटो जवाफ दिए, ‘हामी थारुहरूको पहिचान ।’ शपथ लिएर संसद भवनबाट बाहिरिएपछि उनले आफ्नो पहिरनबारे धेरैलाई बुझाउनुपर्‍यो । सांसददेखि सञ्चारकर्मीसम्म, सुरक्षाकर्मीदेखि कर्मचारीसम्म उनलाई घेरिरहेका हुन्थे । उनी सबैलाई त्यसबारे भन्थे, ‘यो थारुहरूको पहिचान हो । मैले माथि लगाएको टोपीलाई कटौती भनिन्छ । कोट, स्वेटर र सर्ट (कमिज) भइहाल्यो । यो सेतो धोतीलाई मर्दानी भनिन्छ । खुट्टामा लगाएको काठको पौवा हो । यो राम बनवास जाँदा पनि पहिरिएका थिए । नेपालीमा यसलाई खराऊ भनिन्छ । यो स्वास्थ्यका लागि पनि राम्रो हुन्छ ।’ उनले कटौती (टोपी), मर्दानी (सेतो धोती) र पौवा (खराऊ) का बारेमा थप व्याख्या गरिदिए । ‘यसलाई नेपालीमा टोपी भनेरै बुझ्दा हुन्छ । तर थारु भाषामा यसलाई कटौती भनिन्छ । यो महिलाहरूले लगाउने चोली र गुनियाँ (लेहेंगा) बनाउँदा काटेर बनेको हुन्छ । त्यसैले कटौती भनिन्छ । महिलाहरूले पनि लगाउँछन् । सेतो धोतीलाई हाम्रो भाषामा मर्दानी भनिन्छ । ठाउँ हेरी अरू नाम पनि हुन्छ’ उनी भन्दै गए, ‘पौवालाई नेपालीमा खराऊ भनिन्छ, जुन काठबाट बन्छ । लगाउँदा सहज पनि हुन्छ । स्वास्थ्यलाई पनि फाइदा हुन्छ । बलियो पनि हुन्छ ।’                                                                 गंगाराम चौधरीसहित नागरिक उन्मुक्तिका चार जना सांसद संसद भवनमा । विभिन्न समुदायका सांसदहरूको जस्तै गंगारामको पनि यो पहिरन लगाएर शपथ लिन आउनुमा आफ्नो संस्कृति र पहिचानलाई जीवन्त राख्ने चाहना नै थियो । उनको दल नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र अर्का सांसद अरुण चौधरीले पनि थारु समुदायकै पोशाक लगाएका थिए । तर सबैले सल्लाह गरेर भने लगाएका थिएनन् । ‘आ–आफै लगाएर आयौं । हेर्दा सल्लाह गरेजस्तो देखियो । तर संयोग मात्रै हो,’ उनले भने । ‘मेरो उद्देश्य आफ्नो पहिचान झल्काउनु पर्छ भन्ने हो । हाम्रो पार्टीको गठन नै पहिचानको मुद्दालाई संस्थागत गराउने उद्देश्यले भएको हो । संसदमा शपथ लिन आउँदा यसले आफ्नो पहिचानप्रति इमान्दार रहन प्रेरित गर्छ भन्ने लागेर पहिरिएर आएको हुँ,’ उनले अगाडि भने, ‘हाम्रा अन्य साथीहरूले पनि थारु पहिचान झल्काउने विभिन्न पहिरन लगाउनु भएको छ । अन्य पार्टीका सांसदले पनि लगाउनु भएको छ । यसले हाम्रो देश विविधतालाई देखाउँछ । राज्यले यसलाई स्वीकार गर्नुपर्छ ।’ भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा निर्वाचित सांसदहरूको शपथ लिन देशका विभिन्न क्षेत्रबाट काठमाडौं आइपुगेका सांसदहरूले आ-आफ्नो कला र संस्कृति झल्काउने पहिरन लगाएका थिए । आदिवासी जनजाति समुदायबाट प्रतिनिधित्व गर्ने सांसदहरू प्रायः यस्ता खालका सांस्कृतिक पहिरनमा सजिएर आएका थिए । सबैले पहिरिएका त्यस्ता पहिरनले मुलुकको सांस्कृतिक विविधता झल्काउँथ्यो नै आफ्नो पहिचानप्रतिको प्रेमलाई पनि प्रतिबिम्बित गरिरहेको थियो । अनलाइनखबरबाट

मधेसी क्लस्टरमा किन रहन चाहँदैनन् थारु र मुस्लिम ?

मधेसी क्लस्टरमा किन रहन चाहँदैनन् थारु र मुस्लिम ?

१३२२ दिन अगाडि

|

२९ मंसिर २०७९

एसके यादव मधेसी आयोगले मधेसी समुदायको सूचीमा मुस्लिम र थारु जातिलाई आफूमा समेटेको तथा व्यापक विरोधपछि अहिले हटाएकोबारे चौतर्फी चर्चा छ । आयोगका उपसचिव संविता डंगोलले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई गराएको जानकारीअनुसार मधेसी आयोगको ‘नेपालमा मधेसी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन २०७८’ उपसमूह १ थारु जाति र २ मुसलमान जातिलाई हटाउने निर्णय भएको हुनाले सो बमोजिम गरी दिन अनुरोध गरेकी छन् ।  मधेसी आयोगले तयार पारेको ‘नेपालमा मधेसी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन २०७८’ सरकारलाई गत साउनमा हस्तान्तर गरेको थियो । प्रतिवेदनमा १५१ जातिको सूची समावेश गरिएकोमा त्यसमध्ये थारु र मुस्लिम जातिको विषयमा विवाद उत्पन्न भएको थियो ।  आयोगले मधेसी जातको बारेमा अध्ययन गर्दा २०६५ माघ २१ गते मन्त्रिपरिषद्ले मधेसी जातिको बारेमा गरेको निर्णय जो कान्तिपुर दैनिकमा पहिलो पटक समाचारको रूपमा प्रकाशित भएको थियो, त्यसलाई आधार मानेको थियो । तत्कालीन मन्त्रीपरिषद्ले गरेको निर्णयमै थारु र मुस्लिमलाई मधेसी क्लस्टरमा राखिएको थियो । त्यसैलाई आधार मानी आयोगले सो जातिलाई आफ्नो प्रतिवेदनमा समावेश गरेको थियो ।  आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले प्रारम्भिक प्रतिवेदन तयार भएपछि थारु र मुस्लिम आयोगका पदाधिकारीहरूलाई बोलाएर यस विषयमा छलफल गर्दा त्यसबेला कसैले आपत्ति नजनाएको दाबी गरे ।  मिश्रले भने, ‘थारु र मुस्लिमलाई मधेसी क्लस्टरमा राखिएको बारेमा उहाँहरूलाई जानकारी गराएँ तर उहाँहरूले कुनै प्रतिक्रिया देखाउनु भएन, त्यसको प्रमाण हामीसँग सुरक्षित छ ।’ त्यति मात्र होइन, थारु तथा मुस्लिमका अन्य विज्ञहरू, राजनीतिक दलका नेता, अधिकारकर्मीहरूसँग पटक पटक त्यस विषयमा छलफल गरिएको छ । तर छलफलको क्रममा कसैको कुनै आपत्ति भएन । प्रतिवेदन तयार भइसकेपछि मुस्लिम आयोग र थारु आयोगसहित अन्य आयोगहरूलाई पनि पठाइयो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई पनि हस्तान्तरण गरियो । त्यतिबेलासम्म कसैको कुनै आपत्ति थिएन । जब राष्ट्रपति विद्यादेवी भण्डारीलाई वार्षिक प्रतिवेदनमा मधेसीको जातीय सूची समावेश गरेर बुझाइयो अनि सबैतिरबाट त्यसको विरोध भएको अध्यक्ष दत्तले बताए ।  मुस्लिम तथा थारु समुदायका विभिन्न संघ संस्थाबाट विज्ञप्ति नै जारी गरी दबाब नै आउन थाल्यो । आयोगमा आएर ज्ञापनपत्र नै बुझायो । त्यसपछि बाध्य भएर मधेसी सूचीबाट मुस्लिम र थारुलाई हटाइएको आयोगका अध्यक्ष दत्तले बताए । तर अहिले मुस्लिम र थारु जातिलाई मधेसी सूचीबाट हटाएपछि ती जातिका विभिन्न अगुवाहरूले फोन गरेर आपत्ति जनाइरहेको बताए । उनले भने, ‘हिजोदेखि विभिन्न जिल्लाबाट सयौंं जना मुस्लिम तथा थारु जातिको फोन आएको छ, उनीहरू आफू मधेसी क्लस्टरमै बस्न चाहेको भनिरहेका छन् । उनीहरू चाँडै काठमाडौं आएर ज्ञापनपत्र पनि बुझाउने तयारी गरिरहेका छन् ।’ उता थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले आफूहरू मधेसी सूचीमा बस्न नचाहेको पटक पटक भन्दा पनि मधेसी आयोगले सूचीमा राखेको दाबी गरे । उनले भने, ‘मधेसी आयोगले हामीलाई बोलाएर छलफल गर्दा विभिन्न आधारहरू देखाएर हामीले मधेसी क्लस्टरमा बस्न चाहन्नौ, थारुलाई मधेसीमा नराख्न आग्रह गर्‍यौँ, तैपनि उनीहरूले मधेसी सूचीमा जबर्जस्ती राखे ।’ थारु छुट्टै क्लस्टर हो भनी कानुनमा पनि छ । थारुलाई छुट्टै आरक्षण दिन सुरु गरिएको छ । निर्वाचन आयोगदेखि लिएर विभिन्न छात्रवृत्तिमा पनि थारुलाई छुट्टै क्लस्टरको रूपमा राखिएको छ । प्रदेश निजामती ऐनमा पनि थारुलाई छुट्टै क्लस्टरको रूपमा राखिएको छ । यति हुँदा हुँदै थारुलाई किन मधेसी क्लस्टरमा राखियो ? थारूको आफ्नै पहिचान र क्लस्टर रहेको कारण आफूहरू त्यहाँ बस्न नचाहेको उनले जिकिर गरे । २०४९ सालमा आदिवासी जनजाति क्लस्टरमा थारुलाई राखिएको थियो । पछि मधेश आन्दोलन हुँदा २०६५ मा थारुलाई मधेसी क्लस्टरमा पनि राखियो । उता आदिवासी जनजाति क्लस्टरमा पनि कायमै रह्यो ।  २०६५ मा मधेसी सूचीमा थारुलाई राखेको कारण थारु समुदायबाट ठूलो आन्दोलन भएको थियो । आफूहरू मधेसी होइनौँ भनी काठमाडौँदेखि विभिन्न ठाउँमा आन्दोलन भएको थियो । त्यही आन्दोलनपछि सरकार र थारु कल्याणकारिणी सभाबीच भएको सम्झौताका आधारमा २०७२ सालमा थारुलाई छुट्टै क्लस्टरको व्यवस्था गरिएको आयोगका अध्यक्ष चौधरीले बताए ।  अहिले पनि आदिवासी जनजातिको सूचीमा थारुलाई राखिएको छ, अब विस्तारै आफूहरुले थारूको छुट्टै सूची तयार गरी आफ्नै पहिचानको आधारमा क्लस्टर कायम गर्ने उनले बताए ।  उता मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मधेसी आयोगले मुस्लिमलाई जवरजस्ती मधेसी सूचीमा राखेको प्रतिक्रिया दिए । नेपालको संविधान २०७२ जारी हुनुभन्दा अगाडि धेरै कठिन संघर्ष र धेरैको बलिदानपछि मुस्लिम र थारु समुदायले पाएको अधिकारमाथि हमलाको प्रयास गर्न खोज्नु सिंगो समुदाय र लोकतन्त्रमाथिको प्रहार रहेको उनको बुझाइ छ ।  उनले भने, ‘मधेश एउटा भूगोल हो, मुस्लिम र थारु समुदाय मधेशमा मात्र होइन, तराई, पहाड र हिमालमा समेत बसोबास छ, त्यस कारण सबैलाई एउटै बाकसमा राख्ने कोशिस गर्नु गलत हो ।’ मुस्लिम समुदायको आफ्नै छुट्टै भाषा, पहिचान छ, उसको आफ्नै छुट्टै क्लस्टर छ, त्यसैले मधेसी सूचीमा  राख्न कुनै आवश्यकता नरहेको उनले बताए ।  नेपालको कानुनले नै मुस्लिम अलग क्लस्टर हो, यसका लागि छुट्टै आरक्षणको व्यवस्था गरेको छ, यी सबै आधार हुँदा हुँदै मधेसी आयोगले मुस्लिमलाई जवर्जस्ती आफ्नो सूचीमा राखेको तर अहिले आएर त्यसलाई सच्याउन बाध्य भएको उनले बताए । 

को थिए महागुरु फाल्गुनन्द ?

को थिए महागुरु फाल्गुनन्द ?

१३५७ दिन अगाडि

|

२५ कात्तिक २०७९

चन्द्रकुमार सेर्मा हामी विश्वास गर्छौं- जब जब पाप बढ्छ, तब तब पापको नाश र धर्मको उत्थान गर्न यस धरतीमा अवतारहरूको अवतरण हुने गर्छ । किरात जनजातीय कुलवंशमा पापको भण्डार हटाउन ज्ञानको भण्डार लिई १९४२ कात्तिक २५ आइतबार महागुरु फाल्गुनन्दको जन्मावतरण भयो । महागुरु फाल्गुनन्दको जन्म पूर्वी नेपालको इलामस्थित इभाङ चुक्चिनाम्बामा भएको थियो, जुन अहिले माङसेबुङ गाउँपालिकामा पर्छ । बुबा जगनबाज र आमा हंसमती बेघाको साइँलो सन्तानका रूपमा जन्मेका महागुरु फाल्गुनन्दको सुरुआतको नाम नरधोज लिङ्देन थियो । उहाँको जन्मलगत्तै स्तनमा खटिरा निस्की आमाको परलोक भएकाले उहाँले काली बाख्राको दूध खाएर हुर्कनुपर्‍यो । बालककालमा रक्षाबन्धनका लागि उहाँको हातमा परिवारले फलामको चुरा लगाइदिएको थियो । फलाम लाउने बालकलाई ‘फलामे’ भनी बोलाउन थाले । अनि फलामेबाट फलाम सिंह हुँदै उहाँ अन्ततः फाल्गुनन्दका रूपमा प्रख्यात हुनुभयो । उहाँ एकचोटि माईपारि गाईगोठमा बुबाका लागि चामल पुर्‍याउन जानुभएको थियो । चामलभित्र मासु लुकाइएको रहेछ, त्यही कारण उहाँ बिमारी हुनुभयो । बुबाले गोठबाट बोकेर घरमा ल्याइपुर्‍याएपछि धामीझाँक्री लगाइयो । तर उहाँलाई निको भएन । दैवसंयोग, एउटा मध्यरातमा बिमारी बालक जुरुक्क उठेर रातारात गायब हुनुभयो । दिव्यपुरुषले हातको इसाराले बोलाई लगेको भन्ने थाहा नपाएका गाउँलेहरू खोज्दै जाँदा भोलिपल्ट बिहान मात्र उहाँ इलामको देवमाई–मेक्वामाई–माई अर्थात् तीन माईखोलाको दोभान जितपुरको खत्रक्पा फुल्लुङ्गीमा भेटिनुभयो । उहाँले गाउँलेहरूलाई आफूले रातभरि ईश्वरीय मिलन र आत्मज्ञान, परमात्माज्ञान पाएको; परमेश्वर तागेरानिङवाभूमाङको दर्शन पाई आत्मसाक्षात्कार मिलेको सुनाउनुभयो । यस्तो दैविक वर्णन सुनी गाउँलेहरू उहाँ भविष्यमा महाऋषि मुहिगुमअङसिमाङ हुने अडकल गरे । उहाँ बाल्यकालदेखि नै जाँड, रक्सी, माछामासु नखाई शुद्ध शाकाहारी हुनुभयो; जप, तप, ध्यान गर्न वनजंगल जाने गर्नुहुन्थ्यो; एकान्तपन मन पराउनुहुन्थ्यो; गोठालो जाँदा पनि यही क्रमले पटकपटक ईश्वर माङसँग आत्मसाक्षात्कार गर्न पाउनुभएको थियो । यस धरतीमा आफ्नो अवतरणको रहस्यबारे उहाँको देववाणी छ, ‘किरात सावायेहाङसाहरूले शासन चलाउन नीति कर्म, धर्म गर्न नजान्दा सबै ज्ञानगुण परमात्मा परमेश्वरको मनमस्तिष्कबाट फुत्त निस्केर गएकोले; धर्मदर्शन, ज्ञानदर्शन, राजनीतिक दर्शन, सारा मुन्धुम हराई जनशक्ति, राजशक्ति, देवशक्ति, धनशक्ति विलय भएकाले तिमीहरूलाई मुक्ति दिन, मोक्ष गराउन तागेरानिङवाभूमाङको आज्ञाले मेरो जन्मावतरण भएको हो । मैले देखाएको मार्ग अवलम्बन गर्दै पापकर्म र बलिपूजा त्यागी; जाँडरक्सी, माछामासु खान छोडी; कुकर्म, कुधर्म, कुसंस्कार, कुरीति, कुथिति, कुनीति छोडेर सत्य कर्म, सत्य धर्म, सत्य व्यवहार, सत्य कारोबार गरी दाम, काम, नाम कमाएर एकताबद्ध भई अघि बढ्नू, राजसिद्धि र देवसिद्धि प्राप्त गर्नेछौ ।’ यही क्रममा उहाँले १९८८ वैशाख २४ गते पाँचथरको लोब्रेमा बृहत् धर्मसभा गरी सत्यधर्म मुचुल्का लिखित नेपालको पहिलो धर्मसभा गराउनुभयो । यस्ता गतिविधिमा लाग्नाले उहाँलाई एक पटक राजद्रोही, देशद्रोही आरोप पनि लगाइयो । तर उहाँले सत्यको कुरा गर्न छोड्नुभएन । सत्यको कुरा गरिरहने हुनाले उहाँ ‘सत्यहाङमा’ भनी सुपरिचित हुनुभयो । एक चोटि उहाँ माइला दाजु राजवत्तलाई पल्टनमा भेट्न जानुभएको थियो । अचानक उतै बेलायती भारतीय पल्टनमा भर्ना हुनुभयो । ध्यानी हवल्दार भई सात वर्षपछि पल्टन परित्याग गर्नुभयो र नेपाल फर्की आफूले सोचेका कामहरू भकाभक गर्न थाल्नुभयो । किरात भाषा, किरात लिपि, किरात संस्कार, किरात मुन्धुम र किरात धर्म गरी पाँच विषय उत्थानको अभियानमा उहाँ लाग्नुभयो । यही क्रममा पचास–साठी साम्जिक मुन्धुम प्रतिपादन, सातसात गोटा माङहिम मन्दिर स्थापना गर्नुभयो । जन्मभूमि चुक्चिनाम्बा, ज्ञानभूमि फुल्लुङ्गी, कर्मभूमि लोब्रे सिर्लौटी, तीर्थभूमि कुम्भकर्ण फक्ताङलुङमा निकै काम गर्नुभयो । यही योगदानका लागि महागुरु फाल्गुनन्दलाई २०६६ मंसिर १६ गते सोह्रौं राष्ट्रिय विभूति घोषणा गरियो । २०७४ मंसिर ३ गतेदेखि उहाँको जन्मदिनमा सार्वजनिक बिदा दिन थालियो । अहिले उहाँकै नाममा १५० गोटा मठमन्दिर सञ्चालित छन्, ४०–५० प्रतिमाहरू स्थापित भएका छन्, २०–२२ राष्ट्रमा किरात धर्म संघ–संगठन खोलिएका छन् । दुईदुई पटक किरातधर्म अन्तर्राष्ट्रिय महासम्मेलन भइसकेको छ । यसरी किरात धर्मलाई हिन्दु र बुद्ध धर्मपछि तृतीय दर्जामा स्थापित गराउने महागुरु फाल्गुनन्दको १३८ औं जन्मजयन्ती कात्तिक २५ गतेलाई विश्वशान्ति र मानव एकता दिवसका रूपमा मनाऔं । जलशान्ति, थलशान्ति, आकाशशान्ति, वायुशान्ति, अग्निशान्ति, विश्वशान्ति, ब्रह्माण्डशान्ति, मानवशान्तिका लागि म परमात्मा परमेश्वर तागेरानिङवाभूमाङसँग प्रार्थना गर्छु । कान्तिपुरबाट शेर्मा मुन्धुमविद् हुन् ।

थारू पर्वः समाचकेवाको विविध आयाम

थारू पर्वः समाचकेवाको विविध आयाम

१३५८ दिन अगाडि

|

२३ कात्तिक २०७९

                                                                                                                                           तस्विरः सरला चौधरी समाचकेवा थारू समाजको एक विशिष्ट साँस्कृतिक विम्ब दर्शाउने पर्व मानिन्छ । कार्तिक पूर्णिमाको दिन समाचकेवा समापन हुने र दिदीवहिनीहरुले आ–आफ्ना दाजुभाईलाई आशिष दिई भातृप्रेम सम्झाउने गरिन्छ । आशिष दिने गीत यसरी गाइन्छः अरही वोन के खरही कटाबल बृन्दा वोन बिट बाँस हे, ओही बाँस के कोरो छपायल बाँन्हलक बंगला चौपाल हे, ओही बंगला में सुते गेलै... भइया, ओही बंगला में सुते गेलै कनिया भौजी शिरी शिरी लागैछै वतास हे, उठाबे गेलै...बहिनो उठू भौजी भइलै परात हे, येहेन ननदो कतहूँ न देखलौ आधि आधि राती कहे परात हे, आजु हय मोर कातिक मास, समा खेले गेलै घनश्याम हे । यस लेखमा समाचकेवाको ज्ञान, सामाजिक–साँस्कृतिक तथा राजनीतिक विषयमा चर्चा  गरिन्छ । सामाजिक–साँस्कृतिक पक्ष अनुसन्धाता टम रोबर्टसनका अनुसार थारू जंगल नजिक बस्ने जाति हुन् । समाचकेवा पनि बृन्दावन नजिकको मानव बस्तीको साँस्कृतिसंग सम्बन्ध राख्दछ । कृष्णको छोरा शाम्ब र छोरी श्यामा समाचकेवाको मूल चरित्र हुन् । यो पर्व कार्तिक शुक्ल पक्षमा मनाउने चलन छ । कथाअनुसार कृष्णकी छोरी श्यामा आफ्ना संगीहरुसंग वन विचरण गर्ने र घरको काममा सघाउने गर्थिन् । उनको चक्रबात भन्ने केटोसंग प्रेम सम्बन्ध हुन्छ । उनीहरुको प्रेम सम्बन्धमा फाटो ल्याउन चुगला भन्ने पात्र हुन्छ । चुगला गाउँमा अशान्ति रुचाउने पात्र हो । चुगलाले छोरी श्यामा चक्रबातसंग अनैतिक सम्बन्धमा रहेको कृष्णको कानमा भरिदिन्छ । यसले कृष्णलाई विक्षिप्त बनाउँछ । अन्ततः कृष्ण छोरी श्यामालाई मानव जुनी नफापेको भनी उनलाई पंक्षीको रुपमा चकेवा बन्नु भनी श्राप दिन्छन् । त्यस दिनदेखि श्यामा चकेवा भएर तलाउमा जीवन विताउन थाल्छिन् । उता चक्रबात पनि प्रेम सफल बनाउन भगवान्को तपस्या गरी चकेवा बन्ने संकल्प लिन्छन् । अन्ततः उनी पनि चकेवा बन्छन् । यसरी दुइटै फेरि प्रेम सम्बन्धमा रहन पुग्छन् । बहिनीको सो दुःख देख्न नसकी शाम्ब बुवा कृष्णलाई खुशी पार्न भक्तिमार्ग अपनाउँछन् । भक्तिको वलमा एकदिन शाम्ब कृष्णलाई खुशी पार्न सफल हुन्छन् । सोही समय बुवा कृष्णलाई बहिनी श्यामा चक्रबातसंग चोखो प्रेममा रहेकोले उनीहरुलाई फेरि मानव जुनीमा फर्काउन कर गर्छन् । छोराको अनुरोधमा कृष्ण ती चकेवा बनेका चक्रबात र श्यामा दुबैलाई मानव जुनी प्रदान गर्दै संगै जीवन जिउन विवाह सम्बन्धमा गाँसिदिए । यसरी वहिनीलाई उद्धार गरी भाइले स्मरणीय योगदान गरेको कारण भाइप्रेमको रुपमा समाचकेवा पर्व वर्षेनी कार्तिक पूर्णिमासम्म मनाइने चलन छ । उपरोक्त कथामा दर्शाइएअनुसार मानव समाज शान्तिको खोजीमा रहने गर्छ । शान्तिको अवस्थामा मात्र समाज प्रगति उन्मुख हुने भए पनि चुगला जस्ता पात्र हरेक समाजमा अशान्ति ल्याउन प्रयत्नशील रहन्छन् । त्यसैले समाचकेवामा चुगलालाई उनीहरुसंगै सम्मानपूर्वक पानीमा सेलाउने चलन छैन । बरु जुंगामा आगो लगाइ अपमानसहित खेततिर हुत्याउने गरिन्छ । यसरी चुगलाहरु अपमानित जीवन बाँच्न बाध्य हुन्छन् भन्ने सन्देश दिन खोजिएको छ । साँस्कृतिक पक्षमा कुकुर, भमरा, नर्तकी, नाह खेवैया, मृदगिंयाँ आदि सामाजिक अवयव प्रदर्शित गर्छन् । यसले समाज प्रकृतिमैत्री हुनुपर्ने ज्ञान दिन्छ । ज्ञान पक्ष ज्ञान पक्ष समाचकेवाको महत्वपूर्ण ठानिन्छ । योसंग सम्बन्धित ज्ञान भनेको भक्ति हो । अर्थात् भक्ति मार्गमार्फत् समेत भगवान खुशी हुने सत्य स्थापित गर्छ । शाम्बले भक्ति मार्गमार्फत् बाबा कृष्णलाई खुशी बनाएको र श्यामालाई श्राप दिएर चकेवा बन्न लगाएको कृष्णको श्राप फिर्ता लिन बाध्य बनाएको उदाहरण प्रस्तुत गर्दै मानव जीवनमा भक्तिको महत्व छ भनी प्रमाणित गरेको छ । पूर्खाको उक्त ज्ञान आज पनि उत्तिकै महत्वका साथ स्वीकार गरिएको छ भन्दा अतिश्योक्ति नहोला । राजनीतिक पक्ष समाचकेवाको राजनीतिक पक्ष चाखलाग्दो छ । समाजमा राम्रो र नराम्रो दुइटै गतिशील भई काम गरिरहेको सन्देश दिएर द्वन्द्वात्मक संघर्ष स्वीकार गरेको छ । चुगला नराम्रो पक्षको विम्ब हो भने शाम्ब राम्रो पक्षको तर राम्रो पक्षको सम्मानित स्थान अन्त्यतिर मात्र प्राप्त हुने भएकोले उनीहरुबिच संघर्ष चलिरहन्छ । अर्को पक्ष विश्लेषण गर्दा समाचकेवा गीति कथाको रुपमा पनि बुझिएको छ । यसमा एउटा गीतमा बहिनीलाई भाइले सान्त्वना दिदै भन्छ– भाई– बाबा के सम्पतिया हे बहिना आधा दाइये देबौ फाँट । बहिनी– हम परगोतनी हे भइया मोटरिए के री आस । अर्थात् पैत्रिक सम्पतिमा वहिनीको आधा हक लाग्ने कुरा भाइले गरेको सुनेर बहिनीले म त अर्काको घर जाने मान्छे हुने भएकोले एउटा पोका भए नि पुग्ने जवाफ फर्काउँछे । सारमा समाजवादी चिन्तन समाचकेवामा देखिने गरेको र मानिस सद्भाव, प्रेमको भोका हुने गरेको सन्देश दिन्छ । भाइबहिनी बिचको सद्भाव प्रदर्शन गर्ने यो पर्वमा कृष्णजस्तो विवेकी अभिभावक पनि कहिलेकाहीँ भ्रममा परी आवेग प्रदर्शन गरेको देखिन्छ । तर समयको एउटा मोडमा आएर फेरि सम्हालिन पुग्दा समाज शान्ति उन्मुख भई प्रगति गर्छ । हाम्रा पूर्खाहरुले इतिहासको त्यो समयमा नै उदारवादी चिन्तन बोकेको पनि समाचकेवाले सन्देश प्रवाह गरेको छ । चक्रबात र श्यामाको पवित्र प्रेम सम्बन्ध अन्ततः विवाहमा परिणत भई समाजको वस्तुगत अवस्थाको चित्रण गर्दै आएको बुझ्न सकिन्छ । छुवाछुत अथवा जातपातको ज्ञान गौण बनाउने समाचकेवा प्रेमले मान्छे बाँच्ने गरेको तथ्य सप्रमाण पेश गर्छ । अन्त्यमा,समाचकेवा भव्यताका साथ मनाउनुको अर्थ विशिष्ट ज्ञान जोगाउनु हो । समाजमा सद्भाव र प्रेमले मानिस बाँच्न सकिने एक महत्वपूर्ण आधार स्वीकार गर्न समाचकेवाले सघाउँछ । दोश्रो महत्वपूर्ण विषय राजनीतिक हो, जहाँ हामी जन्मजात नै समाजवादी हौं भन्ने दावी गर्छ । समाजवादको ज्ञान आज नयाँ मिमांशीय विधि र प्रक्रियाअनुसार दिन खोजेको देखिए पनि समाचकेवाले समाजवादको आधार सद्भाव र प्रेम हुने बोध गराएको छ । यसले मात्र आर्थिक वितरण समानताको आधारमा हुने प्रस्ताव गर्छ । यस अर्थमा समाजवाद हाम्रो लागि अनिवार्य ठहर भइ समाज गतिशील बन्न यही व्यवस्था नै लागु गर्न सक्ने हो भने शान्ति र समृद्धि प्राप्त गर्न सकिन्छ । समाचकेवा मनाउनुको अर्को महत्वपूर्ण पक्ष संस्कृतिको संरक्षण पनि हो । पहिचानजन्य राजनीतिलाई टेवा प्रदान गर्न र यसैको जगमा मजबूत लोकतन्त्रको अभ्यास गर्न समाचकेवाको योगदान रहन्छ । उदार पूँजीवादी लोकतन्त्र उपर उठ्ने प्रश्नहरुमध्ये सामूहिक अधिकार मुख्य ठहर्छ । आज लोकतन्त्रप्रति उठ्ने विविध प्रश्न साँस्कृतिक सापेक्षतावादको जगमा हल गर्न सकिने ज्ञान समाचकेवा पर्वले प्रदान गर्न सक्छ भन्ने दावी हो । यसलाई औपचारिकतामा सीमित गर्दै गर्दा अब त्यो भन्दा पर पूर्खाको ज्ञान र मिमांशामार्फत् विकास गर्दै लान जरुरी भइसक्यो । त्यसैले, पूर्खाको विरासतमा गर्व गर्दै त्यसलाई जोगाउनु भनेको आँखामा आँखा जुधाएर प्रश्न गर्नु हो । आफ्नो शिर उचो बनाउनु हो ।