‘मेरो रेकर्डमा थारू गुरुवाका मन्त्रहरू ५० वटा जति चक्कामा छ’

‘मेरो रेकर्डमा थारू गुरुवाका मन्त्रहरू ५० वटा जति चक्कामा छ’

९०२ दिन अगाडि

|

११ चैत २०७९

ककौरा थारु गाउँको होलीमा बर्षौँपछि सामेल हुँदा

ककौरा थारु गाउँको होलीमा बर्षौँपछि सामेल हुँदा

९१९ दिन अगाडि

|

२४ फागुन २०७९

सागर गैरे मङगरा थारु मच्घराने घरका हुन  । उनी कैयौं बर्षदेखि ककौराका चौकिदार रहेका छन । हिजो होलीको दिन उनी गाउँले महिलाहरु सँगै डफ बजाउदै गाउँको पश्चिममा  तालछेउमा रहेको जगन्नाथी थानमा आए । महिलाहरुले पहिले  थानमा पुजा गरे ।  थानमा घोडा आकारका मूर्ति थिए । मूर्तिलाई  बह्रनी चढाए,  दुधपानीले छिटा हाले र  चामल छर्किए  ।   त्यसपछि चौकिदारलाई पानीले नुहाईदिए । गाउँभरिकाले अन्दाजी एक किलोको दरले साथमा चामल ल्याएका थिए ।  ककौरामा २६० किसानका घर छन  । हरेक घरबाट कम्तिमा एकजना  पुजामा सामेल थिए ।  हेर्दाहेर्दै चामलको थुप्रो भयो । कार्यक्रम सकिएपछि चौकिदारले संकलित चामल बोरामा हाले ।   पुजा गरेर  सबै महिलाहरु चौकिदारको घर गए ।  उनीहरुले  खानपिन गरे ।  कसैले जाँड रक्सी खाए, कसैले चिया सर्वत खाए । त्यसपछि उनीहरु बरघरकहाँ गए । बरघर रामप्रसाद थारु रहेछन् । उनी कलिला थिए । दुई चार बर्षअघि  आर्मीबाट रिटायर्ड भएका रहेछन् । महिलाहरुले उनको शरिरमा बुकुवा लगाईदिए । सबैले  टीका लगाईदिए । त्यहाँ पनि खानपिन भयो ।   उनीहरु गाउँकै छोटकी बरघरको घर गए । त्यहाँ  पनि त्यस्तै भयो ।  छोटकी बरघर लिला थारु कोठियाने घरका रहेछन् ।  ककौरा छोडेको बर्षौँपछि ककौरा थारु गाउँको होलीमा सामेल हुने संयोग जुरयो यस पटक ।                                                                                                           होलीको  शुभकामना साट्दै लेखक सागर गैरे ।

पूर्व कमलरी विष्णुको ती विवश दिन...

पूर्व कमलरी विष्णुको ती विवश दिन...

९३० दिन अगाडि

|

१३ फागुन २०७९

म पूर्व कमलरी विष्णु थारु ।  तर अहिले विष्णी थारु भनेर चिनिन्छु । म कमैया महिला जागरण समाजकी अध्यक्ष । मेरो बुवा लक्ष्मण थारु कमैया थिए । कमैया भनेको जमिनदारको घरबारीमा अर्धदासको रूपमा काम गर्ने व्यक्ति । कमैयाले मालिकको खेतबारीमा काम गरेबापत चौकुरबटैया (कुल उब्जनीबाट चार भागको एक भाग) पाउँथे । एउटै मालिकले थुप्रै कमैया राखेका हुन्थे, ती सबैले त्यही एक भागलाई बाँड्नुपथ्र्यो, त्यसले एक महिना खान पुग्दैनथ्यो ।  कमैया मुक्त हुनुअघि (२०५७ साउन २)सम्म कमैयाका स्वास्नी बुकरही हुन्थे । कमैयाकी स्वास्नी भएकै नाताले ऊ आफ्नो लोग्नेले काम गर्ने मालिकको घरमा अर्धदास हुन पुग्थी । गोठ, भान्सा, जुठोभाँडो, लिपपोत, बढारकुँडारदेखि खेतबारीको काम भ्याउनुपथ्र्यो । तर बुकरहीलाई कुनै ज्याला वा अन्नको भाग आउँदैनथ्यो ।  बा कमैया भएपछि मेरी आमा मनबुझाउनी थारु सिधै बुकरही भइगइन् । नामै मनबुझाउनी हजुर । यस नामको अर्थ ? मलाई नै थाहा छैन, उसो त मलाई मेरो नामको अर्थ पनि थाहा छैन– विषनी थारु । के अर्थ होला र ? उसै पनि कमैयाका लोग्नेस्वास्नी र छोराछोरीको यो राज्य र समाजमा के मूल्य छ र ! हेर्नुस् न, देश एउटै हो, दमन र दुर्दशा फरक ! व्यवस्था एउटै हो, व्यथा बेग्लै ! बाआमाका नौ सन्तानमध्ये माहिली म । २०३५ सालको जन्म हो, यतिखेर जीवनका ४४औँ वसन्तमा हिँड्दै छु ।  मेरै अगाडि देशमा दुईवटा व्यवस्था फेरिए । अरुलाई बहुदल आउँदा म कमलरी थिएँ । १६ वर्षको उमेरमा कमैयासँग विवाह भयो र बुकरही भएँ । बहुदल आएपछि कमैयालाई मुक्त गरियो, म बुकरही रहिनँ, पुनः कमलरी हुन पुगेँ । अरु गणतन्त्र ल्याउन लडिरहँदा हामी कमलरी मुक्तिका लागि लडिरहेका थियौँ । कमलरी भनेको ? यति छिटै बिर्सिसक्नु भयो र ! हुन त, मुक्त घोषणा गरेकै आठ वर्ष नाघ्यो क्यारे । अँ, कमैयाका श्रीमती बुकरही भएजस्तै कमैयाका सन्तान सिधै कमलर र कमलरी भइहाल्थे । कमैयाको श्रमको कुनै मूल्य थिएन । मालिकले दिएका फाटेका कपडा र दुई छाक खानामा खटिनुपथ्र्यो । खाना पनि आफ्नो भाग पाउने हो र ? मालिकको भान्सामा हामीले सबै तयार गरेर चुलोमा बसालिदिएपछि छुन पाइँदैनथ्यो । मालिकका जहान–परिवारले खाइसकेपछि उभ्रियो भने मात्रै खाने हो । त्यसपछि भान्सा, भाँडाकुँडाको सरसफाइ गर्दा रातको १२–१ बज्थ्यो ।  हेर्नुस् न, देश एउटै हो, दमन र दुर्दशा फरक ! व्यवस्था एउटै हो, व्यथा बेग्लै ! गणतन्त्रले कमलरीलाई मुक्त गर्‍यो । ०५७ सालमै कमैयालाई मुक्त गर्दा पुरुषको टाउको गनेर पुनर्स्थापना गर्ने भनिएको थियो । हामी बुकरही बिनाज्याला मालिकको दास भएको क्षतिपूर्ति के ?  कसरी र कहिलेदेखि कमैया भए भन्नुहोला । उत्पीडितहरू अन्याय र विभेदमा परेको थाहै नपाएजस्तो गर्नु सरकारको चरित्र नै हुन्छ क्यारे !  मेरी आमा बिहानै उठेर जमिनदारको घरमा काम गर्न पुग्थिन् । घरमा सानी बहिनी भोकाएर रुन्थी । आमाको दूध चुसाउन बहिनीलाई बोकेर म मालिकको घरमा जान्थेँ । आमाले बहिनीलाई दूध चुसाउँदासम्म मैले आमाको काम गरिदिन्थेँ । यसरी काम सिक्दै थिएँ, जब ठूली भएँ, मलाई मालिकले कमलरी राखे ।  १६ वर्षको उमेरमा अर्का कमैयासँग मेरो बिहे भयो, अनि म बुकरही भएँ । बुकरहीको अर्थ ? कमैयाहरू मालिकको घरछेउ मालिककै जग्गामा बनाइएको बुकुरो (झुपडी)मा बस्थे । बुकुरोमा बस्नेलाई नै बुकरही भनिने हो ।  कसरी र कहिलेदेखि कमैया भए भन्नुहोला । उत्पीडितहरू अन्याय र विभेदमा परेको थाहै नपाएजस्तो गर्नु सरकारको चरित्र नै हुन्छ क्यारे !  कमैया, भूदास हुनुको कथा लामो छ हजुर । मुखिया, राजा, राज्यको जन्म हुँदै भूदासहरूको जन्म भएको भन्छन् । हामी कमैया हुनुको कथा त त्यति पर पुग्दैन केरे । औलोको कथा बिर्सनुभएकै होला ! तराई क्षेत्रमा औलोका कारण टिक्न सक्ने अवस्था थिएन । सन् १९६० मा औलो उन्मूलन भएपछि पाँचवटा जिल्ला (दाङ, कैलाली, कञ्चनपुर, बाँके र बर्दिया)मा पहाडबाट बसाइ सर्नेहरू बढ्न थाले । औलो समाप्त भएपछि ती क्षेत्रमा ठूलो मात्रामा उर्वर जमिन खाली भयो, त्यसकै लोभमा टाठाबाठाको बसाइँ सर्ने होड चलेको थियो । यस क्षेत्रमा परिस्थितिसँग मुकाबिला गर्दै पहिलेदेखि बसिआएका थारुहरू सोझा थिए । उनीहरूको मेहनतले उर्वर बनाएको जग्गा अनेक प्रपञ्च गरेर बसाइँ सरेर आएका टाठाबाठाले फुत्काए । सोझा र मेहनती थारुलाई त्यसको पत्तै भएन । उनीहरूलाई कानुन, कर, जग्गानापी आदि थाहा भएन । कति थारुहरूले कुरो बुझे र जमिन जोगाए, सोझाहरू ठगिए । बिस्तारै जमिन सकिएसँगै भूमिहीन बनेका थारुहरूले खान र बाँच्नकै लागि जमिनदारसँग ऋण लिन बाध्य भए । ऋण तिर्ने कुनै माध्यम थिएन । ऋण लिएबापत जमिनदारकहाँ नै काम गरिदिन उनीहरू बाध्य भए । यस्तो ऋणलाई सौकी भनिन्थ्यो । यसरी हामी कमैया हुन पुग्यौँ ।  म भन्दै थिएँ, विवाहपछि म बुकरही भएँ भनेर । ठीक त्यही बेला कमैयाको मुक्ति घोषणा गरियो । सरकारले २०५८ सालमा ‘कमैया श्रम (निषेध गर्ने) सम्बन्धी ऐन’ ल्यायो । यसको केहीपछि मेरा बुढाले सरकारबाट १९ धुर जग्गाको लालपुर्जा पाए– मालिककै जग्गाको होइन, राजापुर– २, चैनपुरस्थित ऐलानी जग्गामा । त्यहाँ हामीजस्ता केही कमैयाले पुर्जासहितको जग्गा पाएका थियौँ ।  मुक्त भएपछि सरकारले केही कमैयालाई लालपुर्जा त दियो, जग्गा कहाँ छ भन्ने पत्तै थिएन, स्रेस्ता कायम भएको थिएन । त्यहीँ सानो झुपडी बनाएर मेरा बूढा भारततिर लागे, नोकरी खोज्दै । भारतमा तीन वर्षजति मजदुरी गरेर कमाएको पैसाले झुपडीमा टिन हालियो । त्यही झुपडीमा दुई छोरी र एक छोरा हुर्किए । जेठी छोरीले गाउँमै स्नातक गर्दैगर्दा भर्खरै बिहे गरी, अहिले पनि उसको अध्ययन निरन्तर छ । छोराले अहिले स्नातक पढ्दै छ । बीचमा पढाइ छाडेकी कान्छी छोरी अहिले कक्षा ९ मा भर्ना भएकी छ । बाबुआमा मुक्त भएपछि छोराछोरीको जीवनमा आएको फेरबदल यही हो । अब छोराछोरीले राम्रो जागिर वा अवसर पाए हुने ! मुक्त भएपछि १९ धुर मात्रै जग्गा पाउँदा मेरा छोराछोरीले केही पढ्न पाएका छन् । अक्षर चिन्ने र देशको शासन–प्रशासन बुझ्ने हो भने यहाँ हामीजस्तो मान्छे ठगिनुपर्दैन नि हजुर । यहाँ त सरकारी कर्मचारीले पनि अनुहार, लवाइखवाइ, वर्ग, जात हेरेर व्यवहार गर्छन् । हामी त हिजोका कमैया । आज सरकारी मान्छेले हामीलाई हेर्ने दृष्टिकोण नै बेग्लै छ ।  मुक्त भएपछि सरकारले केही कमैयालाई लालपुर्जा त दियो, जग्गा कहाँ छ भन्ने पत्तै थिएन, स्रेस्ता कायम भएको थिएन । स्रेस्ता कायम गर्न जाँदा कर्मचारीबाट हामीलाई सहयोग हुँदैन हजुर– अनेक दुःख दिन्छन्, कतिले त पैसा खोज्छन् ।  कोही–कोही जमिनदार यतिसम्म फटाहा र शोषक थिए, छोरी हुर्केपछि बेला न कुबेला बुकरहीलाई भन्थे– तेरी छोरी पठा । म भन्दै थिएँ, लोग्ने भारत गएपछि म फेरि कमैया हुनुपर्‍यो– खानका लागि, बाँच्नका लागि । १९ धुर जग्गाले मात्रै खान पुग्ने होइन । लोग्ने गएपछि कमलरी बसेबापत मैले वार्षिक एक क्विन्टल धान (सय किलो) पाउन थालेँ, त्यतिबेला कमैया श्रम निषेध ऐन आइसकेको थियो । बडो दुःखले छोराछोरीलाई हुर्काइयो, पढाइयो । आफूले पनि अक्षर चिन्न प्रौढ शिक्षा पढियो ।  दुःख ? अहो, कमलरीहरूको दुःख यहाँले कल्पना गर्न सक्नुहुन्न । कमैया मुक्तिको घोषणा अघिसम्म थुप्रै कुमारी आमा भए । मालिकको कुकृत्यबाट जोगिएकाले आज म यहाँ यसरी बोल्न सक्ने भएकी छु भनौँ न । कमलरीको काम मालिक र मालिक्नीलाई मालिस गरिदिनेसम्मको हुन्थ्यो । भनेको काम नमाने गालीगलौज र कुटपिट गरिन्थ्यो । मालिक र उसका छोराले कतिपयलाई यौनदुव्र्यवहार गर्थे । मुक्त घोषणा गर्नु अघिसम्म कुमारी आमा भएका घटना धेरै छन् । मालिकबाट बलात्कृत भई गर्भवती भएका कमलरीलाई मालिकले नै अर्को कमैया खोजेर जबर्जस्ती विवाह समेत गरिदिन्थे । कमैया पुरुषले विवाह गर्न मानेन भने उसलाई पनि कुटपिट हुन्थ्यो, अनेक धम्की दिइन्थ्यो । पुलिस–प्रशासन सबै मिलेका थिए नि हजुर ।  कोही–कोही जमिनदार यतिसम्म फटाहा र शोषक थिए, छोरी हुर्केपछि बेला न कुबेला बुकरहीलाई भन्थे– तेरी छोरी पठा । कसैले भर्खर बिहे गरेर बेहुली ल्याएको छ र ऊ राम्री छ भने, त्यो रात जमिनदारले ती नयाँ बेहुलीलाई सुत्न बोलाउँथे ।  कमैया, बुकरही र कमलरीले कहिलेकाहीँ माघीका बेला मालिक फेर्नुपथ्र्यो । घरमा धेरै कमैया छन् र सस्तोमा अर्को कमैया पाएपछि मालिकले भएका कमैयालाई निकाल्थे । त्यसैले हरेक वर्ष माघीमा निकालिएका कमैयाहरू अरु मालिकको घरघर हात जोर्दै जान्थे– मलाई राख्नुस्, म काम गर्छु । कुनै जमिनदारले राख्छु भनेपछि उनीहरूले आफ्ना भाँडाकुँडा, कपडा लगायत सामान बोकेर अर्को मालिकको बुकरीमा बस्न जान्थे ।  जमिनदार खोज्दै आफँै दास हुन किन गएको त भन्नुहोला ? देशकै सहरबजार, अन्य गाउँ वा भारत लगायत ठाउँमा ज्याला–मजदुरी गर्न सक्दैनथ्यौ भन्ने प्रश्न पनि सरकारको दिमागमा आउला । आफैँ भन्नुस् त ? परिवार कहाँ राखेर हिँड्ने ? समाजै छाडेर जाने कहाँ, बस्ने कहाँ ? मालिकको दास वा अर्धदास हुन पुग्नुको व्यथा नै अलग छ सरकार ।  त्यतिबेला माओवादीले ‘घर कसको पोत्नेको, जग्गा कसको जोत्नेको’ भन्ने नारा दिएको थियो हजुर । घर र जमिन नभएका कमैया यस नाराले आकर्षित भएका थिए । लाउन, खान, नुनतेल, स्वास्थ्योपचार, सामाजिक कार्य आदिमा ऋण लिनुपथ्र्यो । दुई–चार सय रुपैयाँ ऋण दिएर दुई–चार हजार बनाइदिन्थे । हामीलाई त आफ्नै आवश्यकताले थप दास बनाउँथ्यो सरकार । कमैया आन्दोलन कसरी सुरु भयो भन्नु’भा ? बिर्सनु भो र ! कैलालीका शिवराज पन्थको घरमा १९ जना कमैया थिए । श्रमशोषण भयो भनेर उनीहरूले त्यतिबेला गाविस र जिल्ला प्रशासनमा निवेदन हाले । यहीँबाट सुरु भएको आन्दोलन चर्कंदै गएको हो । राजापुरकै एक जमिनदारले धेरै कमैया राखेका थिए । उनको ज्यादती र शोषण चरम थियो । उनलाई जनयुद्धकालको सुरुवातमै माओवादीले कुटपिट गरेर घाइते बनाएका थिए । उनलाई विद्यार्थीले पनि कालोमोसो दलेर, चप्पलको माला लगाएर डुलाएका थिए ।  त्यतिबेला माओवादीले ‘घर कसको पोत्नेको, जग्गा कसको जोत्नेको’ भन्ने नारा दिएको थियो हजुर । घर र जमिन नभएका कमैया यस नाराले आकर्षित भएका थिए । त्यतिबेला माओवादीले कतिपय जमिनदारको जग्गा कब्जा गरेर कमैयालाई दिएको पनि थियो । जमिन पाइन्छ कि भनेर हामीले माओवादीलाई भित्रभित्रै सहयोग गर्‍यौँ तर जनयुद्धमा लागेनौँ । किनभने, हाम्रो घर जमिनदारकै जमिनमा थियो । सबै केटाकेटी र बूढाबूढीलाई लिएर हिँड्ने कुरा भएन ! मुक्त कमैया घोषणा भएको आज २२ वर्ष भइसक्यो । कमैया मुक्तिको घोषणापछि पाँच जिल्लामा मुक्त कमैया समाज गठन गरियो । सरकारले मुक्त घोषणा गरेपछि कतिपयलाई लालपुर्जा त दियो, तर जग्गा कहाँ छ भन्ने कतिपयलाई थाहै थिएन । आफूहरूको पुनर्स्थापना नभएपछि पाँचवटै जिल्लाका कमैयाले ०६१ सालमा सरकारको स्वामित्वमा रहेको जग्गा कब्जा गर्न थाले ।  मुक्त भएपछि हामी ज्याला–मजदुरीमा लाग्यौँ, त्यहाँ पनि उचित ज्यालासहितको अधिकार भएन । मजदुरी गर्ने मुक्त कमैयालाई ठेकेदारले पनि दोस्रो दर्जाको रूपमा हेर्ने गरेको छ । बर्दियाका कमैयाले कपास विकास समितिको जग्गा कब्जा गरेका थिए । पछि सरकारले मुक्त कमैयालाई त्यहीँको जग्गामा लालपुर्जा दिएको छ । राजापुरको सरकारी वनमा ठूलाठूला रूख जमिनदारले तस्करी गरिसकेका थिए । त्यस्ता वनमा पनि कमैयाले कब्जा गर्न थाले । मेरो परिवार त त्यही १९ धुर जग्गामै छ हजुर, सरकारले त बढीमा पाँच कट्ठासम्म दिने भनी कानुन बनाइसकेको छ क्यारे ।  तँ कसरी कमैया महिला जागरण समाजको अध्यक्ष भइस् भन्नुहोला ? कमैयालाई मुक्त घोषणा गरेपछि सरकारले घरमूली पुरुषको पहिचान त गर्‍यो, तर उसकी श्रीमती बुकरहीको पहिचान भएन । बुकरहीले पनि मालिककहाँ दासीकै जीवन बिताउनुपरेको थियो । सरकारले हाम्रो पहिचान नगरेपछि मुक्त कमैया समाजकै अगुवाइमा २०६४ जेठ ३१ मा राष्ट्रिय सम्मेलन गरेर ‘कमैया महिला जागरण समाज’ बनाइयो । २०६७ सालमा विधिपूर्वक सञ्चालनमा आएको यस संस्थामा सुरुको अध्यक्ष कृष्णी थारु हुनुहुन्थ्यो, म सदस्य थिएँ । उहाँ (कृष्णी) २०७४ मा लुम्बिनी प्रदेशको उपसभामुखमा निर्वाचित हुनुभयो, अनि म अध्यक्ष भएँ ।  सरकारलाई अचेल रोगै लागेको छ, समाजमा अलिकति आवाज उठाउने महिलालाई कुनै ‘उप’ पदमा लगेर थन्काइदिन्छ, कार्यकारी अधिकार दिँदैन । ‘उप’ नै होस्, चित्त बुझाउँदै छौँ, यही पनि क्रमशः खोसिने लक्षण देखिएका बेला ।   मुक्त कमैया समाजले २०६३ मा काठमाडौंको तीनकुने घेरेको थियो । मुक्त कमैया समाज र जागरण समाजले कमलरी मुक्तिका लागि संघर्ष गर्‍यो । राजापुरबाट दुई दिन एक रात हिँडेर हामी सदरमुकाम गुलरिया पुग्थ्यौँ, सरकारी कार्यालय घेरेर आन्दोलन गर्न । खानका लागि चामल, बास बस्नका लागि कटेरो बनाउने बाँस, ओढ्ने–ओछ्याउने आदि बोकेका हुन्थ्यौँ ।  अहिले हामी हाम्रै हक–अधिकारका लागि संघर्षरत छौँ । सरकारले पाँचवटै जिल्लामा ३२ हजार ५०९ जना कमैयाको तथ्यांक संकलन गरेको छ । कमैयाका श्रीमती नै बुकरही भएकाले सरकारले अर्को तथ्यांक संकलन नगरी पहिलेकै आधारमा बुकरहीलाई अधिकार दिन सक्छ ।  बुकरहीलाई एकै वर्ग र रङको परिचयपत्र दिइनुपर्छ । हामी बुकरही मालिकको घरमा अर्धदास भयौँ, हामीलाई जग्गाको आधारमा होइन अन्य प्याकेजका आधारमा सरकारले हेर्ने हो, त्यसका लागि फरक–फरक परिचयपत्र जरुरत हुँदैन । पहिले हामीलाई परिचयपत्र दिनुपर्‍यो । सरकारले विभिन्न कार्यक्रम लक्षित वर्गका लागि भन्छ, तर कार्यक्रम हुनेखाने पहुँचवाला वर्गले मात्रै पाउँछन् । बुकरहीको परिचयपत्र हुन्छ भने सरकारले लक्षित वर्ग खोज्दै हिँड्नुपर्दैन ।  परिचयपत्रसँगै हाम्रा केही माग छन्– सीप नहुनेलाई सीप वा तालिम दिइनुपर्छ, तालिमअनुरूप रोजगारी वा स्वरोजगारीको व्यवस्था हुनुपर्छ, सीप भएकाहरू अर्थात् जो कृषिमा अभ्यस्त हुँदै आएका छन्, उनीहरूलाई कृषि उत्पादनमै जोड्न पहल गर्नुपर्छ, कतिपयले घर बनाउने लगायत मजदुरी गर्दै आएका छन्, उनीहरूको सोसम्बन्धी सीप प्रवद्र्धन गरिनुपर्छ, उचित र समान ज्याला हुनुपर्छ । सरकारले हामीलाई भाडामा जग्गा उपलब्ध गराएर पनि उत्पादनसँग जोड्न सक्छ । सरकारले कतिपयलाई पाँच कट्ठा वा सोभन्दा कम जमिन दिएको छ, त्यसको उब्जनीले त खान पुग्दैन ।  मुक्त भएपछि हामी ज्याला–मजदुरीमा लाग्यौँ, त्यहाँ पनि उचित ज्यालासहितको अधिकार भएन । मजदुरी गर्ने मुक्त कमैयालाई ठेकेदारले पनि दोस्रो दर्जाको रूपमा हेर्ने गरेको छ । सरकारले स्वास्थ्य बिमाको कुरा गरेको छ । बिमाका लागि ३५ सय रुपैयाँ तिर्नुपर्छ । दिनभरि मजदुरी गरेर साँझ खाने मुक्त कमैयाले कसरी त्यत्रो पैसा तिरेर बिमा गर्ने ? सरकारले हामीलाई निःशुल्क उपचारको सुविधा दिनुपर्छ । कमैया श्रम (निषेध गर्ने) सम्बन्धी नियमावली– २०६७ ले मुक्त कमैयाको चार प्रकारले वर्गीकरण गरेको छ । आफ्नो वा आफ्नो परिवारको नाममा घर र जग्गा नभएकोलाई ‘क’ वर्ग, सार्वजनिक वा सरकारी जग्गामा बसोबास गरेको र आफ्नो वा आफ्नो परिवारको नाममा जग्गा नभएकोलाई ‘ख’ वर्ग, आफ्नो वा आफ्नो परिवारको नाममा नाममा दुई कट्ठासम्म जग्गा र घर भएकोलाई ‘ग’ वर्ग र आफ्नो वा आफ्नो परिवारको नाममा दुई कट्ठाभन्दा बढी जग्गा र घर भएकोलाई ‘घ’ वर्ग । यी वर्गलाई क्रमशः रातो, नीलो, पहेँलो र सेतो रंगको परिचयपत्र दिने व्यवस्था नियमावलीमा छ ।  तर सरकारले ‘ग’ र ‘घ’ वर्गलाई कुनै सेवा–सुविधा दिएको छैन । बुकरहीलाई एकै वर्ग र रङको परिचयपत्र दिइनुपर्छ । हामी बुकरही मालिकको घरमा अर्धदास भयौँ, हामीलाई जग्गाको आधारमा होइन अन्य प्याकेजका आधारमा सरकारले हेर्ने हो, त्यसका लागि फरक–फरक परिचयपत्र जरुरत हुँदैन । संविधानमा उल्लिखित ‘राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व’ले भन्छ– मुक्त कमैया, कमलरी, हरवा, चरवा, हलिया, भूमिहीन, सुकुम्बासीको पहिचान गरी बसोबासका लागि घरघडेरी तथा जीविकोपार्जनका लागि कृषियोग्य जमिन वा रोजगारीको व्यवस्था गर्दै पुनःस्थापना गर्ने ।’ सरकार, मौलिक हकअन्तर्गत पनि थुप्रै हक छन् । राज्यले कम्तीमा संविधानको पालना गरे पुग्थ्यो  । प्रस्तुतिः ध्रुवसत्य परियार    

घोराहीका वादी बालबालिकाको प्रश्न– दुःखले साथ छाड्ला र ?

घोराहीका वादी बालबालिकाको प्रश्न– दुःखले साथ छाड्ला र ?

९३२ दिन अगाडि

|

११ फागुन २०७९

गिरिराज नेपाली घोराही उपमहानगर क्षेत्रमा रहेका वादी समुदायका कतिपय बालबालिका बेसहारापूर्ण जीवन गुजारिरहेका छन् । उनीहरुले परिवार कस्तो हुन्छ भन्ने महसुससमेत गर्न पाएका छैनन् । मुलुकमा भएका परिवर्तन र राजनीतिक उपलब्धिबारे अन्जान उनीहरु दुःखले कहिल्यै साथ नछाडेको बताउँछन् । यही अवस्था रहे भविष्यमा पनि दुःख नै आफ्नो साथी बन्ने उनीहरुको भनाइ छ । घोराही–१३, दुर्गाभवानी टोलमा बस्दै आएका १२ वर्षीय जगदिश वादीलाई भविष्यको चिन्ताले सताउन थालिसकेको छ । आफू सानै हुँदा आमाको निधन भएको र बुबाले समेत बस्तीमा एक्लै छाडेर हिँडेपछि जसोतसो हुर्किएका उनी भविष्य कसरी गुजार्ने भन्ने चिन्तामा छन् । ‘भो दुुुःखका कुरा नगरम् । आमा मरिन्, बाको अतोपत्तो छैन । दुःख–सुख यही बस्तीमै बितिरहेको छ,’ उनले भने, ‘कहिले भोकै सुत्नुपर्छ  । पढ्ने लेख्ने रहर भएर के गर्नु ? पेटभरि खान समेत धौधौ छ ।’ बेसहारा भएर बाल्यावस्था गुजारिरहेका उनले भविष्यमा पनि दुःखले साथ छाड्ने अपेक्षा गरेका छैनन् । उनले भने, ‘स्कुल जाने, मिठो खाने, बा–आमाको काखमा बस्ने रहर कहाँ नभएको हो र ? तर भाग्यले त्यो दिएन । पढ्न नपाएपछि भोलिपर्सि पनि दुःखले साथ के छाड्ला ?’ जगदिशले भोको पेट बस्तीमा मात्रै गुजारेका छैनन्, धेरै रात बजारको सडक पेटीमा समेत काटेका छन् । सानो उमेर भएका कारण काम खोज्न जाँदासमेत कसैले नदिएको उनी बताउँछन् । ‘मागेर पेट, टालेर शरीर छोप्नु परेको छ,’ उनी भन्छन् । उनीमात्रैै होइन, दुुर्गाभवानी टोलका ८ वर्षीय आर्यन नेपाली वादीको पीडा पनि उस्तै छ । बुबाको निधनपछि आफू पनि बेसहारा भएको उनी बताउँछन् । ‘बाँच्नै गाह्रो छ । भोकै भौंतारिँदै हिँड्नुु परेको छ,’ उनले भने, ‘लेख्ने पढ्ने रहरलाई बेसहारा जीवनले मारेको छ ।’ ‘हाम्रा लागि राज्य छैन र ?’ देशमा सरकार छ, जनप्रतिनिधि छन् र उनीहरुले जनताका लागि काम गर्ने जिम्मेवारी बोकेका छन् भन्ने ती बालबालिकालाई धेरथोर ज्ञान छ । तर आफूहरुका बारेमा अहिलेसम्म कसैले चासो नदेखाएको उनीहरु बताउँछन् । ‘कोही नहुुनेको दैव हुन्छ भन्छन् । हाम्रालागि दैव पनि रहेनछ,’ सोही बस्तीका अर्का बालक कार्तिके वादीले भने, ‘राज्यले हेर्छ भन्छन् तर हाम्रोबारेमा कसैले चासो देखाएको छैन ।’ विद्यालय गएर पढ्ने लेख्ने रहर उनलाई पनि छ । राज्यले पालनपोषण सहित पढ्नलेख्न राम्रो व्यवस्था गरे आफूले पनि भविष्यमा केही गर्न सक्ने विश्वास पनि छ उनमा । तर, अहिलेसम्म कसैले आफूहरुको भविष्य सुनिश्चित गर्न चासो नदेखाएको उनले बताए । दुुर्गाभवानी टोल अर्थात् सेवारखोला वादी वस्तीका एक दर्जनभन्दा बढी वादी समुदायका बालबालिकाहरु यही पीडाले ग्रसित छन् । संरक्षण अभावका कारण कोही बस्तीमा, कोही सडक पेटीमा आफ्नो वाल्यास्था कटाइरहेका छन् । अभिभावकविहीन वादी बालबालिकाहरुको अभिभावकत्व राज्यले लिन जरुरी रहेको सरोकारवाला बताउँछन् । त्यस्ता बालबालिकालाई उचित शिक्षा दिएर भविष्यमा दक्ष जनशक्ति बनाउन तीनै तहका सरकारले काम गर्नुपर्ने उनीहरुको भनाइ छ । रातोपाटीबाट    

‘दुःख दर्दमे जिन्गी, बिटल बरस हजार’

‘दुःख दर्दमे जिन्गी, बिटल बरस हजार’

९७१ दिन अगाडि

|

१ माघ २०७९

मगराके हाँठ जिनी डिहस बाबा डिन डिन छिटुवा बेचटी डिन जाइ सोलराके हाँठ जिनी डिहस बाबा डिन डिन कुकरा भुक्टी डिन जाइ छोरीले बाबुलाई अरू कसैको हातमा नसुम्पिनु भनेर बिलौना गर्दै गाएको ढमार गीत हो यो । छोरीले बरु दिनभरि छिटवा बेच्न परोस्, कुकुर भुकोस् तर अरूसित बिहे नगराइदिनु भनेर मघौटा गीतमार्फत बिलौना गरिरहेकी छन् । माघको आगमन भएसँगै लुम्बिनी र सुदूरपश्चिमका थारू गाउँ यस्तै गीतहरूले चैनार (उमंग) छ । बर्दिया गुलरियाका मित्रलाल चौधरी यही ढमार गीत सुनेर हुर्किए । उमेरले प्वाँख हाल्दै गर्दा गीत गुनगुनाउन र नाच्न थाले । ‘थारूहरूले हरेकजसो चाड उत्सवमा फरक गीत गाउँछन्,’ उनी भन्छन्, ‘गीत सुन्दा यसले कुन चाडको संकेत गर्‍यो भन्ने बुझिन्छ । त्यसले बेग्लै उत्साह ल्याउँछ ।’ माघ पर्वको आगमनमा रमाएका पश्चिम तराईका थारू बस्तीहरूमा गीतका भाका विस्तारै फेरिँदै छन् । कमलरी, कमैया प्रथा उन्मूलन गरेर अघि बढेको समाजमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकाससँगै गाउँघरको भाकामा परिवर्तनका स्वर मिसिएका छन् । पुरानो ढमारमा प्रेम, सुखदुःख, पुर्खाका इतिहास, समाज–संस्कृति, मनोरञ्जनका भाव बढी भेटिन्थे भने आधुनिक भाकामा शोषण, अत्याचार, वितृष्णालगायतका भावहरू भेटिने गरेका छन् । थारू नागरिक समाजका संयोजक दिलबहादुर चौधरीले आधुनिक ढमारको रचना गरेका छन् : सुनो सुनो हे गोचाली, सुनो जीवनी हमार कहटी रोवै मोरे मनवा हो दुःख दर्दमे जिन्गी, बिटल बरस हजार कब अइही सुखकै डिनवा हो पाँच बरस बुडु कजियै सघैनै, दशहे बरसटक मुखियै १५ बरस जिमदरवक घरमे टबही लेहनै विश्राम हो । अर्थात् साथीभाइ जीवनको हजारौं वर्ष दुःखमा बित्यो । कहिले आउला सुखको दिन ? हजुरबुबाले पाँच वर्ष काजीलाई, १० वर्ष मुखियालाई अनि १५ वर्ष जिमदारलाई सघाएपछि बल्ल विश्राम पाएको गीतले भन्छ । गीतले कमैया बस्नुपरेको दुःखदायी कहानी बोल्छ । थारू समुदायमा प्रचलित लोकगीतको आफ्नै मौलिकता छ । थारूहरू विभिन्न स्थानमा बसोबास गर्ने भएकाले पनि रहनसहन र सामाजिक मूल्य मान्यता फरक पाइन्छ । तर, कृषि पेसामा आधारित जीवनशैली, सोझोसँग गरिखाने आनीबानी गीतका भाकाबाट पनि झल्किन्छ । बाबा कि सगरम, मुरिया लहान गैनु हाँ, बाबा कि सगरवा सखियै हो, माठकी टिकुलिया मछुरी लुटी लैगैल । अर्थात् माघको अवसरमा नुहाउन जाँदा सिउँदोको टीका माछाले लुटेर लग्यो । नुहाएर आएपछि नुन, चामल, दाल छोएर ढोगभेटपछि बरघर/महटावाको घरमा टीका थाप्न जानुपर्ने उर्दी गीतमा यसरी गाइन्छ : हाँकी हाँकी पारल, गाउँक् कटवलिया रे हाँ सखियै हो, सबहु मिली टिकका लिहन चली आओ । सुन कही सुनल, सबहुँ सखिया रे हाँ सखियै हो, चोलो जाई सबहु टीका लिहन । माघमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि अरू अवसरमा लोकप्रिय छ । माघका विशेष पकवान ढिक्री, अनदीको जाँड, सुँगुरको मासु, ढमार तथा मघौटा नाचको धुनले पहिले माघ महिनाभरि माघ लागेको भन्दै मनाउने गरे पनि अहिले आएर साता दिनमै यो पर्व खुम्चिएको छ । माघ पर्वमा ढमार (ढुमरु/डफ), मघौटा गीत विशेष रूपमा गाइन्छ । यो गीत पुस महिनाको अन्तिम दिन बरघरको घरमा गाउँलेहरू भेला भएर बैठाकुर (बसेर गाइने गीत) हो । माघको दोस्रो बिहान नयाँ कार्ययोजना बनाउनका लागि बरघर अर्थात् महटौंको आँगनमा छलफल, बैठक हुन्छ । बैठकका अवसरमा बैठाकुर गीत गाइन्छ । जस्तैः महटौंक आगनाम खररा बिछाइ रे हाँ महटौंक आगनाम गोंडरी बिछाइ रे हाँ सखिए हो महटौंक आगनाम बैसना बखेर महटौंक आगनाम हाँसली ओ खेलली रे हाँ सखिए हो इह रि आगनवा छुट्टी मैयाँ लाग महटौंक आगनाम हाँसली ओ खेलली रे हाँ सखिए हो इह रि बहरिया छुट्टी मैयाँ लाग महटौंक आगनाम हाँसली ओ खेलली रे हाँ सखिए हो इह रि आगनाम सोन फुला फूल महटौंक बहरियाम डरिया बिछाइ रे हाँ सखिए हो महटौं जे डरहीं हजार रूपडान आझुक डिनम हाँसबी ओ खेलबी रे हाँ सखिए हो काल्हिक डिनवाम हुइबी जोरा फुट ।                            (स्रोतः मानबहादुर चौधरी) अर्थात् महटौंको आँगनमा गुन्द्री ओछ्याइएको छ । यही आँगनमा हाँसेको र खेलेको अब यो छोड्नुपर्दा दुःख लागेको छ । यो घरको पिँढी छोड्दा दुःख लागेको छ । यो आँगनमा सुन फूल फुलोस् । महटौंको पिँढीमा कम्बल ओछ्याइएको छ । महटौले हजार रुपैयाँ दान दिए । आजको दिन त सँगै हाँस्यौं खेल्यौं, भोलिको दिन त छुट्नैपर्छ । यो गीतको भावार्थमा बरघर पुनः छनोट नहुने संकेतले उनको घरको आँगन छुट्ने संकेत छ । राम्रो काम गरेकाले आँगनमा सुन फूल फुल्ने आशीर्वाद दिइएको छ । मघौटा नाचपछि भैलो खेल्दा रकम दिनु परेझैं महटौंसँग हजार रुपैयाँको आशा गरिएको छ । सबैभन्दा महत्त्वपूर्ण कुरा बसाइँसराइ गरेर गए भोलिको दिन भेट हुन नसक्ने मर्म बोकेको छ । ढमार साँझ धुनी जगाइ इष्टमित्रसँग रात जाग्राम बसी खानपान गर्दै मादल र डफको तालमा गीत गाइन्छ । महिला र पुरुष दुवैले गाउने ढमार गीत विशेष गरी पुरुषले नै बढी गाउने चलन छ । रातभरि ढमार गाएपछि बिहान नजिकैको कुलो, खोला, नदीमा नुहाउन जाने र ठूलाबडाको आशीर्वाद लिने चलन छ । माघ १ लाई थारूहरूले नयाँ वर्षका रूपमा मनाउँछन् । ठाउँ विशेषअनुसार माघ पर्वलाई माघ, माघ डेवानी, खिचरी, तिला संक्राइका नामले चिनिने भए पनि लगभग उस्तै–उस्तै तरिकाले मनाइन्छ । मौलिक माघको थारू गीत भने पश्चिमा थारूहरूले गाउने र नाच्ने गरेका छन् । थारू संस्कृति अध्ययनकर्ता रामसागर चौधरी पहिले पहिले पूर्वका थारूले माघमा झुमरा गीत गाउँदै नाच्ने गरे पनि अहिले चलनमा परिवर्तन आएको बताउँछन् । उनका अनुसार पूर्वीया थारूहरूमा माघकै लागि भनेर छुट्टै मौलिक गीतहरू छैनन् । माघमा ढमार गीतसँगै मघौटा नाचले विशेष अर्थ राख्छ । ठाउँअनुसार कतै मघौटा गीत मात्र गाइन्छ भने कतै गाउँदै नाचिन्छ । सेन्डुराले मग्नु बाबा सेन्डुरा नै लेहलो रे हाँ सेडुरका कारण बाबा छोरी डेबुँ देशवा टोहाँर सखियै हो टिकुली ले मग्नु बाबा टिकुली नै लेहलो रे हाँ टिकुलिक करण बाबा छोरी डेबुँ देशवा टोहाँर सखियै हो अर्थात् सिन्दुर र टीका किनिमाग्दा बाबाले नकिनिदिएपछि गाउँ नै छाडेर जाने छोरीले घुर्की लगाएको गीतको भावले बुझाउँछ । लोप हुने संघारमा माघ मनाउने शैलीमा जिल्ला र भेगअनुसार पनि फरक देखिन थालेको छ । मादलको तालमा गुञ्जायमान रहने गाउँमा अहिले डिजे तथा आधुनिक गीतहरू बढी सुनिन्छन् । मौलिकता बोकेका थारू गीतहरू बुढापाकामा सीमित भइरहेको देखिन्छ । थारू तथा नेपाली मिश्रित गीतहरू अहिले बढी युवापुस्ताले रुचाएको देखिन्छ । जस्तैः कता हिँडेउ साली जुल्फी लर्काउँदै ठमठम साली कम्मरै मर्काउँदै लाल रेबन भाटु मेलामा किनेको ढकिया बोकी भाटु बजारमा हिनेको रेशम चौधरीको यो गीत अहिले टिकटकमा भाइरल भइरहेको देखिन्छ । गैरथारूहरूको पनि मुखमा झुन्डिएको यो गीतमा थारू र नेपाली भाषा मिश्रित भएकाले पनि रुचाएको पाइन्छ । समयसँगै युवाहरूको रुचि र फ्युजन संगीत मन पराउनु नौलो नभए पनि मौलिकपन हराइरहेकामा दुःख व्यक्त गर्छन् थारू लेखक सोम डेमनडौरा । उनी भन्छन्, ‘हिजोआज मुस्किकले केहीले मात्र मौलिक गीतहरू गाउँछन् । सामूहिक लहान गर्न जाने बेला नाच्दै गाउँदै रमाउने चलन कम हुँदै गएको देखिन्छ । युवाहरू जाँड खाएर सांस्कृतिक कार्यक्रममा रमाइरहेका छन् । आधुनिक गीतमा फ्युजन नै भए पनि मौलिकता भुल्नुभएन ।’ उनले माघको अवसरमा आयोजना हुने महोत्सवमा परम्परागत गीत र नाचको प्रवर्द्धनभन्दा पनि व्यापारिक ध्येयले जाँडरक्सीमा सीमित हुन पुगेको बताए । ‘मादल, डफ जस्ता बजाउन सिकाउन आवश्यक छ । मादल नै बजाउन आएन भने गीतको के काम ? यसमा बरघरले नेतृत्व लिन सक्छन्,’ उनले भने । दाङका गायक माधव चौधरी थारू बूढा मादलेहरू हराउँदै गएको तथा युवाहरूले मादल बजाउन नसिक्नाले थारू मौलिक नाच पनि संकटमा परेको बताउँछन् । उनी भन्छन्, ‘कतिपय गाउँमा थारू युवतीहरू नाच्न इच्छुक छन् । तर, गाउँमा मादले नभएर मघौटा त टाढाको कुरा दसैंमा महिना दिन नाचिने संख्या नाच पनि लोप हुन थालेको छ ।’ गायक चौधरीको विचारमा थारूहरूको छाता संगठन थारू कल्याणकारिणी सभा (थाकस), थारू जनप्रतिनिधि तथा थरूहटका स्थानीय निकायले थारू गीतको संरक्षण संवर्द्धनमा ध्यान दिनु जरुरी छ । थारू अगुवा दिलबहादुर चौधरी पनि थारू मौलिक गीत संकलन र संरक्षणको अभावमा लोप हुने अवस्थामा रहेको बताउँछन् । ढमार गीतसमेतका सर्जक उनी माघ र माघको मौलिक गीत जोगाउन ढमार, मघौटा गीत तथा नाचको प्रतियोगिता गर्न सकिने बताउँछन् । उनका अनुसार ढमारजस्ता गीतको संकलन तथा अनुसन्धान हुन जरुरी छ । भन्छन्, ‘हामीले गाउँमा यससम्बन्धी पुनर्जागरणका लागि ढमार नाच्न तथा गाउनका लागि केही सहयोग वडाबाट पनि मागेका छौं । ४० कटेकाले मात्र अहिले यो गीत गाउने गरेको देखिन्छ । पुस्ता हस्तान्तरणको आवश्यकता देखिन्छ,’ उनले भने । दाङ देउखरी, मानपुरकी १९ वर्षीया विद्यार्थी प्रज्ञा चौधरीले नयाँ पुस्ताहरूलाई मौलिक गीतमा तान्न अभिभावकहरूले पनि मुख्य भूमिका खेल्न सक्ने बताउँछिन् । उनलाई थारूहरूको मौलिक गीतबारे धेरथोर मात्र थाहा भएको र बिहेमा गाइने मौलिक गीतमात्र गुनगुनाउन जानेको बताइन् । ‘मलाई पुराना गीतहरू मन पर्छ, सिक्न पनि मन छ । हजुरआमा र आमाहरूले गाएको सुनेको छु । आधुनिक गीतसँगै हामीले मौलिक गीतलाई पनि प्राथमिकता दिनुपर्छ,’ उनी भन्छिन्, ‘अभिभावकहरूले पनि सुनाउनु र सिकाउनुपर्छ, सिक्न प्रेरित गर्नुपर्छ ।’ विगतमा १० वर्ष थारू गाउँको अगुवा बरघरसमेत रहिसकेका मित्रलाल चौधरी सांस्कृतिक पहिचान बचाउन लागिपरेका छन् । माघको अवसरमा उनले आफ्नो गाउँमा यही माघमा मघौटा नाचको प्रतियोगिता आयोजना गरेको बताए । ‘संरक्षण आवश्यक छ । म गीत र नाचलाई कसरी संरक्षण गर्ने भनेर लागिपरेको छु । अहिले बरघर नभए पनि अरूलाई सल्लाह सुझाव दिन्छु,’ उनले भने । कान्तिपुरबाट

मुस्लिम समुदायः  मधेसीमा इन, आउट, इनः भैरहेको छ किन ? 

मुस्लिम समुदायः  मधेसीमा इन, आउट, इनः भैरहेको छ किन ? 

९७८ दिन अगाडि

|

२४ पुष २०७९

मुस्लिम समुदाय मधेसी क्लस्टरमा नरहेको भन्दै आएको मुस्लिम आयोगले समुदायलाई मधेसी कोटामा नै आरक्षणलाई निरन्तरता दिन माग गरेको छ ।  मधेसी आयोगले मधेसमा रहेको जात जातिको क्लस्टर तयार गरी त्यसको प्रतिवेदन सरकारलाई बुझाएको थियो । सो क्लस्टरमा मुस्लिम र थारुलाई पनि मधेसी क्लस्टरमा राखिएको थियो । त्यसपछि मुस्लिम आयोग तथा थारु आयोगले ‘मुस्लिमहरू मधेसी होइनन्, उनीहरूको छुट्टै क्लस्टर र पहिचान रहेको’ भन्दै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी तथा त्यसका सदस्यहरूले सो निर्णयको व्यापक विरोध गरे ।  मुस्लिम आयोगका अध्यक्ष अन्सारीको त्यसबेला अभिव्यक्ति थियो– नेपालको संविधान २०७२ जारी हुनु पहिले कठिन सङ्घर्ष र धेरैको बलिदानपछि मुस्लिम र थारु समुदायले पाएको अधिकारमाथि हमलाको प्रयास गर्न खोज्नु सिङ्गो समुदाय र लोकतन्त्र  माथिको प्रहार हो । मधेस एउटा भूगोल हो, मुस्लिम र थारु समुदाय मधेसमा मात्र होइन, काठमाडौँ  तरार्इ ,पहाड र हिमालमा बसोबास छ । त्यसैले  सबैलाई एउटै बाकसमा राख्ने कोसिस गर्नु गलत हो । मधेसी आयोगले आफ्नो गल्ती स्वीकार गर्नुपर्छ ।’ ब्यापक विरोधपछि मधेसी आयोगले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयलाई मङ्सिर २१ गते पत्र पठाएर मुस्लिम तथा थारुलाई मधेसी समुदायको क्लस्टरबाट हटाइएको जानकारी दिएको थियो ।  मधेसी आयोगको निर्णयपछि मुस्लिम आयोगका अध्यक्ष अन्सारीले मुस्लिमको आफ्नो छुट्टै पहिचान र क्लस्टर रहे पनि अहिले कानुनको रूपमा विचाराधीन रहेको कारण मधेसी क्लस्टरमा नै रहेर सेवा सुविधा लिने प्रतिक्रिया दिएका थिए ।  तर मुस्लिमलाई मधेसी क्लस्टरबाट हटाएपछि मुस्लिम आयोगले पुनः गृह मन्त्रालयलाई पुस १९ मा पत्र लेखी मधेसीमै राख्न भनेको छ । सो पत्रको बेहोरा छ, ‘निजामती सेवा ऐन, २०४९ मा मधेसी समुदाय उल्लेख भएको छ । तत् समयको संवैधानिक व्यवस्था अनुसार नै मधेसमा बस्ने मुस्लिम समुदायलाई पनि मधेसीमा राखिएको छ । मधेसी व्यवस्थाअन्तर्गत नै मुस्लिम समेत भएको र सोही अनुसार नै मुस्लिम समुदायले लोकसेवामा प्रतिस्पर्धा गर्दै आएको छ । हालसम्म रही आएको यही निजामती सेवा ऐन, २०४९ को कानुनी व्यवस्थाअनुसार हाल मुस्लिम समुदायलाई मधेसी मुस्लिम भनी पहिलादेखि दिँदै आएको सिफारिस हाल नदिएकाले लोक सेवा आयोगमा प्रतिस्पर्धा गर्नबाट वञ्चित हुन परेको अवस्था देखिएकाले पहिलादेखि दिँदै आएको सिफारिसलाई निरन्तरता दिन गृह मन्त्रालय र संघीय मामिला प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने ।’ यसले मुस्लिम आयोगका कारण मुस्लिम कुन क्लस्टरमा बस्ने संकट देखिएको छ ।

थारू पोशाकसहित पौवा लगाएर शपथमा आए गंगाराम

थारू पोशाकसहित पौवा लगाएर शपथमा आए गंगाराम

९९५ दिन अगाडि

|

७ पुष २०७९

दिपेश शाही  शिरमा रंगीचंगी टोपी, जीउमा कमिज, स्वेटर, कोट र सेतो धोती अनि खुट्टामा खराऊ । हातमा डायरी र कलमसँगै मोबाइल बोकेका गंगाराम चौधरी पृथक र आकर्षक देखिएका थिए । कैलाली–३ बाट निर्वाचित सांसद चौधरी बिहीबार पद तथा गोपनीयताको शपथ लिन नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रवेश गर्दा उनको पहिरनले धेरैको ध्यान तान्यो । शीर्ष नेता र प्रभावशाली सांसदको संसद भवन प्रवेशलाई पर्खिरहेका फोटो पत्रकारका लेन्स गंगारामको प्रवेशसँगै उनको पहिरनतर्फ सोझियो । थरीथरीका पहिरनमा सजिएर आएका नवनिर्वाचित सांसदहरूका पहिरन साँच्चिकै आकर्षक र विविधतायुक्त थिए । त्यसमा पनि पृथक थियो गंगारामको पहिरन । उनको पहिरनबारे सोधेको प्रश्न भुइँमा खस्न नपाउँदै गंगारामले छोटो जवाफ दिए, ‘हामी थारुहरूको पहिचान ।’ शपथ लिएर संसद भवनबाट बाहिरिएपछि उनले आफ्नो पहिरनबारे धेरैलाई बुझाउनुपर्‍यो । सांसददेखि सञ्चारकर्मीसम्म, सुरक्षाकर्मीदेखि कर्मचारीसम्म उनलाई घेरिरहेका हुन्थे । उनी सबैलाई त्यसबारे भन्थे, ‘यो थारुहरूको पहिचान हो । मैले माथि लगाएको टोपीलाई कटौती भनिन्छ । कोट, स्वेटर र सर्ट (कमिज) भइहाल्यो । यो सेतो धोतीलाई मर्दानी भनिन्छ । खुट्टामा लगाएको काठको पौवा हो । यो राम बनवास जाँदा पनि पहिरिएका थिए । नेपालीमा यसलाई खराऊ भनिन्छ । यो स्वास्थ्यका लागि पनि राम्रो हुन्छ ।’ उनले कटौती (टोपी), मर्दानी (सेतो धोती) र पौवा (खराऊ) का बारेमा थप व्याख्या गरिदिए । ‘यसलाई नेपालीमा टोपी भनेरै बुझ्दा हुन्छ । तर थारु भाषामा यसलाई कटौती भनिन्छ । यो महिलाहरूले लगाउने चोली र गुनियाँ (लेहेंगा) बनाउँदा काटेर बनेको हुन्छ । त्यसैले कटौती भनिन्छ । महिलाहरूले पनि लगाउँछन् । सेतो धोतीलाई हाम्रो भाषामा मर्दानी भनिन्छ । ठाउँ हेरी अरू नाम पनि हुन्छ’ उनी भन्दै गए, ‘पौवालाई नेपालीमा खराऊ भनिन्छ, जुन काठबाट बन्छ । लगाउँदा सहज पनि हुन्छ । स्वास्थ्यलाई पनि फाइदा हुन्छ । बलियो पनि हुन्छ ।’                                                                 गंगाराम चौधरीसहित नागरिक उन्मुक्तिका चार जना सांसद संसद भवनमा । विभिन्न समुदायका सांसदहरूको जस्तै गंगारामको पनि यो पहिरन लगाएर शपथ लिन आउनुमा आफ्नो संस्कृति र पहिचानलाई जीवन्त राख्ने चाहना नै थियो । उनको दल नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र अर्का सांसद अरुण चौधरीले पनि थारु समुदायकै पोशाक लगाएका थिए । तर सबैले सल्लाह गरेर भने लगाएका थिएनन् । ‘आ–आफै लगाएर आयौं । हेर्दा सल्लाह गरेजस्तो देखियो । तर संयोग मात्रै हो,’ उनले भने । ‘मेरो उद्देश्य आफ्नो पहिचान झल्काउनु पर्छ भन्ने हो । हाम्रो पार्टीको गठन नै पहिचानको मुद्दालाई संस्थागत गराउने उद्देश्यले भएको हो । संसदमा शपथ लिन आउँदा यसले आफ्नो पहिचानप्रति इमान्दार रहन प्रेरित गर्छ भन्ने लागेर पहिरिएर आएको हुँ,’ उनले अगाडि भने, ‘हाम्रा अन्य साथीहरूले पनि थारु पहिचान झल्काउने विभिन्न पहिरन लगाउनु भएको छ । अन्य पार्टीका सांसदले पनि लगाउनु भएको छ । यसले हाम्रो देश विविधतालाई देखाउँछ । राज्यले यसलाई स्वीकार गर्नुपर्छ ।’ भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा निर्वाचित सांसदहरूको शपथ लिन देशका विभिन्न क्षेत्रबाट काठमाडौं आइपुगेका सांसदहरूले आ-आफ्नो कला र संस्कृति झल्काउने पहिरन लगाएका थिए । आदिवासी जनजाति समुदायबाट प्रतिनिधित्व गर्ने सांसदहरू प्रायः यस्ता खालका सांस्कृतिक पहिरनमा सजिएर आएका थिए । सबैले पहिरिएका त्यस्ता पहिरनले मुलुकको सांस्कृतिक विविधता झल्काउँथ्यो नै आफ्नो पहिचानप्रतिको प्रेमलाई पनि प्रतिबिम्बित गरिरहेको थियो । अनलाइनखबरबाट