कुसुन्डा भाषाको अध्ययनमा जोडिएका पात्रहरू

कुसुन्डा भाषाको अध्ययनमा जोडिएका पात्रहरू

१११६ दिन अगाडि

|

७ भदौ २०७९

काठमाडौं उपत्यकाका थारुहरुले पर्यटन बोर्डमा मनाए अस्टिम्की 

काठमाडौं उपत्यकाका थारुहरुले पर्यटन बोर्डमा मनाए अस्टिम्की 

११२० दिन अगाडि

|

३ भदौ २०७९

काठमाडौं, भदौ ३ । काठमाडौं उपत्यकाका थारूहरूले भदौ ३ गते शुक्रबार पर्यटन बोर्डमा  अस्टिम्की पर्व भव्यताका साथ मनाएका छन् । राष्ट्रिय थारू कलाकार मञ्चको संयोजनमा काठमाडौंस्थित दर्जन थारू संघसंस्थाहरूको संयुक्त आयोजनामा कार्यक्रम भएको हो  ।  सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि सहरी विकास मन्त्री मेटमणि चौधरीले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गरे । मन्त्री चौधरीले भने,‘थरुहट भूमि छाडेर काठमाडौंमा रहेका थारु युवाहरु सामूहिक प्रयासमा अस्टिम्की लगायत चाडपर्व संयुक्त रुपले मनाउनु राम्रो काम हो तर यो संगै राजनीतिमा पनि चासो दिनुपर्छ । कुनै  न कुनै पार्टीमा लागेर नेतृत्वमा आउन नसके अघि बढ्न सकिदैन ।’  थारु आयोगका अध्यक्ष विष्णु थारुले जातीय जनसंख्या अनुसार लोकसेवा आयोग लगायतमा आरक्षण हुनुपर्नेमा जोड दिए ।  त्यस्तै, थारु संस्कृतिमा कृष्णचरित्र परम्परा विषयमा विद्यावारिधि गरेका डा कृष्णराज सर्वहारीले अस्टिम्कीबारे प्रकाश पार्दै यसमा गाइने गीतको सारतत्व, विश्लेषणबारे सबै थारु जानकार हुनुपर्ने बताए । उनले अस्टिम्की विशुद्ध चाड मात्रै नभएर यसका मुख्य पात्रहरु कान्हा, राधा, इसरु, जासु लगायतको जीवनशैलीबाट धेरैभन्दा धेरै पाठ सिक्न सकिने धारणा राखे ।    समाजसेवी शिव चौधरीले सहरिया थारुहरुले घरमा नेपाली, अंग्रेजी बोल्ने चलन हावी हुँदै गएकाले थारु भाषा हराउँदै गएकोमा चिन्ता व्यक्त गरे । कार्यक्रममा देशभरिका राष्ट्रिय थारु कलाकारहरुको गीत, नृत्य प्रस्तुति रहेको थियो । सुर्खेतका थारु कलाकारहरु काठमाडौंमा अस्टिम्की मनाउन आइपुगेका थिए । राष्ट्रिय थारू कलाकार मञ्चका अध्यक्ष विनय वैद्यको सभापतित्वमा भएको औपचारिक कार्यक्रम ढिलो सुरु हुँदा अस्टिम्की टिक्ने कार्यक्रम प्रभावित भएको थियो ।    

फुर्सदमा ‘हरचाली’ : ढकियादेखि जालबुन्ने शौखिन हातहरु

फुर्सदमा ‘हरचाली’ : ढकियादेखि जालबुन्ने शौखिन हातहरु

११२० दिन अगाडि

|

३ भदौ २०७९

धनगढी  रोपाइँ सकिएयता कैलालीको कैलारी गाउँपालिका–८ पूर्व टेढीका गंगाराम चौधरी जाल बुन्नमा ब्यस्त छन् । पुख्र्यौली सीपमा आधारित हस्तकलाका सामग्री बनाउन औधी रुचि राख्ने उनी अचेल माछा मार्न प्रयोग गरिने जाल बुन्न ब्यस्त छन् । उनले भने, ‘मलाई जाल बुन्न खुब शौक लाग्छ । फुर्सद हुने बित्तिकै जाल बुन्न सुरु गरिहाल्छु । माछा मार्ने सबै सामग्री आफै तयार गर्न सक्छु । घर नजिकै कटैनी नदी रहेकोले पनि माछा मारेर खाने पनि मेरो रुचीकर काम हो ।’ गंगाराम आफ्नै हातले माछा मार्न प्रयोग हुने जाल मात्रै होइन, हेल्का, टापी, जबिया लगायत सामग्री पनि बुन्ने गरेका छन् । उता कैलालीको कैलारी गाउँपालिका–६ बेनौलीकी प्रेमकुमारी चौधरी फुर्सदको समय ढकिया बुन्नमा ब्यातित गर्छिन् । स्थानीय हमार बहुउदेश्यीय सहकारी संस्था लिमिटेडकी सहायक व्यवस्थापक समेत रहेकी उनी कार्यालयको कामबाट खाली हुने बित्तिकै ढकिया बुन्नमा लाग्छिन् । ‘ढकिया बुन्नु मेरो रुचिको कार्य हो । घरायसी प्रयोजनको लागि चाहिने ढकिया म आफै तयार गर्छु’, उनले सुनाइन् । आफ्नो कार्यालयमै ढकिया बुन्दै आएकी उनी विभिन्न पनुवादार (बुट्टादार) ढकिया बुन्दै आएको बताउँछिन् । यतिबेला ग्रामीण भेगका महिलाहरु ढकिया, डेलुवा, पनछोप्नी (पानी छोप्ने बस्तुु) लगायत घरायसी प्रयोगमा आउने वस्तु बनाउनमा लागेका छन् । पुस्तौंदेखि प्रचलनमा रहेको ज्ञान, सीपको सदुपयोग गर्दै उनीहरु विभिन्न उपकरण बनाउन लागेका हुन् ।  यतिमात्रै होइन, दशैं, तिहार जस्ता चाडपर्वनजिकै गर्दा पर्वमाचाहिने वस्तुहरु जोहो गर्न पनि उनीहरु लागी परेका हुन् । बेनौलीकै स्थानीय विफनी थरुनी नजिकिदै गरेको अट्वारी, दशैं, दीपावलीलगायत पर्वमा चाहिने दुना, टपरी बुन्नव्यस्त छिन् । बेनौलीकै विपती थरुनी (६१) डेलुवा बुन्नमा व्यस्त छिन् । जवान नातिनीहरुको विवाहमा सगुनको रुपमा प्रदान गरिेने डेलुवा बुन्नमा उनी फुर्सदको सदुपयोग गर्छिन् । ‘रोपाइँपछि हामी फर्सदिलो हुन्छौ । फुर्सदको समयलाई सदुपयोग गरी घरायसी प्रयोगमा आउने वस्तु बनाउँछौ’, अर्की गृहिणी वनस्पतिथारुले भनिन् । जैविक सामग्रीको प्रयोग गरी कलात्मक ढंगले बनाइने डेलुवा पश्चिम नेपालको थारु  जातिमा प्रायःविवाह, औपचारिक कार्यक्रममा सजावट तथा सौन्दर्य सामग्रीको रुपमा प्रयोग हुन्छ भने ढकियाको प्रयोग सामान ओसार्न तथा राख्नको लागि प्रयोग गर्नलाई बनाइन्छ । जुन बुन्ने सीपसँगै दक्षता उत्तिकै जरुरी रहने बताइन्छ । बेनौलीकै सुझावन डंगौरा थारु (६६) आजभोलि ढह्रिया बुनेर फुर्सदको समय सदुपयोग गर्दै आएका छन् । माछा मार्ने उदेश्यले ढह्रिया बुन्दै आएका उनले यताउता डुलेर समय खेर फाल्नु भन्दा त घरमा बसेर हरचाली गर्नु नै जाती भएको बताउँछन् । सुझावन भन्छन्–‘पुुरानो ज्ञान सीपको फाइदै फाइदा छ । ढह्रियामा दिनहुँ सजिलै माछा फस्ने हुनाले प्रत्येक दिनको खान्कीमा माछा नै हुन्छ हाम्रो । बढी भएको माछाको पक्ली (सिद्रा) बनाउँछौ,जुनचाड पर्वमा विशेष परिकारको रुपमा रहन्छ ।’ थारु जातिमा ढह्रिया बनाउने हस्तकला प्रविधि पुस्तौंदेखि चल्दै आएको मौलिक माछा मार्ने प्रविधि हो ।    ग्रामीण वस्तीहरुमा ढकिया, डेलुवा, ढह्रिया, जालमात्रै होइन, टापी, जाल, बरेरुवालगायत माछा पार्ने प्रविधिका साथै खटिया, सुप्पा (नाङलो) डिलिया (माछा राख्ने भाँडो), छिट्नी, छिटुवा, वस्तुभाउलाई बाँध्न प्रयोग गरिने पगाहा, छर्की, बेना (हाते पंखा)लगायतबुन्ने कामहुँदै आएको देख्न पाइन्छ । घरायसी प्रयोजनमा आउने ती वस्तु फुर्सदको समयमा बनाइने गरिए पनि बाह्रैमास प्रयोगमा आउँछन्, जुन वातावरणीय हिसाबले र आयआर्जनको हिसाबले पनि निकै किफायती हुने बताइन्छ । तर पछिल्लो समय सो प्रविधि तथा बनाउने ज्ञान र सीप विस्तारै लोप हुँदै गएको छ । समयअनुसार नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा ती हस्तकला सम्बन्धी ज्ञान र सीप लोप हुँदै गएको थारु संस्कृतिविद अशोक थारु बताउँछन् । ती सामग्री बनाउने ज्ञान र सीप जोगाएर व्यावसायिक बनाउन सके संरक्षणका साथै आयआर्जन समेत गर्न सकिने संस्कृतिविद थारु औल्याउँछन् ।  

आम्मामा...कति ठूलो छट्रि (फोटो फिचर)

आम्मामा...कति ठूलो छट्रि (फोटो फिचर)

११२६ दिन अगाडि

|

२८ साउन २०७९

काठमाडौँ, साउन २८ । थारु समुदायमा वर्खाको समयमा विशेष गरेर छट्रिको प्रयोग गरिन्छ ।  छाताको सट्टा थारुहरुले पात र बाँसले हाँतले बुनेको छट्रि प्रयोग गर्ने गर्दछन् ।  यो छट्रि बरघर रेस्टुरेन्टको यही भदौ १ बाट बौद्धमा खुल्न लागेको नयाँ शाखामा प्रदर्शन गरिने रेस्टुरेन्टको सञ्चालक सीताराम चौधरीले ढकिया खबरलाई बताए । स्मरण रहोस्, अहिले बरघर रेस्टुरेन्ट कीर्तिपुरको पाँगामा सञ्चालन भइरहेको छ । उनका अनुसार सम्भवत यसअघि यति ठूलो छट्रि बनेको छैन । बर्दिया, राजपुर–२ जोतपुरका भरतलाल थारुले  तयार पारेको यो छट्रिको लम्बाई १२ फुट छ ।