भलमन्सा प्रणालीको संरक्षणमा कुनै कसर बाँकी राख्तिनः अध्यक्ष चौधरी 

भलमन्सा प्रणालीको संरक्षणमा कुनै कसर बाँकी राख्तिनः अध्यक्ष चौधरी 

८२४ दिन अगाडि

|

१४ वैशाख २०८१

जुडीसितोल हे सिरुवा पावन

जुडीसितोल हे सिरुवा पावन

८३७ दिन अगाडि

|

२ वैशाख २०८१

पृष्ठभूमिः बिक्रम सम्बत साल अनुसार वैसाख १ गते लया बछर (नयाँ वर्ष) सुरु हेछै । कोचिला थारु समुदायमे यीटा दिन बिषेश रुपसे मनछै । छोटना के मुडी मे पानी द्याके आशिर्वाद देछै, जनत बोडनाके गोडा मे पानी द्याके आशिर्वाद लेवेके चलन छै । नव विवाहित जोडी सिरमोर फुल जित लदी पोखरमे जल प्रवाह करछै । सिरुवाके बारेमे बहुते झनाके जानकारी नय हवे साकछै । सेहास सिरुवा के बिषयमे यीटा लेखमे जानकारी देवेलगिन प्रयास करनिस ।  सिरुवा पावन थारु समुदायके संस्कृति छेकै । बछरके अन्तिम चैत महिनामे बहरजत्रा पुजा करछै । ग्रामतीमे गोटे बछर भोगल रोगबियाद, दुखसांघ, पीडाकष्ट सवना बहिके जो हे लया बछर मे फरे यीना रोग, दुःख, पीडा घुमी नय आवियान कहिके डिहवारनी, ग्रामथान, संसारीमाय, मलङ, कुलदेवता, पाँचोदेवीके सुमरीके धामी तान्त्रिक विधिसे चलान करिके बही देछै । वेहा दिन से आपन कुलदेवता, ग्रामथान, डिहवारनी के तीन दिन धुपदिप से सांझवाती द्याके यीटा बछरके बिदाई हे लया बछरके स्वागत करेके चलन छै । बहरजत्रा पुजाके वाद सामुहिक रुपमे कुप, इनार, डगरबाट सफा करैक । वहिने चैतके रानल वैसाखमे ख्याके चलन छै । वैसाख १ गते कादमाटी से लेढीपेढीके भौजी, गोतिया, ननद संगे हँसिमजाक करिके मनवैक । वैसाख १ गते राजाके (थानके राजा, देशके राजा) घरमे जुडीसितोल मनावैक । तकरबाद वैसाख २ गते आम मलवैया आपन घरमे जुडीसितोल मनावैक । अखने वैसाख १ गते जुडीसितोल मनावेके चलन यलैस । जुडीसितोल मनावेके विधिः थारु समुदायमे कुलदेवता के बासस्थान के सिरापाट कहछै । सिरा के अर्थ शिरस्थ (मूल) पाट के अर्थ बास हेछै । कुलदेवता बासस्थान के भनसी घर या गहवर कहछै । कुलदेवताके भनसी घरके इसानकोण मे स्थापना करछै । थारु समुदाय मे कहवी छै ‘सिरा न पाट के गोड लाग टाट के’ कहेके मतलव आपन कुलदेवता के सफामन से पुकार करला से बहुतो बिघ्नबाधा आप्सेआप सामाधान हेल बहुतो प्रमाण छै । बछरके सुरुमे घरके शिरस्थ कुलदेवताके शुद्ध लज, फुलपती, धुपदिप अर्पण करिके आशिर्वाद लेछै । आपन आपन कुलके देवी देवता फरक फरक हवे साकछै ।  तकरबाद ग्रामथान मे स्थापित दरदेवता, धामी धमियेन, हातीबन्धा (गणेश जी), बघेसरी (भवानी जी), लक्ष्मीडारी, अघोरीनाथ, डिहडिहवारनी (बास्तु), संसारी के लजफुल ढारीके आशिर्वाद लेछै । यकरवाद ग्रामतिके बयोबृद्ध या गछदार, गुरुवा धामीके पइर (गोडा) मे जलफुल ढारीके आशिर्वाद लेछै । तव घरके बयोबृद्ध, मातापिता, ककाककी, ददाभौजी के गोडामे जलढारीके आशिर्वाद लेछै । वहिने आपन से छुमीनाके मुडीमे जल द्याके जुडीसितोल कहिके आशिर्वाद देछै । जुडीसितोल हे सिरुवा के अर्थः जुडी के अर्थ जुड (ठण्डा) सितोल के अर्थ सितल (शान्ति) हेछै । बैसाख मे गर्मी धमकल रहछै सेहास जुड (जुर) पानी से मन सितल (शान्ति) हेछै । सेहास बितल बछरके पिडासे दुखित हेल मन हे गर्मीसे तमसल मनके जुडावे लगिन सितल, जुड जल ढारीके कञ्चन शरीर रहोक कहिके आशिर्वाद देवेलेवे कारण जुडीसितोल कहछै ।   बहरजत्रा पुजाके बाद लया बछरमे रोगबियाद, हैजा, फौती, दुःख कष्ट नय भोगे परोक । सुख, शान्ति, निकेकुसले कञ्चन शरीर रहोक कहिके बछरके सुरुमे (सवसे पहिना) आपन कुलदेवताके सिरापाट, ग्रामथान, मातापिता, गुरुवा, धामीके सुरुमे जलफुल ढारकरिके सिरासे आशिर्वाद लेवेके कारणसे सिरुवा कहल गेलैस ।  राजधामी गुरुवा बैसाख १ गते पाँचोदेवती (पंचहायान) हांसपोसामे के पहिना पुजा करछै। तकरबाद इटहरीमे बैसाख २ गते उतर दिसर सिरामे कचना महादेवके जाग्राम पुजा किर्तन करछै । सिरा उतरमे बैसाख ३ गते इटहरीके कचना महादेवके पुजा करलके बाद भाठी दखिन दिसरके थानमे पुजा ढारते गेलके कारणसे सिरुवा कहछै । अखने बछरके सुरु बैसाख १ गते जुडीसितोल के सिरुवा पावन के रुपमे मान्यता पेलकैस । विहाके सिरमोर (फुल) बिसर्जनः नव विवाहित जोडीके सिरमोर (फुल) विवाह के वाद जतनसे सांठीके राखछै । सिरमोरसे झरल फुलनाके समटिके जतन करे परछै । तव बैसाख १ वा २ गते जित लदी या पोखर मे बिसर्जन करे परछै । फुल बिसर्जन के बाद विवाहित जोडी पानी मे हथरीके घुङघरी, झुना, माछ या कुन चिज पहिना पकडछि कि खाली हाथ रहछै, उटासे वकर छौडा कि छौडी बच्चाके जलम अनुमान जोखना कहिके जनबिश्वास छै । झुना भटेलासे छौंडी बच्चा, घुङघरी भेटलासे छौडा बच्चा हवेके प्रवल संभावना रहछै । तकरबाद जलकुमारीके धुपदिप हे फुलघोडा चढछै । जलकुमारी से सुखमय बैबाहिक जीवन हे सन्तान के कामना करछै ।  सिरापाट (कुलदेवता) मे अर्पण विधिः आपन आपन कुलदेवता के जुडीसितोल या सिरुवामे बिशेष करिके पवित्र मनसे गोचर बिन्ति करछै । कुलदेवताके आपन पाट (स्थान) मे आसन बान्हीके बैठे लगिन गोचर बिन्ति करछै । कुलदेवता फरक फरक हेछै । मुख्य रुपमे शिवपार्वती, गयाँ (गांगो), देवी भवानी (बघेसरी), काली, बामत, गहिल, लक्ष्मी (भण्डारनी), बिसहरा (नाग), मुलदुवारमे (प्रवेशद्वार) रक्षा करेलगिन देवीके बाहान सिंह दुनु काते रहछै सेहास सिंहदुवार अपभ्रमसमे सिदुवार बोलचालमे कहछै । बहारसे नकारात्मक शक्ति घर येङनमे प्रवेशमे रोक लगावे लगिन सिदुवारीमे नरसिंह, हलुमान ठाकुर, भैरव के स्थापना करल रहछै ।  हाथगोड धोवीके एकलोटा जल भोरिके, फुलपती, धुपदिप हे पान प्रसाद चढ्याके कल जोडिके कुलदेवतासे बिन्ति गोचर अनुरोध करछै, ‘हे कुलदेवता, हे पांचोदेवी, राजा राज छोडने राज नय भेटछै देवता पाट छोडने से पाट नय रहछै । सेहास आपन राजपाट समारीके स्थीर बरिके बैठ । हमर घरगैरना, बालगोपाल, सखासग्तउन के निके कुसले राखियान । हमे मलवैया छेकिन । येंठ खेछिन झुठ बोलछिन । घडीघडी अपराध करछीन । जे जानछुन वतन्या करछुन । जे जुरलु से चढनुस । जे नय जानछुन से नय चढनुस । अधना अज्ञानी जानीके हमर गलती क्षमा करिदिहेन । तोर शरणागत छुन दया कर, दया कर, दया कर ।’ कुल देवता कि जय, पाँचोदेवती कि जय । यतन्या बिन्ति करिके लोटाके जल ढारी देछै हे गोड लागछै ।                                                                                                 लेखक रामसागर चौधरी उपसंहारः सिरुवा थारु समुदायके सांस्कृतिक धरोहर छेकी । यकर महत्व हे फाईदाके बारेमे छलफल बहस चलना जरुरी छि । थारु समुदाय सिरुवा पावनके जीवन्त राखेलगिन हर प्रयतन करोक । सिरुवा पावनमे गुलगुलिया, पुव, करिबरी, चितकोव रोटी, खिर, सोहारी औठ रकमके पकवान के मजा लिहेन । लया बछर मे बिकृतिके रुपमे प्रवेश करल जाँड, दारू मे फजुल खर्च कम करिके झैझगडासे दुर रहिके आनन्दसे मनावम । कञ्चन शरीर हे प्रफुल मन बनोक सिरुवाके हार्दिक शुभकामना । इटहरी–१२, खनार, सुनसरी

थारूहरूलाई शासकहरूले कहिले सोधे होलान्- डउले डउले ?

थारूहरूलाई शासकहरूले कहिले सोधे होलान्- डउले डउले ?

८५१ दिन अगाडि

|

१८ चैत २०८०

सबिना श्रेष्ठ संसारमा सबभन्दा धेरै भनिने शब्द हो – हेलो । अंग्रेजी जान्ने होस् वा नजान्ने, अधिकांशलाई 'हेलो' भन्न आउँछ। करिब करिब यो संसारभरकै मान्छेले जान्ने अभिवादनको शब्द हो। नेपालीहरू अभिवादन गर्नुपर्दा 'नमस्ते' वा 'नमस्कार' भन्छन्। थारू भाषामा 'गौर लागैचियै', 'जय गुरबाबा', 'राम राम' भनिन्छ। यसरी विभिन्न तरिकाले अभिवादन गरेपछि हाम्रो दिमागमा झट्टै अर्को प्रश्न आउँछ – तपाईंलाई कस्तो छ ? विशेषगरी, चितवनका थारूहरू 'तपाईंलाई कस्तो छ?' भनेर सोध्नुपर्दा 'डउले डउले' भन्छन्। यो उनीहरूको अभिवादन गर्ने शब्द पनि हो। एकअर्कालाई भेट्नेबित्तिकै सुरूमै उनीहरू यो शब्द भन्छन्। समग्र थारू समुदायले कस्तो छ भनेर खबर सोध्दा 'डउले डउले' भन्दैनन्। चितवनका थारूहरूले मात्र भन्ने यो शब्द प्रतिनिधिका रूपमा आए पनि समग्र थारू समुदायको कथा–व्यथा उस्तै हो। 'डउले डउले' शीर्षकमा नै पाटन दरबार स्क्वायरभित्र यति बेला मिक्सड–मिडिया प्रदर्शनी भइरहेको छ। प्रदर्शनीमा सबैभन्दा धेरै नयाँ–पुराना फोटा छन्। थारू समुदायले लगाउने र प्रयोग गर्ने सामग्री छन्। अनि 'लूप' मा चलिरहने एउटा भिडिओ छ। यी सबैले थारू समुदायको इतिहास, संस्कृति, जीवनपद्धति, ज्ञान, प्रतिरोध लगायत विषयबारे जानकारी दिन्छ। उनीहरूको समुदायमा के कति परिवर्तन भए र कति भएनन् भन्ने झलक दिन्छ।  'अहिलेसम्म थारूको इतिहास थारू आफैंले लेखेका छैनन्,' प्रदर्शनीमा संलग्न इन्दु थारूले भनिन्, 'हाम्रो हजुरबुबा, हजुरआमाहरूले लेख्न–पढ्न पाउनुभएन। जो पढ्न अनि लेख्न जान्थे, ती थारू समुदाय बाहिरका थिए। कि त विदेशी थिए। उनीहरू जति समय हाम्रोमा बसेर अध्ययन गरे पनि कति नै गर्न सक्छन् जस्तो लाग्छ।' यो प्रदर्शनी गर्दा पनि थारू इतिहास अनि उनीहरूको आवाज कसरी बन्ने भन्ने कुरामा आफूहरू सजग भएको उनले बताइन्। 'खास गरी हाम्रो इतिहासलाई कसरी देखाउने भन्ने विषयमा हाम्रा साथीहरूबीच धेरै बहस हुन्थ्यो। प्रदर्शनीका लागि फोटो छान्दा र त्यसलाई वर्णन गर्ने शब्द छान्दा हामी त्यतिकै सजग भएका थियौं,' उनले भनिन्। भनिन्छ, फोटो आफैंले हजारौं शब्द भन्छ। यो प्रदर्शनीमा २०६० सालदेखि हालै खिचिएका फोटा छन्, जसले थारूहरूको विगत र वर्तमानको चित्रण गर्छ। तिनले थारूहरूले बाँचेको जीवन, पहिरन, सामग्री, खानेकुरा लगायत वर्णन गर्छन्। पुराना फोटा हेर्नुभयो भने तपाईंले थारू महिलाहरूले सानादेखि ठूलासम्मले ब्लाउज, लेहेंगा लगायत पहिरन लगाएको देख्नुहुन्छ। अहिले यसरी पहिरन लगाउने चलन चाडपर्व र विशेष अवसरमा मात्र सीमित छ। त्यति बेला जुत्ताचप्पल लगाउने चलन पनि नआइसकेको देखिन्छ।  २०७० सालतिरको फोटो हेर्ने हो भने थारू गाउँका गाडामा काठको चक्का देखिन्छ। अहिले त्यसलाई टायरले विस्थापित गरिसकेको छ। उनीहरू भरपुर मात्रामा बाँसले बनाएका ढकिया, माटाका भाँडा प्रयोग गर्थे। अहिले छिटपुट प्रयोग गर्छन्। 'हामीले जोगाउनै नसकेको भनेको भौका भन्ने सामग्री हो। खरबाट बनाइने भौकामा आफ्ना लुगा, गरगहना तथा महत्त्वपूर्ण सामग्री राखेर घरमा झुन्ड्याइन्थ्यो। अहिले दराजले त्यसलाई विस्थापित गरिसक्यो। त्यो सीप हामीले जोगाउनै सकेनौं। अहिले फोटोमा मात्र सीमित छ,' इन्दुले भनिन्। नयाँ फोटामा हात्तीको रेखदेख गर्ने महिला माउतेहरू देख्न सकिन्छ। पुरूषहरूमा सीमित पेसामा आफूहरू पनि सक्षम छौं भनेर थारू महिलाहरूले प्रमाणित गर्दै लगेको देख्न सकिन्छ। थारू महिलाले आफ्ना शरीरका अंगमा बनाउने गोदना/टिका (ट्याटु) का फोटा पनि हालै खिचिएका धेरै छन्। थारू समुदायमा मृत्युपछि भगवानको घर जाँदा आफूसँगै लगिने कुराका रूपमा गोदनालाई लिइन्छ। त्यसमा कथाहरू पनि छन्। भगवानको घर कसरी जाने त? घोडा चढेर। उनीहरूले घोडा बनाए। जाँदाजाँदै बाटोमा भोक लाग्ला! चुह्लो अनि भाँडा बनाए। तरकारी काट्न हँसिया बनाए। आलु, भन्टा, लगायत खानेकुरा खोजे। बस्न डोरी अनि स्टुल बनाए। यस्तो कथासँगै गोदनामा मयुर, घोडा लगायत प्रकृतिसँग सम्बन्ध राख्ने कुराहरू पनि हुन्छन्। केही समययता इन्दु र उनका साथीहरूले पूर्वदेखि पश्चिमसम्मका थारू गोदनाको सीपबारे अध्ययन गरिरहेका छन्। त्यसक्रममा उनीहरूले थारू समुदायमा यो परम्परा लगभग लोप हुने स्थितिमा रहेको पत्ता लगाए। 'आफ्नो शरीरमा गोदना गर्छु भन्दै उनीहरूकहाँ मान्छेहरू नआएकै ३०–३५ वर्ष भइसकेछ। आधुनिक ट्याटु बनाउने र यस्ता मौलिक सीपलाई बेवास्ता गर्ने हो भने यो सीप हराउन धेरै समय लाग्दैन। हामीले त्यसलाई अभिलेख राख्ने प्रयास गर्दैछौं,' अनुसन्धाता पनि रहेकी इन्दुले भनिन्। यो प्रदर्शनीको एउटा कुनामा थारूहट थारूवान आन्दोलनमा सहभागी भएका महिलाहरूको फोटा देख्न सकिन्छ। त्यतिबेला थारू पुरूष आन्दोलनकारीहरू बाटोमा देख्यो कि प्रहरीले समातेर लाने समय थियो। त्यही भएकाले थारू महिलाहरू आफ्नो मौलिक पहिरन लगाएर सडकमा आएका थिए। इन्दु आफैंले उक्त आन्दोलनमा नेतृत्वदायी भूमिका पनि निर्वाह गरेकी थिइन्। २०७२ सालमा संविधान बन्ने तयारी भइरहेका बेला थारूहरूले भूमि चाहियो र संविधानमा आफ्नो पनि स्थान हुनुपर्‍यो भनेर आन्दोलन गरका थिए। 'तर हाम्रो माग पूरा भएन,' इन्दुले भनिन्, 'हामीले भनेजस्तो थारूहट थारूवान प्रदेश पाएनौं। हामीले नवलपरासीदेखि कञ्चनपुरसम्म एउटा प्रदेश हुनुपर्छ भन्यौं। तर कैलाली कञ्चनपुरलाई त्यही अखण्ड सुदूरपश्चिममा राखिदियो। थारूहरूलाई संघीयताले छुँदै छोएन। अझ सुदूरपश्चिमलाई त छुँदै छोएन। जे पुरानो संरचना थियो, त्यही नै भयो।' उनले अगाडि भनिन्, 'हामीले जातीय जनसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्छ भन्यौं। त्यो भएन। आफ्नै भाषामा पढ्न पाउनुपर्छ भन्यौं। त्यो पनि भएन।' थारू भाषाका शब्दहरू खस समुदायले बिगारिदिएकोमा इन्दुलाई झनै चिन्ता छ। 'हामी बरघर भन्छौं। उनीहरू बडघर लेख्छन्। हामी माघ मनाउँछौं, उनीहरू माघी भनेर लेखिदिन्छन्। हाम्रा ठाउँहरूको नाम पनि निकै बिगारिएको छ। यो हाम्रो मौलिक शब्द माथिको आक्रमण नै हो,' उनले भनिन्। यो प्रदर्शनीमा गुरही चोकको एउटा फोटो छ। धनगढीमा बस्ने थारूहरूले यो चोकमा गुरही पर्व मनाउँछन्। करिब २० वर्षअघि यो चोकलाई थारूहरूले सिडिओसहितको उपस्थितिमा गुरही चोक नामाकरण गरे। तर गैरथारूहरूले यसलाई क्याम्पस चोक भन्नुपर्छ भनेर विरोध गरिरहेका छन्। 'हाम्रो थारू बस्तीमा आएर उनीहरू भानुको मूर्ति राख्छन् र भानु चोक भन्छन्। मोतीराम भट्टको मूर्ति राख्छन् र मोती चोक भन्छन्। जुन चोकलाई सरकारले नै गुरही चोक भनिसक्यो, त्यसबारे हामीले भने अहिलेसम्म लडाइँ लडिरहनुपरेको छ,' उनले भनिन्। यो प्रदर्शनीको एउटा कुनामा 'मुक्तिक डगर' पत्रिकाका लेखहरू राखिएको छ। यो पत्रिका २०४९ सालमा इन्दुका बुबाले प्रकाशनमा ल्याएका थिए। वार्षिक रूपमा प्रकाशित हुने यो पत्रिका थारू भाषामा निस्किन्थ्यो। त्यसमा गीत, कविता, गजल अनि लेखहरूको संकलन हुन्थ्यो। २०५२ सालमा माओवादी युद्ध घोषणा भएपछि यस पत्रिकामाथि सरकारले अंकुश लगाउन खोज्यो। प्रहरीहरूले थारू घरमा छापा मार्न थाले र जसको घरमा यो पत्रिका छ; उनीहरूलाई समातेर लाने, धम्काउने र गिरफ्तार गरेर लान थाल्यो। सोही डरका कारण ज–जसको घरमा यो पत्रिका थियो, उनीहरूले त्यसलाई गाड्ने वा जलाउने गर्न थाले। 'मुक्तिक डगरमा आफ्नो अधिकारका लागि बोल्नुपर्छ, लड्नुपर्छ भन्ने खालका कुराहरू थिए। जमिनदारहरूको विरोध गर्ने, शासकहरूको विरोध गर्ने कुरा उनीहरूलाई पचेन। अनि सरकारले त्यसलाई नियन्त्रणमा लिन खोज्यो,' इन्दुले भनिन्, 'मेरो आमा, हजुरआमाले पनि प्रहरीले समात्छ भन्ने डरले हामीले पढ्नेबाहेक सबै किताब जलाउनुभयो कि माटोमुनि गाड्नुभयो।' यो प्रदर्शनीताका इन्दु र उनका साथीहरू थारू गाउँहरूमा यो पत्रिका खोज्दै हिँडेका थिए। कैलाली, कञ्चनपुर, बाँके, बर्दिया हुँदै दांगसम्म पुग्दा पनि उनीहरूले फेला पार्न सकेनन्। काठमाडौंमा बसेर अध्ययन–अनुसन्धान गरिरहेका कृष्ण सर्वहारीको घरमा फेला परेपछि स्क्यान गरेर प्रदर्शनीमा राखिएको हो। पत्रिकामार्फत थारूहरूलाई जागरूक बनाउने इन्दुको बुबाको २०५९ सालमा गोली हानेर हत्या गरियो। त्यति बेलासम्म उनले मुक्तिक डगर पत्रिकाको ६ अंक प्रकाशन गर्न सफल भएका थिए। इन्दुले पछि २०७५ सालमा यो पत्रिकालाई पुनः निरन्तरता दिइन्। यही पत्रिकाको छेउमा इन्दुले थारू भाषामा लेखेको एउटा कविता छ, जसमार्फत यो साम्राज्य कसको हो भनेर आफूले प्रश्न उठाएको उनी बताउँछिन्। 'जुन साम्राज्यमा मेरी आमाले मलाई जन्म दिँदा एकदम पीडा भएपछि अय्या भनेर कराउँदा जोडले नकरा भनेर आदेश दिइन्छ, यो साम्राज्य कसको हो भनेर कवितामार्फत प्रश्न गरेको छु,' इन्दुले भनिन्, 'यसमा अलिकति गीतको कुरा पनि ल्याएको छु। हाम्रो आमाहरूलाई सजना, धमार, मागर लगायत थारू गीतहरू गाउन नदिएर खाली मनोरञ्जन (साली भाटु) को गीत मात्र गाउन लगाइयो। आफ्नो विरह, मुक्तिको गीत गाउन नदिने यो साम्राज्य कसको हो ?' उनले अगाडि भनिन्, 'हाम्री आमाहरूले आफ्नो आवाजलाई अलिकति घरको भित्ता माटोले लिप्ने बेला दबाउनुभयो। अलिकति खेतमा धान रोप्ने बेला औंलाले माटोमा थिचेर दबाउनुभयो। यसरी आफ्नो आवाज दबाउँदा दबाउँदै उहाँहरूको आवाज नै गुमनाम बनाइयो। आजका आमाहरूले वर्षौंदेखि दबाइएको आवाज नै हामीलाई हस्तान्तरण गर्नुहुन्छ कि नयाँ प्रतिरोधको आवाज हस्तान्तरण गर्नुहुन्छ भनेर मैले कवितामा प्रश्न गरेको छु।' थारू महिलालाई अरूले हेर्दा अलि प्रतिरोधी र स्वतन्त्र सोच्छन्। उनीहरूलाई निर्णय प्रक्रियामा धेरै अधिकार दिइएको छ भन्ने पनि धेरैलाई लाग्ला। तर आफूलाई भने आफ्नी आमा, हजुरआमा र जिजुआमा हेर्दा त्यस्तो कहिले नलागेको इन्दुले बताइन्। उनले एउटा उदाहरण पनि दिइन्, 'मेरो जिजुआमा बिहे गरेर आएको केही समयमा नै मेरो जिजुबुबा बित्नुभएछ। उहाँ बितेपछि मेरो जिजुआमाको बिहे उहाँको देवरसँग गराइदिए। त्यसरी बिहे गराइदिँदा त्यसलाई कसरी स्वतन्त्र भयो भन्ने? मेरी जिजुआमालाई देवरसँग बिहे गर्न मन छ कि छैन भनेर कसैले पनि सोधेन जस्तो लाग्छ।' 'थारू महिलाले खेतमा काम गरेको देख्यो, माछा मार्न गएको देख्यो वा बाहिर कतै नाचगान गरेको देख्यो भन्दैमा उनीहरू स्वतन्त्र छन् भन्न मिल्दैन। उनीहरूको जीवन संघर्ष कस्तो थियो भन्ने खालको बहस आउनुपर्छ जस्तो मलाई लाग्छ,' इन्दुले भनिन्, 'थारू महिलाको कथा र संघर्षबिना थारू इतिहास अधुरो छ।' राष्ट्रिय निकुञ्जको धारणा आएपछि कसरी थारूहरूको रैथाने पेसामा हस्तक्षेप भयो भन्ने कुरा पनि हामीले प्रदर्शनीबाट थाहा पाउन सक्छौं। थारूहरूको माछा मार्ने संस्कृतिमा कसरी राष्ट्रिय निकुञ्जले असर पुर्‍यायो भन्नेबारे प्रदर्शनीमा लेखिएको छ, 'राष्ट्रिय निकुञ्जहरूमा आदिवासीहरूलाई माछा मार्ने अनुमति छैन। थारू र अन्य आदिवासीहरूलाई थाहा छ कि पार्कमा प्रवेश गर्दा उनीहरू पक्राउ पर्ने खतरा छ। तैपनि उनीहरू माछा मार्न छाड्दैनन्। किनभने उनीहरूका लागि माछा मार्नु केवल पेसा होइन, अस्तित्वको सार हो।' यो प्रदर्शनी सफल बनाउन इन्दुसँगै वीरेन्द्र महत्तो, सञ्जीव चौधरी, लवकान्त चौधरी, अर्नभ चौधरी, मारिया बोसेरेट र टम रोबर्टसनले भूमिका खेलेका छन्। प्रदर्शनीमा 'लूप' मा चलिरहने भिडिओ लवकान्त चौधरीको हो। यो भिडिओले थारूहरूको गुरूवा (पुजारी) मार्फत गराइने धार्मिक अभ्यास, थारू भरियाको कथा, मुलुकी ऐनले थारूहरूलाई कसरी 'दास' बनाएको छ, राष्ट्रिय निकुञ्ज बनाए पनि विदेशी राजाहरू आएर पार्कमा शिकार गर्न गएको लगायत विषय समेटेको छ। यो प्रदर्शनीले पूर्वदेखि पश्चिमका थारूको कथा र सीप पनि देखाउने प्रयास गरेको छ। उनीहरूले भोग्दै आएको प्रतिरोध काठमाडौंलाई सुनाउने प्रयास गरेको छ। प्रदर्शनी हेर्दै गर्दा र उनीहरूको इतिहास बुझ्दै जाँदा तपाईंलाई लाग्न सक्छ, सधैं शोषण गर्ने शासक वर्गले थारूहरूलाई कहिले सोध्यो होला — डउले डउले। अर्थात्, 'तपाईंलाई कस्तो छ?'   प्रदर्शनीको आज चैत १८ गते अन्तिम दिन रहेको छ ।  सेतोपाटीबाट

राना थारु समुदायले मनाए काठमाडौंमा होली मिलन तथा खखडेहरा पर्व

राना थारु समुदायले मनाए काठमाडौंमा होली मिलन तथा खखडेहरा पर्व

८५१ दिन अगाडि

|

१७ चैत २०८०

राना थारु समुदायले  काठमाडौंमा पहिलो पटक होली मिलन तथा खखडेहरा पर्व मनाएका छन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले  राना थारु समुदायको उत्थानका लागि व्यावसायिक योजना अघि सार्नुपर्ने धारणा राखे।  नेपाल राना थारु युवा समाजले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा उनले कैलाली र कञ्चनपुरमा मात्र बसोबास रहेको राना थारु समुदायको आर्थिक समृद्धिका लागि आगामी बजेटमा विशेष व्यावसायिक कार्यक्रम ल्याउन आफूले पहल गर्ने बताए । लिखित रूपमै उत्पादनमुखी कार्यक्रम ल्याउन राना थारु युवा समाजलाई आग्रह गर्दै उनले व्यावसायिक रूपमा पहिचान झल्काउने गरी नयाँ बजेटमार्फत कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, पूर्वमन्त्री नारदमुनि राना, पूर्व संविधानसभा सदस्य कृपाराम राना लगायतले  राना थारु समुदायको उत्थान हुनुपर्ने विषय औँल्याएका थिए  । होली मिलन कार्यक्रममा कैलाली र कञ्चनपुरबाटै कलाकार टोली काठमाडौं आएका छन् ।

हाम्रो परिवार दाङबाट किन सर्यो बुह्रान ?

हाम्रो परिवार दाङबाट किन सर्यो बुह्रान ?

८६० दिन अगाडि

|

९ चैत २०८०

मेवाराम चौधरी नेपालको पूर्वी झापादेखि सुदूरपश्चिमको कंचनपुरसम्म तराईमा बसोबास गर्ने थारूहरूले आफ्नो उद्गम थलो दाङदेउखुरी जिल्लालाई मान्दछन्। देशभरमै सबैभन्दा सुन्दर दाङ उपत्यकालाई मानिन्छ। बस्ती विकासको शुरूवातमा दाङमा थारूहरूको निकै सघन बस्ती थियो भनेर थारू पूर्खाहरूले दाबी गरेको पाइन्छ। मानव बस्तीको विकासक्रम, चेतना र विस्तार संगै हरेक व्यक्ति, परिवार तथा जाति समुदायहरू आफ्नो गुजारा, आत्मसम्मान र स्वाभिमानका खातिर अनेकन् प्रयास, मेहनत र संघर्ष गर्नु परेको इतिहास सबैसँग छ। फरक यतिमात्र होला, कुनै विस्थापित हुनबाट जोगिए भने कुनै परिवार र समुदाय आफू बसिरहेको ठाँटथलो छोड्न बाध्य भए अथवा बनाइए। इतिहास खोतल्ने क्रममा हरेक परिवार र जाति समुदाय यस्तै यस्तै घटनाक्रमबाट कुनै न कुनै रूपमा जोडिएको इतिहास छ। हाम्रो परिवारको छारा कथा झट्ट सुन्दा दन्त्य कथा जस्तो लाग्ने, कतै मिथ्या त होइन जस्तो पनि लाग्ने। तर यी सबै वास्तविकतामा आधारित हाम्रो पारिवारिक इतिहास हो। यहाँ एउटा विचारणीय कुरो के छ भने अन्य जाति समुदायको भन्दा थारू समुदायको इतिहास अलि पृथक नै देखिन्छ। उनीहरू माथि जुनसुकै शासन प्रणालीमा राज्यबाट वर्गीय भेदभावका वावजूद धेरथोर जातीय भेदभाव पनि गरेको पाइन्छ। मेरा बाजेको साथ लागेर १०, ११ वर्षका मेरो बाबा जो अहिले ८७ वर्षको हुनुहुन्छ, दाङ छाडेर २००५ सालमा बसाई सर्ने क्रममा ७ दिनको पैदल यात्रा गरेर कैलालीको धनगढी आउनु भएको बताउनुहुन्छ। त्यस्तै म ७,८ बर्षको हुँदा बाबाको साथ लागेर कैलालीबाट २०२६ सालमा कञ्चनपुरको बेलौरी बसाइँ सरेका थियौं। दाङबाट कैलालीको धनगढी (२००५) हाम्रा पूर्वजहरू कहिले, कहाँबाट  र कसरी दाङ आउनुभयो, यसबारे हाम्रो लागि खोजीको विषय छँदै हो। मेरा बाजेहरूको बसाइँ दाङको साविक डुरूवा गाउँ विकास समिति वडा नम्बर– ९ अन्तर्गत तथा हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १४ ड्वाँङपुरमा रहेको थियो। हाम्रै परिवार मध्येका त्यहाँबाट बसाइँ सराई नगरेका कैयौँ परिवार अझै पनि दाङको त्यही गाउँमा हुनुहुन्छ।  परिवार संख्या बढ्दै जाने क्रममा अहिले आएर धेरै घरधुरी हुनु स्वभाविक हो। पहिलो पटक २०५३ सालमा म दाङ जाँदा ३६ घरधुरी रहेको पाएको थिएँ । त्यसको केही वर्षपछि मेरो बाबा आमाहरू जाँदा करिब ५५, ६० घरधुरी पुगेका रहेछन्। २०५३ सालमा गएको बेला हाम्रा गोट्यार (आफ्नै सहोदर गोत्र) त्यहाँ भेटिएकामध्ये अलि टाठाबाठा र उमेरका बूढापाकाहरूसंग बसेर हाम्रो परिवारको दाङ बसाइँ र वितेका कैयौँ विविध विषयहरूबारे जानकारी लिएको थिएँ। आजपनि बेलामौकामा मेरो बाबासंग पारिवारिक विगतबारे सोधपुछ चलिरहन्छ, छलफल हुन्छ।                                                                                                                                                                           लेखक मेवाराम चौधरी कैलालीबाट कञ्चनपुरको बेलौरी (२०२६) धनगढीबाट बसाइँ सरेर आउँदै गर्दाको परिदृश्य सम्झेर ल्याउँदा मेरो मानसपटलमा अझैपनि फिल्मको पर्दामा तस्वीरहरू नाचे झैँ झल्झली सम्झना आउँछ। कैलालीको बंगरा गाउँबाट हाम्रो घरायसी प्रयोजनका विभिन्न सामग्रीहरू बोकेर केही गाउँलेहरू काठे गाडामा हामीलाई बेलौरीसम्म  पुर्याउन आउनु भएको थियो। त्यसबेला कञ्चनपुरमा पुनर्वास बस्ती बसेको थिएन। धनगढीबाट बेलौरीसम्म आइपुग्न ठूला सालका रूखले भरिएका दुईओटा घना जंगल लालझाडी र खोप्री (यदाकदा रानीवन पनि भन्ने गरेको सुनिन्थ्यो) थियो। धनगढीदेखि बेलौरीसम्म पुग्ने कुनै सडक थिएन। काठेगाडा हिँड्ने सांगुरो कच्ची लिक मात्रै थियो।  कैलाली र कञ्चनपुरको बीचमा सिमानाको रूपमा बग्ने मोहना नदी पार गर्ने बित्तिकै कञ्चनपुरको ठूलो लालझाडी जंगलमा हिँड्नु पर्थ्यो। लालझाडी जंगल पार गर्ने बित्तिकै रानाथारूहरूको मात्रै बसोबास रहेको जंगल किनार खल्लामा अवस्थित पच्कडिया गाउँमा पुगिन्थ्यो। त्यतिबेला पनि पच्कडियामा वन कार्यालय थियो। हाम्रो बाजे दाङबाट बसाइँ सरेर आउनुको पछाडि सबैभन्दा ठूलो कारण त्यसबेलाको राणाकालीन सामन्ती प्रथा तथा जमिन्दारी प्रथा नै थियो। ड्वाँङपुरमा हाम्रो संयुक्त परिवारमा ८४ विगाहा दर्ता जग्गा थियो। तर तत्कालीन सामन्ती प्रथा अनुसार शासकले हाम्रो ड्वाँङपुर गाउँतिर तेघ्राको काजी मातहत जिम्मा लगाएको रहेछ। त्यस उसले बेलामौकामा काजीले हाम्रो गाउँमा आएर आफ्नो हैकम जमाउने गर्थ्यो। हाम्रो हजुरबुबाले तारन्तार काजीको थिचोमिचो सहेर बस्नु भन्दा आफ्नो भागको जग्गाको लोभ नगरी बुह्रान बसाइँ सर्ने निधो गर्नु भएको रहेछ। क्रमशः

थारू समुदाय, खोजनी–बोजनी र भलमन्सा 

थारू समुदाय, खोजनी–बोजनी र भलमन्सा 

८६४ दिन अगाडि

|

५ चैत २०८०

सानो र सुन्दर देश नेपालमा विविधता छ । भूगोल, हावापानी, जातजाति, रहनसहन, बोलीभाषा, खानपान आदि धेरै किसिमको विविधताले भरिपूर्ण छ यो देश । यही विविधता यसको मूल गहना र सिंगार हो । यसैले यो देश विश्वसामु पृथक देशको रुपमा परिचित छ । सानो क्षेत्रफलभित्र तराई, पहाड, हिमाल हुनु, १२४ भाषा बोलिनु, धेरै किसिमको पहिरन हुनु नेपालीहरुको लागि गौरवको बिषय हो । त्यसैले त हाम्रो राष्ट्रिय गानमा पनि सयौं थुंगा फूलको एक माला भनिएको छ । र, मालाको एक थुंगा पूmल थारू समुदाय पनि हो ।  थारू समुदायको आफ्नो छुट्टै विशेषता छ, उसको आफ्नो मौलिकपन छ । कसैले दशैंतिहारलाई ठूलो मान्छ, कसैले होलीलाई, कसैले छठ पर्वलाई, कसैले मोहर्रमलाई त कसैले क्रिसमसलाई ।  थारू समुदाय माघलाई आफ्नो सबैभन्दा ठूलो चाड (त्यौहार) को रुपमा मान्दछ, जसको विविध कारण छन् । पहिलो माघ १ देखि उनीहरुको नयाँ वर्ष प्रारम्भ हुन्छ, दोश्रो माघ १ उनीहरुको लागि धार्मिक हिसाबले अति पुण्य दिन लहान (अनिवार्य नुहाउनु पर्ने, शिवपुजन गर्ने, आफू भन्दा ठूलोलाई सेवाढोग गर्ने र आशीर्वाद लिने हो, निसराउ निकाल्ने दिन हो । तेश्रो माघ १ उनीहरुको आफ्नो घरको किसनवा (घरमूली) छान्ने दिन पनि हो, चौथो माघ २ देखि पहिलो साता उनीहरुको भलमन्सा (बरघर, महटावा, ककन्डार, प्रधान) चुन्ने दिन हो । यिनै कारणहरुले गर्दा नै माघ उनीहरुको लागि महत्वपूर्ण चाड मानिन्छ । यसरी माघ थारूहरुका लागि ठूलो चाड हुनुको धेरै पाटाहरु छन् । यो लेख भने माघको एक महत्वपूर्ण पाटो खोजनी–बोजनी र भलमन्साबारे केन्द्रित छ ।  खोजनी–बोजनी  खोजनी–बोजनी भनेको थारू समुदायमा प्रचलित गाउँ र घरका लागि आवश्यक पर्ने नीति निर्माण गर्ने र नेतृत्व चयन गर्ने प्रक्रिया हो । यसलाई कतिपय ठाउँमा माघीडेवानी र कतिपय ठाउँमा भुराखेलको नामबाट पनि चिन्ने गर्दछन् । खोजनीको शाब्दिक अर्थ खोज्ने र बोजनीको शाब्दिक अर्थ बोल्ने हो । त्यसैले खोजनी–बोजनीको अर्थ छलफल गर्ने र नेतृत्व चयन गर्ने हो ।  खोजनी–बोजनी भनेको अहिलेको चलनअनुसार चुनावी अधिवेशन वा साधारण सभा हो, जहाँ गाउँ सञ्चालनको लागि ब्यापक छलफल गरी सर्वसम्मत निष्कर्ष निकालिन्छ र निर्णय गरिन्छ । संघ, संस्था, पार्टी, सहकारी, क्लव आदिको चुनावी अधिवेशन २, ३ वा ४ वर्षमा हुन्छ भने थारू समुदायको खोजनी–बोजनी वार्षिक रुपमा हुन्छ । वार्षिक रुपमा हुने यो खोजनी–बोजनीमा गाउँ सञ्चालनका लागि आवश्यक पर्ने सबै नीति नियम बनाइन्छ । नेतृत्व (किसनवा, भलमन्सा, गुरुवा, चौकीदार) वा गाउँलेहरुको कमीकमजोरीबारे वा मन नपरेका कुराबारे, सुधार्नुपर्ने बानी ब्यहोराबारे, आम्दानी खर्चबारे, के गर्न हुने, के गर्न नहुनेबारे ब्यापक छलफल हुन्छ र टुङ्गो लगाइन्छ ।  खोजनी–बोजनीको प्रकार खोजनी बोजनी फरक फरक तह र तप्कामा हुने गर्दछ । पुस महिनालाई थारू समुदायमा वर्षको अन्तिम महिना र पुस अन्तिम दिनलाई बर्षको अन्तिम दिन मानिन्छ । कामका लागि हुने, गरिने सबै सहमति, सम्झौता, करार पुस मसान्तमा स्वतः रद्द हुन्छ, अन्त हुन्छ र माघमा पुनः सम्झौता वा करार हुन्छ । सम्झौता, करार लिखित हुँदैन, मौखिक हुन्छ । नैतिकता र ईमान्दारीमा आधारित हुन्छ, जसको सबैले स्वतःस्फूर्त रुपमा पालना गर्ने गर्दछन् । नैतिक शिक्षाको यो समुदायमा बलियो प्रभाव भएको कारण अहिलेसम्म यो सम्भव भैरहेको छ । मालिक र किसान, गाउँले वा भल्मन्सा बिचमा हुने यी सम्झौता पुस मसान्तमा आपसे आप स्वतः सकिने, टुङ्गिने हुनाले माघलाई मुक्ति दिवस वा पर्वको रुपमा पनि चिन्ने गरिन्छ ।  थारू समुदायमा खोजनी–बोजनी ३ तहमा हुने गर्दथ्यो, कमैया मुक्ति (वि.स.ं २०५७) पछि किसान र कमैयाबिचमा हुने खोजनी–बोजनीको अहिले अन्त्य भएको छ । घरमा हुने खोजनी–बोजनी  तथा गाउँमा हुने खोजनी–बोजनी गरी २ तहको खोजनी–बोजनी भने अहिले पनि जारी छ ।  १. घरमा हुने खोजनी–बोजनी  घरमा हुने खोजनी–बोजनीमा एउटै छानामुनि रहेको एउटै भान्सामा खानेहरु बिचमा हुन्छ । थारू समुदायमा हरेक घरमा घरमुली चुन्ने परम्परा हुन्छ । घरमूली अर्थात् ‘किसनवा’को निर्देशनमा घर चल्छ गर्दछन् । किसनवा बन्ने पहिलो हक जेठो छोरालाई हुन्छ । तर जेठो छोरा किसनवाको जिम्मेवारी बहन गर्न नसक्ने अवस्थामा वा भनौं सक्षम नभएको अवस्थामा किसनवा बन्ने अवसर (पालो) अन्य सक्षम छोरालाई जाने गर्दछ । यो खोजनी–बोजनी प्रायः माघ १ गते साँझ नै हुने गर्दछ । परिवारमा हुने यस्ता खोजनी–बोजनी भने हरेक वर्ष हरेक घरमा हुँदैन । किसनवा मन नपरेको वर्ष वा परिवारका अन्य दाजुभाइहरु बिचमा झैझगडा हुने वा छुट्टिन चाहेको आशय ब्यक्त भएमा हुने गर्दछ ।  बाबुले भनौं वा घरमूलीले भनौं, आफ्नो किसनवा पद र जिम्मेवारी छाड्दा नयाँ किसनवालाई कपालमा पगरी लगाई आजदेखि किसनवा पद र जिम्मेवारी राम्रोसँग सम्हाल्नु भनी आशीर्वाद दिने गर्दछन् । तर, यो पगरी लगाइदिने चलन भने हाल करिब करिब हराइसकेको अवस्था छ ।     २. गाउँमा हुने खोजनी–बोजनी  गाउँमा हुने खोजनी–बोजनी गाउँ समाज र भल्मन्सा, गुरुवा, चौकीदार बिचमा हुने खोजनी–बोजनी हो । यो हरेक वर्ष हुने गर्दछ । खोजनी–बोजनीमा बरघर अर्थात् भलमन्साले गाउँको आयब्यय प्रस्तुत गर्दछन्, गाउँ सञ्चालनको लागि बनेको नीति नियमबारे गाउँलेहरु ब्यापक छलफल गर्दछन् । नीति नियम बनाउन परे बनाउँछन्, हटाउन परे हटाउँछन् । राम्रा लागे पुरानै भलमन्सा, गुरुवा, चौकीदारलाई थमौती (नवीकरण) गर्दछन्, राम्रो नलागे भलमन्सा, गुरुवा, चौकीदार परिवर्तन गर्दछन् ।  यसरी गाउँमा हुने खोजनी–बोजनी हुँदा पहिले गाउँको आय ब्ययबारे छलफल, दोश्रो चरणमा गाउँ सञ्चालनका नीति नियमबारे छलफल र अन्त्यमा नेतृत्वबारे छलफल हुने गर्दछ । नेतृत्वबारे छलफल हुँदा गाउँका भद्रभलाद्मी ब्यक्तिले सम्वादको शुरुवात गर्दै भन्छन् “बरस डिनके ट्यौहार आ गिल, मुरीपर पानी परगिल, उप्पर रहना पंक्षी टो स्वतन्त्र बाटैं, हमरे टो मनुवा हुइ, अपन बाट ढरनामे सबजाने स्वतन्त्र बाटि, टुहुन मनमे का बा ? खुलके बोलो ।”  याने कि वर्ष दिनको त्यौहार आइसक्यो, शिरमा पानी परिसक्यो, माथि उड्ने पंक्षी त स्वतन्त्र छन्, हामी त मानिस हो । आफ्ना कुरा राख्नलाई स्वतन्त्र छौं, आफ्नो कुरा खुलेर राखौं भनी पुरानो नेतृत्वलाई कुरा राख्ने अवसर दिन्छन् ।  उनीहरुको कुरा सुनिसकेपछि भद्रभलादमी लगायतका गाउँका किसानहरु आफ्नो राय प्रकट गर्दछन् । नेतृत्वले पुनः जिम्मेवारी सम्हाल्ने ईच्छा ब्यक्त गरेको खण्डमा भलमन्सा, गुरुवा, चौकीदारको ईच्छा चाहना यस्तो छ है, तपाईहरुबाट कोही दावेदार छ भने भनिहालौं है भनी भेलाको ईच्छा बुझ्ने काम हुन्छ । दाबेदार पत्ता नलागे पुरानोलाई थमौती (नवीकरण, अनुमोदन) गर्दछन्, दाबेदार ठहरे छलफल हुन्छ, सर्वसम्मत नभए आवश्यकतानुसार चुनाव या चिट्ठाको माध्यम अपनाइन्छ र नेतृत्वको टुङ्गो लगाइन्छ ।     भलमन्सा (बरघर, महटाँवा, ककन्डार, प्रधान)  थारू भाषामा भलको अर्थ भलो र मन्साको अर्थ मानिस हो । त्यसैले भलमन्सा भनेको सधैँ  गाउँको भलो चिताउने, उन्नति प्रगति देख्न चाहने ब्यक्ति हो । अथवा भनौं भलमन्सा भनेको थारू गाउँको धरोहर, सम्मानित ब्यक्तित्व, गाउँको प्रमुख, गाउँको न्यायकर्ता, कार्यकारी प्रमुख हो, जसले गाउँका हरेक सरोकारका बिषयलाई हेर्ने र गाउँलेहरुसँगको परामर्शमा न्याय निरुपण गर्ने ब्यक्ति हो । जसको काँधमा गाउँको बाटोघाटो हेर्ने, पुलपुलेसा हेर्ने, खेतबारी साँध सिमानाको विवाद हेर्ने, भोजविवाह जस्ता सामाजिक मुद्दा होस् वा धार्मिक, सांस्कृतिक सवाल होस्, चाडपर्व मनाउनेदेखि न्यायनिसाफ गर्ने अथवा भनौं गाउँसँग सरोकार राख्ने सबै बिषयबस्तु हेर्ने जिम्मेवारी उसको काँधमा हुन्छ । देशको कानुनले हेर्न मिल्ने वा नमिल्ने फरक कुरा हो तर थारू परम्पराअनुसार सबै किसिमका सवाल, मुद्दाहरु हेर्ने जिम्मेवारी भलमन्साको जिम्मेवारीभित्र पर्दछ ।   कतिपय ठाउँमा भलमन्सालाई बरघर, महटाँवा, ककन्डार, प्रधानको नामले सम्बोधन गर्दछन् । कञ्चनपुर, कैलाली, बाँके, बर्दियातिर धेरैजसो ठाउँमा भलमन्सा, बरघर, बरघरियाको नामले सम्बोधन गर्दछन् भने दाङ उपत्यकामा महटाँवा, देउखुरी उपत्यकामा ककन्डार वा प्रधानको नामले सम्बोधन गर्दछन् । अरु कुनै ठाउँमा अन्य नामले पनि सम्बोधन गरेको हुन सक्दछन् । जहाँ जुनसुकै नामले चिनिए, जानिए पनि भलमन्सा, बरघरको काम भने एउटै हो ।  भलमन्सा जस्तै थारू भाषामा बरघरको अर्थ ठूलो घर र बरघरियाको अर्थ ठूलो घरवाला हुन्छ । त्यसैले, समाजमा शुरुमा बरघरिया शब्दको प्रयोग भएको र पछि बरघरको प्रयोग भएको देखिन्छ । समाजमा अहिले बरघर र बरघरिया दुबै शब्द चलनचल्तीमा छ । देशमा जमिन्दारी प्रथा, बिर्ता प्रथा रहेको बेला एक्लादोक्ला ब्यक्ति रहेका घरपरिवारले भलमन्साको जिम्मेवारी सम्हाल्नु फलामको च्युरा चपाउनु जस्तै थियो, किनकि यो समाजसेवाको पद हो ।  बेठबेगारीमा जाने कि आफ्नो खेतीपाती, घरधन्दा सम्हाल्ने ? सानो परिवारलाई गार्हो थियो । जुन घरपरिवारमा ३ देखि ७ जनासम्म दाजुभाइहरु हुन्थे वा भनौं ठूलो परिवार हुन्थ्यो, उनीहरुका लागि भलमन्सा पद सम्हाल्न सजिलो थियो । एकभाइ बाहै्र महिना बेठबेगारी जाँदा पनि अरु भाइहरु खेतीपाती, घरधन्दा मज्जाले सम्हाल्न सक्दथे । फलस्वरुप भलमन्साको जिम्मेवारी ठूलो घर भएका ब्यक्तिले सम्हाल्ने परम्परा बन्यो । सोही परम्पराअनुरुप पछि कतिपय ठाउँमा भलमन्सालाई बरघरिया वा बरघर भन्न थालियो ।   भलमन्सा, बरघरको अर्थ जस्तै महटाँवा, ककन्डार र प्रधानको पनि आफ्नै अर्थ छ । साहित्यकार कृष्णराज सर्वहारीका अनुसार महटाँवा, महतोको अर्थ महत्वपूर्ण ब्यक्ति भन्ने जनाउँदछ । छविलाल कोपिलाका अनुसार देउखुरीमा प्रयोगमा रहेको ककन्डारको अर्थ संयोजन गर्ने ब्यक्ति, संयोजक र प्रधानको अर्थ मुख्य, खास भन्ने जनाउँदछ । त्यसैले ठाउँअनुसार भलमन्सा, बरघर, महटाँवा, ककन्डार, प्रधान जुन शब्द प्रयोग गरिए पनि यिनको काम, कर्तव्य र अधिकार एउटै हो । यी पर्यायबाची शब्द हुन् । पूर्वतिरका थारूहरुमा भलमन्सा बरघर जस्तै पहिले पहिले डेवान, मान्जन, गच्छदारहरुले गाउँको रेखदेख गर्ने जिम्मेवारी सम्हाल्ने गर्दथे, तर अहिले त्यो हराइसकेको अवस्था छ ।  गाउँको रेखदेख गर्ने, गाउँको प्रमुख मानिने भलमन्सा (बरघर, महटाँवा, ककन्डार, प्रधान) सँगै हरेक थारू गाउँमा सञ्चारको लागि चौकीदार र पूजा पाठका लागि गुरुवा, चिराकि हुने गर्दछन् । भलमन्सा, गुरुवा, चौकीदार गाउँका लागि निरन्तर खटिने, सँगै रहने पदाधिकारी हुन्, जसलाई गाउँ समाजले खटेवापत वार्षिक केही नगदी वा जिन्सी दिने गरेका हुन्छन् । यसका साथै थारू गाउँमा महिला सुत्केरी हुँदा सहयोग गर्ने सोर्हिन्या (सुँढिनी) अनि लवाङ्गी पूजा हुँदा ढाग (अंग्रजी ढोलजस्तै हुने बाजा) बजाउने र पचरा, फुलवार गाउने ढकेहर पनि हुने गर्दछन्, जसको आफ्नै मान्यता छ । गुरुवा, चौकीदार, सोर्हिन्या, ढकेहर सबै भलमन्सा (बरघर, मटावा) का मातहत चल्ने गर्दछन् ।        गुरुवा  गुरुवा भनेका तन्त्रमन्त्र, पूजा, पाठमा दीक्षित ब्यक्ति, जसले आफ्नो तन्त्रमन्त्र, पूजापाठको माध्यमबाट भूतप्रेत, टुनामुना, रोगब्याध, दैवी प्रकोप आदिबाट गाउँलाई जोगाउने ब्यक्ति हुन् । चलनचल्तीको भाषामा भन्दा गुरुवा भनेका गाउँका पूजारी, गुरु हुन्, जो सधैँ गाउँघरको हितका लागि सोच्ने, तन्त्रमन्त्र, पूजापाठ गरी गाउँलाई अनिष्टबाट जोगाउने महत्वपूर्ण ब्यक्ति हुन् । थारू समुदायका धर्मगुरु हुन् ।   चौकीदार चौकीदार भनेका थारू गाउँका सूचनावाहक वा सञ्चारमन्त्री हुन्, जसले भलमन्साका अर्ती, उपदेश, आदेश गाउँका सबै किसान वा घरमूलीहरुबिचमा सम्प्रेषण गर्दछन् । त्यति मात्रै हैन, उनले एक गाउँबाट अर्को गाउँलाई दिनुपर्ने सूचना आदानप्रदान पनि गर्दछन् । आवश्यक परेमा ब्यक्तिगत सूचना आदान प्रदानमा पनि उनी सहयोग गर्दछन् ।  कतिपय ठाउँमा चौकीदारलाई चिरकिया पनि भन्ने गर्दछन् । थारू गाउँमा चौकीदार शब्द अहिले धेरैजसो गाउँमा प्रयोगमा आइरहेको र साझा शब्द जस्तै भइसकेको देखिन्छ । तर चौकीदार र चिरकिया शब्दको अर्थ फरक फरक रहेको कुरा कैलालीका बुद्धिजीवि शिक्षक रुद्र कुश्मी (रोदन) बताउँछन् । उनका अनुसार पहिले पहिले थारू गाउँमा गोंंरैटा हुने गर्दथे । गोरैटाको शाब्दिक अर्थ गोचार्ने, कामको लागि गाउँलेलाई आह्वान गर्ने, गुहार्ने भन्ने जनाउँछ । पहिले पहिले गाउँघरमा बेठबेगारी, चाडपर्व, पूजापाठ हुँदा गोरैटाले गाउँलाई गुहार्थे सूचना प्रवाह गर्दथे । गोंरैटा काम गरेका हुनाले कतिपय गाउँमा कतिपय घरको नाम अहिले पनि गोर्टाने रहन पुगेको उनी बताउँछन् ।  त्यसैगरी, कतिपय गाउँमा चौकीदारलाई चिरकिया भने पनि चिरकियाको शाब्दिक अर्थ चिराग (उज्यालो) बाल्ने व्यक्ति हो । पहिले पहिले गाउँको ठन्वा, मरुवामा हरेक सोमबार दियो बालिन्थ्यो । दियो बाल्ने अर्थात् उज्यालो बाल्ने काम गर्ने हुनाले दियो बाल्नेको नाम चिरकिया रहन गएको हो ।  जमिन्दारी प्रथामा गाउँलाई सूचना दिने, गाउँलाई पहरा दिने, चोर डाँका, बदमास आउँदा भिड्ने, गाउँलाई गुहार्ने साझा ब्यक्तिका रुपमा चौकीदार हुन्थे । यसरी पहिले पहिले चिरकिया र चौकिदार फरक फरक ब्यक्ति थिए । तर समयको बदलाव र ब्ययभारका कारण पछि पछि चौकी भर्ने (पहरा दिने) चिराग बाल्ने कामको जिम्मेवारी एउटै ब्यक्तिलाई दिन थालियो, फलस्वरुप कुनै कुनै गाउँबाहेक प्रायः गाउँमा चौकीदार शब्द स्थापित हुन पुगेको देखिन्छ ।  भलमन्सा, बरघरको कार्यअवधि  भलमन्सा (बरघर, मटाँवा), गुरुवा, चौकीदारको कार्य अवधि १ वर्षको हुन्छ । हरेक वर्ष हुने खोजनी– बोजनीमा यिनको काम, कर्तव्य र अधिकारबारे छलफल हुन्छ । मन परे यिनीहरु नै गाउँलेबाट थमौती (नविकृत, अनुमोदित) हुन्छन् भने मन नपरे हटाइन्छन् । हरेक वर्ष खोजनी–बोजनी हुनु वा भनौं नेतृत्वको थमौती गरिनु वा परिवर्तन गरिनु थारू समुदायको लोकतान्त्रिक परम्परा हो ।  परम्परामा देखा परेको विकृति  अहिले कुनै कुनै गाउँमा एकैचोटी ३ वर्षको लागि भलमन्सा चुनिएको कुरा खबरमा सुनिन्छ, कतिपय ब्यक्ति १ वर्ष निकै कम हो, १ वर्ष त सिक्दा सिक्दै जाने रहेछ भन्ने कुतर्क पनि गर्ने गर्दछन् । बुझ्नुपर्ने कुरा के हो भने भलमन्सा बरघर प्रथा हो, परम्परा हो । जुन परम्पराअनुसार हरेक माघमा खोजनी– बोजनी हुन्छ, खोजनी– बोजनीले १ वर्षको लागि नेतृत्व चयन गर्दछ, नविकरण गर्दछ वा थमौती गर्दछ । जुन एकदम लोकतान्त्रिक पनि छ । एकैचोटी ३ वर्षका लागि छनौट गरिने परम्परा बसाल्न खोज्नुमा गलत नियत लुकेको देखिन्छ । गलत तर्क गर्नेहरुको मनमा अदृश्य रुपमा जनताबाट लामो समयको लागि नचुनिने डर, अविश्वास र निरंकुशता लुकेको छ । तर्कले अलोकप्रिय ब्यक्तिलाई पनि कम्तिमा ३ वर्ष भलमन्सा बनिरहने र मनपरी गरिरहने काममा मलजल गर्दछ ।  भलमन्साका गैरजिम्मेवारीपन कतिपय गाउँका भलमन्सामा गैरजिम्मेवारीपन पनि देखा पर्ने गर्दछ । माघमा खोजनी–बोजनी हुन्छ । खोजनी–बोजनी हुने बेलामा गाउँलेहरुले उठाएका सबै कुरा उ स्वीकार गर्दछ । कार्यान्वयन गर्ने, ब्यवहारमा उतार्ने काम गर्छु भन्छ । तर खोजनी–बोजनी सम्पन्न भएपछि उ गाउँसमाजका अगाडि गरेका कबुल, बाचाहरु बिर्सने गर्दछ ।  भलमन्साले बुझ्नुपर्ने कुरा के हो भने खोजनी–बोजनी भनेको थारू गाउँको अधिवेशन हो, चुनावी साधारण सभा हो, गाउँसमाजले भलमन्सालाई नीति नियम कार्यान्वयन गर्ने पुरा अधिकार दिएको हुन्छ । नीति नियम ईमान्दारीका साथ कार्यान्वयन गर्ने उसको सामाजिक, नैतिक दायित्वभित्र पर्दछ । खोजनी–बोजनीमा कबुल गर्नु, पछि आलटाल गर्नु, कार्यान्वयन नगर्नु, सबैको काम हो भनी बेवास्ता गर्नु गैरजिम्मेवारीपन हो । यसमा उसले ध्यान पु¥याउनै पर्दछ ।  भलमन्सा प्रथाको स्थानीयकरण हुन जरुरी थारू समुदायमा भलमन्सा बरघरबिना शासन सत्ता सञ्चालन गर्न गाह्रो हुन्छ । उनीहरु आदिकालदेखि आफ्नै लोकतान्त्रिक विधिमार्फत् शासित छन् । खुल्ला पारदर्शी छलफल, नीति नियमको पालना, मेलमिलाप उनीहरुको रगतमै, रक्तकोषमै मिसिएको हुन्छ । जबर्जस्ती कज्याउनु वा भलमन्सा बरघरबिनाको बाह्य आदेश उनीहरुको लागि स्वीकार्य हुँदैन ।  तसर्थ थारू समुदायलाई लोकतान्त्रिक, गणतान्त्रिक शासन सत्ताको अनुभूति दिलाउने हो भने स्थानीय तहले उनीहरुको आफ्नो परम्परागत शासन सत्ता भलमन्सा बरघर प्रथालाई स्थानीयकरण गर्न आवश्यक छ । भलमन्सा बरघर ऐन बनाई उनीहरुको प्रतिनिधि भलमन्सा बरघरमार्फत् नै उनीहरुमा पुग्नु पर्दछ, उनीहरुको मन जित्नु पर्दछ ।       निष्कर्ष निष्कर्षमा के भन्न सकिन्छ माघ थारू समुदायको सबैभन्दा ठूलो पर्व, त्यौहार हो । माघमा खोजनी–बोजनी हुन्छ, यसको ठूलो महत्व छ । खोजनी–बोजनीमार्फत् भलमन्सा बरघर, गुरुवा, चौकीदारको चयन हुन्छ । भलमन्सा बरघर, गुरुवा, चौकिदारमार्फत् थारू समुदाय चल्छ । समुदाय सञ्चालित हुन उसका आफ्नै नीति नियम छ । देशको कानुनबारे पनि खोजनी–बोजनीमा छलफल हुन्छ ।  भलमन्सा बरघरबिनाको शासन सत्ता उसका लागि स्वीकार्य हुँदैन । भलमन्सा बरघरको कार्यकाल १ वर्षको हुन्छ । ३ वा ५ बर्षे कार्यकाल थारूहरुको परम्परा होइन, न त यो लोकतान्त्रिक नै हुन सक्छ । थारू समुदायको शासन सत्ताको मूलाधार नैतिक शिक्षा भएकोले हरेक बरघर भलमन्साले यसमा ध्यान पु¥याउन जरुरी छ ।  खोजनी–बोजनीमा गहन छलफल र नीति नियमको ईमान्दार कार्यान्वयन बरघर भलमन्साको दायित्वभित्र पर्दछ । त्यसैगरी, थारू समुदायलाई लोकतान्त्रिक शासनको अनुभूति दिलाउन भलमन्सा बरघर प्रथालाई स्थानीयकरण गर्नु पनि स्थानीय तहको दायित्वभित्र पर्दछ ।   

को थिए रस गुरौ थारू ?

को थिए रस गुरौ थारू ?

८९५ दिन अगाडि

|

४ फागुन २०८०

                                                                                                                                                    सोमेश्वरगढीस्थित रस गुरौको ढुङ्गाको डुङ्गा रस गुरौ एक जना थारू गुरौ हुन् । डा जगमान गुरुङका अनुसार यिनै रस गुरौले सोमेश्वर कालिकाको स्थापना गरेका थिए । रस गुरौमा भोट, तराई र नेपाल खान सक्ने तान्त्रिक  शक्ति थियो ।  भनिन्छ, उनले ढुंगाको डुंगा ख्याउँथे । सोमेश्वरगढीस्थित रस गुरौको ढुङ्गाको डुङ्गा अझै पनि रहेको छ । रस गुरौ चितवन, बेलोद निवासी थिए । धेरै पछिसम्म पनि रस गुरौको वंशमा गुरौ परम्परा चली आएको थियो । थारूहरुले आफ्नो तान्त्रिक शक्तिबाट अजिङ्गरको हलो र बाघको गोरु बनाएर नेपालको तराईलाई जङ्गलको मङ्गल गरेका थिए । साउन महिनामा थारू  गुरौहरु बाघ बनेर अजम्वरी बुटी लिन हिमालमा जाने गर्दथे । राज्यले पनि यी थारू  गुरौहरुलाई लालमोहर गरेर सेवा सुविधाहरु दिएको पाइन्छ । तर अहिले पुराना गुरोहरु लोप भएर जाँदैछन् । युवाहरुमा गुरो तान्त्रिक विद्यामा रुचि छैन ।