रानाथारू समुदायमा अठतिस् दिनसम्म मनाइन्छ होरी त्योहार

रानाथारू समुदायमा अठतिस् दिनसम्म मनाइन्छ होरी त्योहार

५३६ दिन अगाडि

|

१२ चैत २०८०

हाम्रो परिवार दाङबाट किन सर्यो बुह्रान ?

हाम्रो परिवार दाङबाट किन सर्यो बुह्रान ?

५३९ दिन अगाडि

|

९ चैत २०८०

मेवाराम चौधरी नेपालको पूर्वी झापादेखि सुदूरपश्चिमको कंचनपुरसम्म तराईमा बसोबास गर्ने थारूहरूले आफ्नो उद्गम थलो दाङदेउखुरी जिल्लालाई मान्दछन्। देशभरमै सबैभन्दा सुन्दर दाङ उपत्यकालाई मानिन्छ। बस्ती विकासको शुरूवातमा दाङमा थारूहरूको निकै सघन बस्ती थियो भनेर थारू पूर्खाहरूले दाबी गरेको पाइन्छ। मानव बस्तीको विकासक्रम, चेतना र विस्तार संगै हरेक व्यक्ति, परिवार तथा जाति समुदायहरू आफ्नो गुजारा, आत्मसम्मान र स्वाभिमानका खातिर अनेकन् प्रयास, मेहनत र संघर्ष गर्नु परेको इतिहास सबैसँग छ। फरक यतिमात्र होला, कुनै विस्थापित हुनबाट जोगिए भने कुनै परिवार र समुदाय आफू बसिरहेको ठाँटथलो छोड्न बाध्य भए अथवा बनाइए। इतिहास खोतल्ने क्रममा हरेक परिवार र जाति समुदाय यस्तै यस्तै घटनाक्रमबाट कुनै न कुनै रूपमा जोडिएको इतिहास छ। हाम्रो परिवारको छारा कथा झट्ट सुन्दा दन्त्य कथा जस्तो लाग्ने, कतै मिथ्या त होइन जस्तो पनि लाग्ने। तर यी सबै वास्तविकतामा आधारित हाम्रो पारिवारिक इतिहास हो। यहाँ एउटा विचारणीय कुरो के छ भने अन्य जाति समुदायको भन्दा थारू समुदायको इतिहास अलि पृथक नै देखिन्छ। उनीहरू माथि जुनसुकै शासन प्रणालीमा राज्यबाट वर्गीय भेदभावका वावजूद धेरथोर जातीय भेदभाव पनि गरेको पाइन्छ। मेरा बाजेको साथ लागेर १०, ११ वर्षका मेरो बाबा जो अहिले ८७ वर्षको हुनुहुन्छ, दाङ छाडेर २००५ सालमा बसाई सर्ने क्रममा ७ दिनको पैदल यात्रा गरेर कैलालीको धनगढी आउनु भएको बताउनुहुन्छ। त्यस्तै म ७,८ बर्षको हुँदा बाबाको साथ लागेर कैलालीबाट २०२६ सालमा कञ्चनपुरको बेलौरी बसाइँ सरेका थियौं। दाङबाट कैलालीको धनगढी (२००५) हाम्रा पूर्वजहरू कहिले, कहाँबाट  र कसरी दाङ आउनुभयो, यसबारे हाम्रो लागि खोजीको विषय छँदै हो। मेरा बाजेहरूको बसाइँ दाङको साविक डुरूवा गाउँ विकास समिति वडा नम्बर– ९ अन्तर्गत तथा हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १४ ड्वाँङपुरमा रहेको थियो। हाम्रै परिवार मध्येका त्यहाँबाट बसाइँ सराई नगरेका कैयौँ परिवार अझै पनि दाङको त्यही गाउँमा हुनुहुन्छ।  परिवार संख्या बढ्दै जाने क्रममा अहिले आएर धेरै घरधुरी हुनु स्वभाविक हो। पहिलो पटक २०५३ सालमा म दाङ जाँदा ३६ घरधुरी रहेको पाएको थिएँ । त्यसको केही वर्षपछि मेरो बाबा आमाहरू जाँदा करिब ५५, ६० घरधुरी पुगेका रहेछन्। २०५३ सालमा गएको बेला हाम्रा गोट्यार (आफ्नै सहोदर गोत्र) त्यहाँ भेटिएकामध्ये अलि टाठाबाठा र उमेरका बूढापाकाहरूसंग बसेर हाम्रो परिवारको दाङ बसाइँ र वितेका कैयौँ विविध विषयहरूबारे जानकारी लिएको थिएँ। आजपनि बेलामौकामा मेरो बाबासंग पारिवारिक विगतबारे सोधपुछ चलिरहन्छ, छलफल हुन्छ।                                                                                                                                                                           लेखक मेवाराम चौधरी कैलालीबाट कञ्चनपुरको बेलौरी (२०२६) धनगढीबाट बसाइँ सरेर आउँदै गर्दाको परिदृश्य सम्झेर ल्याउँदा मेरो मानसपटलमा अझैपनि फिल्मको पर्दामा तस्वीरहरू नाचे झैँ झल्झली सम्झना आउँछ। कैलालीको बंगरा गाउँबाट हाम्रो घरायसी प्रयोजनका विभिन्न सामग्रीहरू बोकेर केही गाउँलेहरू काठे गाडामा हामीलाई बेलौरीसम्म  पुर्याउन आउनु भएको थियो। त्यसबेला कञ्चनपुरमा पुनर्वास बस्ती बसेको थिएन। धनगढीबाट बेलौरीसम्म आइपुग्न ठूला सालका रूखले भरिएका दुईओटा घना जंगल लालझाडी र खोप्री (यदाकदा रानीवन पनि भन्ने गरेको सुनिन्थ्यो) थियो। धनगढीदेखि बेलौरीसम्म पुग्ने कुनै सडक थिएन। काठेगाडा हिँड्ने सांगुरो कच्ची लिक मात्रै थियो।  कैलाली र कञ्चनपुरको बीचमा सिमानाको रूपमा बग्ने मोहना नदी पार गर्ने बित्तिकै कञ्चनपुरको ठूलो लालझाडी जंगलमा हिँड्नु पर्थ्यो। लालझाडी जंगल पार गर्ने बित्तिकै रानाथारूहरूको मात्रै बसोबास रहेको जंगल किनार खल्लामा अवस्थित पच्कडिया गाउँमा पुगिन्थ्यो। त्यतिबेला पनि पच्कडियामा वन कार्यालय थियो। हाम्रो बाजे दाङबाट बसाइँ सरेर आउनुको पछाडि सबैभन्दा ठूलो कारण त्यसबेलाको राणाकालीन सामन्ती प्रथा तथा जमिन्दारी प्रथा नै थियो। ड्वाँङपुरमा हाम्रो संयुक्त परिवारमा ८४ विगाहा दर्ता जग्गा थियो। तर तत्कालीन सामन्ती प्रथा अनुसार शासकले हाम्रो ड्वाँङपुर गाउँतिर तेघ्राको काजी मातहत जिम्मा लगाएको रहेछ। त्यस उसले बेलामौकामा काजीले हाम्रो गाउँमा आएर आफ्नो हैकम जमाउने गर्थ्यो। हाम्रो हजुरबुबाले तारन्तार काजीको थिचोमिचो सहेर बस्नु भन्दा आफ्नो भागको जग्गाको लोभ नगरी बुह्रान बसाइँ सर्ने निधो गर्नु भएको रहेछ। क्रमशः

थारू समुदाय, खोजनी–बोजनी र भलमन्सा 

थारू समुदाय, खोजनी–बोजनी र भलमन्सा 

५४३ दिन अगाडि

|

५ चैत २०८०

सानो र सुन्दर देश नेपालमा विविधता छ । भूगोल, हावापानी, जातजाति, रहनसहन, बोलीभाषा, खानपान आदि धेरै किसिमको विविधताले भरिपूर्ण छ यो देश । यही विविधता यसको मूल गहना र सिंगार हो । यसैले यो देश विश्वसामु पृथक देशको रुपमा परिचित छ । सानो क्षेत्रफलभित्र तराई, पहाड, हिमाल हुनु, १२४ भाषा बोलिनु, धेरै किसिमको पहिरन हुनु नेपालीहरुको लागि गौरवको बिषय हो । त्यसैले त हाम्रो राष्ट्रिय गानमा पनि सयौं थुंगा फूलको एक माला भनिएको छ । र, मालाको एक थुंगा पूmल थारू समुदाय पनि हो ।  थारू समुदायको आफ्नो छुट्टै विशेषता छ, उसको आफ्नो मौलिकपन छ । कसैले दशैंतिहारलाई ठूलो मान्छ, कसैले होलीलाई, कसैले छठ पर्वलाई, कसैले मोहर्रमलाई त कसैले क्रिसमसलाई ।  थारू समुदाय माघलाई आफ्नो सबैभन्दा ठूलो चाड (त्यौहार) को रुपमा मान्दछ, जसको विविध कारण छन् । पहिलो माघ १ देखि उनीहरुको नयाँ वर्ष प्रारम्भ हुन्छ, दोश्रो माघ १ उनीहरुको लागि धार्मिक हिसाबले अति पुण्य दिन लहान (अनिवार्य नुहाउनु पर्ने, शिवपुजन गर्ने, आफू भन्दा ठूलोलाई सेवाढोग गर्ने र आशीर्वाद लिने हो, निसराउ निकाल्ने दिन हो । तेश्रो माघ १ उनीहरुको आफ्नो घरको किसनवा (घरमूली) छान्ने दिन पनि हो, चौथो माघ २ देखि पहिलो साता उनीहरुको भलमन्सा (बरघर, महटावा, ककन्डार, प्रधान) चुन्ने दिन हो । यिनै कारणहरुले गर्दा नै माघ उनीहरुको लागि महत्वपूर्ण चाड मानिन्छ । यसरी माघ थारूहरुका लागि ठूलो चाड हुनुको धेरै पाटाहरु छन् । यो लेख भने माघको एक महत्वपूर्ण पाटो खोजनी–बोजनी र भलमन्साबारे केन्द्रित छ ।  खोजनी–बोजनी  खोजनी–बोजनी भनेको थारू समुदायमा प्रचलित गाउँ र घरका लागि आवश्यक पर्ने नीति निर्माण गर्ने र नेतृत्व चयन गर्ने प्रक्रिया हो । यसलाई कतिपय ठाउँमा माघीडेवानी र कतिपय ठाउँमा भुराखेलको नामबाट पनि चिन्ने गर्दछन् । खोजनीको शाब्दिक अर्थ खोज्ने र बोजनीको शाब्दिक अर्थ बोल्ने हो । त्यसैले खोजनी–बोजनीको अर्थ छलफल गर्ने र नेतृत्व चयन गर्ने हो ।  खोजनी–बोजनी भनेको अहिलेको चलनअनुसार चुनावी अधिवेशन वा साधारण सभा हो, जहाँ गाउँ सञ्चालनको लागि ब्यापक छलफल गरी सर्वसम्मत निष्कर्ष निकालिन्छ र निर्णय गरिन्छ । संघ, संस्था, पार्टी, सहकारी, क्लव आदिको चुनावी अधिवेशन २, ३ वा ४ वर्षमा हुन्छ भने थारू समुदायको खोजनी–बोजनी वार्षिक रुपमा हुन्छ । वार्षिक रुपमा हुने यो खोजनी–बोजनीमा गाउँ सञ्चालनका लागि आवश्यक पर्ने सबै नीति नियम बनाइन्छ । नेतृत्व (किसनवा, भलमन्सा, गुरुवा, चौकीदार) वा गाउँलेहरुको कमीकमजोरीबारे वा मन नपरेका कुराबारे, सुधार्नुपर्ने बानी ब्यहोराबारे, आम्दानी खर्चबारे, के गर्न हुने, के गर्न नहुनेबारे ब्यापक छलफल हुन्छ र टुङ्गो लगाइन्छ ।  खोजनी–बोजनीको प्रकार खोजनी बोजनी फरक फरक तह र तप्कामा हुने गर्दछ । पुस महिनालाई थारू समुदायमा वर्षको अन्तिम महिना र पुस अन्तिम दिनलाई बर्षको अन्तिम दिन मानिन्छ । कामका लागि हुने, गरिने सबै सहमति, सम्झौता, करार पुस मसान्तमा स्वतः रद्द हुन्छ, अन्त हुन्छ र माघमा पुनः सम्झौता वा करार हुन्छ । सम्झौता, करार लिखित हुँदैन, मौखिक हुन्छ । नैतिकता र ईमान्दारीमा आधारित हुन्छ, जसको सबैले स्वतःस्फूर्त रुपमा पालना गर्ने गर्दछन् । नैतिक शिक्षाको यो समुदायमा बलियो प्रभाव भएको कारण अहिलेसम्म यो सम्भव भैरहेको छ । मालिक र किसान, गाउँले वा भल्मन्सा बिचमा हुने यी सम्झौता पुस मसान्तमा आपसे आप स्वतः सकिने, टुङ्गिने हुनाले माघलाई मुक्ति दिवस वा पर्वको रुपमा पनि चिन्ने गरिन्छ ।  थारू समुदायमा खोजनी–बोजनी ३ तहमा हुने गर्दथ्यो, कमैया मुक्ति (वि.स.ं २०५७) पछि किसान र कमैयाबिचमा हुने खोजनी–बोजनीको अहिले अन्त्य भएको छ । घरमा हुने खोजनी–बोजनी  तथा गाउँमा हुने खोजनी–बोजनी गरी २ तहको खोजनी–बोजनी भने अहिले पनि जारी छ ।  १. घरमा हुने खोजनी–बोजनी  घरमा हुने खोजनी–बोजनीमा एउटै छानामुनि रहेको एउटै भान्सामा खानेहरु बिचमा हुन्छ । थारू समुदायमा हरेक घरमा घरमुली चुन्ने परम्परा हुन्छ । घरमूली अर्थात् ‘किसनवा’को निर्देशनमा घर चल्छ गर्दछन् । किसनवा बन्ने पहिलो हक जेठो छोरालाई हुन्छ । तर जेठो छोरा किसनवाको जिम्मेवारी बहन गर्न नसक्ने अवस्थामा वा भनौं सक्षम नभएको अवस्थामा किसनवा बन्ने अवसर (पालो) अन्य सक्षम छोरालाई जाने गर्दछ । यो खोजनी–बोजनी प्रायः माघ १ गते साँझ नै हुने गर्दछ । परिवारमा हुने यस्ता खोजनी–बोजनी भने हरेक वर्ष हरेक घरमा हुँदैन । किसनवा मन नपरेको वर्ष वा परिवारका अन्य दाजुभाइहरु बिचमा झैझगडा हुने वा छुट्टिन चाहेको आशय ब्यक्त भएमा हुने गर्दछ ।  बाबुले भनौं वा घरमूलीले भनौं, आफ्नो किसनवा पद र जिम्मेवारी छाड्दा नयाँ किसनवालाई कपालमा पगरी लगाई आजदेखि किसनवा पद र जिम्मेवारी राम्रोसँग सम्हाल्नु भनी आशीर्वाद दिने गर्दछन् । तर, यो पगरी लगाइदिने चलन भने हाल करिब करिब हराइसकेको अवस्था छ ।     २. गाउँमा हुने खोजनी–बोजनी  गाउँमा हुने खोजनी–बोजनी गाउँ समाज र भल्मन्सा, गुरुवा, चौकीदार बिचमा हुने खोजनी–बोजनी हो । यो हरेक वर्ष हुने गर्दछ । खोजनी–बोजनीमा बरघर अर्थात् भलमन्साले गाउँको आयब्यय प्रस्तुत गर्दछन्, गाउँ सञ्चालनको लागि बनेको नीति नियमबारे गाउँलेहरु ब्यापक छलफल गर्दछन् । नीति नियम बनाउन परे बनाउँछन्, हटाउन परे हटाउँछन् । राम्रा लागे पुरानै भलमन्सा, गुरुवा, चौकीदारलाई थमौती (नवीकरण) गर्दछन्, राम्रो नलागे भलमन्सा, गुरुवा, चौकीदार परिवर्तन गर्दछन् ।  यसरी गाउँमा हुने खोजनी–बोजनी हुँदा पहिले गाउँको आय ब्ययबारे छलफल, दोश्रो चरणमा गाउँ सञ्चालनका नीति नियमबारे छलफल र अन्त्यमा नेतृत्वबारे छलफल हुने गर्दछ । नेतृत्वबारे छलफल हुँदा गाउँका भद्रभलाद्मी ब्यक्तिले सम्वादको शुरुवात गर्दै भन्छन् “बरस डिनके ट्यौहार आ गिल, मुरीपर पानी परगिल, उप्पर रहना पंक्षी टो स्वतन्त्र बाटैं, हमरे टो मनुवा हुइ, अपन बाट ढरनामे सबजाने स्वतन्त्र बाटि, टुहुन मनमे का बा ? खुलके बोलो ।”  याने कि वर्ष दिनको त्यौहार आइसक्यो, शिरमा पानी परिसक्यो, माथि उड्ने पंक्षी त स्वतन्त्र छन्, हामी त मानिस हो । आफ्ना कुरा राख्नलाई स्वतन्त्र छौं, आफ्नो कुरा खुलेर राखौं भनी पुरानो नेतृत्वलाई कुरा राख्ने अवसर दिन्छन् ।  उनीहरुको कुरा सुनिसकेपछि भद्रभलादमी लगायतका गाउँका किसानहरु आफ्नो राय प्रकट गर्दछन् । नेतृत्वले पुनः जिम्मेवारी सम्हाल्ने ईच्छा ब्यक्त गरेको खण्डमा भलमन्सा, गुरुवा, चौकीदारको ईच्छा चाहना यस्तो छ है, तपाईहरुबाट कोही दावेदार छ भने भनिहालौं है भनी भेलाको ईच्छा बुझ्ने काम हुन्छ । दाबेदार पत्ता नलागे पुरानोलाई थमौती (नवीकरण, अनुमोदन) गर्दछन्, दाबेदार ठहरे छलफल हुन्छ, सर्वसम्मत नभए आवश्यकतानुसार चुनाव या चिट्ठाको माध्यम अपनाइन्छ र नेतृत्वको टुङ्गो लगाइन्छ ।     भलमन्सा (बरघर, महटाँवा, ककन्डार, प्रधान)  थारू भाषामा भलको अर्थ भलो र मन्साको अर्थ मानिस हो । त्यसैले भलमन्सा भनेको सधैँ  गाउँको भलो चिताउने, उन्नति प्रगति देख्न चाहने ब्यक्ति हो । अथवा भनौं भलमन्सा भनेको थारू गाउँको धरोहर, सम्मानित ब्यक्तित्व, गाउँको प्रमुख, गाउँको न्यायकर्ता, कार्यकारी प्रमुख हो, जसले गाउँका हरेक सरोकारका बिषयलाई हेर्ने र गाउँलेहरुसँगको परामर्शमा न्याय निरुपण गर्ने ब्यक्ति हो । जसको काँधमा गाउँको बाटोघाटो हेर्ने, पुलपुलेसा हेर्ने, खेतबारी साँध सिमानाको विवाद हेर्ने, भोजविवाह जस्ता सामाजिक मुद्दा होस् वा धार्मिक, सांस्कृतिक सवाल होस्, चाडपर्व मनाउनेदेखि न्यायनिसाफ गर्ने अथवा भनौं गाउँसँग सरोकार राख्ने सबै बिषयबस्तु हेर्ने जिम्मेवारी उसको काँधमा हुन्छ । देशको कानुनले हेर्न मिल्ने वा नमिल्ने फरक कुरा हो तर थारू परम्पराअनुसार सबै किसिमका सवाल, मुद्दाहरु हेर्ने जिम्मेवारी भलमन्साको जिम्मेवारीभित्र पर्दछ ।   कतिपय ठाउँमा भलमन्सालाई बरघर, महटाँवा, ककन्डार, प्रधानको नामले सम्बोधन गर्दछन् । कञ्चनपुर, कैलाली, बाँके, बर्दियातिर धेरैजसो ठाउँमा भलमन्सा, बरघर, बरघरियाको नामले सम्बोधन गर्दछन् भने दाङ उपत्यकामा महटाँवा, देउखुरी उपत्यकामा ककन्डार वा प्रधानको नामले सम्बोधन गर्दछन् । अरु कुनै ठाउँमा अन्य नामले पनि सम्बोधन गरेको हुन सक्दछन् । जहाँ जुनसुकै नामले चिनिए, जानिए पनि भलमन्सा, बरघरको काम भने एउटै हो ।  भलमन्सा जस्तै थारू भाषामा बरघरको अर्थ ठूलो घर र बरघरियाको अर्थ ठूलो घरवाला हुन्छ । त्यसैले, समाजमा शुरुमा बरघरिया शब्दको प्रयोग भएको र पछि बरघरको प्रयोग भएको देखिन्छ । समाजमा अहिले बरघर र बरघरिया दुबै शब्द चलनचल्तीमा छ । देशमा जमिन्दारी प्रथा, बिर्ता प्रथा रहेको बेला एक्लादोक्ला ब्यक्ति रहेका घरपरिवारले भलमन्साको जिम्मेवारी सम्हाल्नु फलामको च्युरा चपाउनु जस्तै थियो, किनकि यो समाजसेवाको पद हो ।  बेठबेगारीमा जाने कि आफ्नो खेतीपाती, घरधन्दा सम्हाल्ने ? सानो परिवारलाई गार्हो थियो । जुन घरपरिवारमा ३ देखि ७ जनासम्म दाजुभाइहरु हुन्थे वा भनौं ठूलो परिवार हुन्थ्यो, उनीहरुका लागि भलमन्सा पद सम्हाल्न सजिलो थियो । एकभाइ बाहै्र महिना बेठबेगारी जाँदा पनि अरु भाइहरु खेतीपाती, घरधन्दा मज्जाले सम्हाल्न सक्दथे । फलस्वरुप भलमन्साको जिम्मेवारी ठूलो घर भएका ब्यक्तिले सम्हाल्ने परम्परा बन्यो । सोही परम्पराअनुरुप पछि कतिपय ठाउँमा भलमन्सालाई बरघरिया वा बरघर भन्न थालियो ।   भलमन्सा, बरघरको अर्थ जस्तै महटाँवा, ककन्डार र प्रधानको पनि आफ्नै अर्थ छ । साहित्यकार कृष्णराज सर्वहारीका अनुसार महटाँवा, महतोको अर्थ महत्वपूर्ण ब्यक्ति भन्ने जनाउँदछ । छविलाल कोपिलाका अनुसार देउखुरीमा प्रयोगमा रहेको ककन्डारको अर्थ संयोजन गर्ने ब्यक्ति, संयोजक र प्रधानको अर्थ मुख्य, खास भन्ने जनाउँदछ । त्यसैले ठाउँअनुसार भलमन्सा, बरघर, महटाँवा, ककन्डार, प्रधान जुन शब्द प्रयोग गरिए पनि यिनको काम, कर्तव्य र अधिकार एउटै हो । यी पर्यायबाची शब्द हुन् । पूर्वतिरका थारूहरुमा भलमन्सा बरघर जस्तै पहिले पहिले डेवान, मान्जन, गच्छदारहरुले गाउँको रेखदेख गर्ने जिम्मेवारी सम्हाल्ने गर्दथे, तर अहिले त्यो हराइसकेको अवस्था छ ।  गाउँको रेखदेख गर्ने, गाउँको प्रमुख मानिने भलमन्सा (बरघर, महटाँवा, ककन्डार, प्रधान) सँगै हरेक थारू गाउँमा सञ्चारको लागि चौकीदार र पूजा पाठका लागि गुरुवा, चिराकि हुने गर्दछन् । भलमन्सा, गुरुवा, चौकीदार गाउँका लागि निरन्तर खटिने, सँगै रहने पदाधिकारी हुन्, जसलाई गाउँ समाजले खटेवापत वार्षिक केही नगदी वा जिन्सी दिने गरेका हुन्छन् । यसका साथै थारू गाउँमा महिला सुत्केरी हुँदा सहयोग गर्ने सोर्हिन्या (सुँढिनी) अनि लवाङ्गी पूजा हुँदा ढाग (अंग्रजी ढोलजस्तै हुने बाजा) बजाउने र पचरा, फुलवार गाउने ढकेहर पनि हुने गर्दछन्, जसको आफ्नै मान्यता छ । गुरुवा, चौकीदार, सोर्हिन्या, ढकेहर सबै भलमन्सा (बरघर, मटावा) का मातहत चल्ने गर्दछन् ।        गुरुवा  गुरुवा भनेका तन्त्रमन्त्र, पूजा, पाठमा दीक्षित ब्यक्ति, जसले आफ्नो तन्त्रमन्त्र, पूजापाठको माध्यमबाट भूतप्रेत, टुनामुना, रोगब्याध, दैवी प्रकोप आदिबाट गाउँलाई जोगाउने ब्यक्ति हुन् । चलनचल्तीको भाषामा भन्दा गुरुवा भनेका गाउँका पूजारी, गुरु हुन्, जो सधैँ गाउँघरको हितका लागि सोच्ने, तन्त्रमन्त्र, पूजापाठ गरी गाउँलाई अनिष्टबाट जोगाउने महत्वपूर्ण ब्यक्ति हुन् । थारू समुदायका धर्मगुरु हुन् ।   चौकीदार चौकीदार भनेका थारू गाउँका सूचनावाहक वा सञ्चारमन्त्री हुन्, जसले भलमन्साका अर्ती, उपदेश, आदेश गाउँका सबै किसान वा घरमूलीहरुबिचमा सम्प्रेषण गर्दछन् । त्यति मात्रै हैन, उनले एक गाउँबाट अर्को गाउँलाई दिनुपर्ने सूचना आदानप्रदान पनि गर्दछन् । आवश्यक परेमा ब्यक्तिगत सूचना आदान प्रदानमा पनि उनी सहयोग गर्दछन् ।  कतिपय ठाउँमा चौकीदारलाई चिरकिया पनि भन्ने गर्दछन् । थारू गाउँमा चौकीदार शब्द अहिले धेरैजसो गाउँमा प्रयोगमा आइरहेको र साझा शब्द जस्तै भइसकेको देखिन्छ । तर चौकीदार र चिरकिया शब्दको अर्थ फरक फरक रहेको कुरा कैलालीका बुद्धिजीवि शिक्षक रुद्र कुश्मी (रोदन) बताउँछन् । उनका अनुसार पहिले पहिले थारू गाउँमा गोंंरैटा हुने गर्दथे । गोरैटाको शाब्दिक अर्थ गोचार्ने, कामको लागि गाउँलेलाई आह्वान गर्ने, गुहार्ने भन्ने जनाउँछ । पहिले पहिले गाउँघरमा बेठबेगारी, चाडपर्व, पूजापाठ हुँदा गोरैटाले गाउँलाई गुहार्थे सूचना प्रवाह गर्दथे । गोंरैटा काम गरेका हुनाले कतिपय गाउँमा कतिपय घरको नाम अहिले पनि गोर्टाने रहन पुगेको उनी बताउँछन् ।  त्यसैगरी, कतिपय गाउँमा चौकीदारलाई चिरकिया भने पनि चिरकियाको शाब्दिक अर्थ चिराग (उज्यालो) बाल्ने व्यक्ति हो । पहिले पहिले गाउँको ठन्वा, मरुवामा हरेक सोमबार दियो बालिन्थ्यो । दियो बाल्ने अर्थात् उज्यालो बाल्ने काम गर्ने हुनाले दियो बाल्नेको नाम चिरकिया रहन गएको हो ।  जमिन्दारी प्रथामा गाउँलाई सूचना दिने, गाउँलाई पहरा दिने, चोर डाँका, बदमास आउँदा भिड्ने, गाउँलाई गुहार्ने साझा ब्यक्तिका रुपमा चौकीदार हुन्थे । यसरी पहिले पहिले चिरकिया र चौकिदार फरक फरक ब्यक्ति थिए । तर समयको बदलाव र ब्ययभारका कारण पछि पछि चौकी भर्ने (पहरा दिने) चिराग बाल्ने कामको जिम्मेवारी एउटै ब्यक्तिलाई दिन थालियो, फलस्वरुप कुनै कुनै गाउँबाहेक प्रायः गाउँमा चौकीदार शब्द स्थापित हुन पुगेको देखिन्छ ।  भलमन्सा, बरघरको कार्यअवधि  भलमन्सा (बरघर, मटाँवा), गुरुवा, चौकीदारको कार्य अवधि १ वर्षको हुन्छ । हरेक वर्ष हुने खोजनी– बोजनीमा यिनको काम, कर्तव्य र अधिकारबारे छलफल हुन्छ । मन परे यिनीहरु नै गाउँलेबाट थमौती (नविकृत, अनुमोदित) हुन्छन् भने मन नपरे हटाइन्छन् । हरेक वर्ष खोजनी–बोजनी हुनु वा भनौं नेतृत्वको थमौती गरिनु वा परिवर्तन गरिनु थारू समुदायको लोकतान्त्रिक परम्परा हो ।  परम्परामा देखा परेको विकृति  अहिले कुनै कुनै गाउँमा एकैचोटी ३ वर्षको लागि भलमन्सा चुनिएको कुरा खबरमा सुनिन्छ, कतिपय ब्यक्ति १ वर्ष निकै कम हो, १ वर्ष त सिक्दा सिक्दै जाने रहेछ भन्ने कुतर्क पनि गर्ने गर्दछन् । बुझ्नुपर्ने कुरा के हो भने भलमन्सा बरघर प्रथा हो, परम्परा हो । जुन परम्पराअनुसार हरेक माघमा खोजनी– बोजनी हुन्छ, खोजनी– बोजनीले १ वर्षको लागि नेतृत्व चयन गर्दछ, नविकरण गर्दछ वा थमौती गर्दछ । जुन एकदम लोकतान्त्रिक पनि छ । एकैचोटी ३ वर्षका लागि छनौट गरिने परम्परा बसाल्न खोज्नुमा गलत नियत लुकेको देखिन्छ । गलत तर्क गर्नेहरुको मनमा अदृश्य रुपमा जनताबाट लामो समयको लागि नचुनिने डर, अविश्वास र निरंकुशता लुकेको छ । तर्कले अलोकप्रिय ब्यक्तिलाई पनि कम्तिमा ३ वर्ष भलमन्सा बनिरहने र मनपरी गरिरहने काममा मलजल गर्दछ ।  भलमन्साका गैरजिम्मेवारीपन कतिपय गाउँका भलमन्सामा गैरजिम्मेवारीपन पनि देखा पर्ने गर्दछ । माघमा खोजनी–बोजनी हुन्छ । खोजनी–बोजनी हुने बेलामा गाउँलेहरुले उठाएका सबै कुरा उ स्वीकार गर्दछ । कार्यान्वयन गर्ने, ब्यवहारमा उतार्ने काम गर्छु भन्छ । तर खोजनी–बोजनी सम्पन्न भएपछि उ गाउँसमाजका अगाडि गरेका कबुल, बाचाहरु बिर्सने गर्दछ ।  भलमन्साले बुझ्नुपर्ने कुरा के हो भने खोजनी–बोजनी भनेको थारू गाउँको अधिवेशन हो, चुनावी साधारण सभा हो, गाउँसमाजले भलमन्सालाई नीति नियम कार्यान्वयन गर्ने पुरा अधिकार दिएको हुन्छ । नीति नियम ईमान्दारीका साथ कार्यान्वयन गर्ने उसको सामाजिक, नैतिक दायित्वभित्र पर्दछ । खोजनी–बोजनीमा कबुल गर्नु, पछि आलटाल गर्नु, कार्यान्वयन नगर्नु, सबैको काम हो भनी बेवास्ता गर्नु गैरजिम्मेवारीपन हो । यसमा उसले ध्यान पु¥याउनै पर्दछ ।  भलमन्सा प्रथाको स्थानीयकरण हुन जरुरी थारू समुदायमा भलमन्सा बरघरबिना शासन सत्ता सञ्चालन गर्न गाह्रो हुन्छ । उनीहरु आदिकालदेखि आफ्नै लोकतान्त्रिक विधिमार्फत् शासित छन् । खुल्ला पारदर्शी छलफल, नीति नियमको पालना, मेलमिलाप उनीहरुको रगतमै, रक्तकोषमै मिसिएको हुन्छ । जबर्जस्ती कज्याउनु वा भलमन्सा बरघरबिनाको बाह्य आदेश उनीहरुको लागि स्वीकार्य हुँदैन ।  तसर्थ थारू समुदायलाई लोकतान्त्रिक, गणतान्त्रिक शासन सत्ताको अनुभूति दिलाउने हो भने स्थानीय तहले उनीहरुको आफ्नो परम्परागत शासन सत्ता भलमन्सा बरघर प्रथालाई स्थानीयकरण गर्न आवश्यक छ । भलमन्सा बरघर ऐन बनाई उनीहरुको प्रतिनिधि भलमन्सा बरघरमार्फत् नै उनीहरुमा पुग्नु पर्दछ, उनीहरुको मन जित्नु पर्दछ ।       निष्कर्ष निष्कर्षमा के भन्न सकिन्छ माघ थारू समुदायको सबैभन्दा ठूलो पर्व, त्यौहार हो । माघमा खोजनी–बोजनी हुन्छ, यसको ठूलो महत्व छ । खोजनी–बोजनीमार्फत् भलमन्सा बरघर, गुरुवा, चौकीदारको चयन हुन्छ । भलमन्सा बरघर, गुरुवा, चौकिदारमार्फत् थारू समुदाय चल्छ । समुदाय सञ्चालित हुन उसका आफ्नै नीति नियम छ । देशको कानुनबारे पनि खोजनी–बोजनीमा छलफल हुन्छ ।  भलमन्सा बरघरबिनाको शासन सत्ता उसका लागि स्वीकार्य हुँदैन । भलमन्सा बरघरको कार्यकाल १ वर्षको हुन्छ । ३ वा ५ बर्षे कार्यकाल थारूहरुको परम्परा होइन, न त यो लोकतान्त्रिक नै हुन सक्छ । थारू समुदायको शासन सत्ताको मूलाधार नैतिक शिक्षा भएकोले हरेक बरघर भलमन्साले यसमा ध्यान पु¥याउन जरुरी छ ।  खोजनी–बोजनीमा गहन छलफल र नीति नियमको ईमान्दार कार्यान्वयन बरघर भलमन्साको दायित्वभित्र पर्दछ । त्यसैगरी, थारू समुदायलाई लोकतान्त्रिक शासनको अनुभूति दिलाउन भलमन्सा बरघर प्रथालाई स्थानीयकरण गर्नु पनि स्थानीय तहको दायित्वभित्र पर्दछ ।   

को थिए रस गुरौ थारू ?

को थिए रस गुरौ थारू ?

५७४ दिन अगाडि

|

४ फागुन २०८०

                                                                                                                                                    सोमेश्वरगढीस्थित रस गुरौको ढुङ्गाको डुङ्गा रस गुरौ एक जना थारू गुरौ हुन् । डा जगमान गुरुङका अनुसार यिनै रस गुरौले सोमेश्वर कालिकाको स्थापना गरेका थिए । रस गुरौमा भोट, तराई र नेपाल खान सक्ने तान्त्रिक  शक्ति थियो ।  भनिन्छ, उनले ढुंगाको डुंगा ख्याउँथे । सोमेश्वरगढीस्थित रस गुरौको ढुङ्गाको डुङ्गा अझै पनि रहेको छ । रस गुरौ चितवन, बेलोद निवासी थिए । धेरै पछिसम्म पनि रस गुरौको वंशमा गुरौ परम्परा चली आएको थियो । थारूहरुले आफ्नो तान्त्रिक शक्तिबाट अजिङ्गरको हलो र बाघको गोरु बनाएर नेपालको तराईलाई जङ्गलको मङ्गल गरेका थिए । साउन महिनामा थारू  गुरौहरु बाघ बनेर अजम्वरी बुटी लिन हिमालमा जाने गर्दथे । राज्यले पनि यी थारू  गुरौहरुलाई लालमोहर गरेर सेवा सुविधाहरु दिएको पाइन्छ । तर अहिले पुराना गुरोहरु लोप भएर जाँदैछन् । युवाहरुमा गुरो तान्त्रिक विद्यामा रुचि छैन । 

थारू समुदायमा हराउँदै निसराउ दिने परम्परा 

थारू समुदायमा हराउँदै निसराउ दिने परम्परा 

६०५ दिन अगाडि

|

२ माघ २०८०

सरला चौधरी माघ पर्वको तेस्रो दिन थारू समुदायमा छोरीचेलीलाई निसराउ दिन जाने परम्परा रहेको छ । तर, समय परिवर्तनसँगै यो परम्परा भने लोपोन्मुख अवस्थामा रहेको छ ।  माघ लाहानपछि नदी किनारमा पूजा गरी मटावा वा मान्यजनको हातबाट सेतो टीका लगाई एकापसमा आर्शीवाद लिने गरिन्छ । स्नानपछि घरमा आएर चामल, नुन र मासको दालको निसराउ काहार्ने गरिन्छ ।  लाहानको दिन काह्रेको निसराउ भोलिपल्ट विवाहित छोरीचेलीलाई कोसेलीको रुपमा चामल, मिठो परिकार र दक्षिणासहित निसराउ दिन जाने परम्परा रहेको छ । उता छोरी चेली पनि माइती आउने आसमा मिठा भोजन तयार पारी माइतीको राम्रो सत्कार गर्ने परम्परा छ । माघ पर्व थरू समुदायमा धुमधामको साथ मनाइए ता पनि निसराउ दिन जाने परम्परा भने लोपोन्मुख अवस्थामा रहेको छ । दाङदेउखुरी लमही–७, सतबरिया उचानिम्वु निवासी देवी चौधरीको अनुसार पहिला छोरी चेलीलाई अनिवार्य रुपमा माघमा निसराउ दिन जाने परम्परा थियो । उनले भनिन्, म पनि पहिला आप्नो नन्दहरुलाई निसराउ दिन गएँ तर अब छोरीहरुको पालोमा निसराउ दिन जाने गरेको छैन । यो परम्परा हराउन लागिसक्यो ।  निसराउ मात्र हैन, अब थारू परम्परागत गीत, बाजागाजा पुराना गरगहना पोशाक पनि हराउँदै छ । वर्तमान अवस्थामा युवायुवतीहरु डीजे लगाएर नाच्ने गरेको देवी चौधरीले बताईन् ।                                                                                             देवी चौधरीसँग कुराकानी गर्दै सञ्चारकर्मी सरला चौधरी । थारू समुदायमा माघको पहिलो साताभित्र प्रत्येक घर तथा गाउँमा विगतको घरायसी तथा सार्वजनिक कामको समीक्षा गरिन्छ । साथै, आउँदो वर्षको लागि नयाँ योजना बनाउने काम पनि गरिन्छ । थारू जातिले माघ पर्वलाई नयाँ वर्षको साथै मुक्ति दिवसको रुपमा पनि मनाउने गर्दछन् । 

हराउँदै माघको मौलिकता

हराउँदै माघको मौलिकता

६०६ दिन अगाडि

|

१ माघ २०८०

सन्तोष दहित लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका थारु बाहुल्य रहेका जिल्लाहरु यतिबेला माघी महोत्सवमय बनेका छन् । थारुहरुको मौलिक कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ थारु संघसंस्थाहरुले माघ विशेष सांस्कृतिक कार्यक्रम गर्दै आएका छन् । विशेषतः थारु बस्तीमा माघको रौनक छाएको छ । थारु समुदायले माघलाई महान पर्व तथा नयाँ वर्षको रुपमा मनाउँदै आएकाले यतिबेला थारु बस्तीमा माघको रौनक देख्न पाइन्छ । बितेको वर्षको कामको समीक्षा, आगामी वर्षको कार्ययोजना र गाउँको नेतृत्व चयन गर्ने जस्ता महत्वपूर्ण काम माघमा गरिने भएकाले माघको विशेष महत्व रहेको थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय सदस्य सौगतवीर चौधरी बताउनुहुन्छ । माघमा सामाजिक, रीति, विवाह रीत, पूजा, कुलो पैनी, नहर, ताल तलैया, पुलपेलेसा गाउँघरका बाटाघाटा बनाउने जस्ता योजना समेत थारु समुदायले माघी डेवानीमा छलफल गर्ने गरेको उहाँले बताउनुभयो । आर्थिक, सामाजिक, सांस्कृतिक हिसाबले महत्वपूर्ण मानिने पर्व भएकाले माघलाई सबैले चासोका साथ हेर्ने गरेको चौधरी बताउनुहुन्छ । माघमा थारु समुदायले नाचगान, खानपिन मात्र नभएर बितेको वर्षको कामको समीक्षा, आगामी वर्षको कार्ययोजना र गाउँको मटावा, अघवा, चौकिदारको चयन गर्ने जस्तो महत्वपूर्ण काम हुने भएकाले थारु समुदायको माघलाई सबैले विशेष चासोको रुपमा हेर्ने उहाँको भनाइ छ । माघमा जति सामाजिक तथा सांस्कृतिक सौन्र्दय छ, त्यो भन्दा अझ स्थानीय तहले गर्दै आएको क्रियाकलापसँग जोडिने सामाजिक, विकास र न्यायको कामसँग जोडिने मटावा प्रथामा रहेको चौधरीले बताउनुभयो । कसरी चयन गरिन्छ, मटावा. बरघर थारू समुदायले हरेक वर्ष माघमा मटावा, बरघर चुन्ने गर्छन् । बरघर, मटावा महासंघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीका अनुसार गाउँका प्रत्येक घरका मुख्य व्यक्ति अर्थात् ‘गरढु¥या’ मटावाको घरमा भेला हुन्छन् । सोही क्रममा उनीहरूले आगामी वर्षको कार्ययोजना तथा बितेको वर्षको समीक्षा पनि गर्छन् । गाउँका हरेक विकासका कामदेखि पूजापाठ कसरी गर्ने, कुन ठाउँमा के बनाउने, कहाँसम्म बाटो लग्ने, कहाँ मर्मत गर्ने, आर्थिक स्रोत कहाँबाट ल्याउने आदि विषयमा व्यापक छलफल गर्नुका साथै आउने वर्षमा गाउँ चलाउने नेतृत्व कसलाई दिने छलफल गरिन्छ । त्यही छलफलका आधारमा सकेसम्म सर्वसम्मतिबाट मटावा चयन गरिन्छ । मटावालाई सघाउनका लागि पहिला अन्य दुईजना व्यक्ति ‘अघवा’ र ‘चौकिड¥वा’ पनि चुन्ने गरिन्छ । मटावाले गाउँको सामाजिकदेखि विकासको नेतृत्व गर्छ भने अघवाले गाउँमा कचहरी, ख्याल कार्यक्रम गर्नुपरेमा या गाउँका कुला, नाला, बाटो मर्मत गर्नुपरेमा मटावाको सरसल्लाहमा गाउँलेलाई खबर गर्ने, काममा लगाउने गर्दछन् । त्यस्तै चौकीदारको काम गाउँको सुरक्षादेखि लिएर अन्नबालीको रेखदेख गर्ने हुन्छ । थारु गाउँमा मिनी सरकार हरेक वर्ष माघमा थारु वस्तीमा मटावाको नेतृत्वमा अघोषित मिनी सरकार गठन हुने गर्दछ् । जसरी राजनीतिक दलहरुले सत्ता सञ्चालन गर्छन् त्यसैगरी थारु गाउँमा मटावाको नेतृत्वमा मिनी सरकारको झल्को पाइन्छ । ‘माघ मा गाउँका प्रत्येक घरमुली (गरढु¥या) मटावाको घरमा भेला हुन्छ्न् । संसद बैठक जस्तै मटावाहरुले माघमा आफ्नो घरमा गाउँको प्रत्येक घरधुरीबाट गरढु¥या (घरमुली) हरुलाई माघी डेवानीको लागि बैठक डाक्छन् । त्यही माघी डेवानीमा बितेका वर्षको कामको समीक्षा र आगामी वर्षको कार्ययोजनासँगै मटावा, अघवा, चौकीदार चयन गर्छांै’– मटावा महासंघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीले भन्नुभयो– ‘राजनीतिक दलले सरकार सञ्चालन गरे जस्तै मटावाले गाउँको न्यायिक कामदेखि सामाजिक र विकासका हरेक कामको नेतृत्व गर्ने गर्दछन् ।’ उहाँका अनुसार मटावाको समग्र गाउँ‘को नेतृत्व गर्ने जिम्मेवारी हुन्छ भने अघवाको काम गाउँघरमा भइरहेको गतिविधि तथा एक ठाउँबाट अर्काे ठाउँ‘मा खबर पु¥याउने अर्थात सञ्चारमन्त्री जस्तै जिम्मेवारी हुन्छ । त्यस्तै चौकीदारको जिम्मेवारी गाउँको सुरक्षादेखि गाउँभरिको अन्नबालीको रेखदेख गर्ने अर्थात गृहमन्त्रीको जस्तो जिम्मेवारी हुने गर्छ तर अहिले धेरैजसो गाउँमा अघवा र चौकीदार चयन गर्ने चलन हट्दै गएको उहाँले बताउनुभयो । अघवा र चौकिदारको काम पनि अहिले मटावाले आफै गर्दै आएको उहाँको भनाइ छ । घट्दै मटावाको क्रेज थारु समुदायको मटावालाई महत्वपूर्ण पद मानिए पनि अहिले विस्तारै मटावाको क्रेज घट्दै गएको पाइन्छ । पहिला जसरी मटावाको मानसम्मान हुन्थ्यो, अहिले नभएको स्वयं मटावाहरुले गुनासो गर्दै आएका छन् । स्थानीय तहले मटावाहरुलाई अधिकार नदिएको कारणले मटावाहरुको क्रेज घटेको मटावा महासंघका अध्यक्ष चौधरी बताउनुहुन्छ । पहिला गाउँको न्यायिक कामदेखि विकासको काम मटावाले हेर्ने गर्थे, अहिले विकासको काम टोल विकासका अध्यक्षलाई दिएपछि मटावाको महत्व घट्दै गएको मटावा चन्द्रप्रसाद चौधरी बताउनुहुन्छ । त्यस्तै गाउँघरमा भएका झैझगडा पहिला मटावाले मिलाउँ‘‘दै आएका थिए तर अहिले स्थानीय तहले न्यायिक समितिमा लगेर मिलाउँछन्, जसले गर्दा पनि गाउँघरकाले मटावालाई त्यति महत्व नदिएको चौधरीले बताउनुभयो । ‘स्थानीय तहले पनि मटावालाई खासै महत्व दिदैनन्’– उहाँले भन्नुभयो– ‘बर्दिया, कैलालीका पालिकाले मटावा (बडघर)लाई कानुनी मान्यता दिएका छन् तर दाङमा दिएका छैनन्, जसले गर्दा पनि मटावाको क्रेज घटेको छ ।’ यद्यपि नाचगान तथा पूजापाठको लागि भने अहिले पनि गाउँमा मटावालाई सम्झिने गरेको उहाँ बताउनुहुन्छ । हराउँदै माघको मौलिकता पछिल्ला वर्ष थारु समुदायमा माघकोे मौलिकता हराउँदै गएको छ । माघको समयमा गाउँ–गाउँमा सुनिने मघौटा भाका, मघौटा नाच्न छाडेर युवाहरु डिजेमा आकर्षित हुन थालेपछि माघको मौलिकता हराउन थालेको थारु अगुवाहरुको चिन्ता छ । मादल, लहंगामा नाचिने मघौटा नाच हिजोआजका युवाहरु डिजेमा आकर्षित छन् । आफ्नै छुट्टै मौलिक बाजागाजा, माघमा गाउने मौलिक गीतका भाकाहरु छन् तर युवाहरु डिजेमा आकर्षित भएकोले माघको मौलिकता घटेको थारु अगुवारुहको ठम्याइ छ । यद्यपि माघको मौलिकता जोगाउन थारु कल्याणकारिणी सभालगायत विभिन्न थारु संघ संस्थाहरुमार्फत अभियानकै रुपमा गाउँदेखि शहरसम्म माघ विशेष कार्यक्रम भइरहेका थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष अशोक चौधरीले बताउनुभयो । ‘माघमा मात्र नभई हाम्रो हरेक पर्वमा राम्रो संस्कार, संस्कृति छ’– उहाँले भन्नुभयो– ‘यी राम्रो पक्षलाई अंगाल्दै पुराना पुस्ताले नयाँ पुस्तालाई आकर्षित गर्दै पुस्ता हस्तान्तरण गर्न सकियो भने माघ मात्रै हैन हाम्रा हरेक पर्व तथा संस्कृतिको मौलिकता जोगिन्छ ।’ माघमा गरिने माघी डेवानीमा युवा पुस्ताले त्यति चासो नदिदा माघको महत्व घटेको आभाष भए पनि विगतको वर्षदेखि पछिल्लो समयमा यसको महत्व पुनः बढ्दै गएको उहाँले दाबी गर्नुभयो । नयाँ युगबोधबाट ।

थारू लोकसंस्कृति जगेर्ना गर्न बेलौरीमा ‘माघ म्याला’

थारू लोकसंस्कृति जगेर्ना गर्न बेलौरीमा ‘माघ म्याला’

६०९ दिन अगाडि

|

२७ पुष २०८०

थारू समुदायको लोकसंस्कृति जगेर्ना गर्ने उद्देश्यले  कञ्चनपुरको बेलौरी नगरपालिकामा ‘माघ म्याला’ आयोजना गरिएको छ । थारू कल्याणकारिणी सभाको आयोजनामा म्याला आयोजना गरिएको हो । मेला तीन दिनसम्म सञ्चालन हुने भएको छ । म्यालामा थारू समुदायको लोकसंस्कृति झल्कने गहना, पहिरन, खाद्य सामग्री, सहनसहन, लोककथा, गीत, भाषा, साहित्यसम्बन्धीका वस्तुहरू प्रदर्शनीमा राखिएका छन् । “म्यालमा पुग्ने दर्शक तथा अवलोकनकर्ताका लागि परम्परागत थारू परिकार पस्कने व्यवस्था मिलाएका छौँ,” सभाका बेलौरीका अध्यक्ष खडक चौधरीले भने, “थारू संस्कृतिसँग सम्बन्धित परम्परागत गीतसँगै सखिया, झुम्रा, मुग्रह्वा, मघौटालगायत नृत्य स्थानीय कलाकारले देखाउने व्यवस्था मिलाइएका छौँ ।” थारूसँग सम्बन्धित राष्ट्रियस्तरका कलाकारले म्यालामा पुग्ने अवलोकनकर्ता र दर्शकलाई मनोरञ्जन दिने व्यवस्था मिलाइएको उनको भनाइ छ ।  बुढापाकाबाट युवाले संस्कृतिका बारेमा जानकारी पाई परम्परागतकालदेखि चल्दैआएका असल संस्कृतिलाई जीवन्त राख्न मद्दत पुगोस् भनेर प्रत्येक वर्षको यसै बेला म्याला आयोजना गरिँदै आएको उनले बताए । थारू समुदायमा विद्यमान कुरीतिलाई हटाउनका लागि जनचेतना जगाउने कार्यक्रम समेत म्यालामा राखिएको उनको भनाइ छ । बिहीबार पुस २६ देखि सञ्चालन भएको म्याला पुस २८ गतेसम्म सञ्चालन हुनेछ । रासस