राउटेको अस्तित्व संकटमा, जनसंख्या १३५ मात्रै

राउटेको अस्तित्व संकटमा, जनसंख्या १३५ मात्रै

३०४ दिन अगाडि

|

२७ कात्तिक २०८१

थारु समुदायको बरघर प्रणालीमा महिला र युवा सहभागिता खै ? 

थारु समुदायको बरघर प्रणालीमा महिला र युवा सहभागिता खै ? 

३१६ दिन अगाडि

|

१५ कात्तिक २०८१

थारु साहित्य–संस्कृति प्रतिष्ठानको आयोजनामा थारु सुमदायको बरघर प्रणालीमा महिला र युवा सहभागितारे अन्तक्रिया भएको छ ।  कार्तिक १४ गते दाङदेउखुरी लमहीमा भएको कार्यक्रममा प्रमुख अतिथि लमही नगरपालिकाका मेयर जोगराज चौधरीले भने, ‘विकासको लागि बरघर प्रणाली आवश्यक छ । त्यसैले, लमही नगरपालिकाले बरघर ऐन पारित गरेको छ । अब छिट्टै विधेयक पनि पारित गर्नेछौं ।’ अर्को प्रसंगमा उनले महिलाहरुलाई अवसर दिनमा कुनै दुई मत नरहेको तर उनीहरु आफै सक्रिय नरहेको आरोप लगाए ।  राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीले महिला र युवाहरुलाई पनि बरघर बनेर गाउँठाउँको  समाजसेवा गर्न आवश्यक रहेको धारणा राखिन् । उनले अगाडि भनिन्, ‘तर, महिलाहरुलाई अवसर नै नदिने हुँदा पुरुषहरु उदार हुनुपर्छ । समाजसेवामा लाग्न प्रेरित गर्नुपर्छ । जनप्रतिनिधिमा ३३ प्रतिशत महिलालाई कोटा छुट्याएझैं बरघरमा पनि महिलालाई अगाडि ल्याउनै पर्छ ।’ बरघरसमेत रहेका अधिवक्ता हल्लुप्रसाद चौधरीले देउखुरी उपत्यकामा राजपुरबाहेक लमही, गढवा तथा राप्ती पालिकाले बरघर ऐन पारित गरिसकेको तर विधेयक बनाउन आलाटाल गरेकोमा जनप्रतिनिधिहरुको ध्यानकर्षण गराए । उनले दुई दशक स्थानीय निकायको चुनाव हुन नसकी कर्मचारीहरुको भरमा रहेको स्मरण गर्दै तर बरघर प्रणाली १० वर्षे द्वन्द्वमा समेत सक्रिय भई काममा अहोरात्र खटेको स्मरण गरे ।  थारु कल्याणकारिणी सभा देउखुरीका क्षेत्रीय सभापति प्रकाशकुमार चौधरीले बरघरहरुले सरकारकै काममा सघाउने भएकाले उनीहरुको सेवासुविधा सरकारी स्तरबाटै तोकिनुपर्ने राइ व्यक्त गरे । समाजसेवामा मात्रै केन्द्रीत रहेकाले बरघरहरुलाई राजनीतिक प्रशिक्षण अत्यवश्यक रहेको उनको भनाई थियो ।  लमही–४, छुटकी घुम्नाका बरघर देवराज चौधरीले बरघर प्रणाली सक्रिय भएको ठाउँमा टोल विकास समिति गठन गर्न जरुरी नरहेको बताए । बरघरमार्फत् पालिकाले धेरै काम गर्न सक्ने अवस्था रहेको तर तालमेल नमिलेको उनको भनाई थियो ।  राष्ट्रिय भूमि आयोग, दाङकी पूर्व विज्ञ सदस्य लक्ष्मी चौधरीले बरघर ऐन पालिकामामात्रै नभई प्रदेश तथा संघीय ऐन बन्नुपर्ने जिकिर गरिन् । स्थानीय पाठ्यक्रममा बरघरको विषयबस्तुबारे पठनपाठनको व्यवस्थादेखि बजेट व्यवस्थापन गरी उनीहरुको लागि दीर्घकालीन योजना बन्नुपर्नेमा उनको जोड थियो । बर्दिया, कैलाली जिल्लामा महिला बरघर पनि रहेका तर दाङमा अझैसम्म महिला बरघर भएको सुन्न नपाएको बताउँदै उनले उनीहरुको अनुभव आदान प्रदानको लागि पनि अवलोकन भ्रमण, प्रशिक्षण जरुरी रहेको बताइन् ।  थारु साहित्य–संस्कृति प्रतिष्ठानले युएसआइडीको सहयोग तथा द एशिया फाउण्डेशनको सहकार्यमा थारु सुमदायको बरघर प्रणालीमा महिला र युवा सहभागिता विषयक् ९ महिने कार्यक्रम थालेको प्रतिष्ठानका कार्यकारी निर्देशक डा कृष्णराज सर्वहारीले जानकारी  दिए । उनले दाङको लमही, बाँकेको राप्तीसोनारी तथा बर्दियाको बारबर्दियामा छोटो समयका लागि परियोजना लागु भए पनि बरघर प्रणालीको संरक्षणका लागि आफूहरु निरन्तर लागिरहने बताए । गुरुप्रसाद कुमाल बुलुबुल तथा यम चौधरीले सहजीकरण गरेको कार्यक्रमको सभापतित्व थारु साहित्य–संस्कृति प्रतिष्ठानका अध्यक्ष छविलाल कोपिलाले गरेका थिए । 

सखि र आइ ट गइल र डस्याः ‘सख्या’ को फेरिदो स्वरूप

सखि र आइ ट गइल र डस्याः ‘सख्या’ को फेरिदो स्वरूप

३३७ दिन अगाडि

|

२४ असोज २०८१

                                                                                                                                                                सबै तस्विरः अविनाश चौधरी सन्तोष दहित कानकहि पायरिया मै जलम मैं लेहनु र । सखि र इह रि पायरिया रि मोर नाउँ रि रहिजा ।। सखि र इह रि पायरिया रि मोर नाउँ रि रहिजा ।। इह लेओ महरिन रि बेटवक नाउँ र सखि र परि ट गैल रि कहनैया बिर नाउँ ।। सखि र परि ट गैल रि कहनैया बिर नाउँ ।। यो थारू समुदायले डस्या (दशैं) मा गाउने सख्या गीत हो । अहिले यही गीत थारु वस्तीमा गुन्जिरहेको छ । दशैं आउनु अघि थारू समुदायले एक साता अगाडिदेखि सख्या पैयाँ नाचगान गरेर दशैंलाई स्वागत गर्छन् । यस बेला थारू समुदायका अविवाहित युवती (बठिन्या) थारू मौलिक भेषभूषामा सजिएर हातमा मन्जिरा बजाउँदै एक स्वरमा सख्या गाउँछन् भने पुरुष (मन्ड¥या)ले मादल बजाएर साथ दिन्छन् । दशैं शुरू भएसँगै थारू गाउँ बस्ती सख्यामय बनेका छन् । यो नाच विशेष गरेर लुम्बिनी प्रदेशका दाङ, बाँके, बर्दिया, सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र कर्णाली प्रदेशको सुर्खेतका थारू बस्तीमा नाचिन्छ ।.करिब एक महिनासम्म नाचिने सख्या नाच महाभारत कथासँग सम्बन्धित रहेको थारू अगुवाहरू बताउँछन् । भदौमा गरिने हा¥या गुरै पूजा शुरू भएदेखि बडादशैंपछि एक सातासम्म सामूहिक रूपमा मादल र मन्जिराको साथमा गीत गाउँदै सख्या नाचिन्छ । के हो सख्या थारू संस्कृतिविद् अशोक थारूका अनुसार सख्या थारु लोक भागवत पुराण हो । आख्यानको आधारमा सख्यालाई लोककाव्य महागाथाकोे कोटिमा राख्न सकिने उहाँको भनाइ छ । सखियालाई थारू भाषामा सख्या भनिन्छ । साथी साथी मिलेर नाचिने भएकाले पनि यो नाचलाई सख्या भनिएको उहाँको तर्क छ । यस्तै धार्मिक तथा सांस्कृतिक महत्वसँग जोडिएको सख्या नाचमा थारूका हरेक देवीदेवताका नामलाई सम्बोधन गरेर सख्या गीत गाउने गरिएको संस्कृतिविद् चन्द्रप्रसाद चौधरीले बताउनुभयो । यस्तै सख्या गीतमा जमिनमा बस्ने सबै जीवजन्तुको नाम पनि सम्बोधन गरेर सख्या गीत गाउने गरिएको उहाँको भनाइ छ । कसरी नाचिन्छ सख्या सख्या नाचको नेतृत्व मोह्रिन्या (युवतीको मुख्य व्यक्ति) ले गर्छन् । उनको सहयोगीका रूपमा पछगिन्या (दोस्रो व्यक्ति) हुने गर्छन् । यी दुबैजनाको पछि १५ देखि ४० जना बठिन्याले सघाउँछन् । गाउँमा भएका लगभग सबै बठिन्याहरु सख्या नाचमा सहभागिता जनाउँछन् । जुन गाउँमा जति धेरै बठिन्या हुन्छन्, त्यही गाउँमा सख्या नाचका लागि उनीहरूको उपस्थिति बाक्लो हुन्छ । सख्या नाच नाच्ने बेला दुई वटा समूह बनाएर नाच्ने गरेको दंगीशरण गाउँपालिका–३, हेकुलीको मोह्रिन्या सिरु चौधरीले बताउनुभयो । उहाँको अनुसार एउटा समूहको नेतृत्व मोह्रिन्याले गर्छन् भने अर्को समूहको नेतृत्व पछगिन्याले गर्छन् । सख्या गीत गाउ‘ँदा शुरूवातमा मोह्रिन्याको समूहले र दोस्रो पटक पछगिन्याको समूहले गाउने गरेको चौधरीले बताउनुभयो । मन्ड¥या भने जुन समूहले गीत गाउँछ त्यही समूहतर्फ गएर मादल बजाउने गरेको उहाँले भन्नुभयो । यसरी सख्या नाचसँगै बीच–बीचमा विभिन्न किसिमका पैया नाच पनि देखाइन्छ । सख्या नाच र गीत एउटै भए पनि गाउँ ठाउँ अनुसार फरक फरक किसिमले नाच्ने गरिन्छ । यो नाच मटावा, बडघरको आँगनमा नाचिन्छ । दिनभरि खेतबारीको काम सकाएर रातिमा सख्या नाच्ने चलन छ । राजाटीका अर्थात् नवमीको दिनदेखि बडादशैंको दिनसम्म भने दिउँसै सख्या नाच्ने गरिन्छ । द्वापर युगदेखिको परम्परा सख्या नाचको उत्पत्तिबारे थारू संस्कृतिविद्को आ–आफ्नै तर्क छ । थारू संस्कृतिविद् अशोक थारू सख्या नाचको उत्पत्ति द्वापर युगमा भएको सुनाउनुभयो । ‘मेरो अध्ययनमा सख्या नाच द्वापर युग अर्थात् पाँच हजार वर्षअघिदेखि चलेको देखिन्छ’– उहाँले भन्नुभयो । त्यस्तै, थारू अनुसन्धाता कृष्णराज सर्वहारी आजभन्दा दुई हजार पाँच सय वर्षअघिदेखि थारू समुदायले सख्या नाच नाच्दै आएको बताउनुभयो । सख्या नाच कृष्ण जन्माष्टमीसँग जोडिएकाले कृष्णको जन्मदेखि नै शुरू भएको सर्वहारीको भनाइ छ । त्यस्तै थारू संस्कृतिविद् चन्द्रप्रसाद चौधरी थारू समुदायको तन्त्रमन्त्र शुरू भएसँगै सख्या नाच पनि शुरू भएको बताउनुहुन्छ । ‘थारू समुदायमा तन्त्रमन्त्रको माध्यमबाट विभिन्न रोगव्याधि हटाउने, देवीदेवताको पूजापाठ गर्ने परम्परा छ’– चन्द्रप्रसादले भन्नुभयो– ‘त्यही तन्त्रमन्त्रसँग यो सख्या गीत जोडिएकोले त्यही बेलादेखि नै नाच्ने गरेको हुनुपर्छ ।’ लोप हुने संघारमा पछिल्लो समय सख्या लोपको संघारमा रहेको देख्न सकिन्छ । पहिला पहिला हरेक थारु बस्तीमा दशैंताका दशैको सख्यापैयाँ नाच नाचेको सुनिन्थ्यो । तर अचेल एकदमै कमैमात्रमा केही गाउँमा मात्र सख्या नाचेको पाइन्छ । कुनै गाउँमा मादल बजाउने मन्ड¥याको अभावमा त कतै सख्या गीत गाउन सक्ने बठिन्याहरुको अभावले सख्या नाच लोप हुने अवस्थामा पुगेको देखिन्छ । घोराही उमनपा–६, लख्वारकी कल्पना चौधरी मन्ड¥याको अभावले आफनो गाउँमा पाँच–छ वर्ष अगाडिदेखि सख्या नाच नाच्न छोडेको बताउनुभयो । सानैदेखि सख्या नाच्दै आएको भए पनि अहिले रोकिएको उहाँले सुनाउनुभयो । ‘गाउँमा मादल बजाउने मन्ड¥या नभएपछि सख्या नाच नाच्न छोडेका हौं’– उहाँले भन्नुभयो । अधिकांश युवाले विभिन्न पेशा तथा व्यवसायका कारण गाउँ छोड्ने गरेकाले सख्या नाच्ने बठिन्या भए पनि मन्ड¥याको अभाव देखिएको चन्द्रप्रसाद चौधरीले बताउनुभयो । ‘पहिला हामीले २२ ख्वाँट (मादलको ताल) को पैयाँ लगाउँथ्यौं, अहिलेका युवा चार–पाँच ख्वाँटमा मात्र पैया लगाउँछन्’– उहाँले भन्नुभयो– ‘त्यो पनि रिमिक्स जस्तो भइसक्यो ।’ नयाँ युगबोधबाट

असौंक डस्या कसिक मनैना ?

असौंक डस्या कसिक मनैना ?

३४० दिन अगाडि

|

२१ असोज २०८१

सामाजिक सञ्जालमे असौंक डस्या कसिक मनैना कहिके मेरमेरिक विद्वान आअपन विचार ढैटि बटाँ । इहे क्रममे डा गोपाल दहित असौंक डस्या मनैना तालिका डेले बटाँ (हेरि फोटुसंगे रहल तालिका) । इहे सिलसिलामे यहाँ दिलबहादुर थारू ओ चूर्ण चौधरी थप दुइ विद्वानके विचार ढै गैल बा । सबजे उज्जर टीका लगाई दिलबहादुर थारू  संयोजक, थारू नागरिक समाज, कैलाली  थारू समाजमे दशैंक अपने महत्व बा । सब दिनके अपन महत्व बा । मने सप्तमी, अष्टमी, नवमी ओ दशमीक कुछ ढेर महत्व बा । ओम्ने फे सबसे ढेर नवमीक महत्व बा । का करे कि नवमीक दिन हमरे पुर्खन भात डेठी अथवा कही कि नवमी हमार पुर्खनके श्राद्ध तिथी हो । बिहानके पिट्टर भात डेना ओ साँझके घरे नेउटल पितृदेउटन नाचगानासहित बिदाई कर्ना अस्रैना दिन हो ।  टबेमारे अष्टमी, नवमी अक्के डिन पर्लेसे अष्टमीहे आगे टस्कैना चाही । नवमी ओ दशमी अक्के डिन पर्लेसे दशमीहे पाछे सर्ना, टस्कैना चाही । यी साल अष्टमी ओ नवमी सँगे परल बा । टबेमारे अष्टमीहे आगे टस्कैले मजा रही । टस्कैलेसे यी साल (२०८१) हमार दशैं अइसिक रहीः  २३ गते पैनस टोपी ढोई ओ साँझके पुर्खन नेउटी  २४ गते ढिक्री चरहाई २५ गते पिट्टर भात दी  २६ गते टीका लगाई, उ फे सबजे उज्जर टीका लगाई धार्मिक मान्यता अनुसार डश्या पुजा पुजी  चूर्ण चौधरी,  केन्द्रीय कोषाध्यक्ष, थारू कल्याणकारिणी सभा  म्वार विचार म पुर्खासे मन्टी अइलक धार्मिक मान्यता, रिति थिति, चलन ओ अभ्यास म हम्र बर्का डश्याम सप्तमी के दिन ढक्या ओ पैनस्टोपी गंगाम च्वाखा कराइक लाग ढ्वाए जैठी । यी सर्वमान्य संस्थागत चलन ओ अभ्यास बा । यी बर्षक (२०८१) सप्तमी ह असोज २४ से असोज २३ म सरना सायद उपयुक्त नि हुइ । हम्र महा अष्टमी म जैह्या फे सन्झ्याख ढिक्री (कौनो थर क थारू मुर्गी फे) पुज्ना यी संस्थागत हुइल चलन, अभ्यास ओ सर्वमान्य धार्मिक मान्यता बा । ओ महानवमी म बिशेष कैख विहान ख मुर्गी पुज्ना ओ आपन पुर्खन पिट्टर डेना धार्मिक ओ संस्थागत मान्यता बा । यी वर्षके २०८१ क बर्का डश्या म महा अष्टमी ओ महा नवमी तिथि (असोज २५ गते) एक्कम मिलल बा कलसे महा अष्टमी क दिन  उहो २५ गते जो पुर्खा से चल्टी अइलक आपन तिथिम जो आपन आपन चलन, रितिथिति, अभ्यास ओ धार्मिक मान्यता अनुसार डश्या पुजा पुजी । ओ महा नवमी म कर्ना पुजा विजया दशमी असोज २६ गते क दिन शुभ साइत म कर्लसे जो टनिक धार्मिक विधि बिधान ओ महत्व हुइ कना म्वार सोच ओ बिचार बा। ओहमार २०८१ असोज २४ गतेः सप्तमीम गंगा म पैनस्टोपी धुइना । २०८१ असोज २५ गतेः महाअष्टमी म सन्झ्याक आपन आपन चलन अनुसार ढिक्री (कौनो थारू थर मुर्गी फे) पुज्ना । २०८१ असोज २६ गतेः विजया दशमी अर्थात बिजयी प्राप्त कर्लक शुभ साइत क दिन म विहान सक्कार मुर्गी पुज्ना वलि देना ओ आपन आपन पुर्खन क सम्झना म पिट्टर डेना उत्तम साइत हो । ओ यह दिन हमार बर्का डश्यक टिका के शुभ साइत रहि । संसारी गँवल्या टीका ब्यबस्थित तरिकासे उज्जर रहि ट आपन धर्म, संस्कार ओ पहिचान रही ।

थाकस दाङदेउखर क्षेत्र नं ३ से अटवारीक् शुभकामना साटासाट

थाकस दाङदेउखर क्षेत्र नं ३ से अटवारीक् शुभकामना साटासाट

३७० दिन अगाडि

|

२२ भदौ २०८१

थारु कल्याणकारिणी सभा (थाकस) दाङदेउखर क्षेत्र नं ३ के आयोजनामे शुखके रोज भदौ २१ गते अटवारीक् शुभकामना ले डे गइल बा ।  नमुना भुइँह्यार थान तुलसीपुरके सभाहलमे हुइल कार्यक्रममे बर्का पहुना थाकस केन्द्रीय कोषाध्यक्ष चुर्ण चौधरी कल–‘थाकस कुछ नै करल कैक ढेर जे कठ, मने इ संस्था बहुट कुछ कर्ल बा । भासा, साहित्य, संस्कृति जोगैनाम याकर बरा योगदान बाटिस । अटवारीक् शुभकामना लेना डेना कार्यक्रम फे ओक्रे श्रृंखला हो ।’ कार्यक्रममे साहित्यकार छविलाल कोपिला अटवारी टिउहारके बारेम कार्यपत्र प्रस्तुत कर्ले रहिट । ओस्टक थारु संस्कृतिके जानकार चन्द्रप्रसाद चौधरी, नेपाल प्रज्ञा प्रतिष्ठानके प्राज्ञ सभा सदस्य डा कृष्णराज सर्वहारी कार्यपत्र उपर टिप्पनि कर्ले रहिट ।  कार्यक्रममे अटवारिक एकरुपताबारे गहन छलफल हुइल रहे कलेसे पुर्खालोग अटवारी काजे मना जाइठ कना मिथक बट्वइले रहिट ।  कार्यक्रममे श्रमलाल चौधरी, लभलिन क्यानभास, थारु स्वास्थ्यकर्मी समाजके अध्यक्ष जीवराज चौधरी, दंगीशरण–६ के टिकाराम चौधरी, तुई खोलाके कृष्णराज चौधरी, डेसबन्ढ्या गुरुवा भिमबहादुर चौधरी, ढरहरिया गुरुवा मोहन चौधरी, पञ्चकुलेके पूर्वप्रधानपञ्च धनिराम चौधरी अटवारीक बारेम आ आपन विचार ढैले रहिट । ओस्टक थाकस दाङ जिल्ला अध्यक्ष अशोक चौधरी, निवर्तमान जिल्ला अध्यक्ष भुवन चौधरी, थाकस क्षेत्र नं १ के सभापति प्रकाश चौधरी, थाकस क्षेत्र नं २ के सभापति अनिल गम्वा, थाकस केन्द्रीय पार्षद रामबहादुर दहित, कांग्रेसके भातृसंगठन थारु संघके जिल्ला अध्यक्ष शेषदत्त चौधरी, एमालेक् भातृसंगठन लोकतान्त्रिक थारु संघके जिल्ला अध्यक्ष मंगलसिंह डेमनडौरा, गाउँविकास समिति पूर्व अध्यक्ष रोहित चौधरी, तुलसीपुर उपमहानगरके १२ नं वडाध्यक्ष खुशीराम चौधरी, दंगीशरण गाउँपालिकाके वडाध्यक्ष सुकलाल चौधरी, डा जर्मन चौधरी, अधिवक्ता हल्लुप्रसाद चौधरी, नमुना भुइँह्यार थान तुलसीपुरके अध्यक्ष अधिवक्ता रामशरण चौधरीलगायत बोलुइयन फे अटवारीक महत्वबारे विचार ढैले रहिट ।  नमुना भुइँह्यार थान तुलसीपुर ओ महटाँवा महासंघ तुलसीपुर समितिके सहआयोजनामे हुइल कार्यक्रमके घरगोस्या थाकस क्षेत्र नं ३ के सभापति मोहन थारु रहिट । कार्यक्रममे थाकस क्षेत्र नं ३ के तदर्थ समितिहे पूर्णता डेगैल रहे । ओ, नवनिर्वाचित पदाधिकारी शपथ फे लेल ।  कार्यक्रममे एक सयसे ढेर महटाँवा, गुरुवन् उपस्थित रहिट ।  

संकटमे हरेरि पुजा 

संकटमे हरेरि पुजा 

३७२ दिन अगाडि

|

२० भदौ २०८१

शत्रुघन चौधरी आजकल गाँउ गाँउमे हरेरि पुजा हुईटीबा । कहुँ पुजा सम्पन्न हु राखल, कहुँ बाँकी बा । हरेरि पुजा थारू समुदायमे कैजैना पुजा मध्य एक महत्वपुर्ण पुजा हो । हरेरि पुजाहे सबसे बर्का पुजाके रूपमे फे लेजाईठ । खास कैके खेतिपाति सेकके भाडोमे यि पुजा गाउँभरके मनै मिलके सामुहिक रूपमे पुजा कैजाइठ । वालिनालि मजा होय, गाँउमे खाँज खुजलि नालागे हैवि दैवी नालागे पशु चाैपायाके रक्षा होय, घर गाउमे अनाज भरपुर होय कना विश्वासके साथ यि पुजा कैजाईठ । हरेरि पुजामे गुरूवा अनिवार्य चाहठ । देशबन्ढिया, केसाैका घरगुरूवा लगायत गुरूवनके महत्वपुर्ण भुमिका रहठ । गुरूवा ज्ञान एक अदभुत ओ अलैाकिक ज्ञान हो । जोन गुरूवालोग साधना, दिव्य वाँणि ओ गुरूमन्त्रसे पैले रठाँ । गुरूवक संख्या दिन प्रति दिन घटटी जाईटा । एक अध्धययन फे डेखासेकल आवक ३० वरष परसे थारू समुदायमे गुरूवा लोप हुईना खतरा बा । गुरुवनके अस्तित्व संकटमे पर्ना कलक थारूनके परम्परागत पुजा संकटमे पर्ना हो । यिहिसे फे कहे सेकजाईठ हरेरि पुजा फे संकटमे परटा । लावा गुरूवा कोन गाउक हरेरिमे कैठो निकरलाँ कना समाचार कबु नै पढे, सुने मिलठ । यदि कोई कबुकाल गुरूवा निकरि कलसे फे यी समाचार नै बनठ । यि दुखके बाट हो । लावा गुरूवा नै निकरनासे फे अनुसन्धानके निष्कर्ष मेल खाईठ । यकर वारेमे कहुँ चिन्तन मनन विमर्श कैल नै विल्गठ । गाउघरमे यकर वारेम बहल चलैना अभिन ढिला नै हुईल हो । आब हरेक हरेरि पुजामे यि छलफल चलैना जरूरि विल्गठ । पुरान गुरूवनके ज्ञान पुस्तान्तरण कसिक कर सेकजाईठ, बाट उठान करि । गोटगाट स्थानिय सरकार सिमिट बजेट पुजा खर्च कैहके डेलक समाचार फे आईल बा, यि फोहिक विषय हो । लेकिन आब सेँन्डुर टिका चिङ्नि आदि पुजा खर्च किल नाहि यिहि दिगो बनाईक लग धेर बजेट आवश्यक विल्गठ । गुरूवनहे प्रोत्साहन भत्ता चाहल । लावा गुरूवा निकरलेसे लाखो रूपियक पुरस्कार रासि ढारे परल । अस्टके गुरूवनके टनखालगायत विविध सुविधा टोके परल । गुरूवनहे प्रोत्साहन भत्ता चाहल । लावा गुरूवा निकरलेसे लाखो रूपियक पुरस्कार रासि ढारे परल । अस्टके गुरूवनके टनखालगायत विविध सुविधा टोके परल । गुरूवनके विमा कर परल । समय समयमे या माघमे गाउक गुरूवनहे सम्मान कर परल । गुरूवनके क्षमता विकास कर परल, ओषधि उपचारके व्यवस्था हुईपरल । यकरलग स्थानिय सरकारसे बजेट माग करपर्ना जरूरि बा । वहाँ लोगनके ज्ञानके कदर जवटक नै हुई, टबटक लावा गुरूवा बन्ना कोई आगे नै परि । यदि पुरान परम्परा सस्कृति वचैना बा टे यहोर फे आजुसे सोचि जागि उठि ओ लागि । जय अखरिया ।

 ए टीकापुरः के छ तिम्रो सुर ? 

 ए टीकापुरः के छ तिम्रो सुर ? 

३७६ दिन अगाडि

|

१६ भदौ २०८१

थरुहट प्रदेशका लागि उठेको आवाज दबाउन प्रशासनबाट भएको धरपकडमा २०७२ भदौ ७ गते टीकापुरमा आठ प्रहरी र एक नाबालकको ज्यान गएपछि थरुहट आन्दोलन एकाएक मत्थर भयो। त्यो घटनाले बदनाम भएको छ, टीकापुर। टीकापुरमाथि लागेको कलंकको टीका बिस्तारै मेटिंदै त गएको छ, तर पूर्णतया सफा भएको छैन। राज्यले थारू समुदायमाथि कलंक थोपरिदिएको टीकापुर घटनापछि थरुहट आन्दोलनको यात्रा स्थगन छ भन्दा पनि हुन्छ। आफूमाथि लागेको कलंकको टीका मेटाउन टीकापुरले २०७४ सालको संसदीय निर्वाचनमा रेशम चौधरीलाई अत्यधिक बहुमतले विजयी गराएको थियो, राष्ट्रिय जनता पार्टी (राजपा)को चुनाव चिह्न छातामा भोट हालेर। त्यति वेला फरार सूचीमा रहेका रेशम लुकिछिपी बसिरहेका थिए। यद्यपि टीकापुर घटनाको प्रमुख सूत्रधारका रूपमा आरोपित रेशमले जनप्रतिनिधिको हैसियतले काम गर्न पाएनन्। चुनाव जितेपछि जिल्ला अदालत, कैलालीमा आत्मसमर्पण गरे। जेलबाटै झिकाइए, २०७५ पुस १९ गते सिंहदरबारमा सांसदको फुली लगाउन। तर उनले संसद्को ढोकाबाट छिर्न पाएनन्। डिल्लीबजारस्थित कारागारको चारदिवारमै सांसदको लोगो लगाएर बसे। संसद्‌मा आफू निर्दोष हुनुको हुंकार ओकल्नु थियो रेशमलाई। त्यो सम्भव भएन। आफ्नो रिहाइका लागि आफू सांसद रहेको पार्टीले ठोस भूमिका नखेलेको आरोप लगाउँदै उनले जेलबाटै नयाँ पार्टी खोल्ने घोषणा गरे। आफू संरक्षक रहेर पत्नी रञ्जिता श्रेष्ठको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) निर्वाचन आयोगमा दर्ता गराए, २०७८ पुस १९ मा। नाउपाले २०७९ सालको स्थानीय चुनावमा कैलालीका चार स्थानीय तह जोशीपुर, जानकी, टीकापुर र भजनीमा विजयको झन्डा गाड्यो। मेयर र गाउँपालिका अध्यक्ष सहित ९९ जना जनप्रतिनिधि जितेको नाउपा उत्साहित भयो। अझ २०७९ सालकै प्रतिनिधि सभामा नाउपाले चार जना संघीय सांसद तथा प्रदेश सभामा १२ जना सांसदको प्रतिनिधित्व गरायो। यत्तिका जनप्रतिनिधि आफ्नो बलबुताले मात्र सम्भव भएको ठानेका रेशम दम्पतीमा अहम् पलायो। जबकि यो थरुहट आन्दोलनकै देन थियो। एक अर्थमा टीकापुर घटनामा सबै थारूलाई दोषी देखेर उनीहरूको घर-पसल जलाइएको आक्रोशबाट रूपान्तरित मत थियो। रञ्जिताले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री पदको पगरी लगाएपछि अनेक दबाबबीच राष्ट्रपतिबाट आममाफी पाई रेशम २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा रिहा भए। तर रेशम जेलबाट रिहा भए पनि समग्र टीकापुर खुशी भएन। किनकि टीकापुर घटनामा मुछिएका अरू राजबन्दीको रिहाइ हुन बाँकी नै थियो। त्यसपछि दशैंमा सबै राजबन्दी रिहा भए। तर जजसले आफूलाई अदालतमा उपस्थित गराएनन्, उनीहरूको मुद्दा मुल्तबीमा छ। २०८१ भदौ २ मा थारू कल्याणकारी सभा (थाकस)ले प्रेस विज्ञप्ति जारी गरी थाकसका अध्यक्ष धनिराम चौधरी लगायतको मुद्दा खारेज हुनुपर्ने माग गरेको छ। उता, राष्ट्रपतिबाट आममाफी पाएका रेशमविरुद्ध टीकापुर घटनामा ज्यान गुमाएका प्रहरीका परिवारले सर्वोच्चमा रिट हालेका छन्। टीकापुर घटनाको सम्रग मुद्दालाई राजनीतिक करार हुनुपर्ने अभियानमा लाग्नुको सट्टा रेशम भने आफ्नो मात्रै मुद्दा खारेज हुनुपर्ने दौडधूपमा छन्। टीकापुर आन्दोलनको सबैभन्दा दुर्बल पक्ष के रह्यो भने, यसलाई राजनीतिक होइन, आपराधिक घटनाको रूप दिइयो। चाँडै छुट्ने बहानामा रेशमले आफूमाथि प्रशासनबाट लगाइएको हत्याको अभियोग सकार्दै आममाफी स्विकारे। टीकापुर घटनालाई राजनीतिक मुद्दा करार गर्दै यसमा नाम मुछिएका सबैको मुद्दा किनारा लागेको निर्णय हुन नसक्नु दुर्भाग्य हो। यसैकारण आजीवन जन्मकैद पाएको व्यक्ति कुनै दलको अध्यक्ष त के, साधारण सदस्य समेत हुन योग्य हुँदैन भन्ने परिभाषित गर्दै निर्वाचन आयोगले रेशमलाई नाउपाको अध्यक्षका रूपमा मान्यता दिएन। उनी मात्र होइन, उनको संयोजकत्वमा भएको पार्टीको महाधिवेशनलाई नै मान्यता दिएन। अगुवा खेतीपातीमा थरुहट आन्दोलनका मियो हुन्, लक्ष्मण थारू। उनले माओवादी पार्टीबाट विद्रोह गरेर ‘थरुहट प्रदेश’ को मुद्दा यथावत् राख्न निकै दौडधूप गरे। भलै बीचमा विभिन्न पार्टीमा सामेल भए। तर टीकापुर घटनामा जिल्ला अदालतको फैसलाले जम्मा साढे तीन वर्षको सजाय काटेर रिहा भएपछि उनी पुनः थरुहट आन्दोलनको बीउ जोगाउनतिर लागिपरे। मेची-महाकाली यात्रा गरे। रिहा भएर शायद उनी चूपचाप बसेको भए उच्च अदालत, दिपायलले उनको मुद्दा उल्टाएर आजीवन कैदको फैसला सुनाउने नै थिएन। मुद्दाको छिनोफानो नभएको हुँदा २०७४ सालको चुनावमा रेशम र लक्ष्मण दुवैले भाग लिन पाए। तर २०७९ सालको चुनाव प्रतिकूल रह्यो। दुवैले चुनावमा भाग लिन पाएनन्। नाउपाले गति लिन थालेपछि जेल बाहिरै रहेका लक्ष्मण नाउपाकै ब्यानरमा थरुहट आन्दोलनको बीउ जोगाउन चाहन्थे। अब लक्ष्मण पुनः शक्तिमा आउन थाले भनेर जेलमा रहेका रेशमलाई छटपटी शुरू भयो। रेशम जेलबाट रिहा भएपछि लक्ष्मण पनि उनको साथमा केही समय त विभिन्न कार्यक्रममा गए। तर त्यो सहकार्य क्षणिक मात्र रह्यो। रेशमले पार्टी अध्यक्षपछिको वरिष्ठ नेताका रूपमा लक्ष्मणको जिम्मेवारी स्विकार्ने उदारता देखाउन सकेनन्। बरु लक्ष्मण पार्टीको साधारण सदस्यसमेत नरहेको कार्यकर्तामाझ बताउन थाले। यसले लक्ष्मणको मन कुँडियो। यसै पनि आजीवन कैद पाएको व्यक्तिले चुनावै लड्न नपाउने प्रावधानपछि ‘मिसन-८४’ पनि उनका लागि व्यर्थ भयो। अन्ततः उनी खेतीपातीमा लागे। अहिले बाराको सिमरामा सपरिवार जग्गा भाडामा लिएर खेती गरिरहेका लक्ष्मण सार्वजनिक कार्यक्रममा पनि कमै उपस्थित हुन्छन्। लक्ष्मण निष्क्रिय रहेपछि समग्र थरुहट आन्दोलन नै  सुतेको जस्तो देखिएको छ। थाकसको द्विविधा शुरूदेखि नै थारू समुदायको छाता संगठन थाकस थरुहट आन्दोलन सम्बन्धमा द्विविधामा रहेको देखिन्छ। धनिराम चौधरीको वर्तमान कार्यसमिति होस् या राजकुमार लेखी महामन्त्री रहेको आठ वर्षअघिको कार्यसमिति होस्, थारू समुदायलाई मधेशीको सूचीमा समाहित गरेपछि २०६५ फागुन १८ मा लक्ष्मण थारूले थरुहट संघर्ष समितिको ब्यानरमा थरुहट आन्दोलनको उद्घोष गरी अनिश्चितकालीन तराई बन्दको घोषणा गरे। थाकसका तत्कालीन महामन्त्री राजकुमार लेखीले ‘यो केही मुट्ठीभर थारूहरूको आन्दोलन’ रहेको र यसमा थाकसको समर्थन नरहेको अभिव्यक्ति दिएका थिए। तर जब चितवनको टाँडीमा थरुहट आन्दोलनको क्रममा फागुन २२ मा कमल चौधरी र विपिन जोशी मारिए, तब लेखीले हत्तपत्त आन्दोलनमा थाकसको पनि समर्थन रहेको जनाए। अझ दाङको लमहीस्थित लठ्ठहवामा थरुहट आन्दोलनका क्रममा रामप्रसाद चौधरी र प्रकाश चौधरीको फागुन ३० मा ज्यान गएपछि तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकार २०६५ चैत १ मा ६ बुँदे सम्झौता गर्न बाध्य भयो। त्यस वेला आन्दोलनको उठान गर्ने लक्ष्मण थारूलाई बाइपास गर्दै सरकारसँगको सम्झौतामा राजकुमार लेखी र माओवादीका इन्द्रजीत थारू दौडिएका थिए। निकै पछि थाहा पाएर लक्ष्मण, गोपाल दहितको टोली पनि बालुवाटार पुगेको थियो। पहिलो चरणको थरुहट आन्दोलनमा लेखीको रवैया ठीक नरहेको अध्येता प्रेमप्रकाश चौधरीको विश्लेषण थाकसको मुखपत्र थारू संस्कृति (२०६९ माघ, अंक २३) मा छापिएपछि लेखीले त्यो अंक नै जफत गरे, बजारमा पठाएनन्। लक्ष्मण थारू रिहा भएपछि दोस्रो चरणको थरुहट आन्दोलन अघि बढ्यो, तर त्यसमा थाकसको संग्लनता भएन। थाकसका वर्तमान सहमहामन्त्री मिनराज चौधरी लक्ष्मण थारूले अगुवाइ गरेको थरुहट थारूवान संयुक्त संघर्ष समितिको आन्दोलनमा सक्रिय भएपछि थाकसले उनीसँग स्पष्टीकरण समेत लिएको थियो। थाकसको भनाइ थियो- संघर्ष समितिको संयोजक हामी छौं, अनि अरूले अगुवाइ गरेको अवैध आन्दोलनमा किन सहभागी हुने? थाकस केन्द्रले प्रत्येक भदौ ७ मा सामान्य विज्ञप्ति मात्रै निकालेर झारा टर्ने गरेको छ। उसले आफ्नो प्रत्येक जिल्ला समितिलाई भदौ ७ गतेको सम्झनामा कार्यक्रम गर्न त भनेको छ, (हेर्नुहोस् विज्ञप्ति) तर विद्रोह दिवस र कालो दिवस भन्दै लेखिएको विज्ञप्तिमा नै अलमल र द्विविधा देखिन्थ्यो । भदौ ७ गते विद्रोह दिवस तथा भदौ ८ गते कर्फ्यूको समयमा पनि थारू समुदायको व्यक्तिका घर छानीछानी प्रशासनको जोडबलमा आगजनी गरिएको दिनलाई कालो दिवस भनेर मनाइनुपर्ने हो। यस वर्ष विद्रोह शब्द थपिए पनि अघिल्लो वर्ष कालो दिवस भन्दै मनाउने गरेको थियो, थाकसले। कुन विद्रोहको दिन, कुन कालो दिन निर्क्योल गर्न नसक्ने नेतृत्वले समग्र आन्दोलनलाई नयाँ दिशामा लैजानेमा आशंका छ। टीकापुर मुद्दा लागेपछि अर्धभूमिगत भएका धनिराम चौधरीलाई थरुहट आन्दोलनकै अगुवाइ गरेकाले भागाभागको स्थिति रहेको भन्दै उनलाई दुई कार्यकाल थाकसको केन्द्रीय अध्यक्षको जिम्मेवारी दिइयो। तर उनले समग्र नेतृत्वका लागि माखो मारेनन्। आफूमाथि थप ‘चार्ज’ लाग्ने डरले आन्दोलनको कुनै खाका बनाएनन्, बनाउन लगाएनन्। समुदायको छाता संगठनको निदाएको भेषले समग्र थारू समुदायको नेतृत्व नै सेलाएको छ। उपलब्धि विनाको थारू आयोग धेरैले थरुहट आन्दोलनको ज्वारभाटाले थारू आयोग गठन भएकोलाई ठूलो उपलब्धि ठानेका छन्। तर सिफारिश मात्रै गर्ने अधिकार भएको आयोग ‘हात्तीको देखाउने दाँत’ मात्रका रूपमा अस्तित्वमा छ। उता, आदिवासी जनजाति क्लस्टरमा थारूले छुट्टै कोटामा लोक सेवा आयोगमा लड्न पाउने प्रावधानलाई पनि अर्को उपलब्धि ठानिएको छ। तर दु:खद के हो भने, यसलाई अहिलेसम्म कार्यान्वयनमा लगिएको छैन। संघीय मामिला तथा संसदीय व्यवस्थामन्त्री रहेको वेला अमनलाल मोदीले संघीय निजामती ऐन पारित गराउन, त्यसमा थारू क्लस्टर छुट्याउन निकै जोडबल गरेका थिए, तर सकेनन्। त्यसो त थाकसले सरकारबाट विभिन्न विज्ञापन छुट्याएकोमा यसमा थारू क्लस्टर नछुट्याएर विज्ञापन गरिएकाले रद्द गरिनुपर्ने भन्दै कैयौं पटक सर्वोच्च अदालतमा रिट हालेको छ। तर सर्वोच्चले अग्राधिकार दिए पनि निर्णय गरेको छैन। त्यस्तै, थारू छुट्टिएर गए भनेर अन्य आदिवासी जनजाति संगठनले साथ दिएका छैनन्। यसले पनि थरुहट आन्दोलनको उभारलाई असर गरेको तीतो यथार्थ हो। रेशम-रञ्जिताको बाझाबाझ  रेशम-रञ्जिता दम्पतीको व्यक्तिगत लोकप्रियताका कारण नाउपाले उपलब्धि पाएको गलत बुझाइले थरुहट आन्दोलनको बीउ सुक्नु अर्को कारण हो। थरुहट आन्दोलनका अन्य अगुवा योगेन्द्र चौधरी, डा. गोपाल दहित (हाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य) आन्दोलनको ‘अ’ उच्चारण गरिरहेका छैनन्। उता, गंगा चौधरी एमालेबाट गत चुनावमा बागी उम्मेदवार भई गुमनाम छिन्। रुक्मिणी चौधरी थाकसको संगठन मन्त्री भई चलायमान हुन खोज्दै त छिन्, तर थाकस नै आन्दोलनको सवालमा मौन छ। थरुहट आन्दोलन उभारमा रहेकै कारण २०७० सालको संविधानसभादेखि अन्य चुनावमा थारू नेताहरूले टिकटमा राम्रै अवसर पाए। लुम्बिनी प्रदेशमा त थारू नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नै भए। सुदूरपश्चिममा पनि थारू नेतालाई मुख्यमन्त्री बन्ने अवसर आएको थियो, तर नाउपाको आन्तरिक घरझगडाका कारण गुम्यो। थरुहट आन्दोलन सेलायो भने अब इतिहासमा अर्को मुख्यमन्त्री थारू समुदायले पाउनेवाला छैन। टीकापुरले अझैसम्म दोहोर्‍याएर कुनै जनप्रतिनिधि जिताएको इतिहास छैन। अब अर्को चुनावमा त रेशमले उम्मेदवारी नै दिन पाउँदैनन्। रञ्जितासँग सामान्य राजनीतिक र अझ बढी पारिवारिक झमेलाले अर्को पार्टी गठन गर्ने सुरसारमा छन्, रेशम। यसरी ‘मिसन-८४’ मा नाउपा अब इतिहासको एउटा कालखण्डमा मात्र सीमित हुन बेर छैन। थरुहट आन्दोलनको बीउ नजोगाउने हो भने समग्रमा सुदूरपश्चिममा १८ प्रतिशत तथा लुम्बिनीमा १४ प्रतिशत जनसंख्या रहेको थारूले जातीय जनसंख्याको अनुपातमा निजामती सेवामा सहभागी हुने सुनिश्चितता हुँदैन। राज्यले थरुहट प्रदेश त दिएन, अब अधिकार पनि दिन कन्जुस्याइँ गर्दै छ भनेर थारू समुदायमा चस्को त पसेको छ, तर बृहत् थरुहट आन्दोलनको महसूस उनीहरूले गर्न सकिरहेका छैनन्। थरुहट प्रदेशको मुद्दालाई यथावत् राख्नुको सट्टा थरुहट आन्दोलन नै सेलाउनुको कारण खोज्न ढिलो भइसकेको छ। यही मंसिरको पहिलो साता भैरहवामा थाकसको केन्द्रीय महाधिवेशनको मिति तोकिएको छ, यसले आन्दोलनको कुनै खाका ल्याउँछ/ल्याउँदैन, थरुहट आन्दोलनको बीउ जोगाउँछ/जोगाउँदैन त्यो चाहिं हेर्न बाँकी छ। गर्ने, नगर्ने थरुहट आन्दोलन  ए टीकापुरः के छ तिम्रो सुर ?  (थारू लेखक संघका अध्यक्ष सर्वहारीको गणेश चौधरी संगको सहकार्यमा थरुहट आन्दोलन: टीकापुर कथा (२०७३) पुस्तक प्रकाशित छ।) हिमाल खबर डटकमबाट (शीर्षक परिवर्तन गरिएको) थाकसले जारी गरेको विज्ञप्ति।