Above News Title

संकटमा छ बरघर प्रणालीमार्फत् हुने थारु गाउँको पूजाआजा 

संकटमा छ बरघर प्रणालीमार्फत् हुने थारु गाउँको पूजाआजा 

थारु गाउँका अगुवा बरघरहरुले आफूहरुमार्फत् हुने थारु गाउँको पूजाआजाको व्यवस्थापन संकटमा रहेको बताएका छन् । थारु समुदायका व्यक्तिहरु विभिन्न धर्म मान्न थालेकाले गाउँको सामूहिक देउथान मरुवामा गरिने पूजापाठका लागि रकम नदिदा स्रोत जुटाउन गाह्रो परेको उनीहरुको भनाई छ । 

बाँके, राप्ती सोनारी–४ स्थित वडा कार्यालयको सभाकक्षमा पुस १७ गते भएको ‘बरघर, ककनदारबाट के सिक्ने’ विषयक् अन्तक्रिया कार्यक्रम भएको थियो । यूएसएड, नागरिक सञ्चार CSM को आर्थिक सहयोग, द एशिया फाउण्डेशनको सहकार्य तथा दाङ, लमहीस्थित थारु साहित्य तथा संस्कृति प्रतिष्ठानको आयोजनामा भएको प्यानल छलफल कार्यक्रममा पूर्व अध्यक्ष लाहुराम चौधरीले उक्त अभिब्यक्ति दिएका हुन् । प्रायः बरघरहरुले उनको भनाईमा समर्थन जनाएका थिए । 

सोही कार्यक्रमअन्तर्गत बरघर प्रणालीलाई चलायमान गराउने के छ उपाय भन्ने सेसनमा पूर्व अध्यक्ष चौधरीले अगाडि भने,‘बरघरले गुरुवाको निर्देशनमा गराउने विभिन्न पूजापाठमार्फत् गाउँलेलाई एकसुत्रमा बाँध्छ । तर, अब हामी तिमीहरुको धर्म मान्दैनौ, पूजापाठको लागि रकम पनि दिन्नौ, पूजापाठको कार्यक्रममा सहभागी पनि हुन्नौ भन्ने जमात बढ्दै गएको छ । यसले सतहमा पूजापाठ संकटमा पर्दै गएको देखिए पनिसमग्रमा यो बरघर प्रणाली नै संकटमा पर्दै गएको संकेत हो ।’

राप्ती सोनारी–४ की वडा सदस्य सोहनी थारुले आफू क्रिश्चियन धर्म मान्ने गरेकाले आफ्नो गाउँ दंगपुरवाको थारु मरुवामा हुने पूजापाठका लागि रकम नदिने गरेको स्वीकारिन् । उनले भनिन्,‘धर्म नै फरक परेपछि उहाँहरुको पूजा व्यवस्थापन उहाँहरुले हेर्नुहुन्छ, हामीले चर्चको हेर्छौ । धर्ममा कसैलाई दवाव दिनु हुन्न ।’

सोही कार्यक्रममा सहभागी दाङ, लमही नपा–८, धनपुरवा गाउँकी बरघर सीता चौधरीले थारु गुरुवाले समग्र गाउँको सुरक्षा, पशुदेखि बालीनालीको सुरक्षाका लागि पूजाआजा गर्ने भएकाले जुन धर्म अंगाले पनि गाउँको पूजाका लागि सबैले रकम दिनुपर्ने धारणा राखिन् । उनले अगाडि भनिन्,‘मेरै गाउँमा पनि जयगुरुदेव धर्म मान्नेहरु ९० प्रतिशत छन्, जो शाकाहारी छन् । तर, तिनले पनि पूजाआजाका लागि रकम दिन्छन् । भागप्रसाद आफन्तलाई दिन्छन् । गाउँको पूजाआजा रोकिनु हुन्न ।’

गाउँ गाउँमा पुगेर अभियान चलाउनुपर्ने

बरघरमा महिला सहभागिता बढाउन के गर्नुपर्ला भन्ने सेसनमा थारु कल्याणकारिणी सभा, बाँकेको जिल्ला अध्यक्ष संगिता थारुले बरघरहरुलाई हौसला बढाउन, महिला सहभागिता बढाउन थाकसले सहकार्य गर्ने बताइन् । 

युवा किरण कुमारी थारुले गाउँलेले चाहेमा युवाहरु नेतृत्व गर्न तयार रहेको धारणा राखिन् । पाका बरघर भरथारी थारुले भने युवाहरुलाई कसैगरी पनि बरघरका लागि मनाउन नसकिएको अभिव्यक्ति दिए । 

अर्की युवा टीका थारुले दुइ चार दिनको छलफलले बरघरमा महिला, युवा सहभागिता नबढ्ने, यसका लागि गाउँ गाउँमा पुगेर अभियान चलाउनुपर्ने बताइन् । बरघर हरि प्रसाद थारुले माघको बरघर चुन्ने समयमा महिलाहरु नआउने गरेकाले बरघरमा महिला सहभागिता नदेखिएको बताए ।

 

बरघरमा युवा सहभागिता बढाउन के गर्नुपर्ला भन्ने सेसनमा युवाहरु गाउँमा प्रायः शुन्य अवस्थामा भएकाले पाकाहरु जिम्मेवारी लिने बाध्यता आइपरेको प्रसंग उठ्यो । शिक्षक राम बहादुर थारुले बरघरमा युवाहरुलाई जोड्न आफू जस्ता शिक्षकहरुको पनि जिम्मेवारी रहेको बताए । पूर्व वडाध्यक्ष समेत रहेका कान्छा थारुले आफू युवावस्थामै बरघर बनेको, त्यसैको जिम्मेवारीले पनि वडाध्यक्ष हुन सम्भव भएको जिकिर गरे । उनले अगाडि भने, विडम्वना वडाध्यक्ष हुँदाहुँदै पनि बरघरबाट विदा पाइएन । अहिले पनि बरघर नै छु । कोही महिला, युवा आए बरघरको जिम्मेवारी दिन तयार छु ।’ 

आयोजक थारु साहित्य–संस्कृति प्रतिष्ठानका अध्यक्ष छविलाल कोपिलाले प्रतिष्ठानले परियोजनाअन्तर्गत केही महिना बरघरमा समावेशिता खोजे पनि यो अभियान दीर्घकालीन हुनुपर्ने धारणा राखे । प्रतिष्ठानका कार्यकारी निर्देशक डा कृष्णराज चौधरी सर्वहारीले संविधानमा महिला हक सुरक्षित भएकाले बरघरमा नेतृत्वमा पनि समयअनुसार परिवर्तन हुनु आवश्यक रहेको बताए । 


 

प्रकाशित:

६६३ दिन अगाडि

|

२० पुष २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४७८ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१५१३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१५२३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४७८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१४२७ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४८३ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१४१६ दिन अगाडि

|

२७ मंसिर २०७९