Above News Title

देउखुरीमा धमाधम बरघर छानिदै, अझै समावेशी देखिएन 

देउखुरीमा धमाधम बरघर छानिदै, अझै समावेशी देखिएन 

माघको अवसरमा छानिने थारु गाउँका अगुवा (बरघर, ककनडार, महटाँवा) धमाधम छानिन थालेका छन् । तर, बरघर चयन समावेशी देखिएको छैन । 

यसै क्रममा माघ ३ गते दाङदेउखुरी, लमही नगरपालिका–८, बिजलीपुर गाउँमा ७३ वर्षिय लहानु चौधरी पुनः महटाँवा छानिएका छन् । लगातार ४० वर्षदेखि महटाँवा रहेका उनी ४१औं पटक महटाँवा चुनिएका हुन् । सो अवसरमा गाउँको खोज्नी बोज्नी कार्यक्रमका प्रमुख अतिथि थारु साहित्य–संस्कृति प्रतिष्ठानका कार्यकारी निर्देशक डा कृष्णराज सर्वहारीले बरघर प्रणालीसंग जोडिएका अन्य पदमा महिला, युवालगायतको समावेशी चयन हुन  सके गाउँको विकासमा टेवा मिल्ने बताए । 

कार्यक्रममा लमही नगरपालिका–८, का वडासदस्य गणेश चौधरी, जहरे खानेपानी संस्थाका अध्यक्ष शिवकुमार चौधरी, गहनलाल चौधरी, फुलपत चौधरी लगायतले आफ्ना भनाइ राखेका थिए । कार्यक्रममा गाउँलाई योगदान दिने गुरुवा, केसौका, मोह्रिन्या, पच्गिन्या लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा मघौटा नृत्यका साथै बरघर छनोटपछि बरघरको तर्फबाट खानपीन पनि गराइएको थियो ।  वडासदस्य गणेश चौधरीका अनुसार महटाँवाको नाममा देउता रहेकाले अन्य व्यक्ति महटाँवा बन्न मन नगरेको बताए । बाबुलाई बुढ्यौलीले छोएपछि वडासदस्य चौधरी कार्यबाहक महटाँवाको रुपमा काम गर्दै आएका छन् । 

लमही नगरपालिका–८, धनपुरवा गाउँमा पनि सीता चौधरी पुनः ककनडार चुनिएकी छिन् । त्यहाँ प्रत्येक वर्ष चिट्ठा प्रणालीबाट ककनडार चुनिन्छन् । यस वर्ष पनि गाउँलेहरुले चिट्ठा हालेर जगतराम चौधरीलाई अगुवा छानीसकेका थिए । थारु साहित्य–संस्कृति प्रतिष्ठानका कार्यकारी निर्देशक डा कृष्णराज सर्वहारीले प्रत्येक वर्ष अगुवा फेरिदा नयाँ जिम्मेवारी पाउनेलाई सिक्ने, अनुभव लिने समय नमिल्ने हुँदा सीता चौधरी लमही नगरअन्तर्गतको एक मात्र महिला ककनडार रहेकाले उनलाई दोह्र्याउन आग्रह गरेका थिए । जगतराम चौधरीले पनि महिला ककनडार पुनः जिम्मेवारी लिन चाहे छाड्न तयार रहेको अभिव्यक्ति दिएपछि सहमतिमा पुनः सीता चौधरी ककनडार छानिइन् । 

उता, लमही नगरपालिका–३, उत्तर मजगाउँमा पुनः छुनिलाल गाउँका प्रधान छानिएका छन् । उनी दुमदुम भवानीमा पूजापाठ हुने जोगिया प्रगन्नाअन्तर्गत २२ गाउँका प्रधान पनि हुन् । उत्तर मजगाउँमा जगत चौधरीको ठेकदार टोलीले प्रति कट्ठा रु २५५ मा सिंचाई कुलो मर्मतको ठेक्का पायो । छपरगन्टि पालामा श्रीमान्, श्रीमती दुबै जागिरे रहेकाले गाउँको बरघर प्रणाली अन्तर्गतको कमबाट निश्कासन गरिदिन स्थानीय बालतारा आधारभूत विद्यालयका प्रअ राजकुमार चौधरीले लिखित निवेदन दिए पनि खोज्नी बोज्नीको ख्यालले त्यो निवेदन स्वीकृत गरेन । उनलाई थप कारण खुलाउन निम्त्याइए पनि बैठकमा सहभागी थिएनन् । 

लमही नगरपालिका–४, भैस्कोर्मा गाउँमा प्रत्येक वर्ष चिट्ठा प्रणालीबाट ककनडार छानिन्छन् । यस वर्षबाट त्यो परम्परा हट्ने विश्वास गरिए पनि पुनः चिट्ठा प्रणालीबाट ककनडार छानिएको छ । जसबाट लक्ष्मीराज चौधरी ककनडार भएका छन् ।

यसैगरी, लमही नगरपालिका–४, छुटकी घुम्ना गाउँको टोल ककनडारमा देवराज चौधरी तथा अघारीमा खुन्टुराम चौधरी दोहरिएका छन् । कार्यक्रममा ककनडारमा देवराज चौधरीले गत वर्ष गाउँको आम्दानी १ लाख ४३ हजार, खर्च ६९ हजार ४ सय तथा वचत ७४ हजार ४ सय रुपैया मौज्दात रहेको सुनाएका थिए । त्यहाँको मूल आम्दानी भाँडाकुँडा, कुर्सि, टेबल, टेण्ट भाडाको रहेको साथै छपरगन्टि पालामा काम गर्न नआएपछि जरिवाना, खारा रहेको छ । 

लमही–४, घुम्ना तथा लमही–६ लंगडीमा माघ ५ गते ककनडार चुनिने जानकारी बरघरद्वय हल्लुप्रसाद चौधरी तथा कान्तु चौधरीले जानकारी दिए । 

प्रकाशित:

६०६ दिन अगाडि

|

४ माघ २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७२ दिन अगाडि

|

२७ मंसिर २०७९