प्रतिनिधिसभामा ५७ जना बिलुकल नयाँ अनुहार (सूचीसहित)

प्रतिनिधिसभामा ५७ जना बिलुकल नयाँ अनुहार (सूचीसहित)

१३९१ दिन अगाडि

|

१२ मंसिर २०७९

लुम्बिनी प्रदेश सभामा थारू सुमदायका कति जना चुनिए ?

लुम्बिनी प्रदेश सभामा थारू सुमदायका कति जना चुनिए ?

१३९२ दिन अगाडि

|

११ मंसिर २०७९

लुम्बिनीमा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फ अन्तिम नतिजा आइसक्दा नेकपा एमाले ठूलो दल बनेको छ । प्रत्यक्षतर्फका ५२ क्षेत्रमध्ये एमालेले १८ सिट जितेर पहिलो दल बन्दा नेपाली कांग्रेस १७ सिट जित्दै दोस्रो दल बनेको छ । नेकपा माओवादी केन्द्रले जम्मा पाँच सिट जितेर तेस्रो बनेको छ । यस्तै, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले समान दुई, दुई सिट जितेका छन् भने माओवादीबाट विद्रोह गरेका तीनजना स्वतन्त्र उम्मेदवारले समेत जितेका छन् । सिके राउत नेतृत्वको जनमत पार्टीले पनि एक सिट जितेर प्रदेश सभामा उपस्थिति जनाएको छ ।  यसअघिको प्रदेश सभामा पाँच दलको प्रतिनिधित्व रहेकामा अब कम्तीमा ८ दलको प्रतिनिधित्व हुनेछ । लुम्बिनी प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टी,जनमत र राप्रपा नयाँ दलका रुपका थपिएका हुन् । लुम्बिनीमा प्रदेश सभामा थारु समुदायका जम्मा ९ जना चुनिएका छन् । जसमा एमालेबाट तुल्सीप्रसाद चौधरी, रुपन्देही ३(२), मधुशरणप्रसाद चौधरी, कपिलवस्तु १ (२) तथा दुर्गाप्रसाद चौधरी, बाँके १ (२) गरी ३ जना चुनिएका छन् । त्यस्तै, काँग्रेसबाट डिल्लीबहादुर चौधरी, दाङ ३ (१)तथा भुवनेश्वर चौधरी, बर्दिया १ (१) गरी २ जना मात्रै रहेका छन् । नागरिक उन्मुक्ति पार्टीबाट राजकुमार चौधरी, बर्दिया १ (२) तथा धर्मबहादुर चौधरी, बर्दिया २ (२) बाट गरी दुइ जना प्रदेश सांसद भएका छन् ।  उता माओवादीबाट इन्द्रजित थारु, दाङ १ (१) तथा राप्रपाबाट आशिषकुमार चौधरी, रुपन्देही १(१) एक एक जना मात्रै छन् । यी ९ जना प्रदेश सांसदमध्ये डिल्लीबहादुर चौधरीको नाम मुख्यमन्त्रीको रुपमा चर्चामा रहेको छ । यसअघिकै मन्त्रीमण्डलमा डिल्लीबहादुर चौधरीको नाम आलोपालो गरी मुख्यमन्त्री बन्ने चर्चा थियो । यसपाली काँग्रेसबाटै प्रत्यक्षमा १७ जनाले जितेकाले गुटगट कुरा मिलाउन सके डिल्लीबहादुर चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्न सक्ने सम्भावना प्रवल छ । यस्तो छ दलगत उपस्थिति : नेकपा एमाले  १. लिला गिरी-रुपन्देही २(१) २.भोजप्रसाद श्रेष्ठ-रुपन्देही २(२) ३. तुल्सीप्रसाद चौधरी-रुपन्देही-३(२) ४. भुमिश्वर ढकाल-रुपन्देही ५(१) ५.चिन्तामणि पाण्डे-गुल्मी १(१) ६.डिल्लिराज भुसाल-गुल्मी २(१) ७. दिनेश पन्थी-गुल्मी २(२) ८.राजुप्रसाद श्रेष्ठ-पाल्पा १(१) ९. खेमबहादुर सारु -पाल्पा १(२) १०.चेतनारायण आचार्य-अर्घाखांची १(२) ११.राजजीप्रसाद घिमिरे-अर्घाखांची १(२) १२.विष्णु पन्थी-कपिलवस्तु १(१) १३.मधुशरणप्रसाद चौधरी-कपिलवस्तु १(२) १४.नवराज लामिछाने-कपिलवस्तु २(१) १५.अर्जुनकुमार केसी-कपिलवस्तु ३(१) १६.तुल्सीराम शर्मा-प्युठान १9१) १७.दुर्गाप्रसाद चौधरी-बांके १(२) १८.रत्नबहादुर खत्री-बांके ३(१) । नेपाली कांग्रेस  १.विश्वप्रेम पाठक-नवलपरासी १(१) २.देवकरणप्रसाद कलवार- नवलपरासी १(२) ३.अब्दुल रज्जाक गद्दी-रुपन्देही १(२) ४.वसिउद्दिन खां-रुपन्देही ४(२) ५.सुधाकर पाण्डे -कपिलवस्तु २(२) ६.सरोज थापा -रोज राणा)-प्युठान १ (२) ७.अनुराग खड्का-दाङ १(२) ८.राजु खनाल-दाङ २(१) ९.प्रचण्डविक्रम न्यौपाने -दाङ २(२) १०. डिल्लीबहादुर चौधरी-दाङ ३(१) ११.बादशाह कुर्मी-बांके ३(२) १२.धनबहादुर केसी-रुकुमपुर्व १(२) १३.भुवनेश्वर चौधरी-बर्दिया १(१) १४.जन्मजय तिमिल्सेना-बर्दिया २(१) १५.बीरबहादुर राना-पाल्पा २(१) १६.धनेन्द्र कार्की-गुल्मी १(२) १७.बैजनाथ कलवार जैसवाल-नवलपरासी २(२) नेकपा माओवादी केन्द्र १.जोखबहादुर महरा-रोल्पा १(१) २.इन्द्रजित थारु -दाङ १(१) ३.कृष्णा केसी-बांके १(१) ४.तुलाराम घर्ती-पाल्पा २(२) ५.धनबहादुर मास्की-दाङ ३(२) जनता समाजवादी पार्टी १.भण्डारीलाल यादव-बाँके २(१) २.आदेशकुमार अग्रवाल-बाँके २(२) लोकतान्त्रिक समाजवादी पार्टी १.सन्तोष पाण्डे -रुपन्देही ३ (१) २.कन्हैया बनिया-रुपन्देही ४(१) राष्ट्रिय प्रजातन्त्र पार्टी १.आशिषकुमार चौधरी-रुपन्देही १(१) २.जानकीप्रसाद यादव-कपिलवस्तु ३(२) नागरिक उन्मुक्ति पार्टी १.राजकुमार चौधरी-बर्दिया १ (२) २.धर्मबहादुर चौधरी-बर्दिया २ (२) जनमत पार्टी १.चन्द्रकेश गुप्ता-रुपन्देही ५(२) स्वतन्त्र (सबै माओवादीका बागी) १.दीपेन्द्र पुन-रोल्पा १(२) २.सरुल पुन-रुकुमपुर्व १(१) ३.खड्ग बस्नेत-नवलपरासी २(२)

दोलखामा पुन: मतदान गराउने आयोगको निर्णय

दोलखामा पुन: मतदान गराउने आयोगको निर्णय

१३९२ दिन अगाडि

|

११ मंसिर २०७९

निर्वाचन आयोगले दोलखाका विवादित मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको छ । आइतबार साँझ बैठक बसेर आयोगले यसबारे निर्णय गरेको हो । दोलखामा आयोगले पठाएको छानबिन टोलीको प्रतिवेदनका आधारमा पुनः मतदान गराउनुपर्ने निर्णय गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए  । मङ्सिर ४ मा भएको दोलखा जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को वैतेश्वर गाउँपालिका वडा नं. ६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र "क", "ख" र "ग", सोही गाउँपालिकाको वडा नं. २ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र "क" र "ख", तामाकोशी गाउँपालिका वडा नं. ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र "क" र "ख" तथा वैतेश्वर गाउँपालिका वडा नं. ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र "क", "ख" र "ग" गरी १० (दश) वटा मतदान केन्द्रमा मतदान स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको नदेखिएको आयोगको ठहर छ ।

नागरिक उन्मुक्तिका विजयी जनप्रतिनिधिः कसले कति भोट ल्याए ?

नागरिक उन्मुक्तिका विजयी जनप्रतिनिधिः कसले कति भोट ल्याए ?

१३९३ दिन अगाडि

|

१० मंसिर २०७९

नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभामा ४ सिट हासिल गरेको छ । तर बर्दिया–२ का लालवीर चौधरी प्राविधिक कारणवश पार्टीको चुनाव चिन्ह प्रयोग गरी लड्न नपाएकाले उनलाई स्वतन्त्रमा गणना गरिएको छ । त्यस्तै, प्रदेशसभामा ७ जना नागरिक उन्मुक्ति पार्टीबाट विजयी भएका छन् । कुन जनप्रतिनिधिले कति मत ल्याए त ? #प्रतिनिधिसभासदस्य -निर्बाचित संख्या -३ १) कैलाली क्षेत्र न. १ रंजिता श्रेष्ठ चौधरी (३०४०४) २)    ,,                 २ अरुण कुमार चौधरी (२१८७१) ३)    ,,                 ३ गंगा राम चौधरी (२३१२०) #प्रदेशसभासदस्य- निर्बाचित संख्या -७ १) कैलाली क्षेत्र न. १ (क) कैलाश चौधरी (१५१०१) २)       ,,              १ (ख) लक्ष्मण किशोर चौधरी (११३१८) ३)       ,,              २ (ख)  रामेश्वर चौधरी (१०६६५) ४)      ,,               ३ (क) घनश्याम चौधरी (१३९२३) ५)      ,,               ३ (ख) खुशीराम डगौरा थारू (७५३९) ६) बर्दिया क्षेत्र न.   १ (ख) राजकुमार चौधरी (१३२३०) ७)         ,,            २ (ख) धर्म बहादुर चौधरी (२०१२७) #स्वतन्त्र बाट  १.    बर्दिया क्षेत्र न.२ लालवीर चौधरी (२६५२०) 

मुक्त कमलरी विकास मञ्चको केन्द्रिय अध्यक्षमा हिरामोती चौधरी

मुक्त कमलरी विकास मञ्चको केन्द्रिय अध्यक्षमा हिरामोती चौधरी

१३९३ दिन अगाडि

|

१० मंसिर २०७९

                                                                                                                                            तस्विरः मन्जिता चौधरी मुक्त कमलरी विकास मञ्चको केन्द्रिय कार्य समितिको पाँचौ अधिवेशनले हिरामोती चौधरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार दाङमा भएको मुक्त कमलरी विकास मञ्चको केन्द्रिय अधिवेशनमा उपाध्यक्ष निर्मला चौधरी, सचिव सुनिता चौधरी, कोषाध्यक्ष शुसिला चौधरी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा रामजानकी थारू , शकुन्तला चौधरी, शान्ति चौधरी, हरिमाया चौधरी, रुपनी चौधरी, सिता चौधरी, मिरा राना रहेका छन् ।