थारु बगियाको अध्यक्षमा मनजीत चौधरी चयन

थारु बगियाको अध्यक्षमा मनजीत चौधरी चयन

१३८६ दिन अगाडि

|

१७ मंसिर २०७९

यी हुन् एमालेबाट चुनिन सक्ने समानुपातिक सांसद (सूचीसहित)

यी हुन् एमालेबाट चुनिन सक्ने समानुपातिक सांसद (सूचीसहित)

१३८६ दिन अगाडि

|

१७ मंसिर २०७९

रुपक चौलागाईं ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेसँगै नयाँ सांसदहरूको जोडघटाउ सुरु भएको छ। १६५ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १६२ क्षेत्रको अन्तिम मतपरिणाम निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ।  समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा छ। यो रिपोर्ट तयार पार्दासम्म १ करोड ३ लाख ८२ हजार ८५ मत गणना सम्पन्न भइसकेको छ। मतगणना अन्तिम चरणमा पुग्दा दलहरूबाट छानिने समानुपातिकतर्फका सांसदहरूको सूचीबारे आम चासो बढेको छ। ०७४ को निर्वाचनमा देशकै सबैभन्दा ठूलो पार्टीको बनेको नेकपा एमाले यो पटक पनि समानुपातिकतर्फ पहिलो दलको रुपमा दर्ज भएको छ। तर, प्रत्यक्षतर्फ भने एमालेलाई ठूलो क्षति पुगेको छ। ०७४ मा ८० सिट प्रत्यक्षतर्फ जितेको एमालेले अहिले ४४ सिटमा मात्र जित निकालेको छ। ५ वर्षअघिको निर्वाचनमा ३१ लाख ७३ हजार ४ सय ९४ मत प्राप्त गरेर एमालेले समानुपातिकतर्फ ४१ सिट प्राप्त गरेको थियो। यो पटक पनि समानुपातिकतर्फ पहिलो दल बन्दै एमालेले २७ लाख ७३ हजार ९९९ मत प्राप्त गरिसकेको छ। निर्वाचन आयोगका अनुसार अझै केही मत गणना गर्न बाँकी भएकाले यसमा अझै केही मत थप हुनेछ। संघीय संसदमा सबै दलले कम्तीमा ३३ प्रतिशत महिला अनिवार्य निर्वाचित गराउनपर्ने संवैधानिक व्यवस्था छ। अहिलेसम्मको अवस्थालाई हेर्दा नेकपा एमालेले कम्तीमा ३४ सिट समानुपातिकतर्फबाट पाउने देखिन्छ। राष्ट्रिय सभामा एमालेका अध्यक्षसहित १६ सांसद छन्। प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ४४ जितेको छ। अब राष्ट्रिय सभाका समेत जोड्दा एमालेको कम्तीमा ९४ जना सांसद हुनेछन्। जसमध्ये एमालेबाट अहिले ९ जना महिला राष्ट्रिय सभामा छन्। प्रत्यक्षतर्फ ४ जना महिला सांसद चुनिइसकेका छन्।  संविधानको व्यवस्था अनुसार ३३ प्रतिशत पुर्याउन एमालेलाई ३१ जना महिला सांसदहरु अनिवार्य चाहिन्छन्। राष्ट्रिय सभामा रहेका ९ र प्रतिनिधि सभाबाट निर्वाचित ४ गरी १३ जना अहिले महिला छन्।  अब एमालेलाई १८ जना महिला सांसद आवश्यक छन्, जुन समानुपातिकबाट पठाउनुपर्ने हुन्छ। र, निर्वाचन आयोगमा बुझाएको १ सय १० जनाको बन्दसूचीअनुसार ती सांसद छान्नुपर्ने हुन्छ। प्रत्यक्षबाट निर्वाचित महिला सांसदहरु प्रत्यक्षतर्फ निर्वाचित भएकामध्ये ज्वाला कुमारी साह (बारा–३), जुलीकुमारी महतो (धनुषा–३) गरी २ जना मधेशी समुदायका छन्।  विद्या भट्टराई (कास्की–३) खस आर्य समुदायबाट छिन् भने भगवती चौधरी (सुनसरी–३) थारु समुदायकी हुन्। समानुपातिकबाट छानिने महिला सांसदहरू अब एमालेबाट समानुपातिकका सांसदहरू छान्दा जातीय क्लस्टर मिलाएर पठाउनुपर्ने हुन्छ। विद्यमान व्यवस्था अनुसार प्रतिनिधि  सभामा आदिवासी जनजाति २८.७० प्रतिशत, खस आर्य ३१.२० प्रतिशत, थारु ६.६० प्रतिशत, दलित १३.८० प्रतिशत, मधेशी ५.३० प्रतिशत र मुस्लिम ४.४० प्रतिशत हुनैपर्छ। तर यसरी छान्दा महिला उम्मेदवार प्राथमिकतामा पार्नुपर्छ। किनकि एमालेको ३३ प्रतिशत महिला संख्या पुगेको छैन। खसआर्य क्लस्टर अनुसार एमालेले प्रतिनिधित्व गराउने २४ जना हुन्। त्यसमा १ जना महिला (विद्या भट्टराई, कास्की–२) ले जितेकी छिन्। अन्य २३ जना पुरुष छन्। यो क्लस्टरमा महिला थप गर्ने सम्भावना कम छ।  आदिवासी जनजाति क्लस्टरबाट एमालेले २२ जना सांसद पुर्याउनुपर्छ। यो क्लस्टरमा प्रत्यक्षतर्फ ११ जना निर्वाचित भइसकेका छन्। अब ११ जना समानुपातिकतर्फबाट छान्नुपर्ने हुन्छ। यसरी पठाउँदा खस आर्य, आदिवासी जनजाति, दलित, थारु, मधेशी र मुस्लिम क्लस्टरबाट छान्न भने पाइनेछ। आदिवासी जनजाति क्लस्टरबाट प्रत्यक्षतर्फ कोही पनि महिला निर्वाचित भएका छैनन्। यसमा आवश्यक ११ जनामध्ये नैनकला थापा मगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती र रणकुमारी बलम्पाकी निर्वाचित हुने सम्भावना ज्यादा छ। त्यहाँ अन्य क्षेत्रबाट समेत निर्वाचित गराउने महिला संख्या हेरेर पुरुष निर्वाचित गर्न सकिन्छ।  थारु क्लस्टरबाट चार सांसद चाहिनेमा प्रत्यक्षतर्फ भगवती चौधरी सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित भइसकेकी छिन्। अब समानुपातिकको बन्दसूचीबाट आस्माकुमारी चौधरी, शान्ति चौधरी, लक्ष्मीदेवी डंगौरा चौधरी पर्नेछन्।  मधेशी क्लस्टरमा ६ जना प्रत्यक्षबाट निर्वाचित भइसकेका छन्। जसमा २ महिला छन्।  दलित क्लस्टरमा प्रत्यक्षतर्फबाट १ जना मात्र निर्वाचित भएका छन्। विधान अनुसारको प्रतिशत पुर्याउनका लागि अब १० जना सांसद आवश्यक पर्छ। जसको पहिलो प्राथमिकतामा महिला पर्ने देखिन्छ। एमालेले बुझाएको बन्दसूची अनुसार महिलातर्फ रुक्मिणी राणा बराइली, हर्कमाया वि।क, इन्दिराकुमारी पन्थी, अन्जु प्रसाईं बर्देवा पहिलो प्राथमिकतामा पर्नेछन्। मुस्लिम क्लस्टरबाट रुही नाज, साविदा खातुन सिद्दिकी, सैहरा खातुन पहिलो प्राथमिकतामा पर्नेछन्।  यसपछि पनि ३३ प्रतिशत महिलाको संख्या नपुग्ने भएकाले ३ जना महिला आदीवासी जनजाति र दलित क्लस्टरबाट पुरा गरिनेछ।  त्यसरी नाम पठाउँदा शान्ति श्रेष्ठ, सरस्वती सुब्बा जनजातितर्फबाट पर्न सक्छन्। यस्तै, अन्जु नेपाली दलित महिला कोटाबाट समेटिन सक्छन्। समानुपातिकमा छानिने पुरुष सांसदहरू महिलाको ३३ प्रतिशत (१८ जना)कोटा पूरा भएपछि एमालेले समानुपातिकबाट पाउने ३४ जनामध्येमा अब १६ जना थप्न सक्नेछ। जुन सबै क्लस्टरबाट मिलाउन उसलाई छुट हुनेछ।  एमालेले बुझाएको बन्दसूची अनुसार पहिलो र दोस्रो प्राथमिकतामा रहेकाहरु सांसद बन्ने निश्चित छ।  खस आर्यबाट रघुजी पन्त र एकनाथ ढकाल निर्वाचित हुने निश्चित छ। एमालेले बुझाएको समानुपातिक सूचीमा पन्तको नाम खस आर्यतर्फको पहिलो नम्बरमा र ढकालको नाम दोस्रो नम्बरमा छ। त्यस्तै, आदीवासी जनजाती तर्फबाट देवीप्रसाद भट्टचन र हेमराई राई निर्वाचित हुनेछन्। एमालेले बुझाएको बन्दसूची अनुसार यो क्लस्टरमा भट्टचन पहिलो र राई दोस्रो नम्बरमा छन्।  दलित क्लस्टरबाट पनि महिला पुगेसँगै अब पुरुष छान्न सकिनेछ। त्यसरी छान्दा दलित क्लस्टरबाट ईश्वरबहादुर रिजाल (विक) र प्रभु हजारा दुसाध निर्वाचित हुनेछन्। विक पहिलो र दुसाध दोस्रो नम्बरको प्राथमिकतामा रहेका छन्।  मधेशी क्लस्टरबाट पुरुषतर्फ गंगाप्रसाद यादव र अमृतलाल राजवंशी निर्वाचित हुनेछन्। यो कोटाको पहिलो नम्बरमा यादव र राजवंशीको नाम छ। मुस्लिम क्लस्टरबाट सराज अहमत फारुकी र एजाज आलम चुनिनेछन्। फारुकी र आलम यो कोटामा क्रमशः पहिलो र दोस्रो नम्बरमा छन्। थारु क्लस्टरबाट सत्यनारायण चौधरी र जञ्जिरप्रसाद चौधरीको नाम क्रमशः पहिलो र दोस्रो नम्बरमा छ।  सबै क्लस्टरबाट त्यसपछि समानुपातिक सांसद छान्दा पिछडिएको क्षेत्रबाट पनि प्रतिनिधित्व गराउनपर्ने हुन्छ। पिछडिएको क्षेत्रबाट एमालेले ४ जना सांसदहरु बन्दसूचीमा समावेश गरेको छ। जसमध्येबाट हुम्लाका गोरखबहादुर बोगटी पुरुषतर्फ निर्वाचित हुनेछन् भने बझाङकी भागरथी कुमारी चन्द महिलातर्फबाट निर्वाचित हुनेछिन्।  अब बाँकी रहेका २ सांसद खस आर्यतर्फका महिलाको कोटाबाट छानिने संभावना छ। जसमा क्रमशः मेनका कुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली पर्नेछन्। एमालेका प्रत्यक्ष निर्वाचित खसआर्य सांसदहरू (१) उदयपुर २– अम्बरबहादुर रायमाझी (२) गुल्मी २– गोकर्ण विष्ट (३) झापा २– देवराज घिमिरे (४) झापा ५– केपी शर्मा ओली (५) ताप्लेजुङ– योगेश भट्टराई (६) अर्घाखाँची– टोपबहादुर रायमाझी (७) प्युठान– सूर्य थापा (८) मकवानपुर २– महेश बर्ताैला  (९) पर्वत– पदम गिरी (१०) रुपन्देही ५– बासुदेव घिमिरे (११) कास्की २– विद्या भट्टराई (२२) बाँके १– सूर्यप्रसाद ढकाल  (१३) बैतडी– दामोदर भण्डारी  (१४) कपिलवस्तु १– बलराम अधिकारी (१५) कास्की ३– दामोदर पौडेल वैरागी  (१६) बारा १– अच्युतप्रसाद मैनाली (१७) सर्लाही ३– हरिप्रसाद उप्रेती (१८) काभ्रेपलाञ्चोक २– गोकुलप्रसाद बास्कोटा (१९) पाल्पा २– ठाकुर गैरे (२०) पाल्पा १– नारायणप्रसाद आचार्य (२१) मोरङ २– ऋषिकेश पोखरेल (२२) रुपन्देही २– विष्णु पौडेल  (२३) सुनसरी २– भीमप्रसाद आचार्य (२४) इलाम १– महेश बस्नेत  एमालेका प्रत्यक्ष निर्वाचित आदीवासी जनजाति सांसदहरू (१) काठमाडौं ९– कृष्णगोपाल श्रेष्ठ (२) ललितपुर २– प्रेमबहादुर महर्जन (३) लमजुङ १– पृथ्वीसुब्बा गुरुङ (४) सोलुखुम्बु– मानवीर राई  (५) झापा ४– लालप्रसाद साँवा लिम्बु  (६) धनकुटा– राजेन्द्रकुमार राई (७) कञ्चनपुर १– तारा लामा तामाङ (८) पाँचथर– वसन्तकुमार नेम्वाङ (९) कास्की १– मनबहादुर गुरुङ  (१०) सिरहा ३– लीलानाथ श्रेष्ठ (११) इलाम २– सुवासचन्द्र नेम्वाङ एमालेका प्रत्यक्ष निर्वाचित मधेशी सांसदहरू (१) पर्सा ३– राजकुमार गुप्ता (२) सिरहा १– रामशंकर यादव  (३) बारा ३– ज्वालाकुमारी साह  (४) धनुषा ३– जुलीकुमारी महतो (५) कपिलवस्तु ३– मंगलप्रसाद गुप्ता (६) महोत्तरी १– लक्ष्मी महतो  (७) धनुषा ४– रघुवीर महासेठ एमालेका प्रत्यक्ष निर्वाचित थारु सांसद (१) सुनसरी ३– भगवती चौधरी एमालेका प्रत्यक्ष निर्वाचित दलित सांसद (१) रुपन्देही १– छविलाल विश्वकर्मा नेपालखबरबाट

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीलगायतमाथि लगाइएको टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए प्रदेश र प्रतिनिधिसभा दुवैतर्फका सांसदहरूले शपथ नलिने चेतावनी दिएको छ ।  सरकार गठनका लागि सहयोग माग्दै सत्ता गठबन्धनका एकसेएक प्रमुख नेताहरू रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागारमा धाइरहेका बेला सो पार्टीले टीकापुर घटनाको मुद्दा फिर्तालाई प्रमुख एजेन्डा बनाएको हो ।  नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले भने, सरकारमा जानका लागि मुद्दा फिर्ताको मुद्दालाई नै प्रधान बनाएका छौं । अब उधारो सहमति हुन्न ।  माग पुरा भएपछि मात्रै सरकारमा जाने बचन दिएका छौं ।   ‘हामीले टीकापुर घटनाको मुद्दा फिर्ता लिनुपर्छ भनेको छौँ । सरकारले तत्काल मुद्दा फिर्ता लिए सुदूरपश्चिम तथा लुम्विनी प्रदेश तथा संघीय दुवै सरकारमा तुरुन्त सहभागी हुन्छौँ’,  प्रवक्ता दामोदर पण्डितले भने, ‘यदि सरकारले मुद्दा फिर्ता नलिए प्रदेश र संघको शपथ पनि लिन्नौँ । हामी सडकबाटै दबाब दिन्छौं ।’  आफूहरू सत्तामा जान चुनाव नलडेको बताउँदै पण्डितले मुद्दा प्रमुख एजेन्डा भएको जिकिर गरे । नागरिक उन्मुक्ति पार्टीबाट कैलाली १ बाट रन्जिता श्रेष्ठ, कैलाली २ बाट अरुणकुमार चौधरी र कैलाली ३ बाट गंगाराम चौधरी प्रतिनिधि सभामा निर्वाचित भएका छन् । यस्तै बर्दिया २ बाट  रेशमका बुवा लालवीर चौधरी स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका छन् ।  यसै गरी प्रदेशसभामा कैलालीबाट ५ जना र बर्दियामा २ गरेर कुल ७ जनाले चुनाव जितेका छन् । सत्ता गठबन्धनलाई सरकार बनाउन बहुमत नपुगेपछि नेताहरूले रेशमलाई जेलमै भेटेर सहयोगका लागि आग्रह गर्न थालेका हुन् ।  रेशमलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, गृहमन्त्री बालकृष्ण खाँण लगायतले भेटेर सरकार बनाउन सहयोग मागेका हुन् ।  प्रधानमन्त्री शेरबहादुर देउवालाई भनेर मुद्दा फिर्ता लिने भन्दै सरकारमा सहभागी हुन उनीहरुले रेशमलाई आग्रह गरेको बताइएको छ ।    २०७४ सालको चुनावमा रेशम तत्कालीन राजपाबाट कैलाली १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । उनको मुद्दा फिर्ता लिने भन्दै पार्टी पटक पटक सरकारमा समेत गएको थियो । तर, उनको मुद्दा सरकारले फिर्ता नलिएपछि जेलबाटै पार्टी बनाएका हुन् । उनको पार्टीले प्रतिनिधि सभामा ४ सिट ल्याएपछि सरकार गठनमा निर्णायक भएको हो ।  २०७२ सालमा भएको टीकापुर घटनामा ८ प्रहरी र एक नाबालकसहित ९ जनाको ज्यान गएको थियो । थारु समुदायले कैलाली र कञ्चनपुरलाई थरुहट प्रदेशमा राख्नुपर्ने माग गरेको थियो । तर, थारुबाहेकका समुदाय अखण्ड सुदूरपश्चिमको पक्षमा देखिएका थिए । यही विवादमा आन्दोलन चर्किँदा टीकापुर घटना भएको थियो ।  सोही घटनामा रेशमसहित प्रदीप चौधरी, हरिनारायण चौधरी, गंगाराम डंगौरा, वीरबहादुर चौधरी, सीताराम चौधरी संलग्न भएको भन्दै जन्मकैदको सजाय तोकिएको छ ।  उनीहरु अहिलेपनि जेलमै  छन् । लक्ष्मण थारु, थारु कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष धनिराम चौधरी लगायत ५८ जनाले राजद्रोहको मुद्दा बोकिरहेका छन् ।  यस्तै टीकापुर घटनामा छानबिन गर्न सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा छानबिन समिति समेत बनाएको थियो । लाल आयोगको प्रतिवेदन भने सरकारले अहिलेसम्म सार्वजनिक गरेको छैन । यो प्रतिवेदन सार्वजनिक गर्न नागरिक उन्मुक्ति पार्टीको अर्को अल्टिमेटम छ । 

धनगढीमा तनावः २४ घण्टे निषेधाज्ञा जारी

धनगढीमा तनावः २४ घण्टे निषेधाज्ञा जारी

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा निषेधाज्ञा जारी गरेको छ । बिहीबार साँझ ७ बजेदेखि शुक्रबार विहान ७ बजेसम्मका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । बिहीबार धनगढीमा ग्रेडरले कुल्चिएर पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउदको मृत्यु भएपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । विद्यार्थीहरूले आन्दोलन गर्दै धनगढी–स्याउले सडक अवरुद्ध गर्नुका साथै सडकमा टायर बाल्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरे । सो अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । धनगढीको हसनपुर पिपलचौतारा नजिकको सडकमा पानी पिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिएर साउदको घटनास्थलमै मृत्यु भएको थियो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक विद्यार्थी साउदको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

नागरिक उन्मुक्ति पार्टी : डेब्युमै ‘ह्याट्रिक’

नागरिक उन्मुक्ति पार्टी : डेब्युमै ‘ह्याट्रिक’

१३८९ दिन अगाडि

|

१४ मंसिर २०७९

दल गठन भएको वर्ष दिन नपुग्दै नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिमको सबैभन्दा ठूलो जिल्ला कैलालीमा ठूलै दल दलको रुपमा प्रस्तुत भएको छ । हालै सम्पन्न प्रतिनिधिसभा  र प्रदेशसभा सदस्यको निर्वाचनमा आफ्नो सशक्त दाबेदारी प्रस्तुत गरेको उक्त दलले कैलालीमा पाँच वटा प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्रमध्ये तीन र दश वटा प्रदेशसभा सदस्यको निर्वाचन क्षेत्रमध्ये पाँच वटा सिटमा विजय हासिल गरेको छ । पूर्वसांसद रेमश चौधरीका श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको नेतृत्वमा गत पुसमा उक्त राजनीतिक दल दर्ता गराएको छोटो समयमै पार्टीले निर्वाचनमा थारु बाहुल्यता रहेको क्षेत्रमा आफ्नो पक्षमा नतिजा ल्याउन सफल भएको हो । ढकिया चुनाव चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गरेकोे उक्त दलले यहाँका प्रदेशसभाका धेरैजसो निर्वाचन क्षेत्रमा आफ्नो उपस्थिति देखाएको थियो । कैलालीमा मात्रै नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ ८७ हजार १२ मत र प्रतिनिधिसभा सदस्यतर्फ ८१ हजार छ सय २८ मत प्राप्त गरेको धनगढीस्थित सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकृत राजेश चौधरीले बताए।  उनका अनुसार समानुपातिकतर्फको नतिजा अझै आउने क्रममा छ । पाँच लाख ३५ हजार पाँच सय १४ मतदाता रहेको कैलालीमा तीन लाख ३७ हजार तीन सय ७३ मत खसेको थियो । जिल्लाको प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र १, २ र ३ जितेको उक्त  पार्टीले सुदूरपश्चिममा कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ र २ समेत आफ्नो प्रभाव देखाएको छ । कैलाली निर्वाचन क्षेत्र नं १ मा पार्टी अध्यक्षसमेत रहेकी उम्मेदवार रञ्जिताले प्रतिनिधिसभा सदस्यमा जित्दा सोही क्षेत्रमा रहेको प्रदेशसभा सदस्यका लागि क्षेत्र नं १(क) मा कैलाश चौधरी र क्षेत्र नं २(ख) मा लक्ष्मणकिशोर चौधरी निर्वाचित भएका छन् । त्यसैगरी क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी निर्वाचित भए भने सो क्षेत्रको प्रदेशसभा सदस्यका लागि  क्षेत्र नं २(ख) मा सोही पार्टीका रामेश्वर चौधरी निर्वाचित हुनुभएको छ ।  त्यस्तै कैलाली निर्वाचन क्षेत्र नं ३ मा पनि उन्मुिक्त पार्टीले नै कब्जा जमायो । यहाँ प्रतिनिधिसभातर्फ गङ्गा चौधरी निर्वाचित भए भने प्रदेशसभातर्फ  क्षेत्र नं १(क) मा घनश्याम चौधरी र २(ख) मा खुसीराम चौधरी विजयी भए। पाँच वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा ठूलो दल नेकपा एमाले को जीत शून्य हुँदा सत्ता गठबन्धनबाट कांग्रेसका दुई उम्मेदवार यहाँ निर्वाचित भए ।  “अब पार्टी सङ्गठन विस्तार र संरचना निर्माणमा पनि हामी जोड दिँदै जान्छौँ,” निर्वाचित सदस्य चौधरीले भने, “डेब्युमै नतिजा राम्रो आउँदा हामी उत्साहित छौँ ।” गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कैलालीमा नागरिक उन्मुिक्त पार्टी दोस्रो ठूलो दल बनेको थियो । यहाँका १३ वटा पालिकामध्ये स्थानीय तहको निर्वाचनमा उक्त पार्टीले चार वटा पालिकामा जितेको थियो । कञ्चनपुरमा प्रदेशसभा सदस्यतर्फ निर्वाचन क्षेत्र नं १(क)मा पल्टु राना र २(ख)मा काली चौधरी उम्मेदवार थिए । यहाँ काली चौधरीले भने पाँच हजार पाँच सय १७ मत ल्याइन् । यहाँको निर्वाचन क्षेत्र नंं २ (क) मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गीता चौधरीले पाँच हजार एक सय ५३ मत ल्याइन् । रासस

यी हुन् कांग्रेसका सम्भावित समानुपातिक सांसदहरु (सूचीसहित)

यी हुन् कांग्रेसका सम्भावित समानुपातिक सांसदहरु (सूचीसहित)

१३८९ दिन अगाडि

|

१४ मंसिर २०७९

कांग्रेसले समानुपातिकतर्फ प्राप्त गरेको मतका आधारमा करिब ३२ प्रतिनिधि सभा सदस्य पाउने  देखिएको छ।  प्रतिनिधि सभाको समानुपातिकतर्फ ११० सिट छ। त्यसमा पनि जातीय क्लस्टर अनुसार सांसद चुनिने व्यवस्था छ।  जसअनुसार प्रतिनिधि सभामा २८.७ प्रतिशत आदिवासी जनजाति, ३१.२ प्रतिशत खस आर्य, ६.६ प्रतिशत थारु, १३.८ प्रतिशत दलित, १५.३ प्रतिशत मधेसी र ४.४ प्रतिशत मुस्लिमको प्रतिनिधित्व हुनेछ। यसरी प्रतिनिधित्व गराउँदा महिलाको संख्या ३३ प्रतिशत पुर्याउनै पर्ने संवैधानिक व्यवस्था छ।  महिलाको ३३ प्रतिशत सहभागिता पुर्याउनै पर्ने बाध्यात्मक अवस्था भएका कारण समानुपातिकतर्फ  कांग्रेसका बढीमा ४ जना पुरुष मात्रै सांसद बन्ने सम्भावना देखिन्छ। यसमा थारु कोटातर्फ पहिलो नम्बरमा रहेका काँग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरी सिफारिश हुने सम्भावना अत्यन्त न्यून देखिन्छ ।  महिलाको संख्या पुर्याउनु पर्ने बाध्यात्मक अवस्थाका कारण विभिन्न क्लस्टरबाट १ नम्बरमा सिफारिस भएका पुरुषहरु समेत नपर्ने अवस्था आएको हो । प्रत्यक्षतर्फ काँग्रेसकी सीता गुरुङ एकजना मात्रै तेह्रथुमबाट विजयी भएकी छिन् । एक जना मात्र महिला उम्मेदवार जितेपछि अब महिला सहभागिता पुर्याउन समानुपातिकबाट बढीभन्दा बढी महिला पठाउनै पर्ने हुन्छ । यस्तोमा एक नम्बरमा सिफारिस भएका पुरुषहरुको सम्भावना एकदमै कम छ। योगेन्द्र यो चुनावमा गच्छदार क्याम्प परिवर्तन गर्दै गृहमन्त्री बालकृष्ण खाँण क्याम्पमा थिए । उनी खाँणलाई चुनाव जिताउन धेरैजसो समय दाङदेउखुरीभन्दा रुपन्देहीमै थिए । त्यसो त उनी समानुपातिक उम्मेदवार रहेको दाङ–१ मा प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ काँग्रेस उम्मेदवार नभएपछि पार्टीले उनलाई रुपन्देहीमै खटाएको थियो । तर खाँण राप्रपाका दीपक बोहरासँग पराजित भए । खाँण पनि हारेपछि सांसदमा योगेन्द्रको सिफारिश हुने संभावना क्षीण भएको हो ।  थारु कोटाबाट महिलामा कल्पना चौधरी अनिवार्य तथा विनाकुमारी थनेत पर्ने देखिएको छ । त्यस्तै काँग्रेसबाट समानुपातिकबाट सांसद बन्ने सम्भावना देखिएकाहरु यसप्रकार छन्ः सरस्वती बजिमय, लिलादेवी बोखिम, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक, विष्णुमाया परियार, नगिना यादव, मुक्तकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल, नीनुकुमारी मण्डल, जावेदा खातुन जागा, डा। प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि र जीवन परियार।   

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) सहित यी १२ पार्टी, जसको कटेन समानुपातिकमा ५ हजार 

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) सहित यी १२ पार्टी, जसको कटेन समानुपातिकमा ५ हजार 

१३९० दिन अगाडि

|

१३ मंसिर २०७९

समानुपातिकको जारी मतगणनामा विभिन्न १२ पार्टीले ५ हजार मत पनि कटाउन सकेका छैनन् । मतगणना अन्तिमतिर पुग्दै गर्दा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)सहितका १२ दलले प्रतिनिधिसभाको समानुपातिकमा ५ हजार मत कटाउन नसकेका हुन् ।  जसअनुसार पिछडावर्ग निषाद दलित जनजाती पार्टीले ४ हजार ३६, विवेकशील साझाले ३ हजार ८२४, नेकपा माओवादी समाजवादीले ३ हजार ५२७, एकीकृत शक्ति नेपालले ३ हजार २२७, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) ले ३ हजार ९५, राष्ट्रिय मुक्ति आन्दोलन नेपालले ३ हजार ९०, मौलिक जरोकिलो पार्टीले ३ हजार २८, जमलोपाले २ हजार ९३१, नेपाल समावेशी पार्टीले २ हजार ५१४, नेकपा परिवर्तनले १ हजार ९८२, नेश्नलिस्ट पिपल्स पार्टीले १ हजार ८९७ र राष्ट्रिय नागरिक पार्टीले सबैभन्दा कम १ हजार ८४१ मत पाएको निर्वाचन आयोगले जनाएको छ । यसअघि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) की केन्द्रीय अध्यक्ष रुक्मिणी चौधरी दुइ पटक समानुपातिकबाट सांसद भएकी थिइन् । मंसिर ४ मा उनी दाङ–१ बाट प्रत्यक्षमा प्रतिनिधि सभामा प्रत्यक्षमा पहिलो पटक उम्मेदवार भएकी थिइन् । तर मात्र २९३ भोट पाइन् ।