प्रदेशसभा सदस्यमा डिल्ली बहादुर चौधरीको निरन्तर जित

प्रदेशसभा सदस्यमा डिल्ली बहादुर चौधरीको निरन्तर जित

१३९४ दिन अगाडि

|

९ मंसिर २०७९

सहरी विकास मन्त्री मेटमणि चौधरी ५ हजार ८४ मतान्तरले विजयी

सहरी विकास मन्त्री मेटमणि चौधरी ५ हजार ८४ मतान्तरले विजयी

१३९४ दिन अगाडि

|

९ मंसिर २०७९

                                                                                                  मतदानस्थलमा मेटमणि चौधरी तथा शान्ता चौधरी  दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एसका मेटमणि चौधरी विजयी भएका छन् । बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार चौधरी  २६ हजार ५ सय ६३ मत ल्याएर विजयी भएका हुन् । सहरी विकास मन्त्री रहेका चौधरीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ता चौधरीलाइ ५ हजार ८४ मतान्तरले विजयी भएका हुन् । मतगणनामा मेटमणि चौधरीले सुरुदेखि नै अग्रता बनाएका थिए ।  एमालेकी शान्ता चौधरीले २१ हजार ५ सय ७९ मत ल्याइन् ।  त्यसै गरी  राष्ट्रिय स्वतन्त्र पार्टीका देबराज पाठकले १३ हजार ७ सय ९४, नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरीले ८ हजार १० मत, हाम्रो नेपाली पार्टीकी गंगा सत्गौवाले १ हजार ९२, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटकी रूक्मिणी चौधरीले २ सय ९३ मत, मंगोल नेशनल अर्गनाइजेशनका शोभाराम बुढाले ५ सय ८३ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेस (वीपी)का असोक खड्काले १ सय ९८ मत, राप्रपाका लिला बुढाथोकीले १ हजार ४ सय ३८ मत, नेपाल मजदुर किसान पार्टीका गणेशभक्त खर्जुवाले २६ मत, लोकतान्त्रिक समाजवादी पार्टीकी प्रतिमा बुढामगरले १ सय ३३ मत, र स्वतन्त्र उम्मेदवार चन्द्रमणि न्यौपानेले ३४ मत प्राप्त गरेका छन् । जम्मा ७८ हजार ६ सय ९८ मत खसेकोमा ७३ हजार ६ सय ४३ मत सदर भएको थियो भने ४ हजार ५ सय ६७ मत बदर भएको थियो । यसअघि दाङमा इन्द्रजीत थारु माओवादीबाट तथा डिल्लीबहादुर चौधरी काँग्रेसबाट विजयी भइसकेका छन् । यी दुबै लुम्विनी प्रदेशमा मन्त्री रहेका छन् । 

अन्ततः लेखीलाई फाप्यो एमाले, बल्ल भए प्रदेशसभा सदस्य

अन्ततः लेखीलाई फाप्यो एमाले, बल्ल भए प्रदेशसभा सदस्य

१३९५ दिन अगाडि

|

८ मंसिर २०७९

सप्तरी १ (क) प्रदेशसभा सदस्यमा एमालेका राजकुमार लेखी जनमत पार्टीका शिवनन्दन मेहतासँग ५१९८ मतान्तरले विजयी भएका छन् । लेखीले १४२९१ मत ल्याउँदा मेहताले ९०९३ मत पाए । त्यस्तै, सत्ता गठबन्धनबाट माओवादीका बेचन प्रसाद चौधरीले ७५७२ मत ल्याए ।  वर्ष दिन पहिले २०७८ असोज १७ गते एमालेको विधान महाधिवेशन समापनको बेला लेखी एमालेमा प्रवेश गरेका थिए । उनी जसपा तथा पार्टी फुटपछि लोसपाको केन्द्रीय कार्यकारिणी समितिमा थिए । थारु कल्याणकारिणी सभा (थाकस) को महामन्त्री (२०६३), नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष (२०६६) रहिसकेका लेखी २०७४ को चुनावमा सप्तरीबाट तत्कालीन राजपाको प्रदेशसभा सदस्य उम्मेदवार थिए तर त्यसबेला एमालेका सत्यनारायण मण्डलसँग निकटतम प्रतिद्वन्द्वी बनेर पराजित भए ।  पछि पार्टीले उनलाई मधेस प्रदेशको योजना आयोगको सदस्य बनाएको थियो । तर सन्तोषजनक काम गर्न नसकेको भनेर आयोगको सदस्यबाट बीचमै फिर्ता बोलाएपछि उनी पार्टीसँग असन्तुष्ट थिए ।  घुम्दै फिर्दै एमाले नेपालको आदिवासी जनजाति आन्दोलनलाई समुदाय स्तरमा स्थापित गर्ने तथा २०६२÷२०६३ को जनजाति तथा थारु आन्दोलनको नेतृत्व गर्दा लेखी अग्रपंक्तिमा थिए । उनले त्यसैबेला आदिवासी जनजाति अगुवाको रुपमा पहिचान बनाए । र, आन्दोलनकमे ३ वर्षपछि आदिवासी जनजाति महासंघको अध्यक्ष पनि भए ।  त्यसो त लेखीको राजनीतिक पृष्ठभूमि एमाले नै हो । अढाइ दशक अघि नै वर्षअघि २०५५ सालमा नै एमालेको सप्तरी–काठमाडौं सम्पर्क मञ्च अध्यक्ष रहिसकेका लेखी पार्टीको अन्चल कमिटी तहमा थिए । पछि एमाले जनवर्र्गीय संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको संस्थापक केन्द्रीय सचिवालय सदस्य, पार्टीको केन्द्रीय कमिटीको संघीय मामिला विभाग सदस्य, जनसंगठन प्रजातान्त्रिक राष्ट्रिय युवा नेपालको केन्द्रीय प्रचार बिभाग सदस्य लगायतको जिम्मेवारीमा रहे । जनजाति आन्दोलनलाई पार्टी बनाउने पासाङ शेर्पा र लेखीले प्रयास पनि गरेका थिए । एमालेले आदिवासी जनजातिको एजेण्डा ठीक ढंगले नबोकेको भन्दै दुवैजनाले पछि पार्टी परित्याग गरेका थिए ।  यसै क्रममा २०६८ सालमा एमालेबाट बाहिरिदै आफै अध्यक्ष भएर लेखीले नेपाल नागरिक पार्टी गठन गरेका थिए । पार्टी खोल्दा उनी नेपाल आदिवासी जनजाति महासंघको बहालवाला अध्यक्ष थिए । तर उनले त्यो पार्टी निर्वाचन आयोगमा दर्ता गरेनन् । लेखीले थरुहट केन्द्रीत पार्टी गठन गर्ने कार्यमा धोखा दिएको भन्दै लक्ष्मण थारु, गोपाल दहित लगायत पश्चिम क्षेत्रका थारु नेताहरुसँग यिनको कहिल्यै मत मिलेन । कुनैबेला थरुहट आन्दोलनको विरोध गरेका कारण लेखी र लक्ष्मण थारुलाई मिलाउनुपर्छ भनेर थारु युवाहरु थाकसको कार्यालय बानेश्वरमा लेखीलाई लिन गएका थिए । लक्ष्मण थारुले अपहरण गर्न पठाएको भनेर उनको मौखिक जाहेरीको आधारमा लक्ष्मण थारुलगायत दर्जन थारु युवा केही साता हिरासतमा समेत परेका थिए ।  थरुहट आन्दोलनको अगुवाई थाकसको तर्फबाट संयोजकको रुपमा आफूले पाउनुपर्ने लेखीको अडान थियो । तर थरुहट आन्दोलन परिचालन संयुक्त समितिको बैठकले थाकसका तात्कालीन केन्द्रीय अध्यक्ष धनीराम चौधरीलाई संयोजक बनायो । यही समितिको अगुवाइमा आन्दोलन हुँदा २०७२ भदौ ७ र ८ को टीकापुर घटना भयो, जसमा ८ प्रहरी १ नाबालक मारिए ।  धनीराम चौधरी टीकापुर घटनाको फरार सूचीमा छन् । यदि लेखी त्यसबेला आन्दोलनको संयोजक भएको भए टीकापुर घटनाको दोषी करार हुन सक्थे ।  शेर्पाले सामाजिक लोकतान्त्रिक पार्टी  तथा लेखीले नागरिक पार्टी स्थापना गरे । तर संगठन बनाउन सकेनन् । पछि शेर्पा माओवादी पार्टी हुँदै पुनः एमालेमा आए । उता मधेसको म पनि सुन्न नचाहने लेखी धेरैलाई आश्चर्यचकित बनाउँदै मधेशवादी पार्टी सद्भावनामा लागे । सद्भावना, राजपा, जसपा, लोसपा हुँदै वर्ष दिन पहिले पुनः एमाले छिरेका लेखी प्रदेश सभा सदस्य भएका छन् ।  लेखीको पृष्ठभूमि पत्रकारिता पनि हो । उनी विश्लेषण साप्ताहिक, जनमञ्च साप्ताहिक, समकालीन साप्ताहिकमा सम्वादाता तथा सहारा साप्ताहिक, थारु संस्कृतिको सम्पादक पनि थिए ।   

नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी प्रदेश सभामा विजयी

नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी प्रदेश सभामा विजयी

१३९५ दिन अगाडि

|

८ मंसिर २०७९

नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीले ९ हजार १ सय ४३ को मतान्तान्तरले बर्दिया–२ (ख) प्रदेश सभामा विजयी भएका छन् । शिक्षण पेशा पृष्ठभूमि रहेका उनी पार्टीका केन्द्रीय सदस्य हुन् । धर्मबहादुरले २०,१२७ मत ल्याएकोमा उनका प्रतिद्वन्द्वी माओवादीका मानबहादुर थारुले १०,९८४ मत पाएका छन् । त्यस्तै, एमालेकी कृष्णी थारुले ७,०१७ मत पाएकी छिन् ।  उता, बर्दिया–२ (क)  मा नागरिक उन्मुक्ति पार्टीका प्रदेशी चौधरी प्रदेश सभामा पराजित भएका छन् । त्यहाँ काँग्रेसका जन्मजय तिमिल्सिना १७,२५१ मत ल्याई विजयी भएका  हुन् । गायनमा दर्पण कुसुम्याका नामले चर्चित प्रदेशी चौधरीले भने १२,१८४ मत पाएका छन् ।  

रञ्जिताले ३० हजार बढी मतका साथ पूर्वमन्त्री रामजनम चौधरीलाई गरिन् पराजित, पूरै प्यानलै विजयी

रञ्जिताले ३० हजार बढी मतका साथ पूर्वमन्त्री रामजनम चौधरीलाई गरिन् पराजित, पूरै प्यानलै विजयी

१३९५ दिन अगाडि

|

८ मंसिर २०७९

धनगढीः कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । भारी मतका साथ प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका हुन् । प्रतिनिधि सभा सदस्यमा पार्टीकी केन्द्रीय अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठ चौधरीले ३० हजार ४०४ मतसहित विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रामजनम चौधरीले १८ हजार ८१ मत पाएका छन् । नेकपा एमालेका तपेन्द्र रावल भने पाँच हजार ९१० मतमै सीमित भए ।  एक लाख ६७ हजार ७०३ मतदाता रहेको निर्वाचन क्षेत्रमा ६४ हजार ९९९ मत खसेको थियो । भने, तीन हजार २६८ मत बदर भएको छ ।  यस क्षेत्रको प्रदेश सभातर्फको १ र २ मा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार विजयी भएका छन् । प्रदेश सभा १ मा कैलाश चौधरी विजयी भएका हुन् । कैलाश चौधरीले १५ हजार १०१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दीर्घराज बिनाडीले १० हजार ३७७ मत प्राप्त गरेका छन् । यस्तै, प्रदेश सभातर्फको २ मा लक्ष्मण किशोर चौधरी विजयी भएका छन् । लक्ष्मण चौधरीले ११ हजार ३१७ मत प्राप्त गरेका छन् । उनले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डा रणबहादुर रावललाई तीन हजार २६४ मतान्तरले पराजित गरेका हुन् । नेपाली कांग्रेसको केन्द्रिय सदस्य समेत रहेका रावल गठबन्धनका तर्फबाट उम्मेदवार थिए । निकटतम प्रतिस्पर्धी रावलले आठ हजार ५३ मत प्राप्त गरे । सो पार्टीले यसअघि कैलालीको निर्वाचन क्षेत्र नं. ३ मा पनि प्यानलसहित विजयी हासिल गरेको छ ।  

सर्लाही क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनका चौधरी विजयी

सर्लाही क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनका चौधरी विजयी

१३९५ दिन अगाडि

|

८ मंसिर २०७९

सर्लाही, ८ मङ्सिर । सर्लाही क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का रामप्रकाश चौधरी विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)बाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिनुभएका लालबन्दी नगरपालिकाका निवर्तमान नगरप्रमुख मानबहादुर खड्कालाई पराजित गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाल प्रहरीका पूर्व प्रहरी निरीक्षकसमेत रहनुभएका चौधरीले २४ हजार आठ सय ३८ मत पाउँदा खड्काले १८ हजार चार सय चार मत प्राप्त गर्नुभएको थियो । चौधरीले खड्काभन्दा छ हजार चार सय ३४ बढी मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । सर्लाही–१ बाट प्रतिनिधिसभातर्फ चौधरीसहित १० जना चुनावी मैदानमा रहेका थिए । तेस्रो स्थानमा रहनुभएका जनता समाजवादी पार्टी नेपाल (जसपा0का नेता सोही क्षेत्रका निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका प्रमोद साहले १४ हजार दुई सय ५५ मत प्राप्त गर्नुभएको छ । चार प्रतिनिधिसभा क्षेत्र रहेको जिल्लामा अन्य क्षेत्रको मतगणना जारी रहेको छ ।