समानुपातिकतर्फ को–को परे ‘आफन्त’ ?

समानुपातिकतर्फ को–को परे ‘आफन्त’ ?

१३७८ दिन अगाडि

|

२५ मंसिर २०७९

सुदूरपश्चिमबाट ५ जनालाई मात्रै बनाइए समानुपातिक सांसद !

सुदूरपश्चिमबाट ५ जनालाई मात्रै बनाइए समानुपातिक सांसद !

१३७८ दिन अगाडि

|

२५ मंसिर २०७९

धनगढी : प्रमुख राजनीतिक दलहरुले समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यको लागि सुदूरपश्चिम प्रदेशबाट ५ जनाको मात्रै नाम छनोट गरेको पाइएको छ ।  थे्रस होल्ड कटाउन सफल राजनीतिक ती दलहरुले अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशबाट भने निकै कम संख्यामा प्रतिनिधि सभा सदस्यको लागि नाम छनोट गरेको पाइएको हो । समानुपातिक सिट संख्या बाँडफाँड विवरण अनुसार राजनीतिक दलहरूले समानुपातिकतर्फको बन्दसूचीमा समावेश रहेका उम्मेदवारबाट प्रतिनिधि सभा सदस्य छनोट गरी निर्वाचन आयोगमा बुझाएका छन् । जुनअनुसार नेपाली कांग्रेसले ३२, एमालेले ३४, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले ५ गरी ११० सांसदको सूची बुझाएका हुन् । नेपाली कांग्रेसले बुझाएको समानुपातिकतर्फको सूची अनुसार सुदूरपश्चिम प्रदेशबाट खस–आर्य महिलातर्फ आरजु राणा देउवा (डडेल्धुरा), ईश्वरी न्यौपाने (कैलाली) र दलिततर्फ महासनाइ नेपाली (बाजुरा)लाई छनोट गरिएको हो ।  नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा सदस्यको लागि सुदूरपश्चिमबाट १÷१ जनाको नाम सिफारिस गरेका छन् । नेकपा एमालेले खस आर्यबाट बाजुराका दयाल बहादुर शाहीको नाम छनोट गरेको छ । भने, नेकपा माअ‍ोवादी केन्द्रले थारु महिलातर्फ कैलाली निर्वाचन क्षेत्र नं. १ की रुपा सोसी चौधरीको नाम सिफारिस गरेको हो । यो सँगै सुदूरपश्चिम प्रदेशबाट प्रत्यक्षका १६ सिट सहित २१ जनाले प्रतिनिधि सभामा सहभागी हुने भएका हुन् ।  

रुपा सोसीको तेस्रो संसदीय यात्रा : सुदूरपश्चिमबाट माओवादीकी एक्ली प्रतिनिधि सभा सदस्य

रुपा सोसीको तेस्रो संसदीय यात्रा : सुदूरपश्चिमबाट माओवादीकी एक्ली प्रतिनिधि सभा सदस्य

१३७८ दिन अगाडि

|

२५ मंसिर २०७९

धनगढी : नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा सदस्यको लागि समानुपातिकतर्फ कैलालीकी रुपा सोसी चौधरी (४४)लाई छनोट गरेको छ । हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट प्रत्यक्षतर्फ एक सिट पनि जित्न नसकेको माओवादीले चौधरीलाई छनोट गरेको हो । सत्तारुढ गठबन्धनभित्र भागबण्डा हुँदा माओवादीले कैलाली निर्वाचन क्षेत्र नं. २, ३ र कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ पाएको थियो । तर ती क्षेत्रमा माओवादीका उम्मेदवारहरु पराजित भएका छन् । नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ प्रतिनिधि सभाका लागि १४ सांसदको विवरण शनिबार निर्वाचन आयोगमा बुझायो । जुन विवरण अनुसार थारु महिला कोटा अन्तरगत कैलालीको टीकापुर नगरपालिका २ बन्दीपुरकी रुपा सोसी थारुलाई प्रतिनिधि सभा सदस्यको लागि छनोट गरिएको हो । उनी सुदूरपश्चिम प्रदेशबाट माओवादी केन्द्रकी एक्ली प्रतिनिधि सभा सदस्य हुन लागेकी हुन् । १० वर्षे जनयुद्धको पृष्ठभूमिबाट राजनीतिमा आएकी रुपाको यो तेस्रो पटकको संसदीय यात्रा हो । को हुन् उनी ? बुवा मंगल चौधरीको क्रान्तिकारी विचारबाट प्रेरित रुपाको राजनीतिक यात्रा स्कुले जीवनदेखि सुरु हुन्छ । २०५४ मा नेकपा माओवादी निकट गोचाली परिवारको एरिया उपाध्यक्ष हुँदै उनी अखिल महिला संघ क्रान्तिकारीकी कैलाली सचिव भइन् । २०५५ मा अखिल महिला संघ क्रान्तिकारीको जिल्ला सचिव भएकी उनी पार्टीको एरिया कमिटी सदस्यता प्राप्त गरिन् । जनयुद्धकै बीच उनलाई तत्कालीन नेपाली सेनाले गिरफ्तार गरेको थियो । २०५६ भादौ २ गतेदेखि २०५७ चैत ३० गतेसम्म जेल जीवन समेत बिताइन् । २०५८ मा मात्रै पार्टीको जिल्ला सदस्यता प्राप्त गरेकी उनी अखिल नेपाल महिला संघ क्रान्तिकारीकी जिल्ला उपाध्यक्ष भइन् । पार्टीको सेती महाकाली क्षेत्रीय ब्यूरो सदस्यसँगै अखिल नेपाल महिला संघ क्रान्तिकारीको केन्द्रीय सदस्य भने उनी २०६० मा भइन् । निकै संघर्षशिल रुपाको जनयुद्धताका शैन्यदस्ताको भूमिकामा समेत रहेको अनुभव छ । २०६१ देखि २०६३ को अवधिमा उनी जनमुक्ति सेनाको ७ नं. डिभिजनको महिला विभाग प्रमुखका साथै बटालियन कमिसारको भूमिका निर्वाह गरिन् । नेकपा माओवादी शान्ति प्रक्रियामा आएसँगै उनी २०६३ माघमा आन्तरिम व्यवस्थापिका सदस्य हुँदै २०६४ मा पहिलो संविधा सभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं. १ बाट २१ हजार बढी मतका साथ निर्वाचित भइन् । त्यसताका उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फकिर ंिसंह कडायत रहेका थिए । व्यावसायिक केरा खेतीसँगै राजनीतिमा सक्रिय उनी हाल माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य सदस्य छिन् ।  

चितवनको खैरहनीमा खिचरा महोत्सव हुने

चितवनको खैरहनीमा खिचरा महोत्सव हुने

१३७८ दिन अगाडि

|

२५ मंसिर २०७९

चितवनमा यस वर्ष  पनि खिचरा महोत्सव आयोजना हुने भएको छ । आगामी पुस २९ गतेदेखि माघ ९ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा आठौं संस्करणको खिचरा महोत्सवको हुन लागेको हो । आयोजक थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले  शनिबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी तीव्र पारिएको जानकारी दिएको छ ।  महोत्सव मुल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले खिचरा महोत्सव सबै जातजाति र समुदायको महोत्सव बनेको जनाउँदै यसवर्ष आकर्षणहरु थप गरिएको बताए। उनले सीमान्तकृत जनजातिको मौलिक भेषभूषामा आउने दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको जानकारी दिए । उनले भने,  “यस्तो पहिरनले समुदायको पहिचान झल्काउनुको साथै संरक्षणमा पनि टेवा पुग्छ, कला, सँस्कृति संरक्षण नै महोत्सवको उद्देश्य रहेकाले मौलिक भेषभूषालाई प्राथमिकता दिएका हौं ।”  महोत्सवमा अन्य आकर्षणको रुपमा हरेक दिन थारु लगायत विभिन्न जातजातिका परम्परागत भेषभूषा सहितको साँस्कृतिक प्रस्तुति, थारु विशेष खानाका प्रदर्शनी कक्ष, थारु लगायत अन्य जातजातिका मौलिक खानाका परिकारका प्रदर्शनी, प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, विभिन्न हस्तकला सामग्री तथा व्यवसायिक प्रदर्शनी, बाल उद्यान, खुल्ला हाजिरी जवाफ प्रतियोगिता, मिस्टर एण्ड मिस थारु २०२२ का प्रतिस्पर्धीहरुद्वारा नेपालभरिकै थारु पहिरनहरुको प्रदर्शनी, तराईका विभिन्न जिल्लाका थारु विशेष साँस्कृतिक प्रस्तुति, निःशुल्क स्वास्थ्य शिविर, थारु ब्रम्हथान परिसरलगायत रहेका छन् ।  महोत्सवलाई सफल बनाउन १५१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ भने विभिन्न ३२  उपसमिति बनाइएको छ । महोत्सवको उद्घाटनको दिन खैरहनी–८, मगनीचोकदेखि महोत्सवस्थलसम्म झाँकी र विभिन्न परम्परागत भेषभुषा सहितको शोभायात्रा निकालिने आयोजक संस्थाका सभापति चुडामणि चौधरीले जानकारी दिए । थारु कल्याणकारिणी सभा चितवनका सभापति ललित चौधरीले खिचरा महोत्सव चितवनकै ‘ब्राण्ड’ बनेको जनाउँदै यसलाई भव्य रुपमा सम्पन्न गर्न सबैको साथ र सहयोगको अपेक्षा गरे । उनले थारु समुदायको पहिचान र संस्कृति विश्वभर चिनाउन यस महोत्सवले पनि महत्वपूर्ण भूमिका खेलेको भन्दै आयोजकप्रति आभार प्रकट गरे ।  महोत्सवका संस्थापक संयोजक नारायणप्रसाद महतोले खिचरा थारु समुदायको महत्वपूर्ण पर्व रहेकाले त्यसलाई विश्वभर चिनाउन महोत्सवको रुपमा आयोजना गर्दै आइरहेको बताए । उनले स्थानीय थारु युवाहरु र व्यवसायीहरुको सामान्य सहयोगमा महोत्सव यहाँसम्म पु¥याईएको भन्दै आर्थिक अभाव हुँदाहुँदै पनि निरन्तरता दिदैँ आइरहेको बताए ।  महोत्सवमा प्रवेश शुल्क ५० रुपैयाँ तोकिएको छ । यस्तै महोत्सवमा १२०  विभिन्न व्यापारिक प्रदर्शनी कक्ष समेत रहने छन् । संस्थापक महतोको अग्रसरतामा २०७० सालमा दुई दिने खिचरा महोत्सवको सुरुआत भएको थियो । थारु समुदायले माघ १ गते भव्य रुपमा खिचरा पर्व मनाउँदै आइरहेका छन् । रासस

सिंगारिन हतारिदै लुम्बिनी प्रदेश स्थायी राजधानी देउखुरी

सिंगारिन हतारिदै लुम्बिनी प्रदेश स्थायी राजधानी देउखुरी

१३७९ दिन अगाडि

|

२४ मंसिर २०७९

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्रको व्यवस्थापनलाई तीव्र पारिएको छ । मुख्यमन्त्री कार्यालयका सामान बुटवलबाट देउखुरी सारिएलगत्तै स्थायी राजधानीको कार्यालयमा रंगरोगनका साथै सरसफाई थालिएको हो । राजधानी तोकिएको क्षेत्र राप्ती उपत्यका देउखुरीअन्तर्गत राप्ती गाउँपालिकाको बजार क्षेत्र तथा लमही–भालुवाङ सडक खण्डको ठाउँ ठाउँमा स्वागत गेट निर्माण, प्रतिक्षालय रंगरोगन र सरसफाई धमाधम भइरहेको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए । विशेष गरी भालुवाङ बजार, मौरीघाट क्षेत्र, पिपरी बजार, सिसहनियाँ बजार, सिंगेखोलालगायत क्षेत्रमा स्वागत गेटहरू निर्माण गरिएका छन् भने प्रतिक्षालयहरू पनि रंगरोगन गरिइको छ । राप्ती गाउँपालिकाले राजधानी व्यवस्थापन तथा कार्यान्वयनका लागि मूल समितिसहित विभिन्न उपसमिति बनाएर जिम्मेवारीअनुसार काम गरिरहेको छ । जसमा श्यामेश चौधरीको संयोजकत्वमा गठित सरसफाई तथा सौन्दर्यकरण उपसमितिले पूर्व(पश्चिम राजमार्ग, नौ वटै वडा तथा टोलहरू सरसफाई गर्ने, प्रतिक्षालयहरू रंगरोगन गर्ने, स्वागत गेट बनाउने जिम्मा पाएको थियो । त्यही जिम्मेवारी अनुसार राप्ती उद्योग वाणिज्य संघ, सिसहनियाँ उद्योग वाणिज्य संघ, राप्ती गाउँपालिका, चेम्बर अफ कमर्स र भालुवाङ होटल व्यवसायी समितिहरूसँगको सहयोग तथा समन्वयमा राजधानी सिगार्ने काम भइरहेको छ । नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको सपथग्रहण तथा बैठक स्थायी राजधानी देउखुरीमा राख्ने तयारीमा प्रदेश सरकार जुटेको छ । अहिले प्रदेशसभा भवन निर्माण समेत अन्तिम चरणमा पुगेको छ । न्युज कारखानाबाट

काँग्रेसले  समानुपातिकतर्फको सांसद दुंगो लगायो, यी हुन् ३२ सांसद 

काँग्रेसले समानुपातिकतर्फको सांसद दुंगो लगायो, यी हुन् ३२ सांसद 

१३७९ दिन अगाडि

|

२४ मंसिर २०७९

नेपाली कांग्रेसले समानुपातिकतर्फ ३२ जनाको नाम टुंगो लगाएको छ। केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले समानुपातिकतर्फको ३२ जनाको नाम टुंगाएको एक पदाधिकारी ले नेपाल प्रेसलाई बताए । तर, कांग्रेसले आधिकारिक रूपमा सार्वजनिक गरेको छैन। यही नाममा सहमति हुने ती पदाधिकारीले दाबी गरे। प्रत्यक्षमा ५७ सीट जितेको कांग्रेसले समानुपातिकतर्फ ३२ सिट पाएको छ। ३३ प्रतिशत महिला सुनिश्चित गर्नुपर्ने भएकाले पुरुषमा ३ जनाको मात्रै कोटा छ। आदिवासी जनजातितर्फ १  सरस्वती बजिमय २ लिलादेवी बोखिम ३ सिता कुमारी राना ४ सुशीला थिङ ५ सपना राजभण्डारी ६ माया राई ७ कुसुम थापामगर ८ मनोरमा सेरचन खस आर्यतर्फ ९ अम्बिका बस्नेत १० सरिता प्रसाईं ११ आरजु राणा देउवा १२ ईश्वरी न्यौपाने १३ प्रतिमा गौतम १४ मञ्जु खाँण १५ रमा कोइराला पौडेल १६ कान्तिका सेजुवाल १७ मैना रावल कार्की मधेसी तर्फ १८ नागिना यादव १९ मुक्ता कुमारी यादव २० चन्दा चौधरी २१ संगिता मण्डल २२ निनुकुमारी कर्ण दलित तर्फ २३ शान्ति विक २४ रुपा विक २५ सीता मिजार २६ आशा विक थारु तर्फ २७ कल्पना चौधरी २८ विना कुमारी थनेत मुस्लिम तर्फबाट २९ जावेदा खातुन् जागा तीनजना पुरुष ३० जीवन परियार ३१ विमलेन्द्र निधि ३२ प्रकाशशरण महत थारु कोटाबाट पुरुषतर्फ पहिलो नम्बरमा रहे पनि योगेन्द्र चौधरी सांसद हुन सकेनन् ।

नागरिक उन्मुक्ति पार्टीबाट विभिन्न १० भातृसंगठन गठन, संयोजक तोकियो

नागरिक उन्मुक्ति पार्टीबाट विभिन्न १० भातृसंगठन गठन, संयोजक तोकियो

१३८० दिन अगाडि

|

२३ मंसिर २०७९

नागरिक उन्मुक्ति पार्टीले पार्टीको विभिन्न भातृसंगठन बनाएको छ । जसअनुसार नागरिक कलाकार समाजमा सोमती चौधरी खड्का, नागरिक चिकित्सक समाजमा डा लेखजंग थापा, नागरिक बुद्धिजीवी समाजमा दामोदर पण्डित, नागरिक खेलकुद समाजमा अर्जुन ठकुल्ला संयोजक चुनिएका छन् ।  त्यस्तै, नागरिक दलित समाजमा अर्जुन ताम्राकार र देवेन्द्र नेपाली, नागरिक महिला समाजमा गीता चौधरी, नागरिक पत्रकार समाजमा मदन चौधरी, नागरिक विद्यार्थी समाजमा इन्दु थारु, नागरिक युवा समाजमा बालकुमार महतो संयोजक चुनिएका छन् । यसअघि नै नागरिक सल्लाहकार समाजमा लालवीर चौधरीलाई संयोजकको जिम्मेवारी दिई सकिएको छ ।  त्यस्तै, आगामी वैशाख ४, ५ र ६ गते टीकापुरमा गरिने पहिलो महाधिवेशन ५०१ सदस्यीय बनाउने निर्णय गरेको छ । महाधिवेशनअघि वडा, नगर, क्षेत्रीय, जिल्ला, प्रदेश सम्मेलन गर्ने भएको छ ।