सरकारमा जाने जनमत पार्टीको निर्णय,  के गर्छ नागरिक उन्मुक्तिले ?

सरकारमा जाने जनमत पार्टीको निर्णय,  के गर्छ नागरिक उन्मुक्तिले ?

१३८१ दिन अगाडि

|

२२ मंसिर २०७९

माओवादी  प्रदेश इन्चार्जको प्रष्टिकरण : लालकिल्लामा नागरिक उन्मुक्ति शक्तिशाली भएर आयो

माओवादी प्रदेश इन्चार्जको प्रष्टिकरण : लालकिल्लामा नागरिक उन्मुक्ति शक्तिशाली भएर आयो

१३८१ दिन अगाडि

|

२२ मंसिर २०७९

कैलाली : सशस्त्र जनयुद्धबाट संसदीय राजनीतिमा प्रवेश गरेको नेकपा माओवादी २०६४ को संविधान सभा निर्वाचनमा सबैभन्दा ठूलो दल बन्यो ।  दोस्रो संविधान सभा, २०७४ को प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन हुँदै हालै सम्पन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनसम्म आइपुग्दा माओवादीको अस्तित्व नै संकटपूर्ण अवस्थामा पुगेको हो । प्रदेशगत अवस्था नियाल्दा त झनै माओवादी खतरापूर्ण अवस्थाबाट गुज्रिरहेको हो । यसैबीच हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनतर्फ सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र निल देखिएको हो । २०७४ को निवार्चनमा कैलाली निर्वाचन क्षेत्र नं. ३ बाट माओवादीका गौरीशंकर चौधरी र क्षेत्र नं. ४ बाट लेखराज भटट् प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । भने कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ बाट विना मगरसहित सुदूरपश्चिमबाट नेकपा माओवादी ३ सिट जितेको थियो । नेकपा विवादपछि भटट् र चौधरी एमालेमा प्रवेश गरे । माओवादीले भट्ट र चौधरीलाई कारवाही गरेपछि उनीहरु जितेको निर्वाचन क्षेत्र लामो समयसम्म प्रतिनिधिविहीन समेत भयो । हालै सम्पन्न निर्वाचनमा पनि कैलाली २ र ३ र कञ्चनपुर १ बाट सत्तारुढ गठबन्धनको तर्फबाट माओवादीले उम्मेदवारी दिएको थियो । तर माओवादीका उम्मेदवार हारेपछि सुदूरपश्चिममै निल देखिएको हो ।  सुदूरपश्चिम प्रदेश सभामा पनि माओवादी कमजोर देखिएको छ ।  ५३ जनाको प्रदेश सभामा २०७४ को निर्वाचनमा माओवादीका १४ जना प्रदेश सभा सदस्य थिए । पछि एमालेमा प्रवेश गरेका झपट बोहरालाई माओवादीले कारवाही गरेपछि उनी पद मुक्त भए । माओवादीबाटै निर्वाचित मुख्यमन्त्री त्रिलोचन भटट् ५ वर्षे कार्यकाल पूरा गरे । प्रदेशमा तेस्रो हैसियत समानुपातिकतर्फ सुदूरपश्चिममा माओवादी तेस्रो हैसियतमा खुम्चिएको छ । प्रतिनिधि सभाको समानुपातिकतर्फ सुदूरपश्चिममा सबैभन्दा धेरै २ लाख ५३ हजार ३४ मत नेपाली कांग्रेसले ल्याउँदा २ लाख ४१ हजार ७९८ मतका साथ नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र १ लाख १२ हजार २५६ मतका साथ तेस्रो स्थानमा रहेको हो । ९९ हजार ३८१ मत पाएको नागरिक उन्मुक्ति पार्टी चौथौं स्थानमा छ ।  प्रदेश सभाको समानुपातिकतर्फ २ लाख ४८ हजार ८४० मतका साथ एमाले पहिलो पार्टी बनेको हो । २ लाख ४३ हजार ३९ मत पाएको कांग्रेस दोस्रो, माओवादी केन्द्र १ लाख १८ हजार ९०३ मतका साथ तेस्रो र ९८ हजार ५५४ मत पाएको नागरिक उन्मुक्ति पार्टी चौथौं स्थानमा छ ।  प्रदेशतर्फको प्रत्यक्षतर्फ भने माओवादी ८ सिट जितेको छ । समानुपतिकतर्फ पाएको मतको आधारमा थप ३ सांसदसहित ११ सिटको हकदार बनेको हो ।  हाम्रो आधार क्षेत्रमा नागरिक उन्मुक्ति शक्तिशाली : इन्चार्ज भटट् पछिल्लो निर्वाचन मत परिणामले माओवादी नेतृत्वलाई नराम्ररी झस्काएको छ । अस्तित्व नै संकटमा परेपछि माओवादी नेतृत्व स्तब्ध भएको छ । खासगरी सुदूरपश्चिमको कैलाली र कञ्चनपुरको अधिकांश निर्वाचन क्षेत्रमा विगतका निर्वाचनमा माओवादीले नै जितेको माओवादीले आफ्नो आधार क्षेत्रको रुपमा लिदै आएको थियो । तर ती सबै क्षेत्र गुमेका हुन् । थारु बाहुल्य कैलाली र कञ्चनपुरमा नागरिक उन्मुक्ति पार्टी उदय भएपछि माओवादीमाथि संकट आएको माओवादी नेताहरु स्वीकार गर्छन् । माओवादी सुदूरपश्चिम इन्चार्ज तथा डडेल्धुरा (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित प्रदेश सभा सदस्य खगराज भटट्ले भने, ‘कैलाली र कञ्चनपुर हाम्रो आधार क्षेत्र नै हो । हाल ती क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी शक्तिशाली भइ आएकोले हाम्रो स्थिति कमजोर भएको हो । यसबारे गम्भीर समीक्षा गरी निचोडमा हामी पुग्छौ ।’ त्यस्तै, माओवादी कमजोर देखिदै जानुको अर्को कारण माअ‍ेवादीबाट जितेका नेताहरु नेकपा एमालेमा प्रवेश गरिनुलाई पनि लिइन्छ । माओवादीभित्र ती नेताहरुको पनि अभाव खड्किएको र ती नेताहरु पनि एमालेमा गएपछि राजनीतिक रुपमा पतनको स्थितिमा पुगेका छन् । २०७४ को निर्वाचनमा कैलाली ३ बाट जितेका गौरीशंकर, कैलाली ४ बाट जितेका लेखराज र अछाम १ (१) बाट प्रदेश सभामा निर्वाचित झपट बोहरा एमालेमा प्रवेश गरेका थिए । हालै सम्पन्न निर्वाचनमा तीनै जना पराजित भएका छन् । मुख्यमन्त्रीको दौड कायमै पछिल्लो समय कमजोर अवस्थामा रहेको माओवादी प्रदेश सरकार नेतृत्वको कसरत भने पुनः कायमै राखेको छ । ११ सिट संख्याको आधारमा माओवादीले प्रदेश सरकारको नेतृत्व पुनः पाउनुपर्ने माग दाबी गर्दै आएको छ । निर्वाचनको पूर्वसन्ध्यामा रातोपाटीसँगको अन्तरवार्तामा इन्चार्ज भटट्ले भनेको थिए, ‘जहाँसम्म मुख्यमन्त्रीको कुरा आयो, भोलि त अब गठबन्धनबीचमै छलफल हुँदा कुन प्रदेश कसले लिने कुरा होला । स्वाभाविक रूपमा माओवादी केन्द्रको भागमा प¥यो भने दाबी त मेरो रहने नै भयो । यसमा मेरो पार्टी र गठबन्धनमा पनि कुनै समस्या छैन ।’ निर्वाचित भइसकेपछि पनि उनले सो दाबीलाई निरन्तरता दिएका छन् । इन्चार्ज भटट्ले भने, ‘गठबन्धनमा आबद्ध दलहरूबीच मलाई मुख्यमन्त्री बनाउने एक किसिमको समझदारी छ । लिखित त छैन । निर्वाचनपछि पनि मुख्यमन्त्रीबारे कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि समझदारी भएको भएको छ । शीर्ष नेताहरूले समझदारी कार्यान्वयन गर्नुहुन्छ भन्ने पूर्ण विश्वास छ ।’  

नागरिक उन्मुक्तिलाई समानुपातिकमा कति मत  भयो अपुग ?

नागरिक उन्मुक्तिलाई समानुपातिकमा कति मत  भयो अपुग ?

१३८२ दिन अगाडि

|

२१ मंसिर २०७९

प्रत्यक्षतर्फ एक स्वतन्त्रसहित चार सिटमा कब्जा जमाएको नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा समानुपातिकतर्फ २ लाख ७१ हजार ७२२ मत प्राप्त गर्‍यो।  नागरिक उन्मुक्ति पार्टीलाई तीन प्रतिशत ‘थ्रेसहोल्ड’ कटाउन ४५ हजार ८० मत पुगेन। प्रतिनिधि सभाको समानुपातिकतर्फ १ करोड ५ लाख ६० हजार ८२ मत सदर भएको छ।  उन्मुक्ति पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, अरुणकुमार चौधरी र गंगाराम चौधरीे क्रमशः कैलालीको १, २ र ३ नम्बर क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। यो पार्टीकै समर्थनमा लालबीर चौधरीले बर्दिया २ बाट स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका छन्। प्रदेश सभामा कति ? प्रतिनिधि तथा प्रदेश सभा गरी नागरिक उन्मुक्तिबाट १६ सांसद भएका छन् ।  सुदूरपश्चिमबाट प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीले ५ जनालाई जिताएर पठाएको छ । समानुपातिकतर्फ यस पदेशबाट २ जना चुनिदैछन् । त्यस्तै, लुम्बिनी बाट प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीले २ जनालाई जिताएर पठाएको छ । समानुपातिकतर्फ यस पदेशबाट पनि २ जना चुनिदैछन् । उता मधेस प्रदेशमा समानुपातिकतर्फ यस पदेशबाट पनि १ जना चुनिदैछन् । मधेस प्रदेशमा महिला या पुरुष कसलाई सांसद बनाउने पार्टीलाई सबैभन्दा बढी सकस भएको छ । बाराबाट चुनाव लडेकी राधा चौधरी भन्छिन्, मधेस प्रदेशमा बाराले पार्टीलाई सबैभन्दा बढी समानुपातिक भोट पठाएकाले स्वतः बाराको अधिकार रहन्छ ।  प्रदेश सभामा कुन प्रदेशमा कुन दललाई कति सिट ?

थ्रेसहोल्ड पार गर्न नसकेका कुन दलले  कति कति मत ल्याए ?

थ्रेसहोल्ड पार गर्न नसकेका कुन दलले कति कति मत ल्याए ?

१३८२ दिन अगाडि

|

२१ मंसिर २०७९

प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ करीब १३ लाख मत खेर गएको छ। समानुपातिक सांसद निर्वाचित गर्न आवश्यक तीन प्रतिशत नपुर्‍याएका दलहरूको मत खेर जाने भएको हो। ‘थ्रेसहोल्ड’ पार नगरेका दलमध्ये नेकपा (एकीकृत समाजवादी)ले सबैभन्दा बढी दुई लाख ९८ हजार ३९१ मत पाएको छ। यो पार्टीले प्रत्यक्षमा १० सीट जितेको छ। नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ७२२ र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ६७ हजार ३६७ मत प्राप्त गरेको छ। सात वटा दलले मात्रै तीन प्रतिशत मत कटाएका छन्।  थ्रेसहोल्ड पार गर्न नसकेका दलहरू: नेकपा (एकीकृत समाजवादी): २,९८,३९१ नागरिक उन्मुक्ति पार्टी: २,७१,७२२ लोकतान्त्रिक समाजवादी पार्टी: १,६७,३६७ नेपाल मजदूर किसान पार्टी: ७५,१६८ हाम्रो नेपाली पार्टीः ५५,७४३ मंगोल नेशनल अर्गनाइजेशनः ४९,००० राष्ट्रिय जनमोर्चाः ४६,५०४ नेपाल संघीय समाजवादी पार्टीः ४१,८३० नेकपा(माले): ३०,५९९ राष्ट्रिय जनमुक्ति पार्टीः २३,९३४ जनता प्रगतिशील पार्टीः १८,०५९ नेपाल आमा पार्टी, नेपाल नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टीः १७,९०२ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चः १७,८०५ बहुजन एकता पार्टीः १७,०८० नेपाली कांग्रेस (बीपी): १२,५०१ राप्रपा नेपालः १२,३४० नेपाली जनता दलः १०,१३७ बहुजन शक्ति पार्टीः ९,४३५ नेपालका लागि नेपाली पार्टीः ८,४२४ नेपाल कम्युनिष्ट पार्टीः ८,०१३ नेपाल लोकतान्त्रिक पार्टीः ७,७०५ नेपाल जनता पार्टीः ७,५१८ नेकपा मार्क्सवादी (पुष्पलाल): ७,४०२ मितेरी पार्टी नेपालः ७,०४३ जनजागरण पार्टीः ६,५५० आमूल परिवर्तन मसिहा पार्टीः ६,४२९ तराई-मधेश लोकतान्त्रिक पार्टी: ५,९७७ जनसमाजवादी पार्टीः ५,९२५ सामाजिक एकता पार्टी, नेकपा (समाजवादी) र नेपाल दलित पार्टीः ५,८३९ पिछडावर्ग निषाद दलित जनजाति पार्टीः ५,१०५ विवेकशील साझा पार्टीः ४,०४९ एकीकृत शक्ति नेपालः ३,७९१ नेकपा माओवादी समाजवादीः ३,७०२ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट): ३,४०६ राष्ट्रिय मुक्ति आन्दोलन: ३,३५४ मौलिक जरोकिलो पार्टीः ३,२५६ नेपाल समावेशी पार्टीः २,९६३ नेकपा परिवर्तनः २,२२० राष्ट्रिय नागरिक पार्टीः २,१५० नेश्‍नलिष्ट पिपल्स पार्टीः २,०१८ हिमालखबरबाट

हाम्रा मुद्दा सम्बोधन नभएसम्म कुनै गठबन्धनमा रहन्नौं : रेशम चौधरी

हाम्रा मुद्दा सम्बोधन नभएसम्म कुनै गठबन्धनमा रहन्नौं : रेशम चौधरी

१३८३ दिन अगाडि

|

२० मंसिर २०७९

यही मङ्सिर ४ गते भएको निर्वाचनमा उनकी पत्नी एवं पार्टी अध्यक्ष रञ्जना श्रेष्ठ कैलाली निर्वाचन क्षेत्र नं १ बाट ३० हजार चार सय चार मतसहित निर्वाचित भएकी छन् । विसं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामा संलग्न भएको अभियोगमा जेल सजाय भोगिरहनुभएका उहाँको पार्टी निर्वाचन परिणाम आएसँगै सरकार गठनका सन्दर्भमा पुनः चर्चामा रहेको छ । सरकार गठनका लागि बहुमत जुटाउने कसरत भइरहेका बेला नागरिक उन्मुक्ति पार्टी कुन कित्तामा उभिन्छ भन्ने पनि जनचासोको विषय छ । निर्वाचन परिणामपछि विकसित राजनीतिक घटनाक्रम र सरकार गठनलगायत समसामयिक विषयमा राससका समाचारदाताद्वय टीकाराम सुनार र सिबी अधिकारीले गरेको कुराकानीको सारसंक्षेप । भर्खरै आम निर्वाचन सम्पन्न भएको छ, निर्वाचनलाई कसरी लिनुभएको छ ? निर्वाचन जनमत परीक्षण गर्ने विधि हो । यसलाई पार्टीले स्वाभाविक रुपमा लिएको छ । यस पटकको निर्वाचनमा पुराना दलप्रतिको वितृष्णा र नयाँ दलप्रतिको आकर्षण देखियो । परिणामले जनताले परिवर्तन चाहेको देखिएको छ । निर्वाचनमा पहिलोपटक भाग लिएको नागरिक उन्मुक्ति पार्टीले ल्याएको मत परिणामबारे यहाँले कसरी समीक्षा गर्नुभएको छ ?    निर्वाचनबाट हाम्रो पार्टीको विचार र मुद्दा अनुमोदन भएको छ । जनताले हाम्रा मुद्दालाई २०७४ देखि नै समर्थन गरिरहेका छन् । हामीलाई न्याय देऊ भनेर तीनपटक हाम्रो पक्षमा मतदान भइसकेको छ । जनताको अदालतबाट त हामीले मुक्ति पाइसकेका छौँ । तर राज्यले त्यसलाई सम्बोधन गरेको छैन । जहाँसम्म परिणामको कुरा छ, हामीले छोटो समयमा सङ्घ र प्रदेशमा गरी १२ सांसद पाउँदैछौ । पाँच निर्वाचन क्षेत्रमा हाम्रो पार्टीका उम्मेदवार दुई सयभन्दा कम र नौ स्थानमा एक हजारभन्दा कम मतले पराजित हुनुभएको छ । स्थानीय तहमा करिब सय जना साथीहरु निर्वाचित भइसक्नुभएको छ । तपाईंको पार्टीलाई प्राप्त मतलाई कसरी विश्लेषण गर्नुहुन्छ ? टीकापुर घटना राजनीतिक घटना हो । तर पनि हाम्रा साथीहरु जेलमा छन् । कैयौँले मुद्दा खेपिरहनुभएको छ । यस पटक हामीले तीन प्रकारका मतदाताबाट माया पायौँ । टीकापुर घटनाले मन दुःखेका, हाम्रो न्यायका लागि मत राख्नेहरु र नयाँ अपेक्षा राख्ने मतदाताले हामीलाई सहयोग र समर्थन गरी मतदान गर्नुभएको छ । अरूबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ  ? मैले पुराना दल तथा नेताबाट व्यक्त विचार हेरिरहेको र सुनिरहेको छु । उहाँहरुले हामीहरुलाई बिलाएर जान्छन्, अस्तित्व छैन, दृष्टिकोण नै नभएका भन्नेखालका लाञ्छना लगाइरहनुभएको छ । तर हामीलाई यस्तो आरोप लगाइरहँदा हाम्रो घोषणापत्र एकपटक अध्ययन गरेर मात्र बोलिदिएको भए हुन्थ्यो भन्ने लाग्छ । मधेस केन्द्रित दल र पूर्वसहकर्मीप्रतिको बुझाइ के छ ? उहाँहरुप्रति खास केही भन्नु छैन । मैले उहाँहरुलाई सडकमा गइदिनुस्, माइकमा मात्रै बोलेर हुँदैन भनेको थिए । तर उहाँहरुले सहानुभूति बटुल्नका लागि मात्रै बोल्नुभयो । यसमा निकै दुःख लागेको छ । त्यहाँका जनताले पनि मतमार्फत उहाँहरुप्रतिको गुनासो व्यक्त गरिसकेका छन् । अर्को चन्द्रकान्त ९सिके० राउत मूलधारको राजनीतिमा आउनु स्वागतयोग्य कुरा हो । उहाँको जनमत पार्टी मधेसमा वैकल्पिक शक्तिका रुपमा उदाएको छ । बाँकी त हेर्नु नै छ । निर्वाचनको अन्तिम परिणाम पनि आउने क्रममा छ, सरकार गठनका लागि छलफल पनि भइरहेको छ, यसबीचमा तपाइँसँग कसैको कुराकानी भएको छ ? म आठ वर्षदेखि जेलमा छु । नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र० सधैँ सरकारमै छन् । मधेस केन्द्रित दलका नेताहरु पनि कुनै न कुनै रुपमा सरकारमै हुनुहुन्छ । उहाँहरुबाट हेर्न केही बाँकी छैन । कुराकानी भए पनि नतिजा नदेखिएसम्म अर्थ रहन्न । सरकार गठनमा तपाइँहरुको भूमिका के हुन्छ ? हामी सबैसँग सकारात्मक नै छौँ । जबसम्म हाम्रा मुद्दाहरु सम्बोधन हँुदैनन् तबसम्म कुनै विकल्पमा जाँदैनौं । कुरा प्रस्ट छ, जुन बाटोबाट मलगायत थुप्रै साथीहरु थुनियौँ, मुद्दा खेप्यौँ, त्यसबाट मुक्त गर्नुपर्‍यो । त्यसो भए तपाईंहरुको मुख्य माग के हो त ? हाम्रा माग पुरानै छन् । पटक–पटक उहाँहरुलाई भनिएकै हो । टीकापुर घटना राजनीतिक घटना हो त्यहीअनुसार व्यवहार गरिनुपथ्र्यो, हालसम्म गरिएको छैन । फेरि पनि ती माग जसले सम्बोधन गर्ने प्रतिबद्धता जनाउँछ, उहाँहरुसँग सहकार्य हुन्छ । त्यो भनेको रिहाइ र सम्मानजनक क्षतिपूर्तिको व्यवस्था गरिनु पर्दछ ।  रासस

देशभर चिसो बढ्याे, काठमाडौंको न्यूनतम् तापक्रम ६.८ डिग्री

देशभर चिसो बढ्याे, काठमाडौंको न्यूनतम् तापक्रम ६.८ डिग्री

१३८३ दिन अगाडि

|

२० मंसिर २०७९

देशभर चिसो बढेको छ । तराईमा हुस्सु लाग्न थालेको छ भने काठमाडौंको तापक्रम पनि लगातार घट्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको न्यूनतम् तापक्रम ६.८ डिग्रीसेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १९.९ डिग्री मात्र छ । मौसमविदहरूका अनुसार साँझ र बिहान अझ चिसो हुने गरेको छ । पश्चिम तराई, मध्य तराई र पूर्वी तराईका केही क्षेत्रमा हुस्सु लागेको छ । तर, मध्यान्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ ।  एक किलोमिटर भन्दा कम पारदर्शिता हुँदा कुहिरो र त्यसभन्दा बढी पारदर्शिता हुँदा हुस्सु लाग्ने सम्भावना धेरै हुन्छ । हाल पहाडी भूभागमा आंशिक बदली छ । रासस

नागरिक उन्मुक्तिको महाधिवेशन आगामी वैशाखको पहिलो साता हुने

नागरिक उन्मुक्तिको महाधिवेशन आगामी वैशाखको पहिलो साता हुने

१३८४ दिन अगाडि

|

१९ मंसिर २०७९

नागरिक उन्मुक्ति पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन २०८०  साल बैशाख ४ देखि ६ गतेसम्म कैलालीको टीकापुरमा गरिने भएको छ । पार्टीका नेता लक्ष्मण थारूका अनुसार सोमबार रेशम चौधरीसंग डिल्लीबजार कारागारमा भटेघाट गरी महाधिवेशनको मिति तय गरिएको हो । उनले पार्टी संगठन रहेको सबै जिल्लाका पदाधिकारीहरुलाई आआफ्नो जिल्ला, क्षेत्र, पालिका, वडाहरुको गठन, पुनर्गठनमा लाग्न आह्वान पनि गरेका छन् ।  नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–१ बाट पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ, कैलाली–२ बाट अरुणकुमार चौधरी र कैलाली–३ बाट गंगाराम चौधरी प्रतिनिधि सभामा निर्वाचित भएका छन् । यस्तै बर्दिया–२ बाट  रेशमका बुवा लालवीर चौधरी स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका छन् ।  यसै गरी प्रदेशसभामा कैलालीबाट ५ जना र बर्दियामा २ गरेर कुल ७ जनाले चुनाव जितेका छन् । प्रतिनिधि सभामा समानुपातिक अन्तर्गत थ्रेसहोल्ड कटाउन नसकेपनि नागरिक उन्मुक्ति पार्टी प्रदेशसभामा सुदूरपश्चिम, लुम्बिनी तथा मधेस प्रदेशमा समेत समानुपातिक सांसद पद पाउने देखिएको छ ।