नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुने भएको छ । तर उसले रेशमलाल चौधरीलगायतका नेताको रिहाइको माग गरेको छ ।
शुक्रबार दिउँसो काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले २०७२ भदौ ७ र ८ गते भएको टीकापुर घटनामा रेशमलाल चौधरीलगायतका जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरे सरकारमा सहभागी हुन सकिने निर्णय गरेको हो ।
पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले भनिन्, ‘पार्टीका संस्थापक रेशम चौधरीलगायत नेता कार्यकर्तालाई रिहाइ गरे मात्रै हामी सरकारमा सहभागी हुनेछौं।’
समानुपातिक नामावली टुंगो
नागरिक उन्मुक्ति पार्टीले समानुपतिक प्रदेश सभा सदस्यहरुको नाम टुंगो लगाएको छ ।
काठमाडौंमा शुक्रबार बसेको केन्द्रिय सचिवालय बैठकले सुदूरपश्चिम, लुम्बिनी र मधेश प्रदेश सभा सदस्यहरुको नाम टुंगो लगाएको हो ।
निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको सिट बाँडफाँड सूची अनुसार रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा २÷२ र मधेश प्रदेशमा १ सिटसहित ५ सिट पाएको हो ।
पार्टीका महासचिव रतन थापाका अनुसार सुदूरपश्चिम प्रदेश सभा सदस्यको लागि सुनिता चौधरी र दामोदर पण्डितको नाम टुंग्याएको छ । लुम्बिनी प्रदेश सभा सदस्यको लागि रेणुका चौधरी र निर्मला चौधरीको नाम छनोट गरेको हो । मधेश प्रदेश सभा सदस्यको लागि रामचन्द्र चौधरीलाई छनोट गरेको महासचिव थापाले जानकारी दिए ।
तर यही नामावली अन्तिम नहुन सक्छ । निर्वाचन आयोगले समुह नमिले सच्याउन भन्न सक्ने छ ।
नागरिक उन्मुक्ति पार्टीले पत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा १ स्वतन्त्रसहित ४ सिट जितेको छ । भने प्रदेशतर्फ ७ सिट जितेको हो ।
यससँगै प्रतिनिधि सभामा ४, सुदूरपश्चिम प्रदेशमा ७, लुम्बिनी प्रदेशमा ४ र मधेशमा १ गरी जम्मा १६ सिट जितेको हो ।
प्रकाशित:
१३८० दिन अगाडि
|
२३ मंसिर २०७९
५ दिन अगाडि
|
२९ भदौ २०८३
६ दिन अगाडि
|
२८ भदौ २०८३
१९ दिन अगाडि
|
१५ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
१३ भदौ २०८३
२७ दिन अगाडि
|
७ भदौ २०८३
३६ दिन अगाडि
|
२९ साउन २०८३
१४३९ दिन अगाडि
|
२५ असोज २०७९
१४७४ दिन अगाडि
|
२१ भदौ २०७९
१४८३ दिन अगाडि
|
१२ भदौ २०७९
१४३८ दिन अगाडि
|
२६ असोज २०७९
१३८८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४४ दिन अगाडि
|
२० असोज २०७९
१३७६ दिन अगाडि
|
२७ मंसिर २०७९