Above News Title

नेपाली कांग्रेसमा थारु समुदायका नेताहरु विकल्पको खोजीमा  

कांग्रेस केन्द्रीय समितिको सम्मुखमा गच्छदारदेखि तेजुलालसम्म एक
नेपाली कांग्रेसमा थारु समुदायका नेताहरु विकल्पको खोजीमा  

नेपाली कांग्रेसमा थारु समुदायका नेताहरुले विकल्पको खोजीबारे छलफल थालेका छन् । पार्टीभित्र थारु नेताहरुलाई बेवास्ता गरिएको भन्दै विजयकुमार गच्छदारसहितका नेताहरु कांग्रेसबाट बाहिरिने तयारीमा सोचमा पुगेका हुन् ।

असारको पहिला साता पूर्वउपसभापति विजयकुमार गच्छदार, केन्द्रीय सदस्य रामजनम चौधरी, गोपाल दहित, प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरी लगायतका नेताहरुबीच विकल्पको खोजीमा छलफल भएको थियो ।

कांग्रेस केन्द्रीय सदस्य रामजनम चौधरीका अनुसार नेतृत्वले थारुप्रतिको दृष्टिकोण नबदले पार्टीमा बस्नेको औचित्य नभएको छलफलको निष्कर्ष थियो । कांग्रेस सांसद तेजुला चौधरीले पनि थारु नेताहरुले विकल्पको खोजी गरिरहेको बताए । ‘कांग्रेस नेतृत्वको रवैया देखियो । यस्तो अवस्थामा कांग्रेसमा बस्नुको अर्थ छैन भनेर छलफल गरिरहेका छौं,’ तेजुलालले भने । भोलि बस्ने केन्द्रीय कार्यसमिति बैठकपछि थप रणनीति बनाउने थारु नेताहरुको तयारी छ ।

रामजनमले भने, ‘एक वर्षपछि भोलि केन्द्रीय समिति बैठक बस्दैछ । त्यहाँ हाम्रो कुरा राख्छौं ।’ थारु संघको विधान, नेपाल तरुण दल विस्तार, मन्त्री छनोट लगायतका विषयमा सामुहिक कुरा उठाउने रामजनको भनाइ छ । ‘थारु संघको विधान नै संशोधन भएको छैन । नेपाल तरुण दलको ४ सय जनाको केन्द्रीय कार्यसमिति आउँदा पनि हामीले भनेको एक जनालाई पनि राखिएन । मन्त्री छनोटमा पुरा बेवस्ता गरियो ,’ उनले भने ।

कांग्रेसबाट ९ जना मन्त्री बन्दा पनि एकजना थारुलाई समावेश नगराइएकोमा उनीहरुको आपत्ति छ । ‘यस्तो ठूलो मन्त्रिपरिषदमा एक जना थारु समुदायबाट मन्त्री बनाएनन् । एमाले र माओवादीले थारु समुदायबाट मन्त्री बनायो । तर, कांग्रेसले एक जनालाई पनि मन्त्री बनाएन । थारुहरुप्रति नेपाली कांग्रेसको दृष्टिकोण के हो ? यसबारे भोलि कुरा उठाउछौं,’ उनको प्रश्न छ । रामजनमका अनुसार केन्द्रीय सदस्य गोपाल दहितले थारुहरुको माग–मुद्दाबारे सूची बनाएका छन् । भोलि केन्द्रीय समिति बैठक बस्नुअघि उनीबीच आन्तरिक छलफलको तयारी छ ।

‘हामीलाई बेवास्तै गरिएको छ । हेरौं हाम्रोबारे भोलिको केन्द्रीय समिति बैठकमा कस्तो किसिमको कुरा आउँछ,’ उनले भने, ‘पार्टीले हाम्रो माग सुनुवाइ गरेन भने अब विकल्प सोच्नुपर्ने अवस्था आउँदैछ । हामी त्यसका लागि पनि तयारी गरिरहेका छौं ।’ गच्छदारले २०७४ कात्तिक २९ मा आफ्नो फोरम लोकतान्त्रिक पार्टीलाई कांग्रेसमा समाहित गराएका थिए ।

२०६४ मा कांग्रेस छाडेर गएका गच्छदार १० वर्षपछि ०७४ मा पुनः कांग्रेसमै फर्किएका थिए । कांग्रेसमा आएर उपसभापति बनेका उनी १४ औं महाधिवेशनमा भने धनराज गुरुङसँग उपसभापतिमै दुई मतले पराजित भएका थिए । ललिता निवास प्रकरणमा मुछिएका गच्छदार अहिले कांग्रेसबाट बाहिरिएर नयाँ पार्टी बनाउने गृहकार्य गरिरहेको नेताहरु बताउँछन् । त्यसमा केन्द्रीय सदस्य, केही संघीय र प्रदेश सांसदले उनलाई साथ दिएको देखिन्छ । रामजनमकाअनुसार असार पहिलो साता भएको छलफलमा २० जना नेताहरु सहभागी थिए ।

प्रकाशित:

११६६ दिन अगाडि

|

२६ असार २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९