Above News Title

कैलालीमा ९५३ मुक्त कमैया परिवारको पुनस्र्थापन हुन सकेन

कमैया मुक्ति घोषणा भएको २३ वर्ष पुरा तर ब्यवस्थापन अझै बाँकी  
कैलालीमा ९५३ मुक्त कमैया परिवारको पुनस्र्थापन हुन सकेन

देशमा दास प्रथाको अवशेषको रुपमा रहेको कमैया प्रथा अन्त्यको घोषणा भएको आज २३ बर्ष पुरा भएको छ । २३ बर्ष बितिसक्दा पनि पूर्ण रुपमा भूमिहीन धेरै मुक्त कमैयाहरुलाई सरकारले बसोबासको ब्यवस्था गर्न सकेको छैन । 

यसै क्रममा साउन १ गते मुक्त कमैया महिला विकास मञ्च कैलालीले धनगढीमा पत्रकार सम्मेलन गर्दै कैलालीमा ९५३ परिवार बसोबासका लागि भूमि नपाएको जनाएको छ । 

मञ्चका अनुसार कैलालीमा जम्मा मुक्त कमैया संख्या ९७६२ परिवार रहेकोमा बसोवासका लागि जग्गा नपाएका सट्टा भर्ना ४००, परिचय पत्र बदर १७३, जग्गा नपाएका शुद्ध ३८० परिवार गरी जम्मा ९५३ परिवार ब्यबस्थापन गर्न बाँकी रहेको जनाएको छ । 

त्यसैगरी मञ्चले छुट हुन गएका मुक्त कमैयाहरुलाई स्थानीय सरकारको सिफारिस वमोजिम जो जहाँ वसेका छन्, स्थलगत अध्ययन गरिी फिल्डमै परिचय पत्रसहित पुनस्थापना गर्न, मुक्त कमैया शिविरमा जनता आवास कार्यक्रम सञ्चालन गर्नुपर्ने जस्ता सरकारसँग ९ बुँदे माग गरेको छ । 

नेपालमा सिक्किम, आसाम, बर्माबाट आएका नेपालीभाषी भारतीयहरुको जग्गासहित उचित व्यवस्थापन भए पनि देशमै पूर्ण रुपमा भूमिहीन रहेका मुक्त कमैयाहरुको अझै पुनस्र्थापन हुन सकेको छैन । उनीहरुलाई राजनीतिक दलहरुले केवल भोट बैंक बनाएका छन् । चुनाव हुँदा माग पुरा गर्ने बाचा गर्छन् तर चुनाव सकिंदा बिर्सने गरेका कुरा मुक्त कमैया महिला विकास मञ्चका संस्थापक अध्यक्ष कौशिला चौधरीलगायत मुक्त कमैयाका अगुवाहरु बताउँछन् ।

प्रकाशित:

११५९ दिन अगाडि

|

२ साउन २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९