लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मिडियाको आलोचनाले नै सरकारलाई सही मार्गदर्शन हुन सक्ने बताएका छन् । बुटवलमा शुक्रबार प्रादेशिक मिडिया सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले सकारात्मक आलोचनाले मात्रै सरकारलाई सफल बनाउने उल्लेख गरे ।
उनले हिजोका दिन प्रजातन्त्र ल्याउन, कमैया मुक्ति अभियान सफल पार्न मिडियाको ठुलो भूमिका रहेको स्मरण गर्दै मिडियाको आलोचनाले प्रदेश सरकारलाई सही मार्गदर्शन गर्न सक्ने बताए । सरकारको काम कारबाहीलाई सञ्चार माध्यम र पत्रकारले निगरानी गर्नुपर्ने भन्दै उनले सरकारको गल्तीमा आलोचना गरेरै लेख्न आग्रह गरे ।
‘मिडिया कमजोर हुँदा सरकार पनि कमजोर हुने भएकोले मिडिया बलियो हुनुपर्ने प्रदेश सरकारको मान्यता रहेको उनको भनाई रहेको छ । कार्यक्रमका प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले मिडिया बलियो बनाउन सबै लाग्नु पर्ने बताए ।
अग्रज पत्रकारहरू कनकमणि दीक्षित, युवराज घिमिरे, डा बालकृष्ण चापागाईँ लगायतले पछिल्लो समय मिडिया सङ्कटमा परेको उल्लेख गरे । बहुआयामिक चुनौतीहको सामना गर्दै समाजलाई दिशाबोध गर्ने दायित्व मिडियाको रहेको उनीहरूले बताए ।
सम्मेलनमा लुम्बिनी प्रदेशमा रहेका छापा, विद्युतीय र अनलाइन गरी करिब दुई सय जना सञ्चारउद्यमी र पत्रकारहरूको सहभागिता रहेको थियो । सम्मेलनले भोलि मोफसलका मिडियाहरूको सबलीकरण, पत्रकारहरूको रोजगारीको सुरक्षा, विज्ञापन दररेटमा एकरूपता लगायतका विषयमा बसन्तपुर घोषणापत्र जारी गर्ने प्रकाशन तथा प्रसारण सङ्घ लुम्बिनीका अध्यक्ष नवराज कुँवरले जानकारी दिए ।
प्रकाशित:
११२६ दिन अगाडि
|
२ भदौ २०८०
४ दिन अगाडि
|
२९ भदौ २०८३
५ दिन अगाडि
|
२८ भदौ २०८३
१८ दिन अगाडि
|
१५ भदौ २०८३
२० दिन अगाडि
|
१३ भदौ २०८३
२० दिन अगाडि
|
१३ भदौ २०८३
२६ दिन अगाडि
|
७ भदौ २०८३
३५ दिन अगाडि
|
२९ साउन २०८३
१४३८ दिन अगाडि
|
२५ असोज २०७९
१४७२ दिन अगाडि
|
२१ भदौ २०७९
१४८२ दिन अगाडि
|
१२ भदौ २०७९
१४३७ दिन अगाडि
|
२६ असोज २०७९
१३८७ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४२ दिन अगाडि
|
२० असोज २०७९
१३७५ दिन अगाडि
|
२७ मंसिर २०७९