Above News Title

आशिष् चौधरीको अनुसन्धान केन्द्र सञ्चालन गर्ने योजना थियो

आशिष् चौधरीको अनुसन्धान केन्द्र सञ्चालन गर्ने योजना थियो

                                                                                                                                     तस्बिरः अभिमन्यु चौधरी

अविनाश चौधरी

कैलालीको जोशीपुर गाउँपालिका –५ मैनापोखरीका २५ वर्षीय आशिष् चौधरीको पारिवारिक आर्थिक अवस्था कमजोर थियो । उनको बुबा बेजुलाल डङ्गौराले जोशीपुर बजारमा बिजुलीसम्बन्धी सानो पसल गरेर जेनतेन घरखर्च धान्नुका साथै छोरालाई प्राविधिक धारको शिक्षा कृषि पढाउने आँट गरे । 

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्कायमा अध्ययनरत आशिषको यो वर्ष अन्तिम सेमेस्टर थियो । परीक्षा दिएर रिजल्टको पर्खाइमा थिए उनी । पढाइ सकिएपछि आशिष् र उनको निकै मिल्नेसाथी जोशीपुर –५ सिमरानाका कृषि प्राविधिक अभिमन्यु चौधरीले मिलेर कैलालीमा कृषि अनुसन्धान केन्द्र सञ्चालन गर्ने योजना थियो । 

यसैबिच, छोराको पढाइ र सपना पूरा गर्न बेजुलाललाई आर्थिक सङ्कट आइलाग्यो ।  डेढ दशकदेखि चलाउँदै आएको पसल बेचेर बेजुलाल आफ्नो श्रीमती मञ्जुदेवीलाई लिएर कामको खोजीमा भारतको बेङ्लोरतिर लागे । यता, आशिषलाई ठुलो अवसर प्राप्त भयो, ‘अर्न एण्ड लर्न’ कार्यक्रममार्फत इजरायल गए ।  

कृषिसम्बन्धी ज्ञान सिक्नका लागि गत भदौ २६ गते इजरायल उडेका उनी अब कहिल्यै नफर्किने गरी बिदा भएक छन् । शनिबार इजरायलमाथि भएको हमास आक्रमणमा परी उनको निधन भएको थियो । एक्लो छोरा गुमाएपछि आशिषको परिवार विक्षिप्त बनेको छ । गाउँवासी, छिमेकी, इष्टमित्र सबै शोकाकुल भएका छन् । 

“साथीको मृत्यु भएको खबर अझै पनि विश्वास लागिरहेको छैन,” कृषि प्राविधिक एवम् आशिषका साथी अभिमन्यु चौधरीले भने, “यो खबरले उहाँको परिवार र हामी इष्टमित्र सबै मर्माहत भएका छौँ ।”

छोराको मृत्युको खबरपछि आशिषका आमाबुबा बेङगलोरबाट घर फर्किरहेको जनाइएको छ । यता, धनगढीमा विवाह गरेकी आशिषकी दिदी अमृता चौधरी भाइको मृत्युको खबरले भावविह्वल भएकी छिन् ।

भविष्यका लागि बनाएका योजना र देखेका सपनाहरू साथीको मृत्युले चकनाचुर भएको अभिमन्यु चौधरीले बताए । “साथी, इजरायल गएपछि पनि हाम्रो भविष्यको योजनाबारे कुरा भइरहन्थ्यो” उनले भने, “तर, एकाएक मृत्युको खबरले सबै योजना खरानी बन्यो ।” उनले आशिष् र आफूले मिलेर कैलालीमा कृषि अनुसन्धान केन्द्र खोल्ने देखेको सपना अधुरै रहने बताए । 

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कृषि क्याम्पस टीकापुरबाट लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल गएका चौधरीसहित १० जना विद्यार्थीको हमास आतङ्कवादी आक्रमणबाट निधन भएको छ । ज्यान गुमाउनेमा सुदूरपश्चिम प्रदेशका सात जना छन् ।   गोरखापत्रबाट  

प्रकाशित:

१०७३ दिन अगाडि

|

२२ असोज २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७४ दिन अगाडि

|

२७ मंसिर २०७९