अभिनेत्री एलीजा गौतम इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने भएकी छिन् । केही समयअघि नागरिक उन्मुक्ति पार्टी परित्याग गरेकी उनी फेरि सक्रिय राजनीतिमा देखिन लागेकी हुन् ।
‘म इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने निश्चित भएको छ । कुन पार्टीबाट उठ्ने निश्चित भएको छैन । कुराकानी धेरैसँग भएको छ । म राम्रै पार्टीबाट उम्मेदवार बन्नेछु’, उनले भनिन् ।
थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी गौतमले अनुराग चलचित्रमा अभिनय गरेकी छिन् । उनी पत्रकार ऋषि धमलाकी पत्नीसमेत हुन् ।
उता, साझा उम्मदेवार बनाइए आफू पनि इलाम–२ बाट उठ्ने नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालले बताइसकेका छन् ।
एमालेका उपाध्यक्षसमेत रहेका निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको भदौ २६ गते निधन भएपछि उक्त क्षेत्र रिक्त रहेको छ । इलाम–२ सहित संघ, प्रदेश र स्थानीय तहमा आगामी वैशाखमा उपनिर्वाचन गर्ने तयारी निर्वाचन आयोगको छ ।
प्रकाशित:
१०८५ दिन अगाडि
|
१२ असोज २०८०
४ दिन अगाडि
|
२९ भदौ २०८३
५ दिन अगाडि
|
२८ भदौ २०८३
१८ दिन अगाडि
|
१५ भदौ २०८३
२० दिन अगाडि
|
१३ भदौ २०८३
२० दिन अगाडि
|
१३ भदौ २०८३
२६ दिन अगाडि
|
७ भदौ २०८३
३५ दिन अगाडि
|
२९ साउन २०८३
१४३८ दिन अगाडि
|
२५ असोज २०७९
१४७२ दिन अगाडि
|
२१ भदौ २०७९
१४८२ दिन अगाडि
|
१२ भदौ २०७९
१४३७ दिन अगाडि
|
२६ असोज २०७९
१३८६ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४२ दिन अगाडि
|
२० असोज २०७९
१३७५ दिन अगाडि
|
२७ मंसिर २०७९