Above News Title

नेपाल साहित्यिक पत्रकार सङ्घको १८ ओैँ वार्षिकोत्सव सम्पन्न 

नेपाल साहित्यिक पत्रकार सङ्घको १८ ओैँ वार्षिकोत्सव सम्पन्न 

चेतनाथ धमला 
काठमाडौँ । नेपाल साहित्यिक पत्रकार सङ्घको १८ औँ वार्षिकोत्सवका अवसरमा साहित्यिक पत्रकारिता दिवस तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले असार १३ गते प्रज्ञा हल कमलादीमा पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियोे ।

सो अवसरमा  उहाँले वरिष्ठ स्रष्टा तथा साहित्यिक पत्रकार नारायणप्रसाद शर्मा,डा. तुलसी भट्टराई ,निनु चापागाईं,डा.विष्णुविभु घिमिरे ,डा.अमर गिरी ,ईश्वरचन्द्र ज्ञवाली ,प्रा. घनश्याम कँडेल ,नरेन्द्रबहादुर श्रेष्ठ ,नरनाथ लुइँटेल ,प्रा.डा. कृष्णप्रसाद घिमिरे ,लोकबहादुर थापा मगर ,हरिगोविन्द लुइँटेल ,कृष्ण प्रसाईं र सावित्री श्रेष्ठलगायत १४ जनालाई 'राष्ट्रिय साहित्यिक पत्रकारिता सम्मान' अर्पण गर्नुभएको थियोे ।यस अवसरमा मन्त्री शर्माले नेपाल साहित्यिक पत्रकार सङ्घसँग सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सहकार्य गर्ने उल्लेख गर्दै साहित्यिक पत्रकारका समस्यालाई समाधान गर्न आफूले सक्दो प्रयत्न गर्ने बताउँदै प्रविधिमैत्री साहित्यिक पत्रकारिता आजको आवश्यकता रहेको उल्लेख गर्नु भएको थियोे ।

विशिष्ट अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले मातृभाषा साहित्यिक पत्रकारिता क्षेत्रमा सरकारी सञ्चारमाध्यम समावेशी देखिँदैन, यो दु:ख लाग्दो कुरा हो। तर प्रज्ञा-प्रतिष्ठानले साहित्यिक पत्रिका सहयोग कोष स्थापना गरी पुरस्कार र अनुदान प्रदान गर्दै आएको छ ।साथै मातृभाषा साहित्यिक पत्रकारिताको उन्नायनमा समेत लागिपरेको बताउँदै सरकारको ध्यानाकर्षण गराउनु भएको थियोे ।

विशेष अतिथि नेपाल साहित्यिक पत्रकार सङ्घका पूर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार रोचक घिमिरेले सरकारी तवरबाट साहित्यिक पत्रकारितालाई उपेक्षा गरेको र यसको विशिष्टता बुझ्न नसकेको बताउनु भएको थियोे ।

सम्मानित व्यक्तित्व वरिष्ठ स्रष्टा तथा साहित्यिक पत्रकार निनु चापागाईंले इतिहासदेखि नै साहित्यिक पत्रकारिताचाहिँ साहित्यको मेरुदण्ड बनेर आएको छ ।तर राजकीय निकायहरूले यसलाई महत्त्व नदिनु दुखद पक्ष हो भन्नु भएको थियो ।यसैगरी अर्का सम्मानित व्यक्तित्व वरिष्ठ स्रष्टा साहित्यिक पत्रकार डा.तुलसी भट्टराईले साहित्यिक पत्रकारिताले पुर्याएको योगदानलाई कसैले पनि नजरअन्दाज गर्न नहुने बताउनु भएको थियोे ।अर्का सम्मानित व्यक्तित्व ईश्वरचन्द्र ज्ञवालीले साहित्यिक पत्रकारले जनयुद्वलगायतका विभिन्न अग्रगामी आन्दोलनको पक्षधरता देखाउँदै सांस्कृतिक रूपान्तरणमा समेत अहम भूमिका खेल्दै आएका छन् ।त्यसकारण साहित्यिक पत्रकारिताको समाजमा विशेष भूमिका रहँदै आएकाले सरकारले विशेष प्राथमिकता दिनुपर्नेमा जोडदिनु भएको थियोे ।

सङ्घका केन्द्रीय अध्यक्ष मोहन दुवालले साहित्यिक पत्रकारिताको गरिमामय इतिहासबारे चर्चा गर्दै छापा तथा विद्युतीय पत्रपत्रिकाका अनेकौँ समस्या जुदिरहेका छन् ।मातृभाषा साहित्यिक पत्रकारिताक‍ो प्रवर्द्धनका निम्ति सङ्घ एकसाथ रहने बताउनु भएको थियो । तिनको संरक्षणका लागि सरकारको भूमिका मुख्य निर्भर रहने बताउनु भएको थियोे ।उहाँले प्रस्तावित मिडिया काउन्सिल विधेयकमा साहित्यिक पत्रकारको प्रतिनिधित्वलाई सुनिश्चित गर्न समेत माग गर्नु भएको थियोे ।

सङ्घका केन्द्रीय उपाध्यक्ष रामप्रसाद पन्तले साहित्यिक पत्रकारिताका ज्वलन्त समस्याबारे चर्चा गर्दै स्वागत मनतव्य राख्नु भएको थियोे ।सङ्घका केन्द्रीय कोषाध्यक्ष सूर्य लाकोजूले समग्र साहित्यिक पत्रकारिताका बारेमा नयाँ ढङ्गलेले सोच्नुपर्ने बताउँदै धन्यवाद ज्ञापन गर्नुभएको थियोे । कार्यक्रमको उद्घोषक सङ्घका केन्द्रीय महासचिव चेतनाथ धमलाले साहित्यिक पत्रकारिताका आयामहरू समयसँगै बदलिँदै छन् ।तिनलाई आत्मसात् गरेर अघि बढ्नुको विकल्प छैन । जागरणकालमा रहेको मातृभाषा साहित्यिक पत्रकारिताको विकासमा सबैको चासो रहनुपर्ने बताउनु भएको थियोे । 

प्रकाशित:

८११ दिन अगाडि

|

१४ असार २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७४ दिन अगाडि

|

२७ मंसिर २०७९