कारी महतो
थारू विद्यार्थी समाज चितवनकाे नेतृत्व सम्हालेर म आफैं प्रत्यक्ष सहभागी भएकाे थरूहट आन्दाेलनमा आफ्नै आँखा अगाडि शहिद भएका वीर याेद्धाहरू भाईहरू कमल चाैधरी र विपिन खड्कालाई आज स्मरण गर्न चाहन्छु । २०६५ फागुन २२ गते चितवनकाे साैराहा चाेकमा राती गाेली लागेर ढलेका कमल चाैधरी र विपिन खड्काकाे आजकै दिन अर्थात् फागुन २३ गते बिहान मृत घाेषित गरिएकाे थियाे ।
२०६५ फागुन १६ गतेकाे कान्तिपुर दैनिकमा थारू समुदायलाई मधेशी समुदायमा सूचिकृत गरेकाे विराेधमा उठेकाे त्याे आन्दाेलनमा हाम्राे एउटै आवाज थियाे- "हामी मधेशी हाेइनाैं, हामी थारू हाैं ।" याे आवाज साम्प्रदायिक थिएन । याे राष्ट्रवादी आवाज थियाे । किनकि हाम्राे त्याे आवाजले विखण्डनवादी नारा "समग्र मधेश, एक प्रदेश" काे मुद्दालाई काउन्टर दिएकाे थियाे ।
लगातार १९ दिनसम्म चलेकाे त्याे आन्दाेलन तत्कालीन सरकार र आन्दाेलनरत पक्ष बीच ६ बुँदे सहमतिपछि स्थगन गरिएकाे थियाे । म स्मरण गर्न चाहन्छु कि तत्कालिन प्रधानमन्त्री प्रचण्ड नै वर्तमान प्रधानमन्त्री छन् । तर पनि थारूका माग र मुद्दाहरू ज्यूँका त्यूँ छन् ।
थारूकाे माग मुद्दाहरू आँशिक सम्बाेधन भएता पनि त्यसलाई व्यवहारमा कार्यान्वयन गरिएकाे छैन । प्रधानमन्त्री र सरकारबाटबाट हुनुपर्ने काम अदालतबाट गराउनुपर्ने अवस्था छ । संविधानमा संबाेधन भएकाे बुँदाहरू ऐन र नियमावलीमा संशाेधन गरिएकाे छैन । फलस्वरूप थारू कल्याणकारिणी सभाले अदालतमा पचासाैं मुद्दा दायर गरेकाे छ । थारूका माग, मुद्दा र सवाल पूरा गराउनु नै शहिदहरूकाे सपना हाे ।
अन्तमा, वीर शहिदहरूकाे सपना पूरा भएकाे दिन नै शहिदप्रति सच्चा सम्मान हुनेछ । वीर सहिद अमर रहुन्
प्रकाशित:
९६७ दिन अगाडि
|
२३ फागुन २०८०
३ दिन अगाडि
|
१० कात्तिक २०८३
३ दिन अगाडि
|
९ कात्तिक २०८३
४ दिन अगाडि
|
८ कात्तिक २०८३
१४ दिन अगाडि
|
२९ असोज २०८३
१५ दिन अगाडि
|
२८ असोज २०८३
१९ दिन अगाडि
|
२४ असोज २०८३
२२ दिन अगाडि
|
२० असोज २०८३
१४७९ दिन अगाडि
|
२५ असोज २०७९
१५१३ दिन अगाडि
|
२१ भदौ २०७९
१५२३ दिन अगाडि
|
१२ भदौ २०७९
१४७८ दिन अगाडि
|
२६ असोज २०७९
१४२७ दिन अगाडि
|
१५ मंसिर २०७९
१४८३ दिन अगाडि
|
२० असोज २०७९
१४१६ दिन अगाडि
|
२७ मंसिर २०७९