Above News Title

आउनुहोस्  बाबु !

आउनुहोस्  बाबु !

                                                                                                                                                                                      स्केचः एआइ

-- धनराज गिरी

-- दिक्क गृहमन्त्री, वागीशदेवी करुणा  गिरोपाध्याय केलादीश्री,आज पनि आयो त्यो पात्र, लोलोपोतो बादशाह,एक थाल खीर बजाएर गयो। बज्रराज हुर्मते लिच्चड, नाम पनि गज्जबको, सकारात्मक ।

"होइन ए बूढा, यो घर हो कि धर्मशाला, हजुर कौन्तेय कि राधेय ? कति उदार बनेको ? यो दुनियाँलाई खुवाएर, पियाएर के काम ? असजिलोमा कसको साथ पाउनुभयो ? किन यति बेवकूफ बन्नुहुन्छ ? छोराछोरीलाई सम्झाउने, आफू चाहिँ सूर्यपुत्र ? किन यति सोझो ? त्यो बज्रेले हैरान पार्यो। जहिले पनि ठीक्क खाने बेलामा हाजिर।" हाकिम, गृहमन्त्री ।

मुस्कुरायो प्रोफेसर, बोल्यो,"प्यारी, दानीलाई हानि हुन्न ! पुगेकै छ त ! कल्याण गर ! म छु। मनराज म ! दिलराज साथी ! धन नभए पनि मन छ । टाट भएका छौं र ?"

"ह्या, पागल कि अर्धपागल, छोराछोरीको दुःख देखेर आएको होइन ? दुई चार दीनहीनका सन्तानलाई पढाएकोमा आपत्ति छैन । तर भुसतिघ्रेहरूका लागि हात फुकाउन पर्दैन । उनीहरूलाई नै हानि छ। आत्मनिर्भर बन्नुपर्दैन ? यो बज्रे हटाउन के गर्ने बूढा ?"

कानमा गायत्री मन्त्र दियो। पत्नीको अनुहार उज्यालो ।

अर्को दिन, एक घण्टाअघि नै भान्सा उम्काएर बसिन् प्रोफेसरनी । आयो बज्रे, उही समयमा । मीठो स्वर, मह मिसाएर," बाबु, आउनुहोस्, अलि ढिलो गर्नु भयो। टाइगरलाई भनेर राखेको तीन रोटी छ, धन्न, बाबु भाग्यमानी !" हाय, अनुहार बिगारेर बोल्यो," हस्  भाउजू !"

........

त्यसपछि प्रोफेसरको घरमा कोही पनि आएन।

"कस्तो लाग्यो सूत्र, मेरी प्यारी ?" प्रोफेसर प्रजापतिनाथ आशुतोष महादेव रुचाङश्री ।

"हजुर त यो देशको कुन्नि के हुनुपर्ने ! ए ए राजदूत ! राजस्वधूत होइन। "पत्नी।"

पख, मेरो चेलो प्रधानमन्त्री हुन्छ अनि, एक पैसा पनि खर्च नगरी !" प्रोफेसर ।

"ह्या, बूढा गृहप्रमुख हुन नसकेर सेरेमोनियल पति बन्नुभयो राजदूत !" लेघ्रो  तानेर।

"तिमीले नपत्याउने,अनि ?" प्रोफेसर ।

" हनी, हनी, दाम लोहनी ! मनी !! मनी बोहनी !!अनि बन्छ काम !" पत्नी।

भिडिओ कल आयो, छोराको, " बा, सजिलो छन्द कुन ? गजलको लागि ?" 

"छन्द बन्द, खुरुखुरु काम गर ! गजल म लेख्छु। अङ्गूर छोडेर बङ्गूरतिर लाग्छ ! कुराले चिउरा भिज्छ ? लक्ष्मी खुशी बनाउनू!" बा प्रोफेसर ।

 

सौराहा, चितवन

प्रकाशित:

२०९ दिन अगाडि

|

१७ कात्तिक २०८२

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३२७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१३६१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१३७१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३२६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१२७५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३३१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१२६४ दिन अगाडि

|

२७ मंसिर २०७९